Tuesday, October 14, 2014

नामभन्दा पहिला नक्शा, नक्शाभन्दा पहिला पावर Devolution

Deutsch: Karikatur, Zusammenschnitt
Deutsch: Karikatur, Zusammenschnitt (Photo credit: Wikipedia)
संघीयताको छलफल बड़ो जटिल छ। यता तानतुन पार्यो उता मिल्दैन, उता तानतुन पार्यो यता अल्झिन्छ। गाँठो कसरी फुकाउने? समय धेरै छैन। 

(१) पहिले पावर Devolution मा समझदारी बनाउने 

केन्द्र सरकारले आफ्नो बजट को आधा राज्य सरकारहरुलाई जनसंख्याको आधारमा समानुपातिक रुपमा दिने, राज्यले जिल्लालाई, जिल्ला सरकारले गाउँ/शहरलाई। त्यसरी बाँडेर खर्च हुने पैसाको हिसाब किताब वर्षेनी इंटरनेट मा सबैले देख्ने गरी राख्नु पर्ने। 

पावर devolution मा भाषाको पनि कुरा आउँछ। प्रत्येक राज्यले नेपाली बाहेक तीन देखि छ भाषा राज्यको सरकारी कामकाज र प्राथमिक/माध्यमिक शिक्षाको भाषा बनाउन पाउने। राज्यले भाषा सम्बन्धी निर्णय जिल्ला र गाऊँ/शहर सम्म लान पाउने। 

यति सहमति गर्न सकियो भने नक्शा बारे छलफल सहज हुन जान्छ। 

(२) नक्शा बनाउने 

मलाई सबभन्दा मन परेको पाँच राज्यको नक्शा छ, तराईमा दुई, पहाड़मा तीन। तर मैले मेरो गोरुको बारै टक्का भन्दिन। 

(३) नाम 

सबैभन्दा झगड़ा राज्यहरुको नाम के हुने भन्ने कुरामा छ। पावर devolution को कुरामा सहमत हुने र नक्शा मिलाउने र यो कुरा प्रत्येक राज्यलाई छाडिदिने। मॉनसून २०१५ भन्दा अगाडि स्थानीय र राज्यको चुनाव गराउने र प्रत्येक राज्यले बहुमतको आधारमा आ-आफ्नो राज्यको नाम राख्ने भन्ने। 

यसरी स्टेप by स्टेप गए समयमा सम्विधान आउँछ कि भन्ने हो। 


No comments: