Wednesday, October 08, 2014

आन्दोलनको अब विकल्प रहेन

यो सरकारले (१) सीके राउतलाई आजीवन कारावासको सजाय सिफारिस गरेको छ र (२) कांग्रेस र एमालेले मधेश राज्यहरुबाट झापा, मोरंग, चितवन, कैलाली र कन्चनपुर चोर्ने सिफारिस गरेका छन, कोशी, गण्डकी र कर्णालीमाथि पहाडीहरुको १००% स्वामित्व जताउने षड्यंत्र गरेका छन। आन्दोलनको अब विकल्प रहेन।

नेपालको राजनीतिक इतिहासको सबैभन्दा ठुलो महाभारतको जग निर्माण भएको छ। समानताबिनाको नेपाली नागरिकता मधेसी समुदायले स्वीकार नगर्ने निर्णय गर्ने बेला आएको छ। देशले यस्तो ठुलो आन्दोलन कहिले देखेकै छैन। त्यो बेला आएको छ। पहाड़ी पुलिसले कैद गरेको वयक्तिलाई पहाड़ी अदालतले न्याय दिने कुरा शायद हुँदैन।

  • सीके राउतको निशर्त र तुरन्त रिहाई। 
  • आत्म निर्णयको अधिकार सहितको संघीयता। 
  • एक मधेस दो प्रदेश। झापादेखि कैलालीपुरसम्म। 

  • एक जना पनि शहीद भएमा गृह मंत्रीको राजीनामा अथवा बर्खास्तगी। 
  • १० जनाभन्दा बढ़ी शहीद भएमा प्रधान मंत्रीको राजीनामा। 
यस क्रान्तिले एउटा मधेश स्वराज पार्टीको निर्माण गर्नेछ। यस पार्टीमा पुर्ण आन्तरिक लोकतन्त्र रहनेछ। सीके राउतलाई संस्थापक अध्यक्ष मनिनेछ। यस पार्टीले १० वर्ष नेपालमा समानताकालागि संघर्ष गर्ने छ। त्यसपछि समानता प्राप्ति नभएमा अलग देशकालागि जनमत संग्रहको बाटो अख्तियार गर्ने छ। 


No comments: