Monday, June 21, 2021

उपेन्द्र यादव का अभिव्यक्ति मा विरोधाभाष हरु

अहिले उपेन्द्र यादव, महंथ ठाकुर र राजेन्द्र महतो का लागि प्रमुख मुद्दा न लोकतंत्र हो न संविधान संसोधन हो। देश मा या त संसद पुनर्स्थापना हुन्छ, या त चुनाव को प्रयास हुन्छ या त राष्ट्रपति शासन को बाटो देश नया संविधान सभा मा जान्छ। लोकतंत्र कायम रहने तीन बाटो। तर जसपा एक रहने एउटा पनि बाटो बाँकी देखिँदैन। 

केपी ओली हिलटर हुन क्षमता पुग्दैन। कि त केपी ओली राजा महेंद्र हो कि त केशर जंग रायमाझी हो। दुबै कसरी हुन सक्छ? र केशर जंग रायमाझी हो भने राजा महेंद्र को हो आज? 

महंथ ठाकुर र राजेंद्र महतो वेदानन्द झा हो भने केपी ओली राजा महेंद्र हो। हो त? 

केपी ओली ले संसद भंग गर्दा महंथ लाई सोधेर गरेका होइनन। त्यसको जिम्मेवारी ओली को मात्र हो। त्यो कुरा तर अदालत मा छ। 

"संसद पुनस्र्थापना भयो भने संसद संख्या चाहिन्छ भनेर त्यसैमा अहिलेदेखि नै ठूलो लगानी लगाएर धेरैभन्दा धेरै मन्त्रालय वितरण गरेर ओलीले सबैलाई अल्झाएर राखेको यादवको आरोप छ ।" राजा महेंद्र लाई त त्यो डर थिएन। संसद फर्केर आउँछ कि भन्ने थिएन। भने पछि ओली को विगठन महेंद्र को जस्तो होइन कि देउबा ले गरे जस्तो पनि होइन। जुन देउबा को पछि उपेंद्र जी लागेका छन। 

संसद पुनर्स्थापना हुन्छ भन्ने पुर्ण विश्वास भएको मान्छे उपेंद्र जी। त्यस्तो मान्छे ले ओली ले संसद विगठन गरेर लोकतंत्र समाप्त गरे भन्न मिल्छ? 

ओली ले चार वर्ष अगाडि बोलेका कुरा हरु लाई त यादव आफैले १९ महिना मंत्री बनेर मटियामेट गरे। ती कुरा फेरि कॅश गर्न पाइयो त?

संविधान को हुबहु कॉपी पेस्ट गरेको नागरिकता बारे अध्यादेश सर्वोच्च ले कसरी रोक लगाउन मिल्छ? त्यहाँ त अदालत माथि नै प्रश्न उठ्यो। अदालत मा सेटिंग को आरोप गंभीर हो। मेरो आरोप पहाड़ी पुर्वाग्रह को हो। 

रेशम चौधरी का लागि सर्वोच्च अदालत मा कानुनी लड़ाइ लड्ने निर्णय गरिए जस्तो लाग्छ। 

ओली ले आफ्नै पाँच वर्ष नेकपा को सरकार चलाउने वाचा त पुरा गर्न सकेनन, ३२ सीटे जसपा को प्रत्येक माग पुरा गर्लान भन्ने आशा गर्नु हुँदैन। जस्तो कि प्रदेश को नक्शा बदल्ने कुरा। त्यो अहिले शायद नहोला। 

मधेस आंदोलन मा सात साल देखि अहिले सम्म के कति कसको कति योगदान रह्यो त्यो वादविवाद गर्ने समय यो होइन। अहिले जब मधेस आंदोलन समाप्त गर्ने प्रयास हरु भैराखेका छन, यो उपयुक्त समय होइन। 

वेदानन्द झा भारत को इशारा मा चलेका थिए? आफैले भारत ले ओली को समर्थन गरेर नेपालमा लोकतंत्र मासन लागेको भन्ने, आफै ले भारत का तीन चार जना राजदुत सबैले नेपाल मा लोकतंत्र को पक्ष मा लेख लेखेको कुरा पनि भन्ने! मधेसी नेता ले यसरी भारत लाई मुछेको यो पहिलो होला। 

हिटलर मुसोलिनी नाम हरु हल्का प्रयोग गर्नु उचित होइन। 

सारांश मा भन्नु पर्दा मैले के देखिराखेको छु भने राजा महेंद्र को ठाउँ मा बाबुराम भट्टराई र बरु वेदानन्द झा उपेंद्र यादव। किनभने जसपा फुटाउन कुनै कसर बाँकी नराख्ने अभियान मा अहिले लाग्नु भनेको मधेस आंदोलन समाप्त पार्ने प्रयास हो। बाबुराम को कहीं पे निगाहें कहीं पे निशाना। भन्ने बेला मा लोकतंत्र माथि खतरा, तर प्रहार गर्न खोजेको मधेस आंदोलन माथि। 

जसपा माथि तानाशाही अध्यक्ष बन्ने प्रयास मा पार्टी बाहिर को जुन सुकै शक्ति सँग जुन सुकै उठबस गर्न बाँकी नराखे जस्तो देखियो। 

लोकतंत्र माथि खतरा छैन। जसपा को एकता माथि खतरा छ। जसपा फोड़न उपेंद्र यादव बाबुराम को साथ दिराखेका छन। 



उपेन्द्र यादवको विश्लेषण : महेन्द्रपथमा ओली र महन्थ ‘केपी ओली सुध्रिएका छैनन्, विदेशीको चलखेल बढ्यो’ .......... जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले केपी ओलीलाई राजा महेन्द्र, हिटलर अनि केशरजंग रायमाझीको पथमा हिँडेको बताएका छन् । त्यस्तै महन्थ ठाकुर र राजेन्द्र महतोहरू केपी ओलीको पिछलग्गु बनेको र उनीहरु बेदानन्द झाको नयाँ संस्करण भएको बताएका छन् । ........ ‘राजा त्रिभुवनले २००७ सालपछि संसद बन्न दिएनन् । राजा महेन्द्रका पालामा राजनीतिक संघर्ष भयो र २०१५ सालमा चुनाव भएर संसदीय अभ्यास सुरु भयो । तर, राजा महेन्द्रले १८ महिनामा नै त्यो संसद समाप्त पारेर दलहरूमाथि प्रतिबन्ध लगाई ३० वर्षसम्म निरंकुश शासन चलाए ।’ ......... अहिले केपी ओलीले पनि राजा महेन्द्रले जस्तै संसद भंग गरी स्वेच्छाचारी शासन चलाएको आरोप लगाए । लोकतन्त्रमाथि प्रहार गर्ने ओलीको मतियार बन्ने काम महन्थ ठाकुर र राजेन्द्र महतोहरूले गरेको बताउँदै यादवले यसअघि पनि बेदानन्द झाहरु दरबार पसेको इतिहास सम्झिए । ......... ‘अहिले रायमाझीका संस्करण केपी ओली हुन् भने बेदानन्द झाका संस्करण महन्थ ठाकुरहरु हुन्,’ यादवले भने, त्यतिबेलाका बेदानन्द झाहरु दरबार पसेका थिए, अहिलेका महन्थ ठाकुरहरु ओली दरबार छिरेका छन् । त्यसबापत कामै नलाग्ने मन्त्रालयहरु पाएका छन् ।’ ...... संसद पुनस्र्थापना भयो भने संसद संख्या चाहिन्छ भनेर त्यसैमा अहिलेदेखि नै ठूलो लगानी लगाएर धेरैभन्दा धेरै मन्त्रालय वितरण गरेर ओलीले सबैलाई अल्झाएर राखेको यादवको आरोप छ । उनले भने, ‘संसद पुनस्र्थापना हुन्छ, त्यसपछि ओलीका मतियार बन्नेहरुको अवस्था के हुन्छ, उनीहरुले नैतिकताको राजनीतिक गर्छन् कि पुनः ओलीकै पथमा जान्छन्, त्यो हेर्न बाँकी छ ।’ ........ यादवले भने, ‘यदि संसद पुनस्र्थापना भएन भने ओलीले हिन्दी फिल्मको गीत गाउँदै भन्नेछन्, मेरे आँगने मे तुम्हारा क्या काम है..! त्यसपछि उनीहरु सबैलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्छन् । एक दुईजना उनीहरुको पक्षबाट पनि राख्छन् र देशको शासन सत्ता आफ्नो हातमा लिन्छन् ।’ ........... संघीयता, गणतन्त्र र समावेशी नरुचाउने प्रधानमन्त्री केपी शर्मा ओलीको हातमा देशको नेतृत्व रहेको र उनलाई कमल थापा, महन्थ ठाकुरलगायतका दरबारियाहरुले साथ दिइरहेको यादवको टिप्पणी छ । ओली– ठाकुर गठबन्धनले देशको लोकतान्त्रिक प्रकृयालाई प्रभाव पारिरहेको बताउँदै राजा ज्ञानेन्द्रले जसरी संसद भंग गरे, त्यसरी नै ओलीले पनि भंग गरेर देशको शासन सत्ता आफ्नो हातमा लिएको यादवले आरोप लगाए । ......... महन्थ ठाकुरहरुले जनतालाई ढाँट्ने काम गरिरहेको र उनीहरुले अहिले केपी ओली बदलिएका छन् भन्दै हिँडेको यादवले बताए । उनले भने, ‘के ओलीको विचार परिवर्तन भएको छ त ? प्रतिगमनकारी चरित्रमा परिवर्तन भएको छ त ? के केपी ओलीको भ्रष्ट चरित्र परिवर्तन भएको छ ? केपी ओलीको निरंकुश चरित्रमा परिवर्तन आएको छ ? होइन, ओलीमा कुनै परिवर्तन आएको छैन । ............. केपी ओली आफैंले लगाएका मुद्दाहरुमध्ये दुईचार वटा मुद्दा फिर्ता लिएको तर त्यो पनि अझै कार्यान्वयनमा नआएको ........ नागरिकतामा पनि ओलीले त्यस्तै नाटक गरेर संविधानमा भएको व्यवस्थालाई कपी गरेर अध्यादेशमा पेस्ट गरी महन्थ ठाकुरहरुलाई खुस बनाइदिएको ........ ओलीले एकातिर अध्यादेश ल्याएर नागरिकताको समस्या समाधान गरें भने अर्कोतिर आफ्नै मान्छे लगाएर रीट हाल्न लगाएर पछि

न्यायाधीशलाई भनेर त्यसलाई उल्टाउन लगाइदिए

।’ ........... रेशम चौधरी रिहाइको अहिलेसम्म कुनै सम्भावना नै नरहेको बताउँदै अध्यक्ष यादवले मधेसको मुद्दा समानुपातिक समावेशी हो, जसको नाम पनि ओलीले सुन्न नचाहेको ........ स्वायत्ता र सुशासनसहितको अधिकार, जसलाई ओलीले सुन्न नचाहेको बताउँदै उनले पहिचानसहितको संघीयता वा पहिचानमा आधारित संघीयता जसलाई सुन्दै ओलीलाई टाउको दुख्ने गरेको ..........

यादवले भने, हामीले मधेस आन्दोलन गर्दा राजेन्द्र महतो मन्त्री थिए, त्यतिबेला पनि उनले मधेसीको ९० प्रतिशत माग पूरा भएको भनेका थिए । आन्दोलन अगाडि बढ्दै गयो, महन्थ ठाकुर पनि मन्त्री थिए, उनले पनि आन्दोलनलाई पानीको बुलबुला भनी टिप्पणी गरेका थिए, अहिले उनीहरु नै ओलीले सबै माग पूरा गरिदिए भन्नु नयाँ कुरा नरहेको

............. अध्यक्ष यादवले भने, ‘उनीहरुले यस्तो किन गरे त सोध्दा उनीहरु नै भन्छन् ‘हम लोग क्या करे, हम लोग मालिकका गुलाम है, मालिक जो कहेगें वा न करेगें । अर्थात, हामी के गर्न सक्छौं, हामी त नोकर हौं, मालिकले जे भन्छ त्यही गछौ, अर्कोले भन्छन्, ‘हम लोग तो समझ रहे हैं कि ये प्रतिगमन हैं लेकिन वो लोग नही समझ रहे, वो लोग जो कह रहें हैं हम लोग वही कर रहैं’ अर्थात यो प्रतिगमन हो भने कुरा हामीलाई पनि थाह छ । तर, यो कुरा उनीहरु सम्झिरहेका छैनन्, उनीहरुले जे भन्छन्, हामीले त्यही गर्छौं ।’ यादवको प्रश्न छ, ‘यस्ता अरुको गुलाम नेताले देश र मधेसको कसरी प्रतिनिधित्व गर्न सक्छन् ?’ ........ महन्थ ठाकुरहरु जुन मालिकको इशारामा काम गरिरहेका छन्, यदि भोलि गएर लोकतन्त्र समाप्त भयो भने त्यो मालिकले पनि साथ छाड्ने ........ ‘देशमा ठूलो भूराजनीतिक खेल भइरहेको छ, यस भूमरीबाट देशलाई निकाल्न जरुरी छ,’ अध्यक्ष यादवले भने, ‘जसरी बेदानन्द झा र तुलसी गिरीहरुले राजा महेन्द्रसँग मिलेर लोकतन्त्रलाई समाप्त पारेका थिए, अहिले महन्थ ठाकुरहरुले ओलीसँग मिलेर लोकतन्त्रलाई समाप्त पार्ने कार्य गरिरहेका छन् । ............. ‘भारतीय अखबारमा नेपालमा रहेका पूर्वराजदूतहरु रञ्जित रे, श्यामशरण लगायतकाले लेखेका छन् कि भारतले नेपालको लोकतन्त्रलाई बलियो बनाउने काम गर्नुपर्छ,’ यादव भन्छन्, ‘त्यो भन्नुको अर्थ के हो भने नेपालमा लोकतन्त्र बलियो हुनु नै भारतको हितमा हुन्छ भन्ने उनीहरुको धारणा हो ।’ .......... विदेशीलाई दोष दिनुभन्दा आफू ठीक हुनुपर्ने कुरामा जोड दिँदै उनले आफू ठिक भएपछि अरु कसैले केही गर्न सकिने धारणा राखे । ओलीले भारत विरोधी नारा दिएर हिमाल, पहाडबाट भोट बटुलेर अहिले ठीक उल्टो गरेको बताउँदै यादवले भने, ‘अब जनताले पनि ओलीको खोक्रो राष्ट्रवाद थाहा पाइसके । उनले भने, ‘प्रतिगामीहरु कहिलेकाहिँ धेरै शक्तिशाली देखिन्छन्, तर जनता जागेपछि आफैं समाप्त हुन्छन् । केही दिन जनताले दुःख पाउँछन्, तर जनताले ती प्रतिगामीलाई परास्त गर्छन् । ............ ‘हिटलर जनताबाट निर्वाचित भएर आएका नेता थिए तर उनले पनि संसदमाथि नै प्रहार गरेका थिए र एउटा निरंकुश शासकका रुपमा अगाडि आएका थिए । इटलीमा मुसोलिनी पनि संसदबाटै आएका थिए र उनले पनि संसदलाई समाप्त पारेर फासीवादको सुरुवात गरेका थिए । टर्कीका तानाशाह पनि संसदबाटै आएका थिए र संसदलाई नै समाप्त पार्ने कार्य गरेका थिए । त्यसैको नयाँ स्वरुपमा केपी ओली आएका छन् ।’ ............ केपी ओली संघीयता, लोकतन्त्र, समावेशिता केही पनि नरुचाउने नेता रहेको यादवले आरोप लगाए । उनको आफ्नो पार्टीमा अन्तरद्वन्द्व भएको र त्यसैको आडमा ओलीले संसदमाथि प्रहार गरेर अध्यादेशबाट देश सञ्चालन गर्न लागेको यादवले बताए ।

ओलीले अब प्रदेशसभा भंग गरेर देशको सम्पूर्ण सत्ता हातमा लिई कम्बोडियाको जस्तो चुनाव गराएर देशलाई आफ्नो नियन्त्रणमा लिने योजनामा बनाएको यादवले दाबी गरे ।

............. केपी ओलीकै सहयोगमा जसपाकै कतिपय नेताहरुलाई उठाएर लगेर जबर्जस्ती हस्ताक्षर गराएको आरोप अध्यक्ष यादवले लगाउँदै भने, ‘महन्थ एण्ड कम्पनीका साथीहरुले बुझ्नै नसकेको कुरा के हो भने मधेशीको शक्ति न सेनामा छ, न न्यायालयमा छ, न ब्युरोक्रेसीमा छ, न अन्य ठाउँमा छ । जसपाको शक्ति संसदमा थियो, त्यसलाई पनि षड्यन्त्र गरेर कमजोर बनाउने काम भयो ।’




No comments: