Wednesday, June 02, 2021

देश र कांग्रेस

२०४६ मा बहुदल आए पछि लामो समय सम्म देशमा एमाले ले कांग्रेस सँग र मधेसमा मधेसी पार्टी ले कांग्रेस सँग विपक्षी को रुपमा बस्नुपरेको थियो। अहिले बल्ल कांग्रेस लाई किनारा लगाउन पाइयो भन्ने सोंच प्रमुख हुन सक्छ। ओली र महंथ-राजेंद्र को मिलन को प्रमुख कारक तत्व त्यो हुन सक्छ। अर्को संसद नै ताकेको हुनुपर्छ दुबै पक्ष ले। 

तर कुरा यहाँ ओली को चरित्रको उठिरहेको छ। २५ वर्ष अगाडि महाकाली बेचेर बालकोट मा दरबार खड़ा गरेको मान्छे। अहिले त्यही मान्छे चुच्चे नक्शा को बलमा कांग्रेस सुद्धा लाई ठग्यो। ओली कसैको जीवनसाथी होइन। भारत सँग त्यसरी पक्ष विपक्ष गर्न सक्छ भने। 

संसद विगठन को निर्णय अगाडि महंथ-राजेंद्र सँग परामर्श गरेनन। अहिले फेरि चुरे मास्ने भयावह निर्णय गराएका छन। वास्तवमा मधेस विरोधी भन्ने देखियो। राजनीतिक अधिकार हनन होइन कि मधेसी उभिएको जग्गा नै मरुभूमिकरण। पानी कलमा ५० फीटमा आउने पानी अहिले नै ५०० फीट मा पुगेको छ। 

ओली लाई एक चोटि विश्वासको मत लिनुछ। त्यस पछि जसपा लाई फाले पनि सरकार कायम रहन्छ। 





चुरे दोहन गर्न सरकारले लिएको नीति खरानीको व्यापार गर्न घर जलाए जस्तो : कांग्रेस
तराईलाई मरुभूमिकरण गर्ने निर्णय तुरुन्त खारेज गरियोस् : पुष्पकमल दाहाल
आयोगले पत्र खारेज गरेपछि यादवको प्रतिक्रिया : अनुसूचीको फाराम बुझाउन छुटेको हो
जसपा विवाद निर्वाचन आयोगले गर्‍यो उपेन्द्र र महन्थका पत्र खारेज राजनीतिक दलसम्बन्धी नियमावली विपरीत भएकाले प्रक्रिया पुर्‍याएर पुनः पत्र पठाउन भन्छौं : सचिव अधिकारी
माधवकुमार नेपालले भने : अन्तिम 'मुड'मा छु नेता नेपालले आफूनिकट जनसंगठनको भर्चुअल भेलामा नयाँ पार्टी, नयाँ आन्दोलन विकास गर्नुको विकल्प नरहेको बताएका हुन् ।
ओलीका कारण बनेको जसपा ओलीकै कारण फुटदै एकअर्कालाई निष्कासन गरिएको जानकारी सहित दल दर्ता किताब अद्यावधिक गरिदिन दुवै पक्ष (महन्थ ठाकुर र उपेन्द्र यादव) ले आयोगसँग आग्रह गरेका छन् । ........ अब कुन पक्षको पत्रले वैधानिकता पाउने भन्ने कानूनी र प्राविधिक निर्णय आयोगले गर्नेछ । तर राजनीतिक र व्यावहारिक रूपमा जसपा विभाजित हुन पुगेको छ । एकताको वर्ष दिनभित्रै विभाजन गराउने विवाद भने गएको ५ पुसबाट जसपामा शुरू भएको थियो । ...... दुवै पक्षका नेताहरू जसपा विभाजित नभएर व्यक्ति कारबाहीमा परेको तर्क गर्छन् । ‘पार्टी विभाजित भएको होइन । विधान विपरीत काम गरेका नेताहरू कारबाहीमा परेका हुन् । पार्टी एकताबद्ध नै रहन्छ’, यादव निकट नेता मोहम्मद इस्तियाक राई भन्छन् । ..... ठाकुर पक्षका नेताहरुको तर्क पनि उस्तै छ । ‘देशकै मूर्धन्य एवम् पार्टीको प्रथम अध्यक्षलाई निष्कासन गरिनु हास्यास्पद, उदेक लाग्दो र उपेन्द्र यादवकै निम्ति घातक कुरा पनि हो’, ठाकुर निकट नेता सुरेन्द्र झा भन्छन् । यादवलाई निष्कासन जवाफी कारबाही भएकाले जसपाको एकता कायमै रहने उनको तर्क छ । ....... तर ६ महीना यताको घटनाक्रम, निर्णय र गतिविधि हेर्ने हो भने जसपा लगभग एकताबद्ध हुने संभावना न्यून छ । किनभने जसपाको विवाद आन्तरिक नभएर प्रतिक्रियामा आधारित हो । ठाकुर पक्ष नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई साथ दिने, समर्थन गर्नेदेखि सरकारमा सहभागी हुन समेत तयार भएर बसेको छ । यादव पक्ष भने एमालेकै अर्का धार माधवकुमार नेपाल सहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहितको गठबन्धनमा उभिएको छ । यादव पक्षको सर्त छ– संसद् पुनर्स्थापना र सत्ताबाट ओलीको बहिर्गमन । त्यसका निम्ति यादव र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई सहित १२ सांसदको रिट सर्वोच्च अदालतमा विचाराधीन छ । लुम्बिनी र गण्डकी प्रदेशमा जसपाको ओली इतर समूहसँगै गठबन्धन भएको छ । यादव निकट एक नेता, जसपा विभाजन अब घोषणा मात्रै बाँकी रहेको बताउँछन् । ‘उहाँहरुले पुरानै पार्टी (राष्ट्रिय जनता पार्टी, नेपाल) ब्युँताउनुहुन्छ होला, तयारी त्यही गरिरहनुभएको छ’, ती नेता भन्छन् । तर स्पष्टीकरण सोध्ने र कारबाहीको निर्णयमा भने यादव पक्ष अघिअघि र ठाकुर पक्ष पछ्याउने गरेका छन् । ......

दुवै पार्टी बीच १० वैशाख २०७६ मा एकता हुँदा पार्टी नाम, झण्डा र चुनाव चिन्ह बाहेक अरुमा सहमति जुटेको थिएन ।

...... समाजवादी पार्टी, नेपालमा रेणु यादव सहितका नेता र राजपामा राजकिशोर यादव र अनिलकुमार झाहरु अलग हुने अनुमान गरिएको थियो । हुन पनि समाजवादी पार्टी विभाजन र जसपाको एकताको पत्र कुन पहिले निर्वाचन आयोगमा पुग्छ भन्ने प्रतिस्पर्धा नै चलेको थियो । ....... जसपाका नेताहरूमा एकताबद्ध पार्टी निर्माणको मनोविज्ञान भने २०७० को निर्वाचनमा नराम्रो गरी पराजित भएबाटै विकसित भएको थियो । जस अन्तर्गत २०७४ को निर्वाचनमा ६ दल (तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना, फोरम लोकतान्त्रिक, संघीय सद्भावना, तराई मधेश सद्भावना पार्टी र राष्ट्रिय मधेश समाजवादी पार्टी) बीच एकता भएर राजपा जन्मियो । ....... दुवै दलको समर्थन पाउँदा संसद्मा ओलीसँग ७६ प्रतिशत बहुमत पुगेको थियो । ........ ‘मधेशी, थारु, आदिवासी जनजाति जनताको चाहना पनि ठूलो शक्ति बनोस् भन्नेछ । तर उपेन्द्र यादव मधेशको मुद्दा सम्बोधन भएको हेर्न चाहनु हुन्न’, नेता सुरेन्द्र झा भन्छन् ।

उपेन्द्र यादवले प्राप्त जनमतलाई उपयोग गरेर व्यक्तिगत शक्ति आर्जन गर्न चाहेकाले समस्या आएको उनी आरोप लगाउँछन् ।

........ ‘सांसदहरुमा बहुमत रहेको त सबैले देखकै छन् । अब निर्वाचन आयोगमा जानुपर्ने भए कार्यकारिणीमा पनि बहुमत देखाउँछौं’, ठाकुर निकट नेता झा भन्छन् । संविधानको धारा ७६ (५) अनुसार ओलीलाई प्रधानमन्त्री बनाउने पक्षमा ठाकुर सहित २० सांसद उभिएका छन् । ......... संसद् विघटन भइरहेको अवस्थामा भने पार्टीको वैधानिकता विवादमा सांसद् संख्याले अर्थ राख्दैन । राष्ट्रियसभाका तीनमध्ये दुई जना र कार्यकारिणी समितिमा पनि बहुमत रहेकाले अर्को दल बनाउने बाध्यता ठाकुरसँग रहेको यादव पक्षका नेताहरुको दाबी छ । ....... संसद् भंग गर्ने ओलीको कदमपछि अढाइ महिनासम्म दलको वैधानिकता दावी गर्दै दुई पक्ष (ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल) ले आयोगलाई लगातार पत्राचार गरेका थिए । तर आयोगले कुनै निर्णय गरेन । .... नेकपाको विवाद पुनर्स्थापित एमालेभित्र सरेको छ । ओलीले एकलौटी निर्णय नरोकेको भन्दै नेपाल समूहले आयोगलाई अदालतको फैसला सम्झाउँदै पत्र पठाएको छ । आयोगले फेरि पनि कुनै निर्णय दिएको छैन । नेकपा विवादमा प्रचण्ड र माधव समूहले केन्द्रीय कमिटीमा बहुमतको रहेको दाबी गरेको थियो भने ओलीले प्रथम अध्यक्षको दावी गरेका थिए । ...... उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ, महिन्द्रराय यादव लगायत कम्युनिष्ट पृष्ठभूमिका नेता हुन् । महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा लगायत प्रजातान्त्रिक पृष्ठभूमिबाट आएका हुन् ।


जसपामा कारवाहीको खेला, त्रिपाठीसंग ठाकुरको एकता र रेशमको रिहाइ पछि सरकार महन्थ पक्षले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा निरन्तता दिने र यादव पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने लाइन लिएपछि जसपा विवाद उत्कर्षमा पुगेको थियो । ..... यसै बिच जसपाको ठाकुर पक्ष सरकारमा जान हतार नगरि हृदयश त्रिपाठीसंगको एकता र रेशम चौधरीको रिहाईका लागि केन्द्रित हुने देखिएको छ । यि दुईवटा काम पछि सरकारमा जाँदा झनै सकारात्मक हुने ठाकुर पक्षको बुझाई छ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी मिलेर नयाँ दल खोल्ने तयारी थालेका छन् । दुई नेताबीच सिंहदरबारमा त्यसबारे कुरा भइरहेको छ । ........ कुराकानीमा ठाकुरसहित राजेन्द्र महतो सहभागी छन् । त्रिपाठीको साथमा पनि उनी निकट नेताहरु छन् । चुनाव घोषणा भइसकेकाले नयाँ दल खोल्न मिल्दैन । तर, निर्वाचन आयोगमा दल दर्ता अगाडि नै गराइएको बुझिएको छ । नयाँ दल दर्ताका लागि अध्यादेश ल्याएर भएपनि बढ्ने तयारी समेत भएको बुझिएको छ । ....... सहमतिमा टिकापुर घटनाका आरोपित रेशम चौधरी, धनीराम चौधरी र लक्ष्मण चौधरीमाथि लगाइएको मुद्धा फिर्ता र रिहाइका लागि संविधान र कानून सम्मत तरिकाले अगाडि बढ्ने उल्लेख छ ।

अहिले लडाइँ कसले चुनाव गराउने भन्ने मात्र हो : कानुनमन्त्री लीलानाथ श्रेष्ठ अहिले नागरिकता प्राप्तिको माग गरी अदालतमा ३५ हजार मुद्दा छन् । जोसँग पैसा छ, जो पढेलेखेको छ, उसले त मुद्दा लडेर पनि नागरिकता लिएको छ । जो पढेलेखेको छैन, निमुखा छ, अदालतको मुख देखेको छैन, त्यो मान्छेले नागरिकता कसरी पाउने त ? यो विषयमा पटक–पटक सम्मानित अदालतले जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गरेकाका छोराछोरीलाई छिटो ऐन बनाएर नागरिकता देऊ भनेर सरकारलाई आदेश गरेको छ । त्यसैलाई हामीले कार्यान्वयन गरेका मात्र हौँ । ......... अहिले राजनीतिक अवस्था कस्तो बन्यो भने एउटा दल बसेको ठाउँमा अर्काे दल बस्न नसक्ने । जस्तो कि सम्माननीय

प्रधानमन्त्रीज्यूले कोभिड–१९ बारेमा एउटा बैठक बोलाउनुभयो । त्यहाँ पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित हुनुभएन । एउटा राउन्डटेबलमा बस्ने अवस्था पनि छैन ।

....... अहिले मधेसी समुदायलाई मात्र नागरिकता चाहिएको हो कि हिमाली जिल्लाका नागरिकलाई पनि यो नागरिकता उत्तिकै आवश्यक हो ? बुबाको पत्तो नलागेका धेरै नागरिकले नागरिकता पाएका थिएनन् । त्यसलाई हामीले सम्बोधन गरेका हौँ । ....... संविधानमै भएको र पटक–पटक सर्वाेच्च अदालतले दिएको आदेशलाई कार्यान्वयन गरिएको मात्र हो । मैले पनि २ नम्बर प्रदेशको पार्टीको सह–इन्चार्जको हिसाबले पटक–पटक यस विषयमा आवाज उठाउँदै आएको थिएँ । ....... नेपालमा जन्मसिद्ध नागरिकको सन्तान बालिग भएपछि वंशजका आधारमा नागरिकता पाउने संविधानमा व्यवस्था छ । जुनसुकै सरकार भए पनि संविधानको यो प्रावधानलाई हटाउन सक्छ त ? अर्काे, नेपाली आमाको सन्तान, जो नेपालमै बसोवास गरेको छ, उसको बुबाको ठेगाना नभएकोलाई नागरिकता दिने विषय अध्यादेशमा छ । यो पनि संविधानमा प्रस्टै भएको प्रावधान हो । त्यसकारण संविधानको पालना गरेर हामीले अध्यादेश ल्याएका हौँ, यसमा विवाद आवश्यक नै छैन । .......... दुईतिहाइको सरकार बनेको दुई वर्ष आठ महिना भइसकेको छ, अधिकांश संवैधानिक आयोग खाली छन् । अनि देखाउनका लागि यो संविधान बनाएको हो कि कार्यान्वयन गर्न ? कार्यान्वयन नगर्दा पनि अपजस आउने । ........ संवैधानिक परिषद्को बैठक बोलाउँदा विपक्षी दल बैठकमै नआउने, आए पनि सहमति छैन भनेर उठेर हिँडिदिने । यस्तो गर्दागर्दै दुई वर्ष आठ महिना भयो । यस्तो अवस्थामा के गर्ने ? ......... सानो विषयमा चित्त नबुझ्नेबित्तिकै जसले पनि मुद्दा हाल्ने अवस्था छ । हरेक मन्त्रालय, स्थानीय तहमा मुद्दैमुद्दा छन् । सम्मानीय प्रधानमन्त्री मात्र होइन, धेरै मन्त्रीविरुद्ध पनि मुद्दा परेका छन् । जसलाई चित्त बुझेन मुद्दा हालिहाल्ने परिपाटी हुर्केर गएको छ । ........ मुद्दा नचलाइने ः राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो पदीय हैसियतले सम्पादन गरेका काम कारबाहीको विषयमा निज पदमा रहँदा वा सेवानिवृत्त भएपछि निजउपर कुनै अदालतमा मुद्दा चलाइनेछैन । ........ उहाँ ७६(३) अनुसारको प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँले के भन्नुभयो भने म ७६(४) को प्रक्रियाअनुसार जाँदिनँ, केही दिनअघि मात्र विश्वासको मत प्राप्त गर्न नसकेकाले उहाँले सीधै ७६(५) अनुसार सरकार गठनको प्रक्रियामा जानुभएको हो । उहाँ ७६(३) कै प्रधानमन्त्री हुनुहुन्छ । ७६(५) को प्रक्रिया खारेज भएपछि त कहाँ जान्छ त ? .............. अहिले त के बोल्ने, के नबोल्ने नेताहरूलाई होस ठेगानै छैन । हामीले त उहाँहरूबाट सिक्ने हो । तर, किन यस्तो विचलन आयो लिडरसिपमा, मलाई थाहा छैन । यो त असाध्यै छाडा भयो । ........ राष्ट्रपतिज्यूले कुनै गल्ती नै गर्नुहुन्न, किनकि संविधानमै प्रस्ट छ, प्रधानमन्त्रीले सिफारिस गरेको विषयका आधारमा निर्णय गर्ने भन्ने छ । ........

तेस्रो लहर आउँछ भनेर कुनै पनि वैज्ञानिकले भनेका छैनन्, अनुमान गरेको मात्र हो । म पनि अन्तर्राष्ट्रिय समाचार धेरै हेर्छु, तेस्रो लहर आउँछ भनेर कसैले पनि ग्यारेन्टीका साथ भनेको छैन ।

...... पहिलो लहरले वृद्धलाई प्रभावित ग¥यो, दोस्रो लहरले युवालाई र अब बच्चालाई प्रभावित गर्न सक्छ भनेर कतिपय देश तयारीमा लागेका छन् । नेपालमा पनि त्यस्तो अवस्था आयो भने त्यस्तो विशेष परिस्थितिमा राष्ट्रिय पार्टीहरू मिलेर छलफल गरेर उपाय निकाल्नुपर्छ । भारतमा पनि संक्रमण कम हुँदै गएको छ । हामीकहाँ भारतबाटै आउने हो, अब हाम्रोमा पनि कम हुन्छ । ........ अहिले भनेको एक्सनमा काम गर्नुपर्ने समय हो । मिलिटरी हिसाबले दौड भने दौडने, ठोक भने ठोक्ने भन्ने हिसाबले काम गर्ने समय हो । त्यही भएर हामीले पूर्वरथीलाई रोजेका हौँ । कतै केही बनाउनुप¥यो भने सेनाले त तत्कालै बनाउन सक्छ, निजामतीले ठेक्का प्रक्रियामार्फत जानुपर्छ । धेरै काममा सेनाको आवश्यकता छ, नेतृत्व पनि सेनाकै हुँदा परिचालन सहज हुन्छ भन्ने हो । ............

तराईमा के हुन्छ भने एउटाले गल्ती ग¥यो भने विपक्षी पार्टीको २० जना नेतालाई मुद्दा हालिदिने परिपाटी छ ।

कांग्रेसले एमालेलाई फसाउने, एमालेले कांग्रेसलाई फसाउने ट्रेन्ड छ ।

No comments: