Monday, August 24, 2015

बाबुराम का मननयोग्य कुरा

विचार त राम्रो छ, तर यसका लागि बाबुराम भट्टराईले र बाबुराम भट्टराई को पार्टी ले कुन मुल्य चुकाउन तयार छ? ५,००० थारु मरेको दुई जना बाहुन लाई प्रधान मंत्री बनाउन का लागि हो? गच्छेदार ले जस्तो सानो कदम पनि चालन नसक्ने?

विवाद सुल्झाउन बाबुरामले ल्याए नयाँ प्रस्ताव
– सीमांकन : ७ प्रदेशको मोडेल भित्रै प्रदेश-१ को मधेसीरथारु बाहुल्य क्षेत्र प्रदेश-२ मा राख्नेस प्रदेश-५ को मगर वाहुल्य क्षेत्र प्रदेश-४ मा राख्नेस प्रदेश-७ को थारु वाहुल्य क्षेत्र प्रदेश-५ मा राख्ने
– नागरिकता : पुरुषको विदेशी दम्पत्तिलाई झैं महिलाको विदेशी दम्पत्तिलाई पनि ९ आवश्यक परे थप शर्त सहित ० अंगीकृत नागरिकता र एकल महिलाका सन्तानलाई सहज नागरिकता दिने व्यवस्था गर्ने
महिला र दलितलाई निश्चित प्रतिसत प्रत्यक्ष निर्वाचन क्षेत्र छुट्याउने
– देशमा परिवर्तनको वास्तविक अनुभुति गराउन र राजनीतिक स्थीरता कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्ने
– नेपाली समाजको वहुधार्मिक चरित्र र लामो धार्मिक सहिष्णुताको परम्परा कायम गर्दै राज्यलाई धर्मनिरपेक्ष राख्ने
– न्याय प्रणाली, संवैधानिक आयोग लगायत अन्य विषयमा सहमतिले आवश्यक परिमार्जन गर्ने ।


टिकापुर घटनाको राजनीति समाधान खोजौँ : बाबुराम
समस्याको समाधान फैजी हैन राजनीतिक तवरबाट खोजौं
टिकापुर घटनापछि यसो भने नारायणकाजीले
उत्पीडित थारु समुदायको माग पुरा गर्नुपर्ने बताएका छन् । टिकापुर घटनापछि उनले फेसवुकमा स्टाट्स लेख्दै उनिहरुको थप उपेक्षा , अपमान र धोखले अवस्था झन जटिल बन्न सक्ने चेताबनी दिएका छन् ।
टिकापुर घटनापछि मन्त्रिपरिषद्को आकस्मिक वैठक बोलाइयो



कांग्रेस एमालेका सभासदले मस्यौदा जलाउदै
आदिवासी जनजातिको नेपाल बन्द ३ बजेदेखि खुल्ने
आदिवासी जनजाति महासंघले आह्वान गरेको दुई दिने आमहड्ताल आज अपरान्ह तीनबजेबाट समापन हुँदैछ । कांग्रेस र एमालेका जनजाति सभासद्ले अपरान्ह ३ बजे चावहिललमा संविधानको मस्यौदा जलाएर बन्दको समापन गर्दैछन् । ...... जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमाल, महासचिव पेम्बा भोटेलगायत जनजाति नेताहरुले संविधानको मस्यौदा जलाएर संविधान अस्वीकार गरको संकेत दिनेछन् । कुमाल कांग्रेस र भोटे एमालेका सभासद् हुन् । ...... जनजाति महासंघलले पहिचानको आधारमा नामांकन र सिमांकनसहितको संघीयता हुनुपर्ने, धर्मनिरेपक्षता कायम राख्नुपर्ने, समानुपातिक समावेशी प्रतिनिधित्व प्रणाली लागु गर्नुपर्ने, आदिवासी जनजातिको अधिकारलाई मौलिक हकमा राख्नुपर्नेलगायतको माग राखेर आइतबारदेखि दुई दिने देशव्यापी आमहड्ताल आह्वा गरेको थियो । उपत्यकामा हड्तालको प्रभाव सामान्यमात्रै भएपनि उपत्यका बाहिरको जनजाति प्रभावित भएको छ ।
अपडेट : टीकापुरमा मर्नेको संख्या १९ पुग्यो, एसएसपीसहित दुई इन्सपेक्टर मारिए
कैलालीमा एसएसपीसहित दुई इन्सपेक्टर मारिए
थरूहट पार्टीका कार्यकर्ताले निषेधाज्ञा तोडेपछि भएको दोहोरो भिडन्तमा कैलालीको टीकापुर नगरपालिका ६ संकरपुरस्थित पशुहाट नजिक थरुहट आन्दोलनकारीको आक्रमणमा परी

सेती अञ्चल प्रमूख एसएसपी लक्ष्मण न्यौपानेसहित १६ जना सुरक्षाकर्मी तथा तीन प्रदर्शनकारीको मृत्यु भएको छ ।

...... मृत्यु हुने अन्यमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा छन् । यसैगरी, दुईजना प्रहरी जवानको समेत झडपमा परी मृत्यु भएको बताइएको छ । ..... कैलालीका सहायक प्रमुख .. जिल्ला अधिकारी उदयबहादुर सिंहका अनुसार सशस्त्र प्रहरीतर्फ ११ जनाको मृत्यु भएको छ । ......... ३५ भन्दा बढी घाइते भएको र अन्दोलनकारीले लाठी, खुकुरी, भाला, बन्चरो सहितका हतियार बोकेर आक्रमण गरेका प्रत्यक्षदर्शीले बताएका छन् । ....... करिब ६ हजारको संख्यामा रहेका आन्दोलनकारीले टीकापुरमा रहेका सरकारी कार्यालय कब्जा गर्न आउने क्रममा झडप भएको थियो । ...... करिब ३५ जना भन्दा बढी घाइतेको टीकापुर अस्पतालमा उपचार भई रहेका छ । ......

अहिलेसम्म आन्दोलनकारीका ३ जना घाइते अस्पतालमा ल्याइएको छ ।

तनावग्रस्त जिल्लाहरुलाई दंगा क्षेत्र घोषणा : प्रशासनलाई सेना परिचालन गर्ने अधिकार
सरकारले कैलाली र रौतहटलगायतका तनावग्रस्त जिल्लाहरुलाई दंगाग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । दंगाग्रस्त क्षेत्र घोषणा भएपछि स्थानीय प्रशासनले सेना समेत परिचालन गर्न पाउने भएको छ । ......

दंगा ग्रस्त क्षेत्र घोषण भएपछि अब ५ जनाभन्दा बढी भेला हुन पाइने छैन ।

वार्ताको वातावरण देखिएन : मधेसवादी नेताहरु
उपेन्द्र यादवले सरकारले अहिले पहिचानवादी आन्दोलनरत दलहरुसँगको सहमति र सम्झौता कार्यान्वयन नगरेसम्म वार्ता जरुरी नभएको बताएका छन् । .... यादवले सरकारले विगतमा भएका सहमति कार्यान्वयन गर्ने तदरुकता नदेखाएसम्म वार्ताको औचित्य नभएको बताए । ....... महन्थ ठाकुरले विगतमा भएका सहमति कार्यान्वयन गर्न सरकार अग्रसर नभएसम्म वार्ता हुन नसक्ने ठोकुवा गरे ।
रौतहटमा आन्दालनकारीद्वारा तरवार जुलुस, गौरको जिल्ला अदालत तोडफोड
सैयौंको संख्यामा रहेका आन्दोलनकारीहरुले बिहानैदेखि गौरस्थित जिल्ला प्रशासन कार्यालय,मालपोत कार्यालय अगाडी प्लाइबोर्डबाट निर्मित तरवार जुलुश प्रदर्शन गरिरहेका थिए । ..... बन्दको अवज्ञा गरेको भन्दै आज दिउँसो आन्दोलनकारीहरुले जिल्ला अदालत, मालपोत कार्यालय, जिल्ला प्रशासन र नापी शाखाको कार्यालय भवन माथी ढुंगा मुढा प्रहार गरेका छन् । ...... ढुंगामुढा प्रहारबाट अदालत भवनको पश्चिमपटीको सबै १३ वटा झयालका सिसाहरु फुटेको सुरक्षा स्रोतले जनाएको छ । अन्य कार्यालय भवनमा सामान्य क्षति भएको छ ।

मालपोत कार्यालय अगाडीबाट शुरु भएको तरवार जुलुस गौर नगर परिक्रमा गरेका थिए ।

...... मोर्चाद्वारा सिमांकनको बिरोधमा आव्हान गरीएको आम हडतालको आज दशौदिन पनी रौतहटमा पुर्ण प्रभाव परेको छ ।
टिकापुर घटनाः कहाँ भयो सुरक्षामा कमजोरी ?
सुरक्षा प्रमुखहरुको वैठक बोलाइयो
यस्तै हिंसा अरु ठाँउमा पनि हुन सक्ने खतरामा ध्यान दिन जरुरी भएको एक प्रहरी अधिकारीले बताए ।
बामदेबले संसदमा भने- एसएसपीलाई भालाले घोपियो , हबलदारलाई जिउँदै जलाए र अरु प्रहरीलाई काटेर मारियो
घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका केही जवान हराइरहेका ..... ‘अगाडि नेपाल प्रहरी र ब्याकिङमा सशस्त्र प्रहरी रहेका थिए । २ बजेर २५ मिनेट अगाडि प्रहरीलाई घेराबन्दीमा पारेर हातमा लिएका बञ्चरो, खुकुरी भाला लगायत घरेलु हतियारले आक्रमण गर्न थालियो । नेपाली प्रहरीका एसएसपी, इन्सपेक्टरहरु भुइँमा पछारिए । रक्तपात पूर्ण घटनाको सबै विवरण आइपुगेको छैन । चारैतिरबाट मानिसहरु आएर थरुहटको नारा लगाए, राष्ट्रिय झण्डा भुइँतिर हल्लाउँदै कतिपय समूहहरु अगाडि बढे । अवरोध खडा गर्न र बाहिरबाट अरु कसैले सम्पर्क गर्न नसकोस् भन्दै बाटोमा ढुंगा तेर्साइयो ।’ ........ आज दिउँसो ११ बजे टीकापुर क्षेत्रमा चारैतिरबाट हातमा बन्चरो, खुँडा लिएर आएकाले टीकापुरको निषेधित क्षेत्र तोड्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको घेराबन्दी तोडेर आक्रमण गर्न थालेको ...... आइतबार कैलालीमा थरुहट, अखण्ड सुदूरपश्चिम तथा दलका प्रतिनिधिका बीचमा सद्भाव कायम राख्दै उत्तेजना, जातीय सद्भाव खलबलिने कार्यक्रम नगर्ने सहमति भएको तर सहमतिको एक दिन बित्न नपाउँदै सो घटना घट्नु दुःखद भएको ....... उनले रौतहटको गौरमा पनि प्रदर्शनकारीहरु घरेलु हतियार लिएर अघि बढिरहेको जानकारी पनि आफूले पाएको उनले बताए । ‘दक्षिणतिरबाट सहरतर्फ आन्दोलनकारीहरु पसिरहेका छन्,’ उनले भने ।


गौरमा पनि गोली चल्यो, कफ्र्यु आदेश जारी
रौतहटको गौरमा आन्दोलनकारीहरुले प्रहरी चौकीमा आक्रमण गर्ने प्रयास गरेपछि प्रहरीले गोली चलाउँदा आधा दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते बनेका छन् । गौर–२ मा भएको झडपमा सुरक्षाकर्मी तर्फ ५ जना घाइते भएका छन् । ....... यता, गौरमा आन्दोलनकारी माथी नेपाल सरकार तथा गृह प्रशासनले बर्बरतापुर्वक गरेको गोली प्रहारप्रति पूर्व मन्त्री एवं एमाओबादीका सभासद प्रभु साहले घोर भत्र्सनाा गरेका छन् । ....... देशमा जायज मागराखेर आन्दोलनमा उत्रेका आन्दोलनकारीसंग बार्ता गर्नु अथवा बार्ताको बाताबरण बनाउनुको सटो प्रहरी प्रशासनद्वारा दमन गरिनु सरकारको लज्जास्पद कदम रहेको टिप्पणी गरेका छन् ।
मधेशबाटै मधेसी मोर्चाका नेतालाई खुलापत्र
हो तपाईंले भनेजस्तै शासक वर्गले मधेसलाई उपेक्षा गर्दै आएकै हुन् । मधेसी जनता देश विकासको मूल प्रवाहमा समाहित हुन सकेनन्, पाएनन्, दिइएन । ...... सेना, प्रहरी, कर्मचारी आदिमा मधेसी जनताको सहभागिता न्यून छ, छँदै छैन भन्न सकिने अवस्थाको ।

No comments: