Showing posts with label tharuwan. Show all posts
Showing posts with label tharuwan. Show all posts

Monday, September 07, 2015

प्रचंड को बाहुन चरित्र

प्रचंड प्रतिगामी हो



संशोधन चित्त नबुझाउने थारु सभासदलाई प्रचण्डले भने,‘ कि चित्त बुझाउ, कि पार्टी छोडेर जाउ’
संविधान निर्माणमा लागिपरेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा सचिवालयमा तीन पार्टीका तर्फबाट दर्ता गराइएको संविधान विधेयकमाथिको संयुक्त संशोधन प्रस्तावमा असहमति राख्ने आफ्ना सभासद्हरुलाई चित्त नबुझे पार्टी छोड्न चुनौती दिएका छन् । ..... कांग्रेस, एमाले, र एमाओवादीका तर्फबाट शनिवार दर्ता गराइएको संशोधन प्रस्तावले आफ्ना मुद्दा सम्बोधन नगरेको गुनासो पोख्न आइतबार बिहान

दाहाल निवास लाजिम्पाट पुगेका एमाओवादीका सातजना थारु सभासद्हरुलाई उनले भने, ‘संविधान कुनै हालतमा जारी गर्न म प्रतिबद्ध छु, तपाईहरुलाई चित्त बुझ्दैन भने पार्टी छोडेर जानुहोस् ।’

Thursday, August 27, 2015

Kailali Atrocities

ब्राह्मणबादी शासकहरु लाइ थारुहरुका ,( थारुहट ) का ४ महत्वपूर्ण प्रश्नहरु
(1) कैलालीमा खटिएका भैरव गण र शिव गणका सेनाहरुले थारुको घर जलाउएको र थारु चेलीहरुलाई बल्तकार गरेर जलाएको समचार कान्तिपुर, इमेज, माउण्टेन, एभिन्युजले, न्युज टुवेन्टी फोर, नागरिकले किन प्रसारण गर्दैन ?
(2) विना प्रमाण निर्दोष थारुहरुलाई गिरफतार गरेर पासविक यातन दिदा वाहुन मानव अधिकारीवादीहरु किन मौन बसेका छन्र ?
(3) थारुहरुको न्यायिक आन्दोलनलाई संविधानमा सम्बोधन गर्नका लागि संविधान निर्माण प्रक्रिया केहि दिनलाई रोकेर वार्तामा किन बोलाउदैन ?
(4) कैलाली टीकापुर घटना छानविन समितिमा किन वाहुन मात्र राखेको ? थारु सभासदहरु लाई वा अन्य जनजाति हरु लाइ छानविन समितिमा किन नराखेको ? त्यकारण ब्राह्मण बाद भनेको येही हो ..... बाहुनबादी बाहुन समर्थक मिडिया पत्रकार को धोर भर्त्सना गरौ . बाहुनको एकल राज्य संचालनको बिरुद्ध बुलन्द आवाज सहित उठौ ..... संबिधान सभा बिगठन गर ,, आदिबासी जनजातिको सरकार स्थापना गरौ आदरणीय जनसमुदाय यो कुरामा तपाइँ सहमत हुनुहुन्छ भने लाइक र कमेन्ट गरेर आफ्नो सहमति जनाउनु होला ../
धन्यबाद ... प्रो .समिर थापामगर

Sunsari



दाङका प्रहरी ईकाइहरू गाभिए
जिल्लाका दुई जर्दन प्रहरी ईकाइहरू पायक पर्ने स्थानमा सारिएको छ। .... संख्या कम भएका प्रहरी ईकाइहरुलाई गाभिएको हो। ..... घोराही नगरपालिका क्षेत्रमा रहेका विभिन्न प्रहरी विटहरुलाई जिल्ला प्रहरी कार्यालय दाङ अन्तरगत राखिएको छ। .... सभासद एवं फोरम लोकतान्त्रीकका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले दाङको लमहीमा बुधवार गर्ने भनिएको प्रदर्शन आफूहरुले रोकेको दाबी गरेका छन्। हिंसा भड्कने स्थिति देखेर प्रदर्शन रोकिएको बताएका उनले राज्यले आफै जातीय सदभाव विथोल्ने गरेको आरोप लगाए। उनले भने ‘थारुका अनुहार देख्ने वित्तिकै कामकाजले बजार जान लागेकाहरुलाई समेत रोकियो, वनमा स्याउला लिन जान खोज्नेहरुलाई पनि कुटियो, यो कस्तो रबैया हो,’ जिल्लाको सतवरियादेखि नर्तिसम्म व्यापक मात्रामा सुरक्षाकर्मी परिचालनगरी हिड्डुल गर्न समेत प्रतिवन्ध लगाइएको उनले आरोप लगाए। .... राज्यको यस्तै रबैया कायमै रहे कैलाली काण्ड निम्तने उनले चेतावनी पनि दिए। दाङ निवासी चौधरीकै नेतृत्वमा बुधबार लमहीमा प्रदर्शनको तयारी गरिएको थियो।


स्वायत मधेशको दिनुको विकल्प छैन: मोर्चाका मधेसी नेता
महोत्तरीको जलेश्वरमा बिहिवार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तमलोपा अध्यक्ष महन्थ ठाकुर र सदभावना अध्यक्ष राजेन्द्र महतो तराई मधेश सद्‌भावना पार्टीका राष्ट्रिय अध्यक्ष महेन्द्र यादव, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा भएका ८ बुँदे सम्झौताको कार्यान्वयनमा जोड दिए। .....

मधेस विद्रोहको बेला पनि सेना परिचालन गरिएको थिएन

सेना परिचालन: अस्वस्थामा मर्यो, हात्ती

सेनाले ब्यारेक बाहिर खुट्टा राख्नु भनेको सेना परिचालन हो। चाहे त्यो राहत का लागि नै किन नहोस् भुकम्प पछि। त्यस का लागि पनि राष्ट्रपति को सही चाहिन्छ। अंतरिम संविधान अनुसार। कैलालीमा सेना खटेको हो कि होइन? अझ अखणडवादी लाई नै सघाएको हो कि होइन? ठुला प्रश्न हुन यिनी।

सेना परिचालन: अस्वस्थामा मर्यो, हात्ती?



‘सशस्त्रले सघाएको भए सर बच्नुहुन्थ्यो’
एसएसपी मारिँदाका प्रत्यक्षदर्शी अंगरक्षकको बयान
लक्ष्मण न्यौपाने गत भदौ ७ गते टीकापुर भिडन्तमा मारिँदा अन्तिम अवस्थासम्म उनको साथमा थिए– मानबहादुर बुढामगर । नेपाल प्रहरीमा हवल्दार रहेका उनी एसएसपी न्यौपानेको निजी अंगरक्षकका रुपमा विगत १० महिनादेखि कार्यरत थिए । ..... हामीले भएजति अश्रुग्यास र रबर बुलेटहरु हानिसकेका थियौं । .... त्यसपछि गोली र हतियार नभएपछि अरु उपाय भएन । ....... अब के गर्ने ? हामीलाई चारैतिरबाट घेरिसकेका थिए । सशस्त्रका एसपी साब र उहाँका गार्ड भाग्दै भाग्दै अगाडि बढ्दै हुनुहुन्थ्यो । भीड उग्रगतिमा आइसकेको थियो । सर (एसएसपी न्यौपाने) आफू बच्न कुद्दै आउनुभयो । धानबारीमा नाली छ । उहाँ नालीमा अड्किनु भएको रैछ, त्यहाँबाट यहाँ घरसम्म मैले नै ल्याएको हो । ...... आँखा नै नदेख्ने भएको थिएँ । अनि म घरअगाडिको धानबारीमा घोप्टें । .... त्यसपछि मलाई थाहै भएन, पछि थाहा भयो– एकैचोटी बेहोस अवस्थामा अस्पताल पुर्‍याइएको रहेछ । ..... यहाँ एसएसपी साब र हामीलाई खेदाउँदै आएका केही व्यक्तिहरुले हेल्मेट प्रयोग गरेर आएका थिए । कतिले टाउकोमा रुमाल पनि बेरेका थिए । दाह्री पालेका पनि आएका थिए । नजिकबाट चिन्न सकिएन । उनीहरुसँग बाँसहरु थिए । बाँसहरुमा चेप्टा खुँडा बनाएर आएका । रड, भाला बनाएका । आर्सी, बेल्चा, फर्मा बोकेको आँखाले देखेको हुँ । घरेलु हातहतियार लिएर आफ्नो योजनाअनुसार आएका थिए । हामीले यस्तो हुन्छ भनेर सोचेकै थिएनौं । ...... हामीसँग १० र २ जनाको टोली थियो । ..... जसले एसएलआर बोकेको थियो, उसलाई माथिबाट बाँसले हानेर त्यो हतियार पनि खोसेर लगे ।
राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले भने 'सेना परिचालन होइन'
आन्दोलन उठेका जिल्लामा हिंसा भडकन नदिन सेना सहयोगी भूमिकामा मात्र रहेको बताए । 'सुरक्षा निकायको कमाण्ड प्रमुख जिल्ला अधिकारीले नै गरेका छन् । सेना परिचालन भएको होइन' .... 'सेना परिचालन हो कि होइन ? गृहमन्त्रीज्यूले बोलेका कुराले अन्योल ल्याएको छ । सेना परिचालन नै हो भने संवैधानिक प्रावधान र प्रक्रिया उल्लघंन भएको देखिन्छ ।' ..... 'समस्या भएका ठाउमा सेनालाई खटाइएको हो । तर, सेनाको कमाण्ड होइन' ..... सेना परिचालनबारे अन्तरिम संविधानमा बेग्लै व्यवस्था छ । राष्ट्रिय सुरक्षा परिषदको सिफारिसमा मन्त्रिपरिषदले निर्णय गरी राष्ट्रपतिले अनुमोदन गरेपछि मात्र सेना परिचालन हुने संवैधानिक प्रावधान छ ।
गृहमन्त्रीको राजीनामा माग्दै थारुको प्रदर्शन
माग पूरा नभएसम्म आन्दोलनमा होमिन्छौ : सभासद मानपुर चौधरी
टिकापुर घटनापछि सेना परिचालन गरि थारु समुदायमाथि दमन गरिएको भन्दै सिरहाका थारुहरुले बिहीबार यहाँ विरोध प्रदर्शन गरेका छन् । .... विभिन्न जिल्लामा सयौं थारु आन्दोलनकारीलाई प्रहरी हिरासतमा यातना दिएर राखिएको भन्दै गृहमन्त्री वामदेव गौतमको राजीनामा मागे । .... एमाओवादी सप्तरी क्षेत्र नं. १ का सभासद् मानपुर चौधरीले आफू जनताको मतले निर्वाचित भएकाले थारु समुदायको हक अधिकारका लागि लड्दा पार्टीले ह्वीप लगाउन खोज्छ भने त्यसलाई नमान्ने चेतावनी दिए । खसवादी शासक र तीन दलका प्रमुख नेताहरुकै कारणले मुलुकले अहिलेको दुर्दशा भोग्नु परेको आरोप लगाउँदै उनले सयौं वर्षदेखि अधिकार खोसिएका थारु, मधेशी, दलित, मुस्लिमहरुको अधिकारसहितको संविधान र राज्य नभएसम्म आन्दोलन नरोकिने दावी गरे । आन्दोलनको नेतृत्व पंक्ति आफुहरु अब उभिने जनाउँदै उनले काँग्रेस र एमालेका नेताहरुको जन्मकुण्डली सुनाए । ..... ‘विभिन्न जिल्लामा सयौ जना थारुहरुलाई प्रहरी हिरासतमा यातना दिएर राखिएको छ, सयौं जना घाइते छन्, टीकापुरमा थारु समुदायलाई दमन गरिएको छ’ उनले भने, ‘प्रहरी हिरासतमा रहेका थारुहरुको विना शर्ता रिहाई, सडकमा उतारिएको सेनालाई ब्यारेक फिर्ता गरी कफ्र्यू हटाएरपछि मात्र वार्ताका लागि सोच्न सकिन्छ ।’ .... राज्यले थारुहरुको आन्दोलनलाई दिग्भ्रमित बनाउन सत्तापक्षीय पूर्व सभासद्हरुलाई प्रयोग गर्ने र संघर्ष समितिका सदस्यहरुलाई नै फुटाउन खोजिरहेको आरोप लगाउदै उनले विगतमा भएका आन्दोलनका उपलब्धिहरुको रक्षा गर्दै नयाा संविधानमा थप अधिकारका लागि शान्तिपूर्ण सडक आन्दोलनको विकल्प नरहेकाले आफूहरु आन्दोलनमा रहेको उल्लेख गरे ।
अन्तर्राष्ट्रिय समुदायको सुझबुझ र साथ खोज्दै सरकार
'अन्तर्राष्ट्रिय समुदायको सुझबुझपूर्ण व्यवहार आवश्यक'
कूटनीतिज्ञलाई निहित स्वार्थ राखेर काम नगर्न आग्रह
मन्त्रीद्वयले सांकेतिक भाषामा कतिपय समूह र केही मित्र मुलुकको आन्दोलनमा प्रत्यक्ष चासो रहेको उल्लेख गर्दै त्यसको नगर्न सुझाएका थिए । कतिपय अन्तर्राष्ट्रिय समुदाय राजनीतिकभन्दा पनि अन्य आफ्नै केही निहित उद्धेश्यले काम गरिरहेको विषय मुलुकको जानकारीमा भए पनि सरकार संयमित भएको तथ्य मन्त्रीहरुले प्रस्तुत गर्दा केही राजदूतको अनुहार मलिन भएको त्यहा उपस्थित अधिकारीले बताए । मन्त्रीद्वयले सांकेतिक रूपमा आफ्नो निहित स्वार्थमा नेपालका विभिन्न समूहलाई उकास्ने काम नगर्न आग्रह गरेका थिए । ..... उक्त बि्रफिङमा दुबै छिमेकी मुलुक भारत र चीनका राजदूत उपस्थित थिएनन् । ... अमेरिका, रसिया, प|mान्स, युरोपेली यूनिययन, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, कतारलगायतका देशका राजदूहरुको उपस्थिति थियो । .... राजदूतहरु पनि कूटनीतिक आचारसंहितामा रहनुपर्ने .....

कैलाली पूर्ववत अवस्थामा फर्केको र अन्य जिल्लासमेत बन्द हडतालालाई सरकारले निस्तेज पार्दै लगेको उनीहरूले बताए ।



काग्रेससँग एमाले रुष्ट, सरकारको कार्यशैली समीक्षा गर्न समिति
'संविधान निर्माणमामा हाम्रो मुख्य ध्यान रहेकाले गठबन्धनमा असर नपरोस् भनेर हामीले काग्रेसका मनोमानीलाई छुट दिइरह्यौ तर काग्रेसले यसलाई हाम्राे कमजोरी ठानेर फाइदा उठाउन खोजियो' ......... पछिल्लो समय विश्वविद्यालयहरमा कांग्रेसी कोटाबाट मात्र उपकुलपति नियुक्ति गरेपछि एमाले चिढिएको छ । .... 'एमाले काग्रेस जत्तिकै हैसियत राख्ने पार्टी हो ।
गाैरमा एमाले पार्टी कार्यालय आगजनी प्रयास
छापामार शैलीमा मोटरसाईकलमा आएका आन्दोलनकारीले सुरक्षाकर्मीको अाँखा छल्दै बाहिरबाटै कार्यालयमा आगो फालेर भागेका थिए ।
शरतसिंहको पार्टी पनि आन्दोलनमा

‘मधेस र पहाड दुवैतिर अधिकार माग्दा पहाडको मुद्दामात्रै राज्यले सम्बोधन गरेर बलिदानीमा समेत विभेद गर्‍यो’ ....‘मधेसमा मानिसहरुको ज्यान गइरहँदा कर्णाली र पहाडी जिल्लाको मात्रै आवाज शीर्ष नेतृत्वले सुन्यो ।’

..... रामसपासमेत आन्दोलनमा गएपछि जारी प्रक्रियालाई सघाउने मधेसकेन्द्रित दलहरु बाँकी छैनन् ।
सशस्त्र प्रहरीका ११ वटा सुरक्षा चौकी हटाइयो

महोत्तरी जिल्लाका विभिन्न स्थानमा रहेका सशस्त्र प्रहरीका ११ वटा सुरक्षा चौकीहरु हटाइएको छ ।

..... बखरीचोक, मटिहानीचोक, मनरा, टिकुलिया, लक्ष्मीनियाँ, भिठ्ठामोड र सीमा क्षेत्रमा रहेका पाँच सुरक्षा चौकीहरु हटाइएको हो । ....

मधेसी मार्चाका कार्यकर्ताहरुले मङ्गलबार बिहान सशस्त्र प्रहरीका बखरीचोक र मटिहानीचोकस्थित दुईवटा सुरक्षा चौकी जलाइदिएका थिए ।

सेना परिचालन भएको छैन : रक्षा सचिव
रक्षा सचिव ईश्वरीप्रसाद पौडेलले आन्दोलनरत क्षेत्रमा नेपाली सेना परिचालन नभएको बताएका छन् ।

कैलाली, रौतहट, सर्लाहीलगायतका जिल्लामा नेपाली सेना परिचालन भएको गृहमन्त्री वामदेव गौतमले संसद् बैठकमा बताएका थिए ।

...... सचिव पौडेलले भने, ‘सेना परिचालनसम्बन्धी अन्तरिम संविधानले प्रष्ट व्यवस्था गरेको भन्दै सुरक्षा परिषद्को निर्णय अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मात्रै सेना परिचालन गर्नसक्न छन् ।’ उनले भने, ‘अहिले त्यस्तो निर्णय भएको छैन र सेना परिचालन भएको छैन, कसले कहाँ के भने मलाई थाहा छैन ।’
सेना परिचालन फिर्ता गर्न माग गर्दै एमाओवादीका मधेशी सभासद् आन्दोलनमा
एमाओवादीका मधेशी सभासद् र मधेशी राष्ट्रिय मुक्ति मोर्चाले पनि आन्दोलनमा जाने निर्णय गरेको छ । ११ बुँदे माग राख्ने उनीहरुले आज एमाओवादी अध्यक्ष

पुष्पकमल दाहाल र अरु नेतालाई भेटी आन्दोलनको जानकारी गराएका हुन् । ...... सेना परिचालन फिर्ता गर्नुपर्ने, मधेसी र थारु आन्दोलनका मृतकलाई सहीद घोषणा गर्नुपर्ने र मृतकका परिवार, घाइते र अपांगलाई क्षतिपुर्ति दिनुपर्ने, मधेमा थारु र मधेशीका दुई प्रदेश हुनुपर्ने

विभाजित देश, द्वन्द्वरत शक्तिहरू

Wednesday, August 26, 2015

मधेस र थरुहट लाई आफ्नै सेना प्रहरी किन चाहियो?

टीकापुर घटना पछि अखंडवादी र सुरक्षाकर्मी ले मिलेर जुन आतंक मच्चाएका छन त्यसले देखाएको छ, मधेस र थरुहट लाई आफ्नै सेना प्रहरी किन चाहियो भन्ने कुरा। संघीय नेपाल मा मधेस प्रदेश हुन्छ, थरुहट प्रदेश हुन्छ। दुबै को आफ्नै स्थानीय प्रहरी हुन्छ। कैलाली पनि छोड्नु हुँदैन, कंचनपुर पनि छोड्नु हुँदैन। एक इंच पनि छोड्नु हुँदैन। झापा, मोरंग, सुनसरी एक इंच पनि छोड्नु हुँदैन।



मधेश आन्दोलनमा सरकारी घुसपैठ : मियाँ
सरकारले मधेसमा पहाडी र मधेसी समुदायको दंगा गराउने चलखेल गरिरहेको आरोप लागए । ..... कैलालीको टिकापुरमा प्रशासनको सहयोगमा पहाडी समुदायका एक समुहले थारुहरुको घर जलाउनु र त्यसको मुखदर्शक नेपाल प्रहरी ,सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिननसक्नु निन्दनिय कार्यको खेद प्रकट गर्दै मधेसी र थारु समुदाय संग दोहोरो व्यवहार नगर्न सरकार र सम्बन्धित पक्षलाई ध्यानकर्षण गराएका थिए ।
प्रदर्शनकारीले टीकापुरमा यसरी घरघरमा आगो लगायो



सरकारी कर्यालयमा ‘मधेश सरकार’
अन्तरिक राजश्व कार्यालय कृष्णनगर, कृष्णनगर नगरपलिका, विद्युत कार्यलय कृष्णनगर, नेपाल टेलिकम कार्यालय, भन्सार लिङ्क गेट, बहादुरगंज गाविस कार्यलय, पशु सेवा केन्द्र बहादुरगंज, शिवराज अस्पताल बहादुरगंज, कृषि सेवा केन्द्र बहादुरगंज लगयतको कार्यालयमा नेपाल सरकार लेखिएको ठाँउमा मधेश सरकार लेखेका छन् । ..... माग सम्बोधन भएन भने आन्दोलन अरु शसक्त बनाउने
मधेसीहरु अब हतियार उठाएर युद्ध गर्छन्ः तमलोपा महामन्त्री शुक्ला
आफ्नो स्वाभीमानकोलागी पनि अहिले नवलपरासी देखी कन्चनपुर सम्मका जनता उठेका छन् । राज्यले यस्तै गरिरह्यो भने मधेसी जनता बाध्य भएर युद्ध गर्न पनि तयार हुनेछन् ।
“पहिचानविहीन प्रदेश निर्माण गरेर दमन गरे राउत हुन तयार छौं”
मधेश र थरूहटका आन्दोलनबाट भयभीत भएर सरकारले सेना परिचालन गर्ने निर्णय गरेको फोरमले आरोप लगाएको छ । .... केन्द्रीय सदस्य राईले मधेश थरूहटमा जस्तै देशभर आन्दोलनको आँधी उठ्ने चेतावनी दिए ।
Patel stir hits Ahmedabad: Inside a city charred by caste tension
at the root of it is a polarised society and a state that is unable to deal with a challenge from a powerful, aggressive social group. ..... The Patel community has been demanding inclusion in the OBC category and affirmative action benefits, claiming they have got deprived of education and employment opportunities because of the quota regime. The movement had picked up intensity in the last month. ..... On Tuesday, the rally saw the participation of lakhs. And then it took an unexpected turn. The 22-year-old mascot of the movement, Hardik Patel, announced he would sit on a fast at the venue till CM Anandiben Patel came and received the memorandum with their demands personally. The police had, unprovoked most accounts suggest, used lathi-charge to dispense the crowds and had detained Patel. ...... Within minutes, there was a backlash as young Patel men - in Ahmedabad as well as other parts of Gujarat - went on the rampage. Police posts were vandalised; police vans were burnt down; homes of BJP leaders were attacked; buses were torched; and the city resembled, in a matter of minutes, a ghost town. Patel was released a few hours later. He - and the CM - appealed for calm. Late at night, the Patel led Patidari Anamat Andolan Samiti (PAAS) called for a bandh. ........ The Patel agitation has sparked off a debate at many levels on the entire issue of reservation – should Patels be entitled to quotas at all; what should be the criteria for affirmative action; should it be ‘economic-based’; should it be scrapped; is this all a plot to deprive the most-needy of benefits? What your surname is, and whether you are a beneficiary or a real or perceived victim of the reservation politics, is often a good determinant of your position on the issue in Ahmedabad. ......... Dilip Santukbhai, the auto driver who took me around the city, said

Patels had done 'danga' last night. "They own most of the land near the airport, most of the hotels there. They are rich. But they want reservation. If they get it, so should Brahmans, so should Thakurs

and so should my son who is in Class 8," he said, with a laugh. He added, on his own, "I am Sindhi." ...... and that he did not follow Gujarati politics. “I heard this was for quotas. I am a Brahman. If Patels get reservation, Brahmans should also get it.” ..... "If they get it, everyone will ask for it. The government has said they will not give it." The inspector was a Scheduled Tribe. "It will not affect me even if they get it. It will cut into the OBC quota. But they really don't need it." ...... I think their core demand is not inclusion in the OBC category. It is to do away with reservation or have it on an economic basis.” ...... the Patels themselves have become very strongly – and rather suddenly – mobilised around the issue and have their own set of grievances. ..... “We are not asking for food; we are not asking for homes; all we are asking for is access to education. Someone with 90 percent sells medicines; a Dalit with 40 percent becomes a doctor.” ......... Patels – or Patidar as the community is known – had been a powerful agrarian community traditionally. In the freedom struggle, they sided with the Congress. Sardar Patel was their iconic leader, and given that many satyagraha movements were land-based, it was natural that the agrarian community would get mobilised........ For over 30 years after Independence, the Patels remained with the Congress – but the party in 1980, under the then chief minister Madhavrao Solanki, made a switch in its social base. The Congress opted for the KHAM formula – Kshatriyas, Harijans, Adivasis, Muslims. The Patels felt politically orphaned; they were at the forefront of anti reservation movements in the 80s, and gradually shifted to the BJP. ...... “Since the 90s, the BJP’s backbone in Gujarat has been the Patel community. Look, both before and after Modi, chief ministers have been Patels, Keshubhai and Anandiben. And Modi also gave them a sense of ownership and consolidated their support.”Yagnik said that besides chief minister , the BJP state president, seven ministers and 40 MPs of the party were Patels. “Patel anger against BJP could possibly lead to a fundamental political rupture, with long term consequences.” ..... the roots of the agitation lie in the limits of the Gujarat model of growth. Patels had invested their surplus agricultural income in medium and small industries – but he claims that these sectors never got the kind of support big business did in Gujarat in terms of concessions during the Modi regime. Growth did not necessarily translate into a massive spurt in employment. There was intense competition for government jobs. And for younger Patels, agriculture was no longer a lucrative option. Their grandparents may still be BJP supporters, but the younger generation had now become dissatisfied ....... “The government has lacked vision and strategy and now it is stuck since the demand cannot be implemented. What we are witnessing is a different manifestation of a caste war”


Hardik Patel: The 'New Modi' spells trouble for BJP in Gujarat
Tens of thousands have turned out to listen to the 22-year-old Hardik Patel in over 100 rallies and meetings he has organised across Gujarat, expressing solidarity with his campaign for caste reservations for the Patidar community...... he warned the BJP government the state of consequences in the assembly elections of 2017 if the demand of his community, which is seen as a crucial BJP votebank in Gujarat .....

"If this government does not heed our demands, the lotus will not bloom in 2017"

...... belongs to a middle-class family of Chandrapur village near Viramgam in central Gujarat. After completing his B.Com with less than 50% marks from Ahmedabad's Sahajanand College, he helped his father in the family's small submersible pumps business for a while. ...... 35,373 likes .... His organisation uses Facebook and WhatsApp to relay information about his rallies and tap the youth in the state. ...... is compared to the Iron Man of India by his supporters. They also call him the 'New Modi' and the Patidar Hriday Samrat. .....

the community, which has for years wielded immense political and financial clout in the state, needs reservations in government jobs and colleges ....... During 2014 Lok Sabha elections, Hardik had openly supported the Aam Aadmi Party (AAP).

India has rightly asked Nepal to take all groups on board
Nepal's parliament is proposing to bar all single parents from passing on their citizenship to their children in a new national constitution, sparking outrage among rights activists. ..... The top three national parties, led by traditionally dominant castes, have agreed to a seven-state federal model. But the politically marginalised ethnic groups and Madhesis — who share close ethnic and kinship links with people in Bihar and UP — believe the current boundaries do not empower them. Madhesis and Tharus, another ethnic group, have been at the forefront of the protests, one of which turned violent. There is a risk of deeper polarisation on ethnic lines if a solution is not found soon. .....

Disproportionate force can trigger more violations and deepen the alienation. Kathmandu’s top leaders must sincerely reach out to Madhesi and Tharu groups, putting on hold the constitutional process, initiate a dialogue, revise federal boundaries, and then promulgate the statute.

...... The issues are not intractable and a slight adjustment of districts in the east and western plains can soothe tempers.


Asaduddin Owaisi: A shift from traditional Muslim politico
Asaduddin Owaisi, the leader of All India Majlis-e-Ittehadul Muslimeem (AIMIM), represents a remarkable shift from the norm. The fluent, English-speaking politician has, through his sharp, unflinching observations on Indian society and politics, gained a national audience and is now developing an ambition for his party to match it. ...... The AIMIM won two of the 25 seats it contested in the Maharashtra assembly elections last year; it won half the seats in Aurangabad’s municipal elections and has now set its sights on civic bodies in Bengaluru as well....... it is Mr Owaisi’s presumed interest in the Bihar assembly polls that has caught everyone’s attention. .... He recently addressed a huge rally in Kishanganj and called for a ‘special package’ under Article 371 for the Seemanchal region, which includes Araria, Kathihar, Purnia and Kishanganj districts, where Muslims comprise 30-40% of the population. ...... Muslims, who are vulnerable to State pressure and severely lack access to a range of public services including education, health care and sanitation.
Bihar elections: It's time for a fresh brand of politics
There are also now disturbing reports of localised communal tensions, propelled by majoritarian outfits. This is not to suggest that the BJP has engineered any clashes. But there are clear political moves by some of its affiliates to ensure polarisation, and reap benefits from it.
Bihar elections: It’ll come down to the wire
if the people’s verdict goes in favour of the RJD-JD(U) alliance, it will mean a giant stride towards the broader Janata unity of six parties, and it will go to polls in Uttar Pradesh in 2017 on a far stronger footing


जलेश्वर तनावग्रस्त, प्रहरी र आन्दोलनकारीबीच झडप
झडपको कारण सदरमुकाम जलेश्वर जोडने विभिन्न सडकखण्डमा अहिले मुढाहरु तेर्सयाएर सुरक्षाकर्मीको लागि अवरोध श्रृजना गर्ने कार्य गरिएको छ । सशस्त्र प्रहरीको वेशक्याम्प जाने बाटोको तिन ठाउँमा सुगा गाविसका युवाहरुले ठुलठुला मुढाहरु तेर्सयाएर बाटो अवरुद्ध गरेका छन् । त्यसैगरी जिल्लाको मटिहानी, सरपल्लो, रामगोपालपुर लगायतका ठाउँहरुमा समेत बन्द गरिएको छ । यसैबीच जिल्लाको

बर्दिबासमा सदभाव ¥याली निकालिएको छ । स्थानीय वासिन्दाहरु मिलेर हिमाल पहाड तराई कोही छैनन् पराई भन्दै सदभाव ¥याली निकालेका हुन् ।

संघीयताले देश टुक्रँदैन हजुर
संघीयता देश टुक्र्याउने नीति वा परिपाटी पटक्कै होइन । यो त शासन प्रणालीको एउटा प्रक्रिया हो । राज्यको सबैतिर केन्द्रीय सरकारले मात्रै हेर्दा समग्र विकास सम्भव हुँदैन । त्यसैले संघ वा प्रदेश सरकारको कुरा आएको हो । प्रदेश–प्रदेश बनाएर केही खास अधिकार दिइयो भने छिटो विकास सम्भव हुन्छ । प्रदेशका जनता विकास वा उत्पादनमुखी कार्यमा जोडिने सम्भावना छिटो हुन्छ । ..... हामीले देखेको, बुझेको र भोगेकै कुरा हो– गाउँ विकास समिति, नगरपालिका, जिल्ला विकास समिति, अञ्चल, विकास क्षेत्र आदि । यो पनि शासनको बाँडफाँड हो । जसरी गाविस, जिल्ला, अञ्चल, विकास क्षेत्र भनेर छुट्याइएको छ, त्यस्तै अर्को एउटा प्रक्रिया हो, प्रदेशको विभाजन ।

जसरी गाउँ विकास समितिको विभाजनले देश टुक्रिएको हुँदैन, त्यसरी नै प्रदेश राज्यको विभाजनले पनि देश टुक्रिँदैन ।

......... संघात्मक शासन भनेको एकात्मक शासन पद्धतिको विलोम हो । यसमा शासनको सत्ता मुलुकको संविधानद्वारा नै केन्द्रीय र प्रान्तीय सरकारमा विभाजित गरिएको हुन्छ । केन्द्रीय सरकारले स्वेच्छाले प्रान्तीय सरकारलाई प्रदत्त अधिकार एवं शक्ति माथि हस्तक्षेप गर्न, परिवर्तन गर्न वा समाप्त गर्न सक्तैन । ..... यस्ता स–साना प्रदेश वा राज्यहरूमा मुलुकको मूल कानुनको दायरामा रहेर स्वायत्त ढंगले आफ्नो तोकिएको भूभागमा आफ्नै प्रकारले त्यहाँको सरकारले शासन र प्रशासन चलाएको हुन्छ । विशेषतः संघात्मक शासन प्रणाली भएका राष्ट्रमा केन्द्रीय सरकार एवं प्रान्तीय सरकारमा शासनको शक्ति विभाजित गरिएको हुन्छ । विशेष परिस्थितिबाहेक सामान्य अवस्थामा प्रान्तीय सरकारका नीति तथा क्रियाकलाप माथि केन्द्रीय सरकारले हस्तक्षेप वा दमन गर्न वा अवरोध पु¥याउन पाउँदैन । ....... सिद्धान्त एवं व्यावहारिक रूपमा सन् १७७९ मा अमेरिकी संघीय व्यवस्थासहित यसको प्रारम्भ भएको हो । खासगरी दोस्रो विश्व युद्धपछि उपनिवेशका रूपमा रहेका राष्ट्र मुक्त हुन थालेपछि क्रमशः संघात्मक शासन व्यवस्थाको महत्त्व बढेको हो । आजको युगमा संघात्मक शासन प्रणालीलाई बढी लोकतान्त्रिक र समावेशी शासन व्यवस्थाका रूपमा लिने गरिन्छ ।
एकल वाहुनजातिय राज्यसत्ता गृहयुद्ध तर्फ उन्मुख हुदै छ ।
अत्यन्तै हर्ष र उल्लासकासाथमा सम्पन्न भएको प्रथम संविधानसभा, राज्य पूनर्सम्रचना समितिको १४ प्रदेश र २३ स्वायत्त क्षेत्र र सवै दलहरुको आ-आफ्ना प्रतिनिधि पठाएर नेपालको अन्तरिम संविधान २०६३ अनुरुप डा.मदन परियारको संयोजकत्वमा विज्ञहरुद्वारा पहिचानका ५ र सामर्थ्यका ४ आधारमा तयारगरी बुझाएको

१० प्रदेशको पक्षमा स्पष्ट ४१७ दुइतिहाई भन्दा धेरै जनताका प्रतिनिधि हरुको अभिमत

लाई लोकतन्त्रको नायक ठान्ने कांग्रेस र एमालेले जसरी उपहास गरे, ठिक त्यसै समयवाट नै मुलुकमा गृहयुद्धको कालो बादल मडारिएकोमा चिन्तागर्न थालिएको थियो । ...... एकलवाहुनजातिय राज्यले केहिदिन अगि भएको अखण्ड मध्यपश्चिमान्चलको सुर्खेत र २ वर्ष पहिला भएको अखण्ड सुदुरपश्चिमाञ्चलको शहरबजार केन्द्रित आन्दोलन मात्रै देखेको छ, शहर र मुलूकको ग्रामिण वस्तिवस्तिमा भएको दशवर्षे जनयुद्धको सवैभन्दा अग्रभागमा लड्ने निरंकुश राजतन्त्रलाई घुडा टेकाउने मगर,गुरुङ,तामाङ र राई हरुको जनयुद्ध तागत विर्सेको छ । ........

गाउमा आन्दोलनको कार्यक्रमको कुनै अर्थ नहुने र खर्चपानी बोकेर आन्दोलन गर्न, सदरमुकाममा आउदा खान वस्न र रहनको कठिनाईले गर्दा गुरुङ,राई,तामाङ,मगर र शेर्पा लगायतका आदिवासीहरुको अधिकार प्राप्ती आन्दोलन, थारु,लिम्बु र मधेशको आन्दोलनको तुलनामा कमजोर भएको देखिन्छ

ता पनि, तुलनात्मक रुपमा यहि जातिनै सवैभन्दा उत्पिडनमा परेको छ र सवभन्दा आन्दोलित भएको छ साथै विद्रोही मानसिकतामा आफूलाई उन्मुख गराउन बाध्य छ । त्यसतर्फ कुनै मिडिया,समाजशात्री,राजनैतिक विश्लेषक एवं संघ संस्थाको ध्यान पनि गएको देखिदैन । ....... १० वर्षे जनयुद्ध,१९ दिने आन्दोलन,मधेश विद्रोह, यस अघि भएका आदिवासी जनजाति आन्दोलन थारुहट आन्दोलनमा राज्यले उत्पिडित जातिवर्ग समुदाय सङ्ग गरेका सहमती सम्झौता कार्यनयन नगरेर, सदियौ देखिको आफ्नो बैमानी, फटाई,दलाली, सामन्ती एवं निरंकुश स्वाभावलाई नै निरन्तरता दिन खोज्दैछ । राज्यको यो अन्याय,अत्याचार,जालसाजी,फटाई र बैमानीवाट मुक्तहुन नै १० वर्षे जनयुद्धमा उत्पीडितहरुले बन्दुक उठाइएको थिए । ......

हिमाल.लेक र पहाडका विकट भूभागमा वस्ने आदिवासी जनजातिहरु आफ्ना अधिकार सुनिश्चित गर्नको निम्ती, आफूरहने भूभागवाट सम्भव हुने सशस्त्र विद्रोह गर्न मात्रै सम्भव हुनेहुँदा सशस्त्र विद्रोह गर्नुको विकल्प देखिदैन । यसैले पनि एकलजतिय राज्यसत्ताको कारण मूलुक आन्तरिक सशस्त्र द्वन्द्व तर्फ उन्मुख भएको देखिन्छ ।

.... (लेखक:नेपाल मगर संघ युएई तथा नेपाल आदिवासी जनजाति परिषद् युएईका भूपू.अध्यक्ष हुन
सेना परिचालन गरेर थारुहरुमाथि दमन गरेकोमा विश्व नेवाः संगठनको आपत्ति
वर्ल्ड नेवाः अर्गनाइजेसनले कैलाली घटनामा सेना परिचालन गरी थारुहरुमाथि दमन गरिएकोमा विरोध गदै अविलम्ब वार्ताद्वारा समस्या समाधान गर्न आह्वान गरेको छ । ...... नेवाः अर्गनाइजेसनले एक विज्ञप्ति जारी गर्दै कर्फ्युकै क्रममा थारुहरुको घर जलाइएको भन्दै सरकारको शंकास्पद भूमिकाको आलोचना गरेको छ । भदौ ८ गते थारु सभासदहरुले यसबारे प्रश्न उठाउँदै कर्फ्यु थारुहरुका लागि मात्र हो भनेर प्रश्न उठाइसकेका छन् ।
कैलाली टिकापुरमा नेपाली सेनाद्वारा थारुहरुको घरमा छापा, पाँच जना पक्राउ
सोमवारको घटनापछि दङ्गाग्रस्त क्षेत्र घोषाणा गरी परिचालन भएको नेपाली सेनाले थारुहरुको बाक्लो बस्ती भएका क्षेत्रहरुमा छापा मारिरहेको बताइएको छ । ..... नेपाली सेनाको टोलीले कैलाली जोशीपुर गाविसमा थारुहरुको घरघरमा छापा मारिरहेको छ ।


पक्राउ परेकाहरुलाई चरम यातना
पक्राउ पर्नेहरुमा राजकुमार कठरिया, रामकुमार कठरिया, सुन्दरलाल कठरिया, हरिनारायण चौधरी र दिलबहादुर चौधरी रहेका छन्। प्रत्यक्षदर्शीहरुका अनुसार

पक्राउ गरेलगत्तै प्रहरीले उनीहरुलाई चरम यातना दिएको छ। उनीहरुलाई बन्दुकको कुण्डाले कुटपिट तथा बुटले कुल्चेर यातना दिइएको

जनाइएको छ।


'गिरिजासँग भइसक्यो, अब सुशीलसँग वार्ता हुँदैन'
अन्तरिम संविधानमा उल्लेख भएका विषय र मधेशसँग २०६४ मा भएको सहमति कार्यान्वयन नहुञ्जेल कुनै वार्ता नहुने उनले बताए । पार्टीले आइतबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा महतोले भने,‘२०६४ मै वार्ता भई आठ बुँदे सहमति भइसकेको छ । अब वार्ता हुन सक्दैन । उहिल्यै गिरिजाप्रसाद कोइरालासँग वार्ता भइसकेको छ । अब फेरी त्यही वार्ता किन सुशील कोइरालासँग गर्ने ?’ ...... ‘दुई सय पचास वर्षदेखि शासन गर्ने वर्ग फेरि पनि पिछडा र सिमान्तकृतमाथि सत्ता चलाउन खोज्दैछन् । हामी केही खसवादी चिन्तन बोक्ने नेताको निर्णय मान्न तयार छैनौं ।’ ..... ‘राज्य पुर्नसंरचना आयोगको खाकाअनुसार राज्यको सिमाङ्कन हुनुपर्छ ।’ ...

विगतदेखि नै मधेशमा पहाडी र मधेशी मिलेर बसेकोले राज्य बनाइदा पनि उनीहरु एक अर्कोतिर हुने गरी बनाइन नहुने

टीकापुर घटना हाम्रो सोचमाथिको थप्पड हो
नेपालको संघीयताका लागि दुईवटा आधारहरु लिइए- पहिचान र सामर्थ्य। यी दुई आधारमा संघीयतामा जाने भनेर नेताहरुले भने र हामीले पनि त्यही बुझ्यौँ। तर जब संघीय खाका कोरियो न पहिचान भेटियो, न सामर्थ्य भेटियो। ...... पहिचान भनेको जातीय कुरा होइन .... जुन समस्या छ, त्यो समस्यालाई छ भन्ने नमानिकन समस्याको समाधान कसरी गर्नुहुन्छ? नेपालमा जातीय विभेद छ भने त्यो विभेदलाई समाधान पनि त गर्नुपर्‍यो नि। त्यसलाई मानेमात्र न समाधान हुन्छ। ...... विविधतालाई हामीले मान्यौँ भने हामीले अर्काको आँखाबाट नेपाललाई हेर्न सिक्छौँ। अहिले हामी जुन आँखाबाट नेपाल हेर्दैछौँ, त्यो हाम्रो मनोगत आँखा हो। हाम्रो समुदायको आँखा हो। तर त्यो सत्य होइन। ......

संघीयता भनेको त विविधताले धनी हुने कुरा हो। यसले शोषण, विभाजन र विखण्डन ल्याउने होइन।

..... नेताहरु आफूआफू बस्ने अनि आफ्नो चुनाव क्षेत्र तथा आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्ने किसिमले आफै नक्सा कोर्ने अनि अरुलाई भाषण दिने? त्यो कुरा हुँदैन अब। सबैले खुला दिलले नेपालको यो विविधता स्वीकार गर्नुपर्‍यो। जब विविधतालाई अंगीकार गर्छौँ तब विखण्डन हुँदैन।
थारुहरुका जायज माग सम्वोधन हुन्छ : योगेश भट्टराई
एनजीओ र आइएनजीओहरुले वितण्डा मच्चाए
नेपालमा विभिन्न एनजीओ र आइएनजीओहरुले जातजातिका नाममा ठूलो धनराशी खर्च गर्दै देशमा वितण्डा मचाउन लागेको आरोप लगाए । उनले त्यस्ता एनजीओ र आईएनजीओहरुलाई नेपालबाट फिर्ता पठाउनु पर्ने धारणा समेत राखे । ..... राष्ट्रपतिले सेना परिचालनको विषयमा चासो देखाएको भए सरकारले त्यसको जवाफ दिनुपर्ने भट्टराईले बताए । तर अहिले विभिन्न स्थानमा भएका दंगालाई मध्यनजर गर्दै केही समयका लागि गरिएको सेना परिचालन सहि भएको ...... विभिन्नखालका समस्याहरु देखा परेतापनि संविधान जारीको प्रक्रिया सहि ढंगले अगाडि बढेमा भदौ मसान्तसम्म जारी हुने
के भइरहेछ युद्धमैदानमा फेरिएको टीकापुरमा ?

राज्यको आँखामा थारुहरुले अधिकार माग्नु नै उनीहरुको ठूलो अपराध भएको छ ।

......

नराम्ररी आत‌ंकित छ टीकापुर यतिखेर । एकातिर राज्यका सेनासहित तीन वटै सुरक्षा स‌ंयन्त्र क्रियाशील छन् छापामारी र गिरफ्तारीमा । अर्कोतिर राज्यकै आतंकको छायामा जारी छ अखण्ड पक्षधरहरुबाट थारु समुदायविरुद्ध आगजनी र तोडफोड ।

...... हिंसात्मक झडपको क्रममा कति थारुहरु मारिए, कसैलाई थाहा छैन । राज्य त आफ्ना प्रहरी र सशस्त्र प्रहरीको लाश गन्दै अघोषित युद्धमा होमीहाल्यो । उसलाई आफ्ना नागरिक कति मारिए वा कति घाइते भए, के मतलब ? जसको विरुद्ध सेना परिचालन गरिएको उनीहरुको अवस्थाबारे उसलाई केको चासो ? ...... त्यो कफ्र्यु पनि कसैलाई लाग्ने, कसैलाई नलाग्ने रहेछ ! राज्य र उसका बलप्रयोग गर्ने यन्त्रहरुले एकतर्फी रुपमा कफ्र्यु लगाएको छ, सीमांकन र प्रदेश घोषणामा जस्तै आफन्त र परायालाई अलग्याएर व्यवहार गरेको छ ।

कफ्र्युकै बेला केही अखण्डवालाहरुले थारुहरुका दर्जनौं घर तोडफोड गर्ने र आगजनी गर्ने ‘सुविधा’ पाएको

हो कि भन्ने आभास भएको छ । ....... कफ्र्युकै बीचमा थारु अगुवा तथा रेडियोकर्मी रेशम चौधरीको फूलबारी एफएम र फूलबारी रिसोर्ट जलाइएको छ । त्यसरी जलाउने ‘सत्कर्म’मा राज्यको प्रहरी र अखण्ड पक्षधरहरुको संयुक्त हात रहेको शंका बलियो छ । त्यस्तै थारु समुदायका सभासद जनकराज चौधरीको घर पनि आगजनीकै कारण नष्ट भएको छ, यसमा पनि राज्यको बलप्रयोगकारी शक्ति र अखण्डवादी शक्तिको ‘सहकार्य’को आशंका गरिएको छ । ......

यसैबीच मुक्त कमैया र कम्लहरीहरुबीच क्रियाशील रहेको फ्रीड कमैया वुमन डेभलपमेन्ट फोरम नामक स्थानीय एनजिओलाई पनि जलाएर ध्वस्त पारिएको छ ।

...... थारु समुदायका ५० वटाभन्दा बेसी घर जलाइएका छन् । र उनीहरु ज्यान बचाउन घर र सबै सम्पत्ति छाडेर छिमेकी गाउँतिर भागेका छन् । थारु समुदायका केही पसल पनि तोडफोड, लुटपाट र आगजनीको सिकार भएका छन् । गिरफ्तारी र आगजनीबीच उनीहरु पनि सम्पत्ति हैन, ज्यान जोगाउन छिमेकी गाउँको शरण लिन पुगेका छन् । ......

अहिले राज्यले थालेको बलप्रयोगको सिकार भएका छन्, थारु समुदायका बडघरहरु । परम्परादेखि नै समुदायका अगुवाका रुपमा चिनिएका र चुनिएका ती बडघरहरुलाई छानीछानीकन प्रहरीले गिरफ्तार गर्दैछन् । उनीहरुमाथि आफ्नो समुदायका सदस्यहरुलाई टीकापुरको प्रदर्शनमा सहभागी हुन ‘उर्दी’ जारी गरिएको आरोप लगाइएको छ ।

..... गिरफ्तारीको लहरबाट अस्पतालमा उपचाररत बिरामी पनि बच्न सकेका छैनन् । यसैबीच टीकापुर अस्पतालमा उपचार गराइरहेका चार जना समातिएका छन् । उनीहरुमा जोशीपुरमा तीन जना र एक कन्चनपुरका थारु रहेको थाहा भएको छ ।


पर्सामा निषेधाज्ञा लगाएर गाडी चलाउन खोज्दा गोली चल्यो
संविधान भारत विरोधी और सन्धि १९५० के विपरीत है : सभासद शाह
वर्तमान परिस्थित मे राजधानी मे सिर्फ एक हप्तेका खाद्यन्न बचा हुआ है । ..... कपिलवस्तु क्षेत्र नं.५ के सभासद एवं संघीय समाजवादी फोरम नेपाल के उपमहासचिव अभिषेक प्रताप शाह ने आरोप लगया है कि सत्ताशीन तीन दल द्वारा संविधानको नेपाली जनता के अहित मे कर भारत बिरोधी बनानेका दुष्प्रयास किया जा रहा है । जिसे देश मे अस्थिरता पैदा करनेका षड्यन्त्र कहा जा सकता है । जब यही मधेशी, थारु और जनजाति कांग्रेस एमाले को वोट देकर सत्ता मे लाते थे, तब यू.पी. बिहार के नही थे ? अब अगर अपनी अधिकार की लडाई लडते हैं तो हम आतंककारी है, अपराधी हैं । यह संविधान भारत से रिश्ते में कड्वाहट लाने और नेपाल भारत की सन्धि १९५० के विपरीत है । इसलिए हम कुछ मधेशी सभासदों ने भारतीय सांसद जगदम्बिका पाल के जरीए भारत सरकारको इस गम्भीर विषयको सुसूचित कराया है । अगर सत्ताशीन दलों द्वारा शान्तिपूर्ण आन्दोलन को दबाया गया तथा गम्भीरता से नही लिया गया तो आन्दोलन और भी सशक्त किया जाएगा जिसका जिम्मेवार खुद नेपाल सरकार होगा ।
चार दलले पेलेर हिँड्न खोजे काठमाण्डुलाई दानापानी बन्द गरिदिने धम्कीसमेत दिए
यो देशमा बहुमतमा रहेका मधेसी, आदिवासी जनजाति, महिला, मुस्लिम र पिछडावर्गका एजेन्डा तुहाएर संविधान बन्यो भने त्यसको परिणाम धेरै गम्भीर हुनेवाला छ । .....

मधेसी जनताले स्वायत्त मधेस प्रदेशका लागि बलिदान गरेका थिए । अन्तरिम संविधानले नै त्यसको ग्यारेण्टी गरेको छ ।

तथाकथित बहुमतको आडमा जसरी जनताका अधिकार खोज्ने षड्यन्त्र भइरहेको छ हामी त्यो सफल हुन दिँदैनौं । ....... अन्तिम मस्यौदा तयार हुँदासम्म हामी दबाब दिन्छौं । त्यसको वावजुद बलजफ्ती संघीयताबिनाको संविधान लाद्ने कुचेष्टा गरियो भने मधेसी जनता र मधेसी पार्टीहरुको धैर्यताको बाँध टुट्छ र मधेस बल्छ । १६ बुँदेले मधेसी जनताको मनमा आगो लागेको छ । मधेसमा आगो लाग्छ । त्यो निभाउने दमकल नेपालमा छैन । सेना र प्रहरीको गोली गठ्ठाले आगो निभ्नेवाला छैन । आन्दोलन यसरी चर्केनेवाला छ कि त्यो कसैको नियन्त्रणमा नहुन पनि सक्छ । ...... धाँधली र षड्यन्त्र गरेर चुनाव जितेकाहरु मधेसी जनताका असली प्रतिनिधि हुन सक्दैनन् । ..... ९० प्रतिशत मत दिने जनता सडकमा आउँछ
कमैया र कम्लहरी रहँदासम्म देशभक्त : अधिकार माग्दा आतंककारी ?
थारुहरु आफ्नो हकअधिकारका लागि लड्दै गर्दा जसरी सर्वसत्तावादी चिन्तन भएका नेताहरुबाट उनीहरुलाई अपमानित हुने किसिमका अभिव्यक्ति आए तिनले उनीहरुको मनोदशालाई अझै आन्दोलित गर्ने काम गरेका छन् । जसरी

अखण्डवादी नेताहरुले थारुहरुलाई रौं बराबर पनि भूमि दिन्न भन्ने खालको जमिनदारी शैलीबाट अभिव्यक्ति दिए त्यसले पनि थारुहरुलाई आक्रोशित बनाउने काम गरेको छ ।

......... सरकारी पक्षबाट भिजिलान्ते प्रयोग भए, उनीहरुले थारु आन्दोलनकर्मीमाथि आक्रमण गरे । थारुहरुका घरघरमा पसेर उनीहरुका दिदीबहिनीको इज्जत लुट्नेजस्ता घटना पनि सार्वजनिक भए । त्यसले पनि थारुहरुलाई आन्दोलित बनायो । ..... दशौं, बीसौं हजारको जनसमुदाय आक्रोशमा अगाडि बढ्दै थियो र सुरक्षाकर्मीले उनीहरुलाई रोक्न खोज्दा त्यस्तो घटना घटित हुन गयो । ..... अहिलेको आन्दोलनको समाधान सेना परिचालनबाट हुनै सक्दैन । सेना परिचालन गरेर राज्यले असाध्यै ठूलो गल्ती गरेको छ । यसरी राज्यले असंवेदनशीलताको पराकाष्ठा नाघेको छ । ....... मधेश र थरहटमा जारी आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिलाई फौजी तरिकाबाट समाधान गर्न सकिन्न । रौतहटको गौरकै घटनालाई हेर्ने हो भने सेना परिचालनपछि पनि जनता सकडमा ओर्लिएका छन् । ...... हाम्रा नेताहरुका आँखामा थारुहरु कमैैया भएर बस्दा, कम्लहरी रहँदा उनीहरु देशभक्त र इमान्दार थिए । आज अधिकारका लागि सडकमा निस्कँदा चाहिँ उनीहरु देशद्रोही भए ? अपराधी भए ? ...... मधेशी, थारु र जनजातिलगायतका उत्पीडित जनतामा समेत राजनीतिक चेतनाको विकास द्रुत गतिमा हुँदैछ । त्यो राजनीतिक चेतनाको स्तरबाट उठेका माग राजनीतिक तबरबाटै सम्बोधन गर्नुपर्दछ ।

जनताले अधिकार माग्दा आफूले आर्जेको बैंक ब्यालेन्सबाट रकम दिनुपर्ने जस्तोगरी कथित ठूला नेताहरुले आनाकानी गर्नु अत्यन्तै दुर्भाग्यपूर्ण छ ।

...... त्यसो त हिजो मधेश आन्दोलन हुँदा थारुलाई उचालेर, भिडाएर त्यो आन्दोलन तुहाउने कोसिस भयो । तर आज थारु र मधेशी दुवै समुदायले त्यस्ता षड्यन्त्र बुझे । फलतः यी दुवैै उत्पीडित समुदाय एकअर्काको घाउमा मलहम लगाउँदैछन् । अधिकार प्राप्तिको आन्दोलनमा एकअर्कासँग सहकार्य गर्दैछन् । परिणामस्वरुप, मधेश–थरुहटमा जारी आन्दोलन अभूतपूर्व र व्यापक रुपमा अगाडि बढिरहेको छ ।

बर्दिया, कैलाली र कंचनपुरमा आन्दोलन हुँदा त्यसको असर विराटनगर, राजविराज, जनकपुर, सर्लाही र रौतहटमा देखिएको छ । थारुहरुमाथि आक्रमण हुँदा पूर्वी मधेशमा आक्रोश देखिएको छ ।

..... नेपालका शासक वर्गले पनि मधेशी र जनजाति, मधेशी र थारु, मधेशी र दलित तथा दलित र जनजातिलाई भिडाएर शासन गरे । तर अब बहुसंख्यक जनताले शासक समुदायको चाल बुझिसके । र, अहिले शासित उत्पीडित जनताका लागि ती मुठ्ठीभर षड्यन्त्रकारीलाई पाठ सिकाउने बेला आएको छ । यही कुरा आत्मबोध गरेर मुलुकभरका मधेशी, जनजाति, थारु र दलितहरु सडकमा ओर्लिएका छन् । ....... दोस्रो संविधानसभा निर्वाचनले संघीयता, समावेशिता र पहिचानका मुद्दालाई अस्वीकृत गरिदियो भन्ने हावादारी कुरालाई कथित बुद्धिजीवीहरुमार्फत् मिडियामा प्रमाणित गर्ने प्रयास गरिँदैथियो । मधेशी, थारु र जनजातिका आन्दोलनले ती सबै प्रचार र हत्कण्डालाई आज मिथ्या सावित गरेका छन् । .....

जनमतकै कुरा सत्य मान्ने हो भने कांग्रेस, एमाले र एमाओवादीलाई मतदान गर्ने मधेश र थरुहटका जनता आज कहाँ छन् ? के ठूला पार्टीको धारणाप्रति समर्थन जनाउँदै घरमा बसेका छन् ? हैन, ती सबै जनता आन्दोलनमा छन् । यी तीन पार्टीले ल्याएको मस्यौदा संविधानमाथि तीब्र असन्तुष्टि प्रकट गर्दैछन् । .... रौतहटबाट चुनाव जितेका माधव नेपाल के आज जानसक्छन् आफ्नो गृहजिल्ला ? बाँकेबाट संविधानभसा सदस्य भएका सुशील कोइराला नेपालगञ्ज जाने हिम्मत गर्न सक्छन् ? त्यसैले शासक वर्गले अब के कुरा स्पष्ट रुपमा बुझ्नुपर्दछ भने प्रहरी, सशस्त्र सुरक्षाकर्मी र सेना परिचालनको भरमा अब जनतामाथि शासन गर्न सकिँदैन ।


In The News (37)

संसदीय अनुमोदन बिना सेना परिचालन संविधानको उल्लङ्घन- सरीता गिरी
अंतरिम संविधान अनुसार संसद बाट अनुमोदन नगरायी सरकारले सेना परिचालनको आदेश दिन सक्दैन
सेना परिचालनमा कानूनको पालना भएन- शैलेन्द्र हरिजन अम्बेडकर, वकिल तथा मानवअधिकारकर्मी
सेना परिचालनले जनमानसमा भय र त्रासको वातावरण सिर्जना हुने, शान्तिपूर्ण प्रदर्शन गर्न पाउने जनताको संबैधानिक अधिकार सेनाल लगाएर निषेध गर्न नहुने र राज्यले शक्ति तथा बलको प्रयोग मार्फत समस्याको निकास खोज्न नहुने भन्दै नागरिक समाज, मानव अधिकारकर्मी र मधेसका राजनैतिक नेतृत्वबाट यस कदम प्रति आपत्ति जनाउदै बिरोध गरेका छन् | ..... सेना परिचालनको कदम कानूनसम्मत नभएको भन्दै उनले भने, “नेपालको अन्तरिम संबिधान २०६३ को भाग २० मा सेना सम्बन्धि व्यवस्थामा दफा १४४ को उपदफा ३ मा

“नेपाली सेना नियन्त्रण,परिचालन र व्यवस्थापन कानुन बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले गर्नेछ

भन्ने कानुनी व्यवस्था छ तर कैलाली लगायत मधेसको जिल्लामा सेना परिचालन गर्नु यसको बिपरित गरिएको देखिन्छ ” |
मधेस आन्दोलनमा जोडिदै नागरिक समाज, दलीय आन्दोलन आम नागरिकको आन्दोलनमा रुपान्तर हुदै
मधेसमा करिब दुई हप्ता देखि जारी आन्दोलन र अनिश्चितकालिन आमहड्ताल लम्बिदै जाँदा ‘स्वायत्त मधेस प्रदेस’ मा ऐक्यबद्धता जनाउदै केहि दिन देखि जनकपुर, बीरगंज, बिराटनगर लगायात मधेसका बिभिन्न ठाउँहरुमा नागरिक समाज, बिभिन्न पेशागत संघ संथाहरुमा आवाद्ध हजारौ वकिल, डाक्टर, ईन्जिनियर, विद्यार्थी, व्यापारी, उद्यमी व्यापारी, शिक्षक, प्राध्यापक, मानव अधिकारकर्मी, पत्रकारहरुले बृहत रयाली र मौन जुलुस प्रदर्शन गरिरहेका छन् | तठस्थ नागरिकहरुको पनि आन्दोलन समर्थन बढ्दै गएकोले आन्दोलन अपेक्षित निष्कर्ष तर्फ बढिरहेको संकेत देखिन्छ | बस केहि कमी छ त बहिरो सरकारले तत्परताका साथ सुनिदिने |
तराई (मधेश) बाट सेना फिर्ता लैजान जयकृष्ण गोइतको चेतावनी
संघियताको सन्दर्भमा जारी आन्दोलन प्रति आफ्नो कुनै सहयोग र समर्थन नरहेको जनाएका छन् | तराई (मधेस) माथि नेपालको अधीनता पूर्णतः अनधिकृत र अबैध रहेकोले आफुहरु तराई (मधेस) को मुक्तिको लागि सशस्त्र लडिरहेको दोहोराएका छन् | ...... “मानव अधिकारका विश्वव्यापी घोषणापत्र १९४८, जेनेभा महासन्धि र अन्तराष्ट्रिय मानवीय कानून र मानव अधिकार सम्बन्धि आधारभूत सिद्धान्त र मान्यताहरु प्रति प्रतिबद्धता उल्लङ्घन गरेर नेपाल सरकारले शान्तिपूर्ण आन्दोलनलाई दमन गर्न तराई (मधेश) मा सेना परिचालन गरिएको छ | नेपाल सरकारले सेना परिचालन र अनिश्चितकालीन कर्फ्यु लगाएर निरीह, निर्दोष, निहत्था तराई (मधेश) का मूलनिवासीहरुका घर खान तलासी लिने, कब्जामा लिने, चरम यातना दिने, हत्या गरेर शव बेपत्ता पर्ने अभियान चलाएका छन् | सेना परिचालन र कर्फ्यु लागेकै अवधिमा अखण्ड सुदूरपश्चिम पक्षधर पहदेहरु कैलालीमा थारु समुदायको घरमा आक्रमण, कुटपिट, तोडफोड र आगजनी गरि रहेका छन् | यसै क्रममा फुलबारी एफएम तथा फुलबारी रिसोर्ट लगायत पसलहरुमा समेत आगजनी गरिएको छ | यदि नेपाल सरकारले अविलम्ब तराई (मधेश) बाट सेना फिर्ता बोलाएन भने तराई (मधेस)मा यस बाट उत्पन्न हुने दुषपरिणामको जिम्मेवारी नेपाल सरकारकै हुनेछ |”
मधेसी नेताहरुको सुरक्षा खतरामा, एनकाउन्टर हुन सक्ने – सन्तोष मेहता, प्रवक्ता, सदभावना पार्टी
कैलालीको टीकापुरमा अकल्पनीय हिंसा घटी भयानक हताहती भएपछी कैलाली लगायत मुलुकका अन्य ठाउँहरुमा साम्प्रदायिक तनाव बढ्दै गएको देखिन्छ | घटना पछि आक्रोशित समुहले टिकापुर बजारका थारुहरुका दर्जनौ घर पसल आगो लगाएर साम्प्रदायिक आगोमा झन् घिउ थपेका छन् | ..... विभिन्न स्रोतले बताएअनुसार सरकारले आन्दोलन दबाउन गोप्य योजना बनाएको छ ।
१) स्रोतका अनुसार सरकारले आदिवासी जनजाति, मधेशी नेताहरुलाई गिरफ्तार गर्ने र सादा पोशाकमा प्रहरी खटाएर इन्काउण्टर गराएर हत्या गर्ने विशेष योजना बनाइरहेको छ ।
२) थारु जातिका प्रहरी, सशस्त्र प्रहरी तथा सेनाहरुलाई कैलाली र तराईमा नखटाउन सुरक्षा परिषदले गोप्य आदेश जारी गरेको बताइएको छ ।
३) सेना तथा सशस्त्रमा उच्च पदमा रहेका आदिवासी जनजातिलाई महत्वपूर्ण कमान्डबाट हटाउने तयारी भएको बताइएको छ ।
राज्यले नै आतंक मच्चाउन खोज्दैछ : थारु सभासद्
थारुवान संयूक्त संघर्ष समितिले आफूहरु वार्ताविरोधी नभएको स्पष्ट पार्दै सरकारले लिखित रुपमा आग्रह गरे आफूहरुले त्यस विषयलाई गम्भीरतापूर्वक सोच्ने बताएको छ। समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक धनिराम चौधरीले बार्ता गर्ने हो भने त्यसका लागि वातावरण निर्माण गर्नुपर्ने भन्दै झुटा मुद्दा खारेजी, क्षतिको पूर्ति, मृतकलाई सहिद घोषण गर्ने प्रतिबद्धता ब्यक्त गरे बार्ता हुनसक्ने बताए। उनले आफूहरु छिटो बार्ता होस र सहिसमयमा संविधान जारी होस भन्ने पक्षमा रहेको स्पष्ट पारे । ....... कफ्र्यू लागेको अवस्थामा केही झुण्डहरुले आगजनी गरेको घटनाले समेत राज्यले हिंसा गराउन खोजेको पुष्टि भएको दाबी गर्दै पूर्व नियोजित रुपमा घटना घटाइएको बताए। ..... पूर्व घोषित १६ गतेसम्मको आम हड्ताललाई निरन्तरता दिँदै भदौ १२ गते शनिबार दिउसो १२ थारुहट क्षेत्रमा विरोधसभा गर्ने र मसाल जुलुस गर्दै पहिचान विरोधीहरुको पुत्ला दहन गर्ने रहेको बताए। ...

राज्यले सहयोग गरिरहेका झुण्डहरुको जुलुस निस्कनुले राज्यको नियत प्रष्ट भएको छ ।

..... अहिलेको समस्या राजनीतिक भएकोले शिर्ष नेताहरुल्े राजनीतिक तवरबाटै समाधान गर्नु पर्नेमा जोड दिए । .....

राजनीतिक सिण्डिकेटका कारण मुलुक द्धन्दमा गएको दावीगर्दै आफूले पहिला नै स्विकार गरिसकेको मागमा अहिले दमन गरिरहेको बताए । चौधरीले दमन समाधानको बाटो नभएको भन्दै दमनले आन्दोलन अझै मेचि महाकाली पुग्छ ।

.... सरकारले लिखित आव्हान गरे आन्दोलनको विकल्पको बारेमा सोच्नै स्पष्ट पार्दै

कैलाली र कञ्चनपुर कुनै पनि हालतमा नछाड्ने बताईन ।

थारु सभासद् प्रधानमन्त्री निवासमा, आन्दोलनको राजनीतिक निकास खोज्न चार दल सहमत

टीकापुर एक समूहले थारुका घरमा तोडफोड गर्नुका साथै आगजनी गर्दै हिँडेका छन्।

..... प्रमुख चार दलबीच थारु समुदायको आन्दोलनको राजनीतिक समाधान खोज्ने सहमति भएको छ।
कैलाली घटनामा सय जना थारु मारिएको दावी

विजय गच्छेदार लाई थरुहट मा स्वागत छ

सीमांकन संशोधन नभए प्रक्रियाबाट बाहिरिनेः गच्छदार
राजनीतिक समस्याको समाधान यही थलोबाट खोज्नु पर्छ। खोजिएन भने यो प्रक्रियाबाट र संविधानसभाबाट बाहिर जान्छु।


Tuesday, August 25, 2015

शेर बहादुर देउबा का २२ पुल

शेर बहादुर देउबा ले भर्खर भने, "मैले प्रधान मंत्री हुँदा कैलाली मा २२ वटा पुल बनाएँ। त्योभन्दा अगाडि काठमाण्डु आउन भारत को बाटो आउनु पर्थ्यो। " वहाँ को आशय यस्तो थियो कि मैले २२ वटा पुल बनाएँ, कैलाली का थारु ले मेरो कुरा किन नमानेको? उनीहरु लाई थरुहट किन चाहियो?

यो त महेंद्र ले मैले पुर्व पश्चिम राजमार्ग बनाएं, किन बहुदल मागेको भने जस्तो भयो। संघीयता अधिकार को कुरा हो देउबा जी।




Stop The Insanity



नेपाली सेनाको टोलीले थारूको घर-घरमा आगो लगाईदै यसरी थारू जतिको बास नै उठायो

मिडियाको गलत प्रचार र चार दलले गर्दा आज थारु जातिलाई नै घृणाको नजरले देखियो तर थारु जातिलाई दास सरह सधै नै खुट्टको तल राख्न खोज्ने उनिहरुलाई किन कोही केही भन्दैन?? निर्दोस थारूको घर घरमा सेनाकै आडमा आगो लगाइदा पनि किन कोही बोल्दैन?? एउटा बालक पनि गोली लागेर मर्यो के हामीलाई दुख लागेको छैन?? तर गलत प्रचार गरेर थारुको नाम बिगार्नेलाई थाहा हुनुपर्ने बालक गोली लागेर मरेको छ र बन्दुक प्रहरीको हातमा हुन्छ।

आनूदोलनकारीले बन्दुक चलाको त पुस्टि नै भाको छैन। यो एक दुर्घटनालाई थारुको नाम दिनेहरु सोच्नुस एकपल्ट कृपया।। अनि मान्छे जलाको गलत फोटो फेसबुकमा राख्नेहरु यो लिङ्कमा हेर्नुस गलत आरोप लाग्दा हामी असहय बनिरहेका छौं। ....... भर्खरै, टीकापुर अस्पतालमा कार्यरत एक जना चिकित्सकले दिएको जानकारी अनुसार उक्त अस्पतालको अवस्था भयवाह बनेको छ । अस्पतालको सेवा सुविधाको वितरण अनुहार हेरेर गरिएको अवस्था छ । थारू कर्मचारीहरुलाई घर फिर्ता पठाइएृको अवस्था छ । कफर््युको क्रममा तथा ठूलो संख्यामा सेना परिचालन गरिएको अवस्थामा पनि छानी–छानी तोडफोड र आगजनि भैरहेको छ । यति बेला मानवअधिकारवादीहरु भूमिकाविहिन अवस्थामा द्ेखिएका छन् । सञ्चारमाध्यमहरु प्नि केवल सूचना प्रवाह गर्ने होडबाजीमा पीडितलाई झनै पीडामा पार्ने काम, बलेको आगोमा घ्यु थप्ने काम मात्रै गरिरहेका छन् । .......

कैलालीको टीकापुरमा अखण्ड पक्षधरले थारुहट नेता कार्यकर्ताको घरघरमा आगो लगाइहेका छन् । सभासद् रामजनम चौधरीले दिएको जानकारी अनुसार कफ्र्यूको उलंघन गर्दै अखण्डका पक्षधरका कार्यकर्ताले क्षेत्र नम्बर १ बाट निर्वाचित सभासद् जनकराज चौधरीको घरमा आगो लगाएका छन् । थारुहट आन्दोलनका क्षेत्रिय संयोजक रेशम चौधरीको घरमा पनि प्रदर्शनकारीले आगो लगाइदिएका छन् । सभासद् रामजनम चौधरीले प्रहरी र सेनाको आडमा थारु कार्यकर्ताको घरमा आगो लगाइएको आरोप लगाएका छन् । उनका अनुसार अहिले सम्म १० घरमा आगो लागि सकेको छ ।

त्यस्तै प्रहरीले स्थिति नियन्त्रणमा लिन भन्दै चार राउण्ड हवाइ फायर गरेको जनाएको छ । ........... टीकापुर घटना निक्कै दुःखद् र त्रासदीपूर्ण छ । यो घटना कि त ठूलो षडयन्त्र हुनुपर्छ, कि त

सयौँको संख्यामा हताहती भएका आन्दोलनकारीको संख्या लुकाइएको हुनुपर्छ ।

........ मात्र तीन आन्दोलनकारीको हत्या हुँदा १७ जना प्रहरीको हत्या र ५६ जना प्रहरी घाइते हुनै सक्दैन । कि त यो योजनाबद्ध तथा सुनियोजित षडयन्त्र रचेर गराइएको घटना हो । कि त घटनाले थप उग्र रुप लिने भएर

सरकारले आन्दोलनकारीतर्फ भएको क्षतिको विवरण सार्वजनिक गरेको छैन ।

......... लौ मानौँ प्रहरीले फायर खोल्नुभन्दा अघि नै आन्दोलनकारीले उनीहरुलाई कब्जामा लिएर मारे रे ! तर के ८० जना हतियारबद्ध प्रहरी एकै ठाउँ हुनु भनेको कम शक्ति हो ? त्यत्रो प्रहरीले आफ्नो प्रमुख कमाण्डर एसएसपीलाई मार्दासम्म तीन जना मात्र मर्नेगरी गोली चलाए होलान् त ? ...... लौ प्रहरीले गोली नै चलाउन पाएनन् रे, त्यत्रा तालिमप्राप्त प्रहरीले कम्तीमा ३/४ जनालाई त त्यसै पनि ढाल्छन् । अर्को कुरा, हतियार साथमा भएको प्रहरीले गोली चलाउन थालेपछि आन्दोलनकारी त्यसै पनि भाग्छन् । ..... गृहमन्त्रीले २ सयको संख्यामा भाला, बञ्चरो र खुकुरी लिएर आएका आन्दोलनकारी भनेका छन् । के त्यति सानो संख्याको प्रदर्शनकारीले त्यति ठूलो संख्यामा प्रहरीको हत्या गर्न सम्भव छ ? यो पत्याउन सकिने कुरा होइन । ....... त्यत्रो घम्साघम्सी हुँदा आन्दोलनकारी पनि पक्कै घाइते भएका होलान् ती कहाँ गए ? अझ सर्वसाधारण आन्दोलनकारी त धेरै पर्नुपर्ने । किनकि उनीहरुलाई यस्तो बेला सुरक्षित हुने तरिका नै थाहा हुँदैन । ...... जिल्ला अस्पतालमा त घाइते प्रहरी मात्र छन् भनिएको छ । के कुनै आन्दोलनकारी घाइते नभई त्यति ठूलो संख्याको प्रहरी हत्या सम्भव छ ? छैन । ....... त्यहाँ सयौँको संख्यामा आन्दोलनकारी हताहत भएको हुनैपर्छ । सरकार र आन्दोलनकारी दुबैबाट तत्कालै यथार्थ बाहिर आउनुपर्छ, भोलि फेरि यस्तै गरी अर्को ठाउँमा आगो लागिसकेपछि हैन । ..... प्रजिअले अहिलेसम्म ६ जनाको मात्र हत्या भएको पुष्टि गरेका छन् । तर मिडियाले १७ जनाको हत्या भन्दै प्रचार गरेका छन् । यसले तनाव झन् बढाउने छ । ...... आफ्नो पहिचान खोज्दै सडकमा आएका थारुहरुको मागलाई बुद्धिहीन नेताहरुले कुनै न कुनै ढंगले चाँडै सम्बोधन गर्नु जरुरी छ । थारुहरुको मात्र होइन उत्पीडित समुदायको पहिचान र अधिकार स्थापित गर्नेतिर पनि दलका टाउकेहरुको ध्यान जान उत्तिकै जरुरी छ । होइन भने यस्तो घटना कैलालीमा मात्र होइन देशका विभिन्न स्थानमा कुनै न कुनै दिन हुने अवश्यम्भावी छ । थरुहट माग्ने थाहहरुविरुद्ध सेना परिचालन गर्नुअघि टीकापुर घटनाको यथार्थ संसद र जनतालाई दिनपर्दैन गृहमन्त्रीज्यू र रक्षामन्त्रीको पद सम्हालिरहेका प्रधानमन्त्रीज्यू ?


सरकारको कारण हिंसा भड्कीयो, सेनाले दमन गरे गृहयुद्ध : लेखी
थारु आन्दोलनका अगुवा राजकुमार लेखीले राज्यको हेपाहा प्रवृत्तिको कारण कैलालीको टिकापुरमा हिंसा भड्कीएको आरोप लगाएका छन् । थारु आन्दोलनलाई तुहाउन नियोजित रुपमा कैलालीको टिकापुर सरकारी पक्षले नै हिंसा भड्काएको उनको आरोप छ । ..... थारु आन्दोलन संयोजनकर्ता मध्येका एक लेखीले नयाँ पेजसँग सोमबार राती कुरा गर्दैं थारु आन्दोलनलाई बदनाम बनाउन थारु बिरोधीहरुले भिजलन्ते प्रयोग गरेको हुन सक्ने आशंका व्याक्त गरे । सरकारले थारु समुदायलाई हेपेर वेवास्ता गरेको आरोप छ उनको । भने,

‘आमहड्ताल सहितको आन्दोलनको घोषणा गरेर थारु समुदाय १३ दिनदेखी आन्दोलनमा थियो । सरकारले दुुई चार झुन्ड सहभागी अखण्ड आन्दोलनको माग २ दिनमै सम्बोधन गर्यो । तर, लाखौं सहभागी थारु आन्दोलनको वेवास्ता गरीरह्यो ।’

...... ‘१३ दिनदेखी थारु समुदाय आन्दोलनमा थियो । यतिका दिनसम्म राज्यले नसुनेजस्तै गर्यो । अहिले फेरी समुदायलाई आतंककारी भन्दैछ । थारुमाथिको यो हेपाइ हो ।’ .....

सोमबारको घटनामा सैयौं थारु आन्दोलनकारी मारिएको हुनसक्ने उनले आशंका व्याक्त गरे । ‘अझैँसम्म गोली चलीरहेको छ, थारु बस्तीमाथि पसेर प्रहरीले आंतक मच्चाइरहेको छ’ उनले भने,‘थारु आन्दोलनकारी मारिएको सुचना सरकारले लुकाइरहेको छ ।’

.... शान्तिपूर्ण आन्दोलनमाथि सेना परिचालन गरेर दमन गरिए

गृहयुद्ध हुने

उनको चेतावनी छ । उनले शान्तिपूर्ण आन्दोलनलाई भड्काउन नेताहरुले भुमिका निर्वाह गरीरहेको दाबी गरे ।
कैलालीमा कति प्रदर्शनकारी मारिए?

थारु सभासदहरुले कैलालीको टीकापुरमा भएको झडपमा सय भन्दा बढी आफ्ना कार्यकर्ता मारिएको दावी गरेका छन् । .... प्रहरीले आधा घण्टासम्म निरन्तर गोली चलाएर आफ्ना एक सय भन्दा बढी कार्यकर्ता मारेको दावी गरेका हुन् । .... मारिएका आफूहरुका कार्यकर्ताका शव प्रहरीले नै गायव पारेको

..... सभासदहरुले घटनास्थलमा प्रहरीले अखण्ड सुदुरपश्चिम पक्षधरका कार्यकर्तालाई मात्र जान दिएकाले घटना रहस्यमय भएको दावी गरेका छन् । ..... सभासदहरुले घटनास्थलमा मानवअधिकारवादी र सञ्चार माध्यमलाई जान दिएर घटनाको वास्तविकता ल्याउने वातावरण बनाइदिन प्रधानमन्त्री कोइरालासँग आग्रह पनि गरेका थिए । .... थारु नेताहरुले अखण्ड पक्षधरले एकलौटी प्रचार गरेको भन्दै घटनाको वास्तविकता ल्याउन सरकारसँग माग गरेका छन् ।
गौरमा प्रहरीको गोली लागि एकको मृत्यु, प्रहरीद्वारा मानवअधिकारको ठाडो उल्लंघन
रौतहट जिल्ला सदरमुकाम गौरमा मंगलबार दिउँसो प्रहरीले चलाएको गोली लागि एक १८ वर्षीय युवकको मृत्यु भएको छ । मठिया-६ का १८ वर्षीय राजकिशोर ठाकुरलाई पिठ्युँमा गोली लागेको र उनको मृगौला छेड्दै पेटबाट निस्केको जिल्ला अस्पताल गौरका चिकित्सकहरुले बताएका छन् । ....... गौरस्थित गुप्ता पेट्रोल पम्प अगाडि मंगलबार दिउँसो प्रहरी र प्रदर्शनकारीबिच दोहोरो झडप भइरहँदा प्रहरीले एक्कासी गोली चलाएको थियो । बाटोको छेउबाट हिँड्दै गरेका ठाकुर गोली चलेपछि भाग्न खोज्दा पछाडिबाट पिठ्युँमा गोली लागेको हो । ....... स्थानीय पत्रकार प्रविण तिवडेवालका अनुसार

गोली लागि लडेका युवक ठाकुरलाई प्रहरीले अस्पताल पुर्याउनु साटो घेरेर पिटेका थिए । करिब २० जनाको संख्यामा रहेका प्रहरीले गोली लागेर भुईँमा लडेका उनलाई बुटै बुटले हिर्काएका थिए ।

....... मृतक ठाकुर प्रदर्शनकारी नरहेको बताइएको छ ।


एफएम र थारु नेताहरुको घर जले, कहाँ छन् नेपाली सेना ?
मंगलबार कर्फयु जारी भएको समयमै कैलालीमा सभासद् जनक चौधरी तथा थारु आन्दोलनका अगुवा नेता रेशम चौधरीको घरमा आगजनी भएको छ । कैललीको धनसिंहपुर र बनगाउँसहित केही गाउँहरुको थारु बस्तीमा आगजनी गरिएको छ । ...... कर्फयुको अवग्या गर्दै निस्केको एक समूहले थारुहरुको घरमा आगजनी गर्नुका साथै विभिन्न गाउँहरुमा पनि थारुहरुको बस्ती जलाउनका साथै कुटपिट गरिएका छन् । ...... नेता रेशम चौधरीले सञ्चालन गरेको फुलवारी एफएम तथा फुलबारी रिसोर्टलगायत उनको सञ्चालनमा रहेको केही पसलहरुमा समेत आगजनी गरिएको छ । ..... पत्रकार चौधरीका अनुसार कैलालीमा नेपाली सेना परिचालन भएपनि यस्तो घटना बढ्दै जानुले थारुहरु झनै त्रसित बनेका छन् । प्रहरीहरु उलेख्यरुपमा परिचालन भएपनि उग्ररुपमा थारुहरुको घरमाथि आक्रमण गर्नेहरुलाई नियन्त्रणमा लिन सकेको छैन । .....

नेपाली सेना परिचालन भईसकेको स्थानमा यस्तो घटना बढ्दै जानु

..... आज जिल्ला प्रहरीले पत्रकार सम्मेलन गरी आइतबारको घटना बारे जानाकरी गराएको बताए । उनले प्रहरी मारिएको जानकारी मात्र दिइए तर प्रदर्शनकारी मारिएको जानकारी अहिलेसम्म प्रहरीले पुष्टि नगरेको बताए ।
टिकापुरमा ३५ जनाभन्दा बढी मारिएको दाबी, संख्या बढ्दै
टिकापुर प्रहरीले अनौपचारीकरुपमा दिएको जनकारीअनुसार हालसम्म ३५ जनाभन्दा बढीको मृत्यु भएको हुन सक्छ । तर स्थानीय पत्रकारहरुका अनुसार प्रहरी र प्रर्दशनकारीसहित

करिब ४० जना मारिएको हुन सक्छन् ।

.... हालसम्म १२ जनाको नाम मात्र सार्वजनिक गरिएको छ । टिकापुर अस्पताल पुगेका लासहरुको मात्र विस्तृत जानकारी आएको छ । ...... स्थानीय प्रहरीले विभिन्न स्थानबाट लासहरु संकलन गरिहरेको प्रहरी कार्यालयले जनाएको छ । ..... हवलदार रामविहारी चौधरी र ललित साउदको मृत्यु भएको


सिरहामा पनि गोली चल्यो, फोरम नेपालका नेता साह घाइते
प्रहरीले विहान स्काटिगं गरेर सवारी साधान पास गराउँदा प्रर्दशनकारीहरु सडकबाट उठन मानेका थिएनन् । .... मधेशी मोर्चाले थप कार्यक्रम घोषणा गर्ने जनाएको छ ।


सेना परिचालन गरेर मधेशी र थारुविरुद्ध सरकारले युद्ध घोषणा गर्‍यो : मानवअधिकारकर्मी तथा बुद्धिजीवी
लिम्बुवान समर्थित मानवअधिकारकर्मी तथा बुद्धिजीवीहरुले मधेशी र थारु (आदिवासी जनजाति)विरुद्ध सेना परिचालन गर्ने सरकारको निर्णयप्रति घोर आपत्ति जनाएका छन् । .... सेना परिचालनलाई मानवअधिकार उल्लंघन बताउँदै उनीहरुले नेपाली जनताविरुद्ध सेना प्रयोग गर्ने अधिकार सत्तासीन दलका शासकहरुलाई नभएको बताएका छन् । ...... विज्ञप्ति जारी गर्दै सत्तासीनहरुले जनताविरुद्ध युद्धको घोषणा गरेको भन्दै घोर आपत्ति जनाएका छन् । ...... विज्ञप्तिमा भनिएको छ, ‘नेपाली सेना राज्यको सुरक्षाको लागि हो, नेपाली जनताको विरुद्धमा परिचालन र जातीय नरसंहार गर्नको लागि होइन ।’ ...... दंगाग्रस्त क्षेत्र घोषणा गरेर जनतालाई दमन गरेर र नेपाली सेना परिचालन गरेर समस्याको समाधान नहुने बताउँदै राजनीतिक रुपमा वार्ताबाट समाधान गर्नपर्ने बताइएको छ । ...... भदौ ७ गते कैलालीको टीकापुरमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो । त्यस्तै दाङ, जलेश्वर, जनकपुरलगायतमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो । ...... लिम्बुवान समर्थित मानवअधिकारकर्मी तथा बुद्धिजीवीहरुले सेना परिचालन तुरुन्त रोक्न, घाइतेहरुको उपचार गर्न र उत्पीडिहरुको माग सम्बोधन गर्न आग्रह गरिएको छ । ....... वक्तव्य जारी गर्नेहरुमा

मञ्जुल याक्थुङ्बा, डा. कृष्ण भट्टचन, डा. युवराज लिम्बु, नवीन सुब्बा, खगेद्र जबेगु, अर्जुन लिम्बु, राम मादेन, नारायण निङलेखु, नन्द कन्दङ्वा, शंकर लिम्बु, नेत्र तुम्बाहाम्फे र अमर तुम्याहाङ

रहेका छन् ।




नेपालगन्जमा फेरि २ बजेबाट कफर्यु
कफ्र्यु लगत्तै नेपालगन्ज सुनसान देखिएको छ । ........ ग्रामीण क्षेत्र भने मंगलवार तनावग्रस्त रहेको स्रोतले जानकारी दिएको छ ।

बाँकेका ग्रामीण क्षेत्रमा व्यापक प्रदर्शन भैरहेको समाचार प्राप्त भएको छ ।

कर्फ्युकै बीचमा टीकापुरमा सद्भावना पार्टीका नेता रेशम चौधरी लगायत कैयौको घरमा आगजनी, बदला लिन प्रहरीको पनि साथ हुन सक्ने आशंका
भड्किएको हिंसात्मक दंगा पछि आक्रोशित समुहले टीकापुरका सद्भावना पार्टीका नेता संचार उद्यमी एवं कलाकार रेशम चौधरीको फुलबारी एफएम, फुलबारी रिसोर्ट, आगजनी गरेका छन् | कैलाली क्षेत्र नम्बर १ का सभासद जनक चौधरीको घरमा पनि आगजनी गरिएको खबर छ | हिंसा भड्किए देखि रातीबाट नै टिकापुरमा कैयौ थारुहरुको पसल, घरमा आगजनी गरिएको छ | ....

कर्फ्यु जारी भएकै बेला भएका बदलाका यस्ता घटना घट्नुमा प्रहरीको सहयोग बिना सम्भव नहुने भन्दै स्थानीय प्रशासनको भूमिकामा शंका गरिएको छ |