Friday, October 17, 2014

सबैभन्दा महत्वपुर्ण Power Devolution

नया संविधानमा चाहिएको सबैभन्दा महत्वपुर्ण Power Devolution काठमाण्डुबाट राज्यहरुलाई, अथवा बाहुन क्षेत्रीबाट मधेसी जनजाति दलितलाई होइन कि नेताबाट जनतालाई हो। त्यसबारे मैले यसो भनेको छु।

Counter Proposal To The Nepali Congress

उपल्लो सदनको १०० सीटकालागि पुरा देशलाई एक क्षेत्र मानेर मतदान हुने र कुनै पार्टीले जति वोट ल्यायो त्यसको आधारमा समानुपातिक सीट पाउने। २०% वोट ल्याउने पार्टीले २० सीट, २% वोट ल्याउने पार्टीले २ सीट। पाएको वोटको समानुपातिक पैसा राज्यबाट पार्टीले पाउने। पार्टी चलाउन अरु कतैबाट रकम लिन नपाइने। कुनै पनि पार्टीले कमसेकम १% मत ल्याएको हुनुपर्ने। नत्र सहभागी हुन नपाउने। प्रत्येक पार्टीले आफ्नो आय व्ययको हिसाबकिताब आफ्नो वेबसाइटमा वार्षिक सार्वजनिक गर्नुपर्ने।

नामभन्दा पहिला नक्शा, नक्शाभन्दा पहिला पावर Devolution

केन्द्र सरकारले आफ्नो बजट को आधा राज्य सरकारहरुलाई जनसंख्याको आधारमा समानुपातिक रुपमा दिने, राज्यले जिल्लालाई, जिल्ला सरकारले गाउँ/शहरलाई। त्यसरी बाँडेर खर्च हुने पैसाको हिसाब किताब वर्षेनी इंटरनेट मा सबैले देख्ने गरी राख्नु पर्ने।


No comments: