Sunday, October 12, 2014

सीकेले बयान फेर्ने सम्भावना छैन

सीके राउतले आफ्नो बयान फेर्यो भनेर पहाड़ी मीडियाले हल्ला फैलाई रहेको छ। 

सीकेले आफ्नो बयान फेर्न "मैले मधेसी विरुद्ध विभेद छ भनेको थिएँ तर त्यो त होइन रहेछ" भन्नुपर्यो। सीकेले आफ्नो बयान फेर्न "संघीयता भए पनि ठीकै नभए पनि ठीकै" भन्नुपर्यो। सीकेले आफ्नो बयान फेर्न "आत्म अधिकार नभएको संघीयता भए पनि काम चल्छ" भन्नुपर्यो। सीकेले आफ्नो बयान फेर्न "वाक् स्वतन्त्रताको मलाई अब मतलब भएन म अब बोल्दिन" भन्नुपर्यो। सीकेले आफ्नो बयान फेर्न "वामदेबको चम्चाहरुले मलाई हिरासतमा टार्चर गरेको काम गर्यो, म आफ्ना सबै कुरा फिर्ता लिन्छु" भन्नुपर्यो।

सीकेले आफ्नो बयान फेर्न "आत्म अधिकार भएको संघीयता आए पनि र मधेसी विरुद्धको विभेद कायम रहिरहे पनि मैले अलग देशकालागि पहल गर्ने छैन" भन्नुपर्यो। सीकेले आफ्नो बयान फेर्न "आत्म अधिकार भएको संघीयता बारेमा बोल्नु वाक् स्वतन्त्रता भित्र पर्दैन भन्ने वामदेबको कुरा मैले पनि मान्छु र बाबुरामले पनि मान्छन्" भन्नुपर्यो। 

सीकेले आफ्नो बयान फेर्न "पहाड़ी मीडियाले मैले आफ्नो बयान फेरेको भन्दै छ, पहाड़ी मीडियाले पनि कहीं झुठ बोल्छ र, र त्यो पनि एउटा मधेसीको बारेमा, र त्यसैले पहाड़ी मीडियाले मैले आफ्नो बयान फेरेको भन्दैछ भने त्यो सत्य नै हुनुपर्छ" भन्नुपर्यो। 

होइन भने सीकेले आफ्नो बयान फेरेको कुरा कुन आधारमा प्रचार प्रसार गरेको? 


No comments: