Friday, June 04, 2021

जसपा: मुद्दा राजनीति कि सत्ता राजनीति?

राजनीति भनेकै सत्ता र शक्ति को खेल हो। सांसद मंत्री बन्न खोजेको हुन्छ। मंत्री प्रधान मंत्री बन्न खोजेको हुन्छ। मुद्दा र सत्ता लाई अलग अलग हेर्न मिल्दैन। एकलै बहुमत ल्याएर त आफुले भने जस्तै सबै कुरा गर्न सकिएको हुँदैन। ३२ सीट को आधारमा सब थोक लिने, सब थोक ल्याउने, सब थोक गर्ने शायद संभव नहुँदो हो। 

तर संसद बिना त संविधान संसोधन हुँदैन। मुख्य मुद्दा अहिले लाई गौण हो। 

एकल अध्यक्ष जस्तो व्यवहार पालैपिलो महंथ ले पनि, उपेंद्र ले पनि गरेकै हुन। झुठा मुद्दा फिर्ता का लागि वार्ता मा जानु राम्रो हो। तर त्यो निर्णय महंथ ले एक्लै गर्नु कुन जरूरी थियो? रेशम त अझै फिरिरि भइसकेको छैन। 

राजनीति तरल थियो, तरल छ। ओली महतो भाइ भाइ? 





राजेन्द्र महतो उपप्रधानमन्त्री, कामचलाऊ मन्त्रिपरिषद विस्तार, नयाँ मन्त्रीको सपथ आजै  राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्तव, उमाशंकर अरगरिया र रेणुका गुरुङ, चन्द्रकान्त चौधरी 
निर्वाचन अगाडी नै सबै नेपालीलाई खोप : मन्त्री त्रिपाठी कोभिड–१९ विरुद्धको खोप १८ बर्ष माथिका सबै नेपालीहरुलाई लगाउन सरकारले खोप उत्पादक देशहरुसँग खोप खरिद गर्ने प्रकृया अगाडी बढाइसकेको
ईश्वर पोखरेल र प्रदीप ज्ञवाली मन्त्रीबाट बाहिरिँदै बाहिरिने एमालेका मन्त्रीहरुमा हृदयेश त्रिपाठी, पदमा अर्याल, शिवमाया तुम्बाहाम्फे, पार्वत गुरुङ लगायत पर्नेछन् । ....... ओलीले गृहमन्त्रीमा खगराज अधिकारी वा महेश बस्नेतमध्ये एकजनालाई ल्याउन चाहेको। ..... महतोलाई समानान्तर पोजिसनमा राख्नका लागि यसअघि मन्त्रीबाट हटाइएका रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाएर ल्याइँदैछ ।

महन्थ ठाकुरहरुले ओली या जसपामध्ये कुनै एकलाई रोज्नुपर्छ मृगेन्द्रकुमार सिंह यादव, कार्यकारिणी सदस्य, जसपा नेपाल।  .......  शक्ति संघर्षकै बीच सुरुमा राजेन्द्र महतो पक्षमा उभिएका उनी पछिल्लो समय उपेन्द्र यादव पक्षमा देखिएका छन् । राजेन्द्र महतोकै कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका उनी उपेन्द्र यादवको पक्षमा सामेल भएपछि जसपाभित्र महन्थ–राजेन्द्र पक्ष कमजोर भएको छ । .........  राजपा नेपालका ६ जना अध्यक्षले कहिल्यै पार्टी बन्न दिएनन् । ६ वटा दल मिलेर राजपा नेपाल त बन्यो तर पार्टीका रुपमा त्यसले कहिल्यै पूर्णता पाएन । ६ जना अध्यक्षमा जहिले किचकिच, विवाद भइरहन्थ्यो । राजपाले पूर्णता नलिँदै समाजवादी पार्टीसँग एकीकरण गरेर जसपा बन्यो । जसपा बनेपछि पनि राजपामा रहँदाको त्यो रोग निको भएन । जे तमासा राजपामा हुन्थ्यो, अहिले त्यही तमासा उहाँहरुले जसपा नेपालमा सुरु गर्नुभयो । जसपालाई पनि राजपाजस्तै चलाउन खोज्नुभयो । जसपामा देखिएको विवादको मुल जड नै राजपा हो । ......... उहाँहरुले १४० कि १५० वटा मुद्दा फिर्ता गराएँ भन्नुभएको छ नि, ती सबै हल्का मुद्दा थिए । ती मुद्दाका कोही पनि जेलमा थिएनन्, कोही भगौडा थिएनन् । उनीहरुमाथि साधारण मुद्दा लगाइएको थियो । कुनै न कुनै दिन त्यो मुद्दा फिर्ता हुन्थ्यो नै किनकि मुद्दामा कुनै दम थिएन । तर प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई गुमराहमा राखेर मुद्दा फिर्ता गरिदिएँ भनि ताल पिट्न लगाउनुभयो । गम्भीर प्रकृतिका मुद्दा एउटा पनि फिर्ता भएको छैन । प्रकृयामा छ रे ! प्रकृयामा छ भनेको विगत १० वर्षदेखि हामी सुन्दै आएका छौं । रेशम चौधरीलगायत अहिले पनि थुप्रै मान्छे थुनामा छन्, कोही देश छाडेर भागेका छन् । उनीहरुको मुद्दा किन फिर्ता भएन ? किन रिहाइ भएन ? मान्छे मार्दै हिँडेका विप्लवका कार्यकर्ता रिहा हुने, देशद्रोहीका मुद्दा लागेका सिके राउत र उहाँका कार्यकर्ता रिहा हुने, जघन्य अपराध गरेकाहरु मन्त्रिपरिषद्को निर्णयबाट रिहा हुने तर मधेस आन्दोलनमा पक्राउ परेकाहरु किन रिहा भएनन् ? प्रधानमन्त्री ओलीले कसको आँखामा धुलो छर्न खोज्नु भएको हो ?  ....... अहिले अध्यादेशबाट नागरिकताको समस्या समाधान गरेको भनि हल्ला मच्चाइएको छ । तर अध्यादेशमा ल्याइएको कुरा त संविधानमै उल्लेख छ । संविधानमा उल्लेख भएका कुरालाई अध्यादेशमार्फत सरकारले कानुन बनाएर कुन ठूलो तीर मा¥यो भन्ने मैले बुझ्न सकेको छैन । ........  रह्यो संविधान संशोधनका लागि विज्ञ समूह गठनको कुरा । यस्ता विज्ञ समूह र कार्यदल पहिला पनि गठन भएकै हो । अहिले कार्यदलमा रहेकै नेताजीहरु कतिचोटी यस्तै कार्यदल तथा समूहमा बस्नु भएको छ, उहाँहरुले नै जवाफ दिनुहोला । .........  अरु केही होइन, सत्ताको लागि ओलीको पछि लाग्नुभएको छ । कहिले १० वटा मन्त्रालयको कुरा भएको भनेर सुुन्दैछु, कहिले ८ वटाका लागि कुरा भएको भन्ने सुन्दैछु ।

जसपाको आधिकारिकता विवाद : निर्वाचन आयोगको अर्को परीक्षा पूर्वप्रमुख आयुक्त भन्छन्– संविधान र कानुन हेरेर आयोगले चाँडो निर्णय दिनुपर्छ। ........  पार्टीको आधिकारिकता दावी गर्दै पुस १० गते प्रचण्ड र माधव नेपाल समूह  निर्वाचन आयोगमा निवेदन लिएर पुग्यो । त्यो दिन उनीहरु निवेदन लिएर मात्र पुगेका थिएनन्, आफ्नो पक्षका बहुमत केन्द्रीय सदस्यलाई पनि प्रमाणका रुपमा सशरीर लिएर आयोगमा पुगेका थिए । जसलाई आयोगले प्रमाणका रुपमा लिन हेर्न उचित ठानेन । मुख्य नेतालाई मात्र आयोग छिर्न दिएर केन्द्रीय सदस्यहरुलाई जमल छेउमै सुरक्षाकर्मीबाट रोकिएको थियो । उनीहरुले २ सय ७५ केन्द्रीय सदस्यको हस्ताक्षर आयोगमा बुझाएका थिए । उनीहरुले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार बहुमत केन्द्रीय सदस्यसहित पार्टीको आधिकारिकता दाबी गरेका थिए । ........  सर्वोच्च अदालतले गत फागुन २३ गते अर्को पार्टीसँग नाम मिल्न गएकोभन्दा रिट निवेदनमा मागेभन्दा बढी दुबै पार्टी पहिलेकै एमाले र माओवादी केन्द्रको अवस्थाका पुगेको फैसला गरेपछि आयोगलाई हाइसञ्चो भएको थियो । ........  यो दफा अनुसार काम गरिदिन गरिएको आग्रहले पार्टी फुट्ने नभई पार्टी भित्रको विवरण परिवर्तन मात्र हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले रातोपाटीलाई बताए । .......  पहिले हाम्रो केन्द्रीय समितिमा यस्तो थियो, अब यस्तो भयो भन्नेखालको कुरा हो यो ।’ ........  आयोगले कति छिटो विवादको समाधान गर्छ भन्ने कुनै टुङ्गो छैन । विगतमा नेकपाको प्रकरण पनि यही रुपमा अघि बढेको थियो । पहिले केपी ओलीलाई हटाइएको पत्र दर्ता भएको थियो । र, आयोगले दाबी पेश गर्न यसैगरी पत्र पठाएको थियो ।  ........ पूर्वप्रमुख आयुक्त उप्रेतीले निर्वाचन घोषणा भइसकेपछि राजनीतिक दल दर्ता तथा फुटेका दल मिलाउन कानुनले नदिने भन्दै यस्ता विवादहरु निर्वाचन प्रक्रिया सुरु हुनुअघि नै मिलाउनुपर्नेमा सुझाव दिए ।    ....... यदि निर्वाचन हुने भयो भने दलको विवाद निर्वाचन प्रक्रिया सुरु गर्नुभन्दा अगाडि नै गर्नुपर्ने हुन्छ । ........  सोझो रुपमा हेर्दा दुबैको मागदाबी राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम छ । यसअनुसार पार्टीको निर्णयको बहुमत सदस्यको हस्ताक्षर जसले बुझाउँछ त्यसको पक्षमा फैसला हुन्छ । जसपामा रहेको ५२ सदस्यीय कार्यकारी समितिमा उपेन्द्र यादवले २७ जनाको हस्ताक्षर सहितको निर्णय बुझाएका छन् । 

जसपा विवाद : केन्द्रको साइड इफेक्ट अब प्रदेशमा महन्थ केन्द्रीय सरकारमा जाँदै, उपेन्द्र प्रदेश २ को मन्त्री हेरफेर गर्दै .....  .... उपेन्द्र यादव पनि प्रदेश २ को मन्त्रीपरिषद् हेरफेर गर्ने गृहकार्यमा लागेका छन् । त्यसका लागि यादवले काँग्रेस, माओवादी केन्द्र र एमाले (माधव नेपालपक्ष) सँग छलफल चलाएका हुन् । अध्यक्ष यादवले हिजै मात्र काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । आज उनले सो पार्टीका उपाध्यक्ष विमलेन्द्र निधिसँग छलफल गरेका छन् । ........ पूर्व राजपाका केही मन्त्रीलाई हटाएर मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी अध्यक्ष यादवको रहेको छ । .......  मुख्यमन्त्रीमा टिक्नका लागि आफ्नो पक्षमा बहुमत देखाउनका लागि लालबाबु राउतले हस्ताक्षर संकलन गरिरहेका छन् भने उता, जसपा नेपालका तर्फबाट जितेन्द्र सोनलले पनि हस्ताक्षर संकलन गरिरहेका छन् । संसदीय दलको नेता जो बन्छ, उही नै मुख्यमन्त्री बन्ने भएकाले प्रदेश २ मा संसदीय दलको नेता बन्नका लागि हानथाप चलिरहेको छ । ......  निधिले यादवसँग काँग्रेस संसदीय दलका नेता रामसरोज यादवलाई मुख्यमन्त्री बनाउनुपर्ने अडान राखेका थिए ।

सत्तामाथिको ओलीको एकाधिकार तोडियो शुक्रबार प्रधानमन्त्री ओलीले जनता समाजवादीलाई सरकारमा सहभागी गराएका छन् । अब सत्ता एमाले अर्थात ओली र जसपा अर्थात महन्थ ठाकुर–राजेन्द्र महतोबीच साझेदारी भएको छ । मन्त्रिपरिषद्बाट निर्णय गरिँदा अब जसपाको पनि समर्थन र सहमति आवश्यक पर्ने भएको छ । जसपाबाट मन्त्री भएकाहरुलाई केही बेरपछि सपथ खुवाउने कार्यक्रम रहेको छ । गृह, रक्षासहित ८ वटा मन्त्रालय रिक्त रहेका बेला प्रधानमन्त्री ओलीले शुक्रबार जसपाका ८ मन्त्री र दुई राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

प्रधानमन्त्री ओलीले देलान् जसपालाई गृह र रक्षा मन्त्रालय ?  प्रधानमन्त्री ओलीले जसपालाई गृह, रक्षासहितका रिक्त मन्त्रालय देलान् कि मन्त्रिपरिषद् पुनर्गठन गरेर एमालेकै नेताहरुलाई गृह र रक्षाको जिम्मेवारी प्रदान गर्लान्, यसबारे महत्वको साथ हेरिएको छ ।

माधव नेपाललाई कार्यकर्ताको खुलापत्र– कमरेड तपाईंसँग सती जान सकिँदैन  पार्टी विभाजन गर्दा सिपी मैनालीले ५० प्रतिशत हाराहारी लिएर पार्टी टुक्रा पारेका थिए, तर त्यसको परिणाम आज मैनालीहरुलाई गुगलबाट खोज्नु पर्ने अवस्था छ । नेपाली समाजमा खोज्नुपर्ने अवस्था छ । .......  माओवादीबाट छुट्टिएर गएका मोहन बैद्य, बाबुराम, विप्लबहरुको अवस्था हेर्नुस् , आज कस्तो छ । काङ्ग्रेस भित्र शेर बहादुर देउवा छुट्टिएर जाँदा कुन हालतमा पुगेका थिए, जानकार नै हुनुहुन्छ ।

जसपा दल र भावनात्मक रुपमै रहेन  जसपाले बिकृत राजनीतिका विध्यमान दुई धार मध्ये कुनै एक धारलाई सहयोग गरेको भए पनि कि त बैकल्पिक सरकार बन्ने थियो, कि प्रधानमंत्री ओलीलाई नै खुला समर्थन गरेको भए–शायद संसद बिघटनको बाटो अवरूद्ध हुन्थ्यो । यौटा प्रजातान्त्रिक मधेसी दलको एकिकृत पहलबाट प्रजातन्त्रका लागि ‘सर्वाधिक महत्वपूर्ण’ संस्था संसदको यो अकाल हत्या हुने थिएन । रोक्न सकिन्थ्यो । .......  संविधानमा संशोधन गराउँछु भन्थ्यो, संविधान संशोधनको मातृस्थल संसदको बध गरायो । सांसद रेशमलाल चौधरीलाई रिहा गराउँछु भन्थ्यो, रेशमलालको सांसद भै फर्किएर आफुले भोगेको अन्यायको बारेमा बोल्ने संसद नै रहेन । रेशमलाल जेल मै रहे पनि सांसद थिए, रेशमलालको त्यो शक्ति पनि जसपाले समाप्त पारे ।

‘कांग्रेसका २३ सांसद पार्टी विभाजनको पक्षमा, नारायणकाजी श्रेष्ठ एमालेसँग मिल्न तयार’  माओवादीका २६सांसदहरु पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार लगाउन नसक्ने निष्कर्षमा पुुगेको। ..... ओली सरकारको रक्षाका लागि जसपाका सांसदहरुलाई भक्तपुरको रिसोर्टमा लगेर राख्ने कार्यसमेत गरेका नेता बस्नेतले कांग्रेस र माओवादीले एमाले विभाजन गर्न खोजेको भन्दै आफूहरुसँग पनि दुवै पार्टी विभाजन गराउन सक्ने क्षमता रहेको बताएका हुन् । तर, आफूहरुले पार्टी विभाजन गराउन खोज्दा अपहरणको आरोपसमेत लाग्ने नेता बस्नेतले गुनासो गरेका छन् । 

कमल थापाको ईन्ट्रीको विषयले जसपामा भूइँचालो  ओलीले जनता समाजवादी पार्टी नेपाल र राप्रपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । ....... परराष्ट्र मन्त्रालयको जिम्मेवारी राप्रपा अध्यक्ष कमल थापालाई दिने प्रधानमन्त्री ओलीको तयारीप्रति जसपाको महन्थ ठाकुर समूह झस्किएको छ। 





मुद्दाको आधारमा सरकारमा सहभागी भएका हौं, सरकारमा गएर बाँकी काम गर्छौं : महतो 'हामीले मधेसको माग मुद्दाकै बारेमा काम गरेका हौं । पहिले पनि त्यसैको आधारमा सरकारमा गयौं । केही कार्यान्वयन भए केही बाँकी छन् । अब तिनलाई पनि हामी सरकारमा गएर कार्यान्वयन गर्छौं ।' ........ उनले पार्टीको मूल प्रवाह र बहुमत आफूहरुसँगै रहेको पनि दाबी गरे । 'पार्टीको मूल प्रवाह भनेको हामी हो । हामीसँग ७० प्रतिशत पकड छ,' उनले भने । उनले आफूहरु सरकारमा जाँदा पार्टी नफुट्ने र जसपा नै रहने दाबी गरे ।

जसपा अध्यक्ष यादव जनकपुरमा, प्रदेश सरकार फेरबदलको तयारी
ढुंगा, गिट्टी र बालुवा निकासी रोक्न माग गर्दै सर्वोच्चमा रिट

No comments: