Tuesday, October 28, 2014

संघीयता बिनाको संविधान = चोरलाई पुरस्कार


पानी पर्यो। नीलो स्यालको रंग झरेछ। केपी ओली र गगन थापा हरुले राज्यको संख्या कम राखौं भनेको त नीलो रंग मात्र रहेछ। असली रंग त संघीयता बिनाको संविधान रहेछ। सहमति सकेसम्म नगर्ने, अनि, ए डेडलाइन त आएछ, संविधान त एउटा चाहियो, लौ एउटा जारी गरौं भन्ने?


यो संविधान सभाको गठन संविधान निर्माणको लागि भएको हो कि केपी ओलीलाई प्रधान मंत्री, विजय गच्छेदारलाई उप प्रधान मंत्री र गगन थापालाई मंत्री बनाउनका लागि भएको हो?

संघीयता बिनाको संविधान जारी गर्नु चोरलाई पुरस्कार दिनु जस्तो हो। सहमतिमा खुट्टा घिसारने उही केपी ओली, अझै उसैलाई हतार!


No comments: