Friday, October 10, 2014

दोहोरो नागरिकता

Brain Drain (comics)
Brain Drain (comics) (Photo credit: Wikipedia)
दोहोरो नागरिकताको मान्यता के हो भने एक चोटि नेपाली नागरिक भएको मान्छे संसारमा जहाँ गए पनि, जुनसुकै देशको नागरिक भइसके पनि चाहेमा नेपालको आफ्नो नागरिकता कायम राख्न पाउने भन्ने मान्यता हो। यो brain drain को antidote हो। यसो गर्नाले फाइदा नेपाललाई छ। र नागरिकता भनेको एउटै किसिमको हुन्छ। आउन जान दिने तर राजनीतिक अधिकार नदिने, त्यसलाई नागरिकता होइन भिसा भनिन्छ। भिसा दिएको हो भने भिसा दिएको हो भन्ने, त्यसलाई नागरिकता न भन्ने। Lifelong visa भन्ने।

र त्यसरी दोहोरो नागरिकता पाएको मान्छे आफुले मात्र होइन, उसका सन्तानले पनि चाहेमा त्यो दोहोरो नागरिकता पाउने भन्ने हुन्छ।

तर आइन्स्टाइन वामदेवले यो कुरा बुझ्ने कुरा आउँदैन। अनि उसले NRN लाई राजनीतिक अधिकार बिनाको नागरिकता दिलाउने कुरा गर्छ। उसलाई लाग्छ सर्प पनि मर्ने लट्ठी पनि नभाँच्ने। किनभने उसकोलागि सीके राउत जस्तो कैंब्रिज यूनिवर्सिटीबाट PhD गरेको मान्छे त सर्प नै हो। झुक्किएर राजनीति गर्न आइदियो भने भएन आफ्नो पसल बन्द? परेन आपत?

No comments: