Thursday, June 03, 2021

उपेन्द्र यादव: देर आए, दुरुस्त आए

प्रधानमन्त्री ओलीसँग उपेन्द्र यादवको रक्षा मन्त्रीमा बार्गेनिङ प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद विस्तारको तयारीमा छन् । रिक्त ८ मन्त्रालयमा मन्त्री नियुक्त गर्ने सोचमा रहेका प्रधानमन्त्री ओलीले उक्त स्थानमा जसपाका नेताहरु ल्याउने तयारीमा छन् । तर, जसपाभित्रको विवादले अहिले रोकिएको छ । ........ महन्थ समूहले प्रधानमन्त्री ओलीलाई सघाउँदै आएको छ भने ओली सरकारको विकल्प खोजेका उपेन्द्र यादव पनि सरकारमा सहभागी हुने सोचमा पुगेका छन् । केही दिन अघि डा. बाबुराम भट्टराई बालुवाटार पुुगेर आफूलाई प्रधानमन्त्री बनाउन आग्रह गरेको समाचारले जसपाभित्र खैलाबैला मच्चाएको थियो । .........  अहिले उपेन्द्र यादवले आफूलाई उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी दिन प्रधानमन्त्री ओलीसँग माग गरेका छन् । आफूलाई उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी दिएमा आफ्नो समूह पनि सरकारमा सहभागी हुने भन्दै यादवले प्रधानमन्त्री ओलीसँग बार्गेनिङ गरेका छन् । ........ ओली सरकारको विपक्षीमा रहँदै आएको जसपाकै यादव समूह पनि सरकारमा सहभागी हुने मनस्थितिमा पुगेको हो । ......... प्रतिनिधि सभा पुनर्स्थापित भए पनि ओली नै सत्तामा रहने र शक्तिशाली हुने देखिएपछि यादव समूह पनि सरकारमा सहभागी हुने मनस्थितिमा पुगेको। ...... अध्यक्ष यादवले आफूलाई उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी दिन ओलीसँग बार्गेनिङ गरिरहेका छन् । उनले महेन्द्रराय यादवलाई पनि सम्मानजनक मन्त्रालय दिन उपेन्द्र यादवले माग गरेका छन् । उपेन्द्रको मागबारे प्रधानमन्त्री ओली निर्णयमा पुगिसकेका छैनन् । तर, यसबारे आन्तरिक छलफलमा रहेका बताइएको छ ।



संसद त फर्केर आउँछ आउँछ। तर त्यस पछि एमाले को एक ढिक्का जसपा सँग सरकार बन्दैन भने देश चुनाव मा धकेलिन्छ। कोरोना कहर को तेस्रो लहरको समयमा चुनावको प्रयास भनेको क्रुरता हुनेछ। अहिले छ महिना मा चुनाव हुनुहुँदैन, संसद आफ्नो पुरा कार्यकाल चल्नुपर्छ, त्यति का लागि पनि जसपा एक ढिक्का भएर सरकारमा जानुपर्छ। त्यो प्रयाप्त कारण हो। 

ओली लाई पनि जसपा एक ढिक्का नै चाहिएको। आफ्ना ११ सांसद को पद खोसे पछि अब जसपा एक ढिक्का भएर आउँदैन भने ओली  नै फेल खान्छ। उपेंद्र यादव लाई उप प्रम र रक्षा र महेन्द्र राय यादव लाई एउटा मंत्रालय, त्यो पाँच वर्ष लगातार प्रम बन्न सानो मुल्य हो। दिनुपर्छ। 

राजनीतिक रूपले किनारा लगाउनुपर्ने भनेको देउबा र प्रचंड हो। ३० वर्ष सम्म देश मा एमाले लाई र मधेसमा मधेसवादी लाई विपक्षी बनाएर राख्ने नै देउबा कांग्रेस हो। हुन त देउबा को पार्टी सभापति पद अब केही महिना मात्र हो। तर त्यो कांग्रेस को आतंरिक कुरा। 

प्रचंड जबज मान्दैन। त्यसैले संसदीय दल भित्र एक दिन एक पटक गर्नुपर्ने प्रयास पार्टी भित्र महिनौं गरेको। प्रधान मंत्री हटाउनु छ भने संसदीय दलको बैठक डाक। बहुदल नै नमान्ने सँग जसपा को सहकार्य कसरी हुन सक्छ? 

संविधान संसोधन को कुरा छ। फ़ास्ट ट्रैकमा गर्ने काम हो त्यो। त्यस पछि बाबुराम को अब आर्थिक विकास प्रमुख मुद्दा भन्ने लाइन सही हुन्छ। ओली र जसपा मिले संविधान संसोधन हुन्छ। हुन्छ भने देश भरि नै एमाले र जसपा एक पद एक उम्मेदवार मा जान मिल्छ। एमाले टुटफुट मा गएको बेला, माओवादी छिन्नभिन्न भएको बेला बाबुराम ले देश भरि का कामरेड हरु लाई जसपा भित्र ल्याउने हो। यही हो मौका। २० बढ़ी सांसद त पहाडमा हुन्छ अब जसपा को। 

चुरे को कुरा चर्केको छ। सत्ता बाहिर बसेर जुलुस निकाल्नु भन्दा सत्तामा बसेर त्यसको सही कार्यान्वयन गर्ने हो। वातावरण नमासेर, मधेस मरुभूमि नबनाएर मुख्य रूपले महाभारत पहाड़ का चट्टान उत्खनन गरेर एउटा राम्रो निर्यातमुलक उद्योग को स्थापना गर्न सकिन्छ। 

राजेंद्र र शरद ले मिलेर उपेंद्र लाई पार्टी भित्र माइनस गर्न खोजेको हुँदै हो। त्यो गलत थियो। पार्टी झन्डै फुटेको। उपेंद्र ले नाम प्रस्ताव गरेर सर्वसम्मत ले नै राजेंद्र संसद दलको नेता बने राम्रो हुन्थ्यो। जसपा सरकारमा जाँदा उपेंद्र किन नजाने? पार्टी अध्यक्ष हो अझ। 

लगे हाथ  हृदयेश र ब्रिजेश लाई पनि हुल्नुपर्छ पार्टी भित्र। लुम्बिनी प्रदेश बाट मात्र १० सांसद ल्याउँछ हृदयेशले। पाँच शीर्ष नेता जसपा मा। छैठौं हृदयेश। 




No comments: