A Newar In Solidarity

Rashmila Prajapati
म काठमाण्डौंको नेवार हुँ, काठमाण्डौंमा मेरो घर गाडी छ, आफूलाई चाहिंदो कमाउन म समर्थ छु र गौरबताकासाथ म भन्छु मलाई संघीय राज्य चाहिन्छ

मेरो आमाबुवाले मलाई स्नातकोतरसम्म पढाउनु भयो, कती जना नेपालीले यो अवसर पाउँछ? पढाई सकीना साथ मैले काम गर्न थालेँ, कती जना नेपालीले यो अवसर पाउँछ?
म तीन छाक मज्जाले खान पाउछु, आफुले रोजेको पहिरन लगाउन पाउछु, कती जना नेपालीले यो अवसर पाउँछ?
म बिरामी हुँदा आफ्नो औषधी उपचार गराउन अस्पताल जान सक्छु, कती जना नेपालीले यो अवसर पाउँछ?
म आफ्नो बच्चालाई राम्रो शिक्षण संस्थामा पठाई उस्को भविश्य सुनिश्चित गर्न सक्छु, कती जना नेपालीले यो अवसर पाउँछ?
म जस्ता शहरमा बसेकाले सहजै पाउने यि सुबिधा अवसर दुर्गममा बस्ने नेपालीको लागी टाढाको सपना मात्र हो । किनकी अहिलेको केन्द्रीकृत ब्यबस्थामा यो सम्भव भएन, केन्द्रलाई मात्रै केन्द्रीत गरी बनाईने विकास योजनाले गरेर यो सम्भव भएन । नेपाल जस्तो देश समानरुपमा विकसित हुन, सम्पूर्ण अवसर सुविधा सबै नेपालीले पाउन नेपालमा संघीयता चाहिन्छ ।
संघीयताले नेपालका दूर्गम ठाउँहरुलाई सुगम पार्ने बाटो खोल्छ, त्यहाँका स्रोत साधन त्यहिंका लागी उपयोग गर्न पाउने अधिकार प्रदान गर्छ , उदाहरणका लागी प्रत्यक वर्ष सगरमाथा चढ्न आउने पर्यटकबाट नेपालले करोडौं राजश्व उठाउँछ ती मध्य कती रकम त्यहाँको बिकास निर्माणमा खर्च हुन्छ त ?

संघीयताले देश टुक्र्याउने होईन समान अवसरको लागी ढोका खोल्छ, सबै प्रदेशले आ-आफ्नो प्रदेश र प्रदेशमा बास गर्ने नेपालीहरुको लागी समानताको बाटो पहिल्याउँछ । संघीयताले केन्द्रीकृत राज्यशक्ति सबै प्रदेश र राज्यका तल्लो ईकाइसम्म बाँडफाँड गर्छ । प्रदेश भित्र विशेष समुदायलाई सम्बोधन गर्नका लागी अधिकारयुक्त क्षेत्र बनाउन सकिने हुँदा देश भरिका सबै जात जाती र समुदायले समान अवसर पाउँछन ।

जती पनि अहिले संघीयताका बिरोधमा स्वरहरु सुनिए ती या त नबुझेर सुनिए, या त लहलहैमा सुनिए, या त आफूले पाउँदै आएको सुबिधा अरुले पनि पाएर अरु पनि आफू जस्तै सक्षम होला भनी तर्सिएर सुनिए । त्यसैले बिचार गर्नुस, तपाई के को पछी लाग्दै हुनु हुन्छ । अहिले देशमा सिमांकनको कारणले देखिएका बिबादहरु संघीयताले गर्दा हैन, संघीय प्रदेश रचनाका आधारहरु लत्याएर आफूखुशी प्रदेश थोपर्न खोज्ने केहि नेताहरुका तानाशाही प्रबृतीले गर्दा हो ।



काठमाण्डु जागनु पर्यो
स्वायत्त काठमाण्डु प्रदेश

म काठमाण्डौंको नेवार हुँ, काठमाण्डौंमा मेरो घर गाडी छ, आफूलाई चाहिंदो कमाउन म समर्थ छु र गौरबताकासाथ म भन्छु मलाई संघी...

Posted by Rashmila Prajapati on Thursday, August 27, 2015

Comments