Sunday, August 23, 2015

कैलाली र कंचनपुर को संघर्ष

कैलाली र कंचनपुर मा पर्वते र थारु को जनसंख्या ५०-५० छ हाराहारी। लाग्न सक्छ जता गए पनि के भो र? संघर्ष के का लागि?

थरुहट मा पर्वते को केही पनि खोसिंदैन। पर्वते पनि थारु जस्तै एक व्यक्ति एक मत लोकतंत्र मा सहभागी हुने हो। सरकारी कामकाज को भाषा नेपाली कायम रहन्छ, प्रदेश स्तर मा पनि, गाउँ स्तर मा पनि। प्रदेश सरकार भन्दा केंद्र सरकार बलियो हुन्छ संघीयता मा पनि। र त्यो केंद्र सरकार मा अहिले पर्वते को ९५% हालीमुहाली छ।

भने पछि कंचनपुर का पर्वते किन तात्तिएका? अहिले सम्म सरकारी कामकाज को भाषा नेपाली मात्र थियो अब त्यसमा थारु भाषा पनि थपिने भो भनेर तात्तिएका। थरुहट प्रदेश मा त मुख्य मंत्री थारु पनि बन्न सक्छ। कमैया लाई पनि हामीले मुख्य मंत्री मान्नु पर्ने? अहंकार को कुरा आउँछ त्यहाँ। थारु मुख्य मंत्री लाई पर्वते इंस्पेक्टर ले सलूट गर्नु पर्ने दिन आउन लाग्यो भनेर आत्तिएको।

समानता को अवधारणा सँग आत्तिएको हो कंचनपुर को पर्वते। शेर बहादुर देउबा, भीम रावल, र भट्ट दत्त पत्त त्यस कारण ले आत्तिएका हुन, किनभने तिनको सोंचाइमा थारु भनेको दलित जस्तो हो, सधैं आफु भन्दा तल। थारु एक समय मा राजा थियो फेरि राजा बन्छ। त्यो इतिहास को सुनामी लाई कसैले रोक्न सक्दैन। थारु ले नया पाउनु पर्ने केही बाँकी नै छैन। सबै अंतरिम संविधान मा छ। अंतरिम संविधान नमान्ने तिमी को हो? तिमी श्री ३ हो?

कैलाली र कंचनपुर को संघर्ष आफुले पाइसकेको समानता जोगाउने थारु र थारु लाई समान देख्न नसक्ने पर्वते बीच को संघर्ष हो जुन कि सड़क मा पुगेको छ। थारु राजा जात हो, झुक्दैन।

चितवन: थारु हरुको काठमाण्डु
थारु त पहिला राजा हो
थरुहट को विरोध गर्ने हरु कमैया प्रथा कायम राख्ने इच्छा भएका हरु हुन
विराट, चितवन, कैलाली
भोजपुरा प्रदेश र मधेसी मुस्लिम
चितवन तमसलिंग होइन, थरुहट हो



बन्दकर्ताको गुनासो- ‘कर्फ्यू’ लगाएर खुलाइयो
बन्द आयोजक आदिवासी जनजाति महासंघका महासचिव पेम्बा भोटेले आफूहरुले आहृवान गरेको बन्द खुलाउन राज्यपक्षबाट ‘कफ्र्यू’ लगाइएको आरोप लगाए । .... उपत्यकाबाट मात्र ३२१ जना बन्दकर्ता पक्राउ परिसकेका छन् । प्रहरीको घेराभित्र बन्द उल्लंघन गरिएको भन्दै उनले भने- ‘बन्द खुलाउन कफ्र्यू लगाइएको छ । सडकमा आयो कि समातेर लैजाने गरेको छ ।’ ..... जनजाति महासंघका महासचिव भोटेले भोलिको बन्दमा सभासदहरु नै सडकमा आउने बताए ।
आदिवासी जनजाति महासंघको आजको “नेपाल बन्द” किन सोचेजस्तो हुन सकेन ? (६ कारण के के ?)
बन्द असफल बनाउन हिजोदेखि नै ‘फिर्ता भयो रे’ भन्ने हल्ला फैलाइएको थियो । ....

पछिल्लो पटक ठूला भनिएका दलहरुको आह्वानमा हुने बन्दको क्रममा पनि खास आन्दोलनकारीहरुको उपस्थिति देखिएको छैन ।

तर एउटा निश्चित राजनीतिक विचारबाट प्रभावित त्यस्ता कार्यकर्ताहरु बन्द आह्वानको दिन झिसमिसेमै सडकमा आउँछन् । दुई/चार वटा सवारी साधन तोडफोड गर्छन् । त्यो खबर मिडियामा हल्ला हुन्छ र स्वतः बन्द हुने गरेको देखिन्छ । तर गैरसरकारी संस्थाको रुपमा रहेको महासंघले विगत १० वर्षदेखि आन्दोलनकारी मानसिकतासहितको भूमिका बनाए पनि आन्दोलनको प्रकृति भने उही ‘हाजिरी शैली’मा गरिरहेको छ । आन्दोलनकारीहरुलाई विहान ७:०० बजे मात्र सडकमा आउन आह्वान गरिएको थियो । जबकि त्यतिञ्जेल सडकमा निकै सवारी साधन गुडिसकेका हुन्छन् । ....... कांग्रेस र एमालेको कोटाबाट सभासद् बनेपछि आन्दोलनका ‘क्रिम’ मानिसहरुलाई उनीहरुप्रति ठूलो चित्त दुखाइ भएकै छ । यसै कारण ‘सरकारी जनजातिको बन्द हो’ भन्ने भ्रम पनि परेको हो ।
घैंटेलाई सहिद र राजीव राउतलाई विखण्डनकारी देख्नेहरुको नाममा (घैंटे मारिएर अन्त्य हुन्छ गुन्डाराज ?)
‘एक दुई गुन्डालाई मारेर कहाँ गुन्डाराजको अन्त्य हुन्छ ?’ .... उनीहरुले आफ्नो बोल्न पाउने अधिकारको पूरापूर उपभोग गर्र्दै नेपाली जनताको प्रतिनिधि संस्था संसदमै घैंटेलाई सहिद घोषणा गर्नुपर्ने मागसमेत गरे । करिब एक वर्षअघि “चरी” नामले चिनिने गुन्डा नाइके मारिँदा पनि एमालेका प्रभावशाली केही सांसदहरुले संसदमा यस्तै हङ्गामा मच्चाएका थिए । ...... प्रहरीको गोली लागेर सप्तरीमा राजीव राउतहरु मरिरहेका छन्, घाइते भइरहेका छन् । घरमा छोरी बाबुल कुन बेला चकलेट ल्याइदिन्छ भनेर कुरिरहेकी छिन् । तर संसदमा उनको बारेमा बोलिदिने कोही छैनन् । उनलाई सहिद घोषणा गर्नुपर्छ भनेर संसदमा कसैले बोल्दैनन् । तर, गु्न्डा नाइके भनेर ख्याती कमाएका व्यक्ति मारिँदा संसदमा हङ्गामा मच्चिएको छ । ...... के ऊ एक्लै खतरनाक भएर यो समाजमा यतिबेलासम्म बाँचिरहेको थियो त ? .... कि ऊ कुनै न कुनै प्रकारको राज्यशक्तिको आडमा बाँचिरहेको थियो ? यदि ऊ खराब थियो भने के उसलाई संरक्षण गर्ने शक्ति वा व्यक्ति वा कुनै संस्था चाहिँ कसरी राम्रो हुन सक्छ ? .........

अपराधी घैंटे मात्र हुनसक्दैन/होइन ।



नेपालगन्ज में दर्जनों सवारी साधन में तोडफोड, ग्रामीण नाका भी ठप्प
मधेसका एक ईन्च भाग पहाडमा गाभ्न दिदैनौं: एमाओवादी सभासद चौधरी
एमाओवादी सभासद मानपुर चौधरीले मधेसको झापा, सुनसरी, मोरङ, कैलाली र कञ्चनपुरका एक ईन्च भाग पनि पहाडमा गाभ्न नदिने बताएका छन्। ... सिराहाको लहानमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभासद चौधरीले

आफ्नै पार्टी एमाओवादी अध्यक्ष प्रचण्ड पनि ‘गद्दार’ भएको बताए। उनले आफू काठमाडौं छाडेको बताउँदै अधिकार प्राप्त नभएसम्म नफर्किने वाचा समेत गरे।

........ पूर्वका झापा, सुनसरी र मोरङ एमाले अध्यक्ष केपी ओलीले पहाडमा गाँभ्न लगायो भने पश्चिमको कैलाली र कञ्चनपुर काँग्रेस नेता शेरबहादुर देउवा र भीम रावलले हड्पेका सभासद चोधरीले आरोप लगाएका छन्। .... एमाओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री सुशिल कोइराला र एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै उनले भने, ‘देश तीन बाहुनको पुर्खाको होइन्। हामी मधेसी, थारु, दलित, जनजाती, मुस्लिम लगायतका समुदायको पनि हो। त्यसैले मधेसको जग्गा पहाडमा मिलाउन खोज्नेलाई पराजय गरेर देखाउँछौं।’

मेधसको जग्गा हड्पने प्रयास गर्नेहरु विलय हुने चेतावनी समेत दिए।

...... उनले सुशील, ओली र प्रचण्डले नै मधेसी र थारुलाई फुटाएको आरोप पनि लगाए। .....

‘कसैको आर्शिवादले सभासद बनेको छैन्’, सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित एमाओवादी सभासद चौधरीले भने, ‘मलाई प्रचण्डले केही गर्न सक्दैनन्। जनतालाई जे भनेर निर्वाचित भएको छु। त्यो प्रतिवद्धता पुरा गर्न पछि पर्दिनँ।’

जनकपुर में हजारौ की संख्या में जुलुस प्रदर्शन, दर्जनौं संघ संस्था भी उतरे
करीब एक दर्जन से ज्यादा संघ संस्था की सहभागिता में जनकचौक से ‘अधिकार के लिए ऐक्यबद्धता’ जुलुस मधेश आन्दोलन २ के जनकपुर में सबसे बडा होने का जनकपुरवासी का विश्लेषण है । ...... ऐक्यबद्धता जुलुस में जनकपुर उद्योग वाणिज्य संघ, स्थानीय युवा क्लव, कर्मचारी, शिक्षण संस्था, निजी बैंक का कर्मचारी, समाजसेवी, पत्रकार, वकिल, अधिवक्ता, चिकित्सक, महिला अधिकारकर्मी सहित के सहभागिता थी | सभी ने ‘अन्तिरम संविधान के धारा १३८ (१) अनुरुप संघीयता को सुनिश्चिता, मधेश आन्दोलन, अमर शहीदो को सम्मान और सहमति की सुनिश्चिता बैनर लेकर जुलस प्रदर्शन किया था । ..... सहभागी सभी ने

विगत में हुये सम्झौता कार्यान्वयन किया जाए

, संघीयता सहित के संविधान जारी होना चाहिए नारा लगाया था । .....

मधेश आन्दोलन २०६३/०६४ के बाद मधेश आन्दोलन ३ में प्रथम बार मानवसागर देखा गया

बुद्धिजीवियो को विश्लेषण है ।


पासाङ, नोर्साङ शेर्पा लगायतका नेता पक्राउ
त्यस्तै,

संघीय समाजवादी फोरम शेर्पा प्रदेश समितिका अध्यक्ष नोर्साङ शेर्पा, सेराप शेर्पा र रमेश अधिकारीलाई पनि

प्रहरीले पक्राउ गरिएको हो । नोर्साङ लगायतलाई चवहिलमा विहानै पक्राउ गरी गौशालामा राखिएको छ । .......

काठमाडौं उपत्यकामा बन्दको अवज्ञा भएको छ । काठमाडौं उपत्यका बाहिरका जिल्लाहरुमा यातायात, बजार, कलकारखाना, शिक्षण संस्था ठप्प छन् ।

मधेशी समाचार दिने मिडीया माथि सरकारको दुशप्रयास,यस टिभी र हुलाकी निउज गराए वन्द
मधेशमाथि कतिको खस शासकवादी सरकारले विभेद गर्दो रहेछ त्यो कुरा मधेश सम्वन्धी समाचार दिने संस्थालाई वन्द गराएर सावीत गरेको छ । आफनो अधिकारका निम्ती आन्दोलीत मधेशको सत्य तथ्य दृश्य प्रसारण गरेको यस टिभी र निरन्तर मधेशको बुलेटिन अपडेट गर्दै आएका हुलाकी निउज डट कमलाई वर्तमान विभेदकारी सरकारले षडयन्त्रपुर्ण तरिकाले वन्द गरेको छ । ..... उनले हुलाकी न्यूजमा प्रकाशित ‘मधेशीमाथि गोली चलाउन नमानेका तीन प्रहरीलाई हिरासतमा राखी यातना’ शिर्षकको समाचार लाई साम्प्रादियक दंगा फैलाउन खोजेको समाचार भन्दै यस्तो गरेको आरोप लगाएका छन । ...... नेपाल सदभावना पार्टीका केन्द्रिय महासचिव राजीव झाले प्रेश स्वतन्त्रा माथि खुल्ला प्रहार रहेको आरोप लगाउदै भने ःदेशको चौथो अंग मानिएको मिडीया जगत माथि पनि खुल्ला प्रहार हुदा झन मधेशी जनतामाथि कति सम्मको प्रहार गर्ला अनुमान लगाउन सकिन्छ ।
जनकपुरमा तीन शक्ति तीन तरिकाबाट आन्दोलन गर्दै,प्रहरीको भुमीका गुंगो र वहिरो जस्तो
मधेशको केन्द्र विन्दु मानिएको जनकपुरधाममा घोषीत आन्दोलन तीन शक्तिले तीन तरिकाबाट आन्दोलन गर्दै आएको छ । वितेको ६ दिन देखि लागातार रुपमा तीन शक्तिहरु संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा,नेपाल सदभावना पार्टी र मधेश आन्दोलन संघर्ष समिति(मास)ले आ आफनो तरिकाबाट आन्दोलन गर्दै आएको छ । ..... शनिवार देखि नै हुदै आएको वन्दको आवहान ६ दिन वित्दा पनि नेपाल सरकारका तर्फबाट कुनै किसीमको पहल नभएको तथा सप्तरीमा निहत्था मधेशीमाथि विहारी भन्दै गोली हानी हत्या गरेपछि जनकपुरमा आन्दोलन चर्किदै गएको छ । ..... जहा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संघिय समाजवादी फोरम नेपालका धनुषा अध्यक्ष शेष नारायण यादवको नेतृत्वमा आन्दोलन गरिरहेका छन भने नेपाल सदभावना पार्टीका कार्यकर्ता केन्द्रिय महासचिव राजीव झाको नेतृत्वमा आन्दोलन गर्दै आएका छन । त्यसैगरि युवाहरुको समुह मासले सरोज मिश्रको नेतृत्वमा वेग्लै आन्दोलन गरिरहेका छन । ..... यता नेपाल सदभावना पार्टीको शनिवार र मोर्चाको आइतवार देखिको लागतारको वन्दीको कारण जनकपुरको जनजिवन अस्तव्यस्त वनेको छ । दैनिक उपभोग्य वस्तुहरुको कमी हुनथालेपछि दैनिक उपभोग्य वस्तुहरु महगीदै गइरहेको छ । .... लागातार ६ दिन देखि भइरहकेो आन्दोलनमा प्रहरीको भुमीका गुंगो र वहिरो जस्तो रहेको देखिएको छ । गांधी जीको तीन वांदर जस्तो (वुरा मत देखो,वुरा मत सुनो ,बुरा मत बोलो) व्यवहार गरेपछि आन्दोलनले अझ तुल समात्दै गएको छ । ...... स्रोतका अनुसार मधेशको केन्द्र विन्दु जनकपुरमा दमन गरिए सम्पुर्ण मधेश भडकिने भएको सोचेर प्रहरीले आन्दोलनकारीहरुमाथि हात नहाल्ने नीति वनाएको छ ।
जनकपुरमा सेना परिचालन, देखि दिन भरिका केहि झलक र नित्यकर्म ः(फोटो फिचर सहित)
पाइला पाइलामा जातिपातीसँग जम्काभेट गर्दा
मलाई थाहा छैन, गाउँमा सबैसँग मिल्नु उहाँको बाध्यता थियो कि आफ्नै बानी ? बालबच्चालाई सफा राख्नुपर्छ भन्ने उहाँको सरसफाइसम्बन्धी चेतना थियो वा संस्कार ? कि दलितसँग अन्तरजातीय विवाहपछि अपमानबाट उन्मुक्ति हुने तरिका ? म अहिलेसम्म अनुत्तरित छु । ..... बुबा भन्नुहुन्थ्यो, तिमीहरुको आमा “महाराजीय थापा खलक”को छोरी हो । पक्कै पनि २०२४ सालतिर एक दलित समुदायको केटासँग विवाह गर्ने मेरी आमाको साहसलाई मान्नैपर्छ । हुन पनि घरअगाडि सिउन बस्ने सामान्य दमाईंको छोरासँग भागीविवाह गर्ने आमाको हिम्मत कस्तो थियो होला, अनुमान गर्न नै गाह्रो छ । बुबाको हिम्मतलाई त झन् नमान्ने कुरै भएन । ...... आमा क्षेत्री, बुबा दमाईं । ....

“कुनै व्यक्ति कुनै विशिष्ट समुदायमा जन्म भएकै कारणले आक्रमणमा पर्छ भने उसले त्यही पहिचानका आधारमा प्रतिरोध गर्दछ, ऊ जन्मेको देश र विश्व नागरिकको पहिचानका आधारमा होइन ।”

...... म दलित केटीका रुपमा हेपिन्छु भने, अछूतका रुपमा अपमान र भेदभावको शिकार हुन्छु भने म कसरी अरु पहिचानका आधारमा प्रतिरोध गर्न सक्छु ? ..... मेरो नाभी काट्न नजिकैकी “कँडेल्नी बजै” आउनुभएको थियो रे । गैरदलितले नाभी काटेको कुरा दाइदिदीले सुनाएका थिए । दमाईंको बच्चाको नाभी काट्न बाहुनी बजै किन आउनुभयो होला ? “कँडेल्नी बजै”ले हाम्रो नाभी काट्नुभयो भने पनि अरु दलित बालबच्चाको नाभी काट्न जानुहुन्थ्यो कि हुन्नथ्यो होला ? ...... एकातिर गाउँलेहरुले यी केटाकेटी क्षेत्रीनी पट्टिका हुन् भनेर काखीच्यापेझैं पनि गर्थे । अर्कोतिर उनीहरुले नै बुबा दमाईं भएकाले जातीय छुवाछूत र भेदभाव भने अचाक्ली गर्थे । ....... एकातिर थियो हामीलाई कहिल्यै आफ्नो नमान्ने मावली । अर्कोतर्फ थियो दलितलाई कहिल्यै मान्छे नठान्ने पूरै समाज । यी दुवै अमानवीय व्यवहारबीच हाम्रो बाल्यकाल संघर्ष र प्रतिरोधको घम्साघम्सीमै बित्यो । ........... आजभन्दा एक वर्षअघि एउटा दैनिक पत्रिकामा श्रद्धाञ्जली छापियो, महासेनानी थापाको असामयिक निधनप्रतिको गहिरो दुःख भन्दै । हेर्दा लाग्यो, बुबा र अरुले चित्रण गर्ने गरेजस्तै निधार त मेरी आमासँग दुरुस्तै । म अचम्म परें । फेरि नाम र थर पढें । याद आयो, बुबाले पहिलेदेखि मावलीको प्रसंग आउँदा “जंगथापा”को नाम लिने गर्नुहुन्थ्यो । र, तुरुन्तै फोन गरें पर्ने मामालाई । उहाँ हाम्रो खलकको मामा र दुख्यादिदी (मेरी आमा)लाई साह्रै माया गर्ने मान्छे । ..... मैले पर्ने मामालाई फोन गरेर सोधें, “महासेनानी थापासँग हाम्रो कुनै नाता पर्नुहुन्छ कि ?” ....... “ए ! भाञ्जी, उहाँ हाम्रो माइलो हजुरबुबाको छोरा । आज तेह्र दिनको तिथि छ, म त्यतै जानै लागेको ।” ...... पुग्नासाथ पर्ने मामाले मेरो साख्खै मामासँग चिनजान गराइदिनुभयो । जम्मा भएका आफन्तहरुले भनेर सोधे, “ए ! कान्छीकी छोरी हो तपाई ?” ..... त्यसको केही समयपछि दिदीको बिहेको निम्तो लिएर मावली गएँ । र, मामाले मावलीका घरघरमा चिनाउन लैजानुभयो । कान्छो हजुरबुबाको घरमा जाँदै थियौं, बाटोमै मामाले खुसुक्क भन्नुभयो “भान्जी आफ्नो थर नभन्नुहोला है ।” ...... भोलिपल्ट बिहान साढे तीन बजे मेरो फोनको घण्टी बज्यो । हेरें, मामाकै फोन रहेछ । उहाँले एक्कासी भन्नुभयो, “भाञ्जी तपाईंको धेरै माया लाग्यो । लामो समयपछि भेटेको भाञ्जी, न निल्नु न ओकल्नु भयो । नभेटेकै भए जाती हुन्थ्यो ।”


कैलालीमा विरोध सभा, सभामा आएका कार्यकर्ताको झडप
कञ्चनपुरलाई तराईका जिल्लामा गाभेर प्रदेश बनाइनु पर्ने माग गर्दै थरूहट पक्षधरको आयोजनामा आज धनगढीमा विरोध आम सभा भएको छ। ..... आम सभालाई सम्बोधन गर्दै संघीय समाजवादी फोरमका अध्यक्ष अशोक राईले कैलाली, कञ्चनपुरलाई तराईका जिल्लासँग मिलाएर प्रदेश बनाइनु पर्ने बताए। उनले थरुहटको माग समर्थन गर्नका लागि आफू कैलाली आएको बताए। ..... विरोध सभालाई सम्बोधन गर्दै वैद्य निकट नेकपा–माओवादीका सचिव देव गुरुङ्गले अग्रगामी संविधान निर्माणका लागि आन्दोलन गर्न आवश्यक रहेको बताए। उनले शीर्ष दलले एकल जातीय राज्य निर्माण गर्न लागेको बताए। ......

कमैया, कमजोर थानेर दलहरुले थारुलाई अधिकार दिन नखोजेको बताए।

..... विरोध सभालाई रानाथारु संघर्ष समितिका कैलाली संयोजक मालामती राना, नेपाली काँग्रेसका सभासद तेजुलाल चौधरी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद योगेन्द्र थारु, थरुहट तराई पार्टीका सभासद गंगा थारु लागयतकाले सम्बोधन गरेका थिए। ..... कैलाली, कञ्चनपुरसहित तराईको चितवनसम्म थरुहट प्रदेश बनाउनु पर्ने माग गरे। विरोध सभामा सहभागि हुन कैलाली, र कञ्चनपुरको विभिन्न ठाउँबाट मानिसहरु ट्रयाक्टर लगायतका साधनमा सहभागि हुन आएकाहरुलाई अखण्ड सुदूरपश्चिम पक्षधरले ठाउँ ठाउँमा अवरोध सृजना गरेका थिए।

No comments: