Sunday, October 12, 2014

पापी मान्छेहरुले हिन्दु धर्म बारे किन कुरा गरेको?

खुम बहादुर, कमल थापा र चिरञ्जीवी वाग्ले जस्ता पापी मान्छेहरुले हिन्दु धर्म बारे किन कुरा गरेको? हिन्दु धर्म के त्यति गएगुज्रेको धर्म भइसक्यो नेपालमा कि त्यसको बारेमा सबभन्दा चर्को चर्को कुरा गर्ने खर्राठ पापी मान्छेहरु नै हुनुपर्ने? मन सफा भएका मान्छेहरु बाँकी रहेनन के नेपालमा?

राजनीतिमा पनि मन सफा भएको मान्छेहरु नै भएको राम्रो। तर धर्ममा त राजनीतिमाभन्दा हाई स्टैण्डर्ड हुनुपर्ने होइन र?

एउटा हुन्छ क्रान्तिकारी र एउटा प्रतिक्रान्तिकारी (counter revolutionary) -- यी पापीहरुको प्रतिक्रान्तिकारी बन्ने प्रयास हो। देशलाई पछाडि धकालेर लाने प्रयास हो।




No comments: