Friday, October 31, 2014

सीके राउत जेल बाहिर आउने बेला आइसक्यो

छठ पर्व पनि सकियो, मधेशमा धान कटनी पनि सकियो। अब सीके राउत जेल बाहिर आउने बेला भइसक्यो। बेल तिर्ने अनि जेल बाहिर आउने। वामदेव/केपी/सुशीलको सरकारले फेरि समात्ने संभावना छैन। सीके त राजनीतिक बन्दी हो, बीपी कोइराला जस्तो। पाकेटमार त वामदेव गौतम हो, चार्ल्स शोभराज जस्तो। कहाँ सीके राउत कहाँ वामदेव गौतम, कहाँ राजा भोज कहाँ गंगवा तेली। (वामदेव बाँदर हो)

आफ्नो पैसाले बेल नतिर्ने, जनताको पैसाले बेल तिर्ने। वार्षिक करोड़ों तलब खाने जागीर छोडेर देश फर्केको देशप्रेमी सीके राउत, यो वामदेव गच्छेदार जस्तो चोर डांका होइन भन्ने कुरा जनताले बुझेका छन। विदेशको करोड़ों छोडेर देश फर्केको देशप्रेमी, र देशमा बसेर करोड़ों जनताको करोडो चोर्ने वामदेव। कहाँ राजा भोज कहाँ गंगवा तेली।

समात्नु पर्ने पाकेटमार वामदेव हो। खोइ त अख्तियारले समातेको? कि अख्तियार पनि संघीयता विरोधीहरुको अस्त्र हो?

सीके राउतले बेल तिर्ने र जनताको अदालतमा गएर बोल्न थाल्ने। झापादेखि कन्चनपुर सम्म दौडाहा मा जाने, जिल्ला जिल्लामा आम सभा गर्ने र जनताको मा गएर आफ्नो पक्षमा बहस गर्ने। राज्यका तीन अंग माथि जनता बसेका हुन। यो देश सार्वभौमसत्ता सम्पन्न देश। सार्वभौमसत्ता जनतामा रहेको देश। जनतामा गएर सीकेले आफुलाई surrender गर्ने हो। कि यदि मेरो केही गल्ती छ भने जनता जनार्दनले निर्णय गरुन।

क्रान्ति और संगठन

सीकेको संगठन नभएको होइन। तर सीके जेलमा भएकोले त्यो संगठन अहिले नेतृत्व विहीन छ। सीके बाहिर आउने अनि आफ्नो संगठन सम्हालने, त्यो संगठन अब विस्तार गर्ने। त्यो संगठनले सीके को सुरक्षाको जिम्मेवारी लिने। कुनै पनि मानिस, चाहे त्यों Madonna होस् अथवा Barack Obama, ज्यादा visible भयो भने उसलाई सुरक्षा चाहिने हुन्छ। सीके को संगठनले सीके लाई बाहिर सुरक्षा प्रदान गर्ने।


No comments: