Thursday, August 27, 2015

अखंड आतंकवादी र थारु बीच फरक



अखंड आतंकवादी वाला हरु आफ्नो अधिकार का लागि लडेको होइन। तिनको अधिकार ३०० वर्ष देखि छ। उनी हरु थारुले अधिकार पाउनु हुन्न भनेर लडेका हुन।

थारु अधिकार का लागि लडेका हुन। समानता र अस्मिता का लागि लडेका हुन।

अखंड आतंकवादी र थारु बीच फरक छ। तिनी हरु समान धरातल मा छैनन्।



आत्मरक्षाका लागि गोली हान्न प्रहरीलाई आदेश, सर्वसाधारणको सुरक्षाबारे मौन

जारी गरिएको निर्देशनमा भनिएको छ, ‘आत्मरक्षाका लागि गोली हान्न नहिचकिचाउने ।’

.... टीकापुर घटनापछि मधेशका प्रहरी कार्यालयमा त्रास बढेको छ । केही ठाउँका प्रहरी पोस्ट सार्ने काम पनि भइरहेको छ ।
थारु र मधेशीलाई गोली ठोक सरकार !
चार दलका शीर्ष नेताको आदेश नमान्ने मधेशी–थारु समुदाय कसरी देशका नागरिक हुन सक्छन् ? विभेदविरुद्व विद्रोहको आवाज उठाउने यिनीहरु देशद्रोही नै हुन् । सरकारले यसो गर उसो गर भन्दा पनि त्यसलाई मान्न अस्वीकार गर्ने यिनीहरु झन् आतंककारी नै हुन् । अराजक तत्व हुन् । सरकार, यिनीहरुलाई ठाउँको ठाउँ गोली हान्दिए हुन्छ । सरकारको आदेश नमान्ने पनि कहीँ नागरिक हुन सक्छ त !....... आखिर केका लागि प्रहरी सेना ? उनीहरुका हातहातमा बन्दुक छ, केका लागि ? देशद्रोहीलाई पनि गोली ठोक्न केको संकोच ? मधेशी–थारु समुदाय अराजक र देशद्रोही हुन्, त्यसकारण यिनलाई जनता भन्न मिल्दैन । दासता र गुलामीविरुद्व आवाज उठाएकै दिनदेखि यिनीहरु देशद्रोही भए । तसर्थ, यिनीहरुलाई गोली ठोक सरकार ! ....... थारु समुदायले आफ्नो औकात बिर्सिसक्यो । यिनीहरु बाहिरियाहरुको उक्साहटमा परेका छन् । हिजोसम्म कस्तो सौहार्दपूर्ण माहोल थियो, थारुलाई पनि अन्यलाई पनि । कस्तो लोभलाग्दो शान्ति, सद्भाव र अमनचयन थियो । त्यो शान्ति अहिले खलबलिएको छ । सद्भाव बिग्रिएको छ । ....... पहिले थारुका चेलीहरु कम्लरी बस्थिन् । थारुहरु कमैया बस्थे । पहाडबाट झरेका बडेमानहरु मालिक थिए, छन् । थारुहरु मालिकको खेतीकिसानी गर्थे । घरखेतका काम गर्थे । थारुका बुहारी–चेलीलाई कहिलेकाहीँ मालिकको यौन व्यवस्थापन गर्न आदेश दिइन्थ्यो । अक्षरशः पालना पनि हुन्थ्यो । गुजारा चलेकै थियो । सब ठीक थियो । ...... तर, अहिले थारुहरुले दास बन्न अस्वीकार गर्दैछन् । मालिकको गुलामी गर्दैनौं भन्दैछन् । अर्काको आधिपत्य स्वीकार गर्दैनौ भन्दैछन् उनीहरु ।

मालिकको घरमा कम्लरी र कमैया बस्न मानिरहेका छैनन् ।

..... थारु समुदायमा त्यत्रो आँट कसरी र कहाँबाट आयो ? मालिकहरुविरुद्व विद्रोह गर्ने साहस कहाँबाट आयो ? वर्षौदेखिको मालिक खिलाफ सडकमा उत्रिने हदसम्मको अपराधकर्म गर्न उनीहरुले सोच्न पनि कसरी सके ? मालिकको अधीनमा हिजो अधिकार पुगेको थिएन र आज अधिकार माग्नुपर्ने ? यी देशका घातक हुन् । त्यसैले ढिलो नगरी थारु समुदायलाई जहाँ देख्यो, त्यहीँ गोली ठोक सरकार ! ....... थारु समुदाय त बडो सोझा थिए । शान्त थिए । एकाएक अराजक कसरी भए ? टीकापुरमा थारुहरु कसरी अराजक हुन सकेका होलान् ?

घटनाअघि सशस्त्र र प्रहरीको टोलीले थारुको घरघरमा पसेर महिला बालबालिकालाई कुटपिट गरेको थियो । महिलाहरुमाथि दुर्व्यवहार भएको थियो ।

के भयो त ? देशको प्रहरीले त्यति पनि गर्न नपाउने ? अनि त्यसको रिसमा थारुहरुलाई अराजक बन्ने छूट कसरी दिन सकिन्छ ? त्यसकारण, थारुलाई सीधै गोली ठोक सरकार ! ......... शेरबहादुर देउवा, एनपी साउद, भीम रावल, लेखराज भट्ट र रमेश लेखकजस्ता राजनेताले सुसज्जित छ, सुदूरपश्चिम । यहाँ अरु कसको चल्ने त ?

यी राजनेताहरुको नेतृत्व थारुहरुलाई किन पचेन ?

यी बडेमान नेताहरुको विरासत खोस्न किन अराजक बन्दैछ, थारु समुदाय ? ....... मधेशी समुदाय त झन् थारुभन्दा बढी अराजक भइसकेका छन् । देशकै लागि यिनीहरु टाउको दुःखाइ बनिसकेका छन् । १६ बुँदे नमान्ने रे । अनि ६ प्रदेशको सीमांकन सीधै अस्वीकार गरे । चार दलका शीर्ष नेताहरुको आदेश नमान्ने रे । ..... मधेशीहरु त खासमा नेपाली नै होइनन् । यिनीहरु त भारतबाट आएका बिहारी, देशी, धोती त हुन् । यिनीहरुलाई त दोस्रो दर्जाको नागरिक पनि भन्न मिल्दैन । अनि अर्कोको देशमा अधिकार माग्ने ? यिनीहरुलाई श्री केपी ओली र महात्यागी सुशील कोइरालाको डर छैन ? ....... सरकारले आन्दोलन नगर भन्दाभन्दै पनि सडकमा कुद्ने ? जुन सरकारबाट मधेशी समुदायको दानापानी चलेको छ, उसैको आदेश नमान्ने कत्रो आँट । आँट होइन, यो दुस्साहस हो । अराजकता हो । ...... महामानव श्री केपी ओलीले हुन्न भनेपछि मान्नुपर्दैन ? महात्यागी दूरदर्शी श्री सुशील कोइरालाको आदेश उल्लंघन गर्ने ? ८ वर्षअघि मधेश आन्दोलनताका मधेशी नेताहरुले गिरिजाबाबुलाई बन्धक बनाएर जबर्जस्ती सहमतिपत्रमा हस्ताक्षर गराएका थिए । बाँकी नेताहरुलाई ज्यान मार्ने धम्की दिएका थिए । त्यतिखेर महान् नेताहरु निरीह थिए । हस्ताक्षर गर्न बाध्य भए । ........ अहिले महान् नेताहरुसँग बहुमत छ । सत्ता छ । सेना, प्रहरी छ । राष्ट्र निर्माणको दूरगामी सोच छ । अनि विखण्डनकारी मधेशी समुदायलाई किन टेर्नुपयो ? विखण्डनकारीलाई त बन्दुकले नै तह लगाउनुपर्छ सरकार । मधेशीहरुले ६ प्रदेशको महेन्द्रीय खाका मान्नुपर्दैन ? शीर्ष नेताहरुको छत्रछायामा बनाइएको दस्तावेजमा सहीछाप लगाउनुपर्दैन ? त्यसैले मधेशी समुदायलाई पनि सीधै गोली ठोक सरकार ! ....... थारु र मधेशीले नचाहिने बखेडा झिक्न पहिचानको माग गर्दैछन् । केको पहिचान ? वर्षौंदेखि बोक्दै आएको गुलामीको पहिचान छँदैछ नि । अनि अर्को पहिचान किन चाहियो यिनीहरुलाई ? यिनीहरुको पहिचानले देशलाई के फाइदा ? थारु मधेशीले अधिकार र पहिचान पाए बाँकीको भागमा के बच्छ ? ...... कतिपयले भन्दैछन्, वार्ता र संवादमार्फत् समाधान गर सरकार । उनीहरुले किन नबुझेका, वार्ताले विरासत जोगिँदैन । सरकार त्यति गरिब र निरीह पनि छैन कि उसले आन्दोलनकारी मार्न गोलीगट्ठाको जोहो पनि गर्न नसकोस् । आन्दोलन गर्ने जोकोहीलाई दबाइन्छ । सिध्याइन्छ । गुलामहरुलाई दासत्वविरुद्व विद्रोह गर्ने अधिकार छैन । कम्तीमा नेपालमा । सिंहदरबारले काडमाडौंबाहिर अधिकार विकेन्द्रीकरण गर्‍यो भने भोलि गुलामहरुले टाउको टेक्ने छन् । आफ्नो भाग खोज्नेछन् । खाईपाई आएको विरासत खोसिने छ । त्यसकारण संघीयता दिँदा सम्म केही बिग्रन्न तर, त्यो नाम मात्रको मात्रै हुनुपर्छ । नभए नेपालको एकल भाषा, भेष, पहिचान, कला, संस्कृति, आधिपत्य, शासन सत्ता सबै गुम्न बेर छैन । त्यसकारण, अधिकारका लागि सडकमा उत्रेका मधेशी र थारु समुदायलाई गोली ठोक सरकार !
मधेशीसँग गरेका सम्झौता कार्यान्वयन गर्नुस् न सक्किगो नि, किन वार्ता गर्नुपर्‍यो ? उपेन्द्र यादव



काठमाडौंमा जनजातिको मार्चपास, थारु आन्दोलनप्रति ऐक्यवद्धता
आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमालले मार्चपास तथा खबरदारी सभा थारु आन्दोलनको समर्थनमा पनि भएको बताए ।


कैलालीमा कर्फ्यू तोड्न खोज्नेमाथि गोली प्रहार
आन्दोलन एक घण्टाका लागि पनि रोकिँदैन : थारु नेता
सरकारले वार्ताको वातारवरण नबनाएको आरोप
वार्ताका लागि सेना परिचालन रोक्नु पर्ने, पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गर्नु पर्ने, कफ्र्यू हटाउनु पर्ने, घाइतेहरुको उपचार व्यवस्था सरकारले गर्नु पर्ने लगायतमा सर्त अघि सारेका छन् । लेखीले भने-

‘हामी केवल प्रधानमन्त्रीको मुख हेर्न मात्र वार्तामा बस्दैनौं ।

सार्थक वार्ताको पक्षमा छौं ।’ ..... ‘हाम्रो आन्दोलन एक दिन, एक घन्टाका लागि पनि रोकिँदैन । सार्थक वार्ता भएपनि सहमति नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’
लक्ष्मण थारुले भने- टीकापुरमा छु, सक्छौं भने हामीलाई मार
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारुले हतियार उठाउने चेतावनी दिएका छन्। उनले सोझासाझा सर्वसाधारण र थारुको घरमा आगजनी गरेकोमा आपत्ति जनाउँदै सक्छ भने आफूलाई मार्न चेतावनी दिए। ‘टीकापुरमा छु। सक्छौं भने हामीलाई मार। किन थारुको घरमा आगो लगाउँछौं,’ उनले फेसबुकमा लेखेका छन्। ..... उनले टीकापुर घटनामा घुसपैठ नभइ थारुहरुको प्रतिरोध भएको उल्लेख गरेका छन्।
मधेशी र थारुलाई प्रधानमन्त्रीले वार्तामा बोलाउने
कैलाली घटनामा प्रधानमन्त्रीलाई समेत कारबाही हुन सक्छः सुजाता कोइराला
जनकपुर में हजारौ की संख्या में जुलुस प्रदर्शन, दर्जनौं संघ संस्था भी उतरे
करीब एक दर्जन से ज्यादा संघ संस्था की सहभागिता में जनकचौक से ‘अधिकार के लिए ऐक्यबद्धता’ जुलुस मधेश आन्दोलन २ के जनकपुर में सबसे बडा होने का जनकपुरवासी का विश्लेषण है । ....... मधेश आन्दोलन २०६३/०६४ के बाद मधेश आन्दोलन ३ में प्रथम बार मानवसागर देखा गया बुद्धिजीवियो को विश्लेषण है । आन्दोलन को रविवार ९ दिन होने के बाद भी सरकार ने आन्दोलन को सम्बोधन नही किया गया इसलिए बाध्य होकर मधेश का सभी संघ संस्था सडक में आने से बाध्य हुआ विश्लेषक को धारणा है । मधेशी जनता के वर्तमान माँग नही पुराना ही माग को सम्झौता संविधानमा कार्यान्वयन कराने को आन्दोलन को लक्ष्य है । ....... बन्दका कारण जनजीवन दिनप्रतिदिन कष्टकर बन रहा है । शिक्षण संस्था, यातायात, कलकारखाना बन्द है तो दैनिक मजदुरी कर जीविकोपार्जन वालो को कष्टकर बनती जा 4रही है । बन्द का कारण दैनिक उपभोग्य वस्तु को भी पनि अभाव सृजना होने लगा है ।
अमरेश सिंह को निष्कासित करने पर नेपाली कांग्रेस आतुर
अंततःनेपाली कांग्रेस इस नतीजे पर पहुंची है कि वह सभासद अमरेश सिंह को जितना जल्द हो पार्टी से निकल दे | नेपाली कांग्रेस के कुछ लोग बहुत पहले से इस दिन का इंतजार कररहे थे | अमरेश सिंह खुल्लम खुल्ला मधेशी का वकालत करते आये हैं | पछले दिनों उन्होंने स्पष्ट कह दिया था कि काठमांडू की जनता क्या कहती है इससे उनको कोई मतलब नही है मधेश की जनता जो कहेगी वे वही वे करगें | इन सारी बातों के आलावा उन पर अभी दंगा भरकाने का आरोप भी लगाया जा रहा है | अमरेश अभी बहर नहीं दिख रहे हैं | कुछ दिन पहले उन्होंने कहा था कि उनकी जन पर खतरा है | अभी टिकापुर की घटना को लेकर माहौल भी गरम है | नेपाली कांग्रेस के अनुशासन समिति कल्ह बुधवार अमरेश सिंह को २४ घण्टे स्पष्टीकरण पत्र काटा था । लेकीन अब तक कांग्रेस पार्टी नें अमरेश सिंह के पास बुझा नहीं सका है । पत्र नेता सिंह को बुझाने के लिए कर्मचारी को लगाने पर भी ऐसा सम्भव नहीं हो पाया है । एक कांग्रेस के नेता नें यह बाताया है की नेता अमरेश सम्पर्क में नहीं आ रहें है । अगर ऐसा होता रहा तो हम घर में ही पत्र साटेंगें यह पार्टी का निर्णय है । नेता सिंह निर्धारित समय के भितर पार्टी में जवाफ नहीं दिया तो पार्टी अनुशासन की कारबाई करने की तयारी किया है । ........ कैलाली के टिकापुर लगायत के क्षेत्र में हुए कार्यक्रम में पार्टी अनुशासन विपरित अभिव्यक्ति और हिंसा भड्काने की सहयोगी होने का करार देते हुए अनुशासन समिति नें सिंह को पत्र काटा है । अनुशासन समिति पार्टी विधान और नियमावली नियम ४१ का उपनियम १ और २ के क,ख,घ,ङ और ज अनुसार स्पष्टीकरण माग किया है । इससे पहले सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला के निर्देशन में मुख्य सचेतक चीनकाजी श्रेष्ठ नें नेता सिंह के साथ स्पष्टीकरण माग किया था ।
थारुहरुक ७ महत्वपूर्ण प्रश्नहरु
(1) कैलालीमा खटिएका भैरव गण र शिव गणका सेनाहरुले थारुको घर जलाउएको र थारु चेलीहरुलाई बल्तकार गरेर जलाएको समचार कान्तिपुर, इमेज, माउण्टेन, एभिन्युजले, न्युज टुवेन्टी फोर, नागरिकले किन प्रसारण गर्दैन ?
(2) विना प्रमाण निर्दोष थारुहरुलाई गिरफतार गरेर पासविक यातन दिदा वाहुन मानव अधिकारीवादीहरु किन मौन बसेका छन्र ?
(3) थारुहरुको न्यायिक आन्दोलनलाई संविधानमा सम्बोधन गर्नका लागि संविधान निर्माण प्रक्रिया केहि दिनलाई रोकेर वार्तामा किन बोलाउदैन ?
(4) कैलाली टीकापुर घटना छानविन समितिमा किन वाहुन मात्र राखेको ? थारु सभासदहरुलाई छानविन समितिमा किन नराखेको ?
(5) विरामी हुदा करोडौ खर्चेर अमेरिका पुग्ने ओली, कोईराला, वामदेव घटना भएको यतिका दिन हुदा पनि कैलाली टिकापुर किन जादैन ?
(6) थारुका घर पसल जलाउने भिम रावल, शेरवहादुर देउवा र लेखराज भट्टका अखण्ड सुदुरका अराजक कार्यकर्तालाई सेना प्रहरीले किन गिरफतार नगरेको ?
(7) २ वर्षको वालकलाई गोली हानेर हत्या गर्ने प्रहरीलाई कारवाही नगरेर हत्याको आरोप किन थारुहरुलाई लागइन्छ ?

No comments: