Monday, August 24, 2015

संघीय गठबंधन ले गर्नु पर्ने राजनीतिक काम

यो भैरहेको मधेसी क्रान्ति ३ नै हो। जनता जागिसके। संघीय गठबंधन को निर्माण जुन कि लगभग एक हप्ता अगाडि भएको छ, त्यो एउटा ठुलो कदम हो। संघीय समाजवादी फोरम जुन एकीकरण भयो, उपेन्द्र यादव र अशोक राई एक ठाउँ आए, देशको इतिहासमा पहिलो पटक ७५ जिल्ला मा संगठन भएको पार्टी को अध्यक्ष पदमा एक जना मधेसी पुग्यो। अशोक राई विशेष परिस्थितिले गर्दा हुनुपर्ने  ५० सीट तर ५ सीट मा रहेको मान्छे। संघीय गठबंधन को निर्माण ले अरु मधेसी दल लाई पनि ७५ जिल्ला सम्म पुर्याइदिएको छ। उदयमान थारु, तामांग, लिम्बु, शेर्पा पार्टी हरु संघीय गठबंधन  मा आएर एकताबद्ध भएका छन। देशको इतिहास मा पहिलो पटक मधेसी जनजाति एक ढिक्का भएका छन।




गंगा, जमुना, सरस्वती भने जस्तो। जसरी गंगा र जमुना को मिलान हुन्छ त्यसरी नै मधेसी क्रान्ति ३ नाम को गंगा लाई उठान गरेर देश भरि पहाड़मा पनि, काठमाण्डु मा पनि जनजाति क्रांति नाम को जमुना को निर्माण गरेर संयुक्त मधेसी जनजाति क्रांति गर्नु पर्ने भएको छ। नेपाल भूभाग को सबैभन्दा धनी संस्कृति भएको नेवार समुदाय पनि जागनु परेको छ।

 २००६ अप्रिल मा जस्तो देश भरि जनसागर उरल्याएर मधेसी जनजाति को समानता को लड़ाई लाई गन्तव्यमा पुर्याउनु परेको छ। के २००६ मा गणतंत्र तिमीले कार्यान्वयन गर भन्ने समझौता का साथ ज्ञानेन्द्र संग सहमति गर्ने प्रयास पनि गरिएको थियो?

अंतरिम संविधान छोएर सपथ खाए पनि त्यो संविधान को कदम कदम मा उल्लंघन र अनादर गर्दै यो चरि-घैंटे गठबंधन सरकार ले संघीयता/समावेशीता प्रति आफु बेइमान रहेको स्पष्ट पारिसकेको छैन? संघीयता/समावेशीता लागु गर्ने दक्षता उसँग नरहेको कुरा उसले प्रमाणित गरेको छैन? कि अझै कुनै शंका छ?

मधेसी ले जनजाति लाई मझधार मा छोड्दैन

यो चरी-घैंटे गठबंधन सरकारको राजीनामा, संघीय गठबंधन को नेतृत्वमा नया अंतरिम सरकारको निर्माण, संविधान सभा को विगठन र नया संविधान सभा को चुनाव, र तत्काल क्रांतिकारी सीमांकन र नामांकन गरेर अंतरिम संविधान को क्रांतिकारी परिमार्जन ---- त्यो उचाइ मा पुग्नु परेको छ।

संघीय गठबंधन ले त्यस का लागि गर्नु पर्ने राजनीतिक काम छ।

संघीय नेपाल को संविधान आउनु घर को नक्शा पास हुनु मात्र हो। त्यस पछि संघीय नेपाल नामको घर बनाउने काम बाँकी नै रहन्छ। घरको नक्शा पास गर्ने स्तर मा नै यति सारहो बेईमानी देखाएको र खुट्टा घिसारने काम गर्ने चरी-घैंटे गठबंधन ले घर बनाउने समय मा झन कुन रूप देखाउने हो ----- त्यसैले संघीय गठबंधन ले सत्ता १० वर्ष का लागि आफ्नो हात मा लिने कुरा सोँच्नु पर्छ।

संघीय गठबंधन का सदस्य पार्टी हरुले अहिले क्रांति को बेला नै व्यापक संगठन निर्माण गर्नु पर्छ। आ-आफ्नो पार्टी को सदस्य संख्या ५ लाख कटाउनु पर्छ।

देश भरि मा सीमांकन, नामांकन र शक्ति बाँडफाँड को कुरामा संघीय गठबंधन भित्र साझा सहमति निर्माण गर्नु पर्छ। त्यो होमवर्क गर्नु क्रांति लाई अझ उँभो लानु हो।

१ मत को ५० रुपया
नेपाली जातीय भाषा हो, नेपाल जातीय पहिचान को नाम हो
पृथ्वी नारायण शाह स्टाइल मा काठमाण्डु नाकाबंदी
केरला, तमिलनाडु, पंजाब, महाराष्ट्र, आसाम, बंगाल, ओरिसा, आंध्र प्रदेश आदि
कांग्रेस, एमाले र एमाओवादी का १२१ आदिवासी जनजाति सभासद
श्री ३
हृदयेश त्रिपाठी: "ज्ञानेन्द शाहका बेला भएको १९ दिने जनआन्दोलन पनि त आन्दोलनकारीको हातमा थिएन"
Go Koirala Go!
हिन्दी भाषा देश भरि प्रत्येक तहमा नेपाली को समकक्ष रहन्छ
Power/Budget Devolution र भ्रष्टाचार नियंत्रण
आरक्षण को Dynamic Formula
मधेसी आंदोलन को आरोहण अवरोहण: संगठन विस्तार र ३ लाख सदस्य
३०-३०-३०-१०: केंद्र प्रदेश स्थानीय विशेष
जिल्ला भनेको एकात्मक व्यवस्था को बेबी किंग हो
एकाएक को साफ करो
३ करोड़ को देशमा ३ लाख पार्टी सदस्य चाहियो
५०० वर्ष अगाडि को समृद्ध कर्णाली आज विज्ञानं प्रवृद्धि को युगमा गरीब किन?
स्वायत्त मगरात प्रदेश बिनाको संघीय नेपाल को कल्पना गर्न सकिँदैन
वाक स्वतंत्रता बारे संख्या को कुरा गरे के हुन्छ?
Federalism, Centripetal Force, Centrifugal Force
ज्ञानेन्द्र को डर छ?
भोजपुरा प्रदेश र मधेसी मुस्लिम
ठोस आंदोलन करो, दैनिक संगठन विस्तार करो
कार्यान्वयन मा चुकेको सरकार लाई दफा गरौं
शहीद लाई ५० लाख बामे लाई हेग
अखण्ड बिखंड श्रीखण्ड हरुले थरुहट बारे बुझ्नु पर्ने कुरा
स्वायत्त शेर्पा प्रदेश बिना संघीय नेपालको कल्पना गर्न सकिन्न्न
पहिचान बिनाको संघीयता: पांग्रा बिनाको साईकल
संविधान, कानुन, समझौता नमान्ने अवैध सरकार राजीनामा दे
विराट, चितवन, कैलाली
आन्दोलन र संगठन विस्तार सँगै लान दैनिक वड़ा सभा
थारु त पहिला राजा हो
थ्रेसहोल्ड १% नै किन हुनुपर्छ?
कर्णाली ले पैसा पाउने कुरा
प्रस्तावित तीन नंबर प्रदेश धनी किन छ?
संघीयता मा बजेट बाडफाड़: ३३-३३-३४: केन्द्र प्रदेश स्थानीय
१ देश, १६ प्रदेश, २०-३० विशेष क्षेत्र, १००० गाउँ/नगर = १२५ जातजाति
सही संविधान ले आर्थिक क्रांति गर्ने हो
भारतका २४० ट्रिलियन डॉलर वाला अर्थतंत्र बनने का फोर्मुला इजराइल के पास है
लोकतंत्र, संघीयता र आर्थिक क्रान्ति
प्रत्यक्ष निर्वाचित प्रधान मंत्री र १०% आर्थिक वृद्धि दर
Salex Tax

संघीय गठबंधन लाई मेरो सुझाव छ, तपाइँ हरु यो नक्शा मा आउनोस्। तराई मा रहेका ३५% पर्वते (जसमा जनजाति पनि छन) लाई पनि आदर गर्ने यो नक्शा छ। जिल्ला सीमाना गायब हुन्छ।




No comments: