Sunday, June 27, 2021

जनमत

भारतसँग मित्रता चाहेका हौं, मालिक र गुलामको सम्बन्ध होइन : उपेन्द्र यादव  आफ्नै पार्टीका महन्थ ठाकुर पक्षका नेताहरु तर्फ संकेत गर्दै उनले विहान साँझ नै (भारतीय) दूतावासमा जाने गरेको बताए । कोही दिल्ली, पटनासमेत गएको भन्दै यादवले यस्ता गतिविधिले भारतको समेत हित नहुने बताए । .........  ‘लोकतन्त्र र संघीयता रहे न मधेसले अरु अधिकार पाउँछ, यो नभए के पाउनु ? लडाई यहीँ छ’ पार्टीको विवादतर्फ संकेत गर्दै उनले भने, ‘उनीहरुले हँ मालिक, फलानोले त विरोध गर्छ । नोट ल्याउनुस्, हामी उसलाई ठीक पार्छु भन्न सक्छ । यसले केही हुँदैन ।’ ........ ‘हामी नो प्रो चीन, नो प्रो इन्डियन । हामी त प्रो नेपाली, प्रो मधेसी ।’ ......... एमाले अध्यक्षसमेत रहेका ओलीले संसदमा उभिएर सत्यमेव जयतेलाई सिंहमेव जयते भारतीय विस्तारवादी भनेर भाषण गरेको स्मरण गर्दै यादवले भने, ‘आज ओली कसरी उनको मित्र भए ? यो गजब छ ।’

हार्न छापको औषधि सेवनले मात्र मधेशको उपचार हुनेः डा. राउत डराएर हैन डटेर राजनितिमा भाग लिन डा. राउतको आग्रह ....... डा. सि. के. राउतले अहिले पनि वशांनुगत राजनितीमा विश्वास गर्नुका साथै लादने प्रयास भइरहेको बताएका छन् । ....... मालिक र दाससम्बन्धका कारण जनतालाई खेत जोत्न नदिने, बाटो बन्द गरिदिने, झुठा मुदा लगाइदिने डर त्रास समाजमा कायम नै रहेको बताउदै प्रमुख अतिथि डा. राउतले भने– “हामीलाई डराएर हैन डटेर राजनितिमा भाग लिनु आवश्यक छ ।”  ........ कहिले राजाको राज, राणाको राज र अहिले नेताको राज जस्ता व्यवस्थालाई अन्त्य गरी जनताराज ल्याउन जनमत पार्टीको जन्म भएको बताए । अबको निर्वाचनमा आफ्ना अुमुल्य मतलाई सदुपयोग गरी हार्न छापमा मतदान गरी जनता राज ल्याउन सबैलाई डा. राउतले आग्रह गरे । .......... शासकको राज, गुण्डा तस्करको राज, आतंक मचाउनेको राज, हत्याराको राज र भ्रष्टहरुजस्ता राजलाई अन्त्य गर्न जनताको सरकार हुनु आवश्यक रहेको ...... केन्द्रिय सदस्य तथा गैर आवासीय मधेश संघ अमेरीकाका प्रतिनिधि इन्द्रजीत कुमार यादवले भने– जनमत पार्टीलाई जिते पश्चात गर्नु पर्ने सम्पुर्ण कार्यहरु खोज अनुसन्धान गरि डिजाईन गरेर हामी त्यार रहेका छौं ।   








देशको व्यवस्था नै परिवर्तन गर्ने माहोल बन्दैछ : सीके राउत  डा. सीके राउत करिब ५ वर्ष ‘स्वतन्त्र मधेश’का लागि ‘स्वराज आन्दोलन’मा लागेका थिए। उनको पहिचान पृथकतावादी नेताको रुपमा बनेको थियो। .......... बेलायतको क्याम्ब्रिज युनिभर्सिटीबाट पीएचडी गरेका राउत अहिले जनमत पार्टी गठन गरी मधेशका जिल्लाहरुमा संगठन विस्तारमा लागेका छन्। पछिल्लो महिना उनले पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्ममा गरी करिब तीन दर्जन आमसभा गरे । ..........  अन्य दलहरुप्रति आक्रामक हुँदै सामुदायिक स्वराजको वकालत गर्ने डा. राउत आइतबार काठमाडौंस्थित जनमत पार्टीको सम्पर्क कार्यालयमा भेटिए। ............ मुख्य रुपमा अहिले संगठन विस्तारमा लागेको छु। हाम्रो पार्टीले ४ लाख सदस्य बनाउने भनेको छ। त्यसकै लागि काम भइरहेको छ। हामी वडा, टोल, गाउँपालिका समितिहरु बनाउने काम गर्दैछौं। संगठन विस्तारको काम तीव्र रुपमा भइरहेको छ। पछिल्लो तीन महिनामा आमसभाहरु भएको छ। सभामा पनि व्यापक जनसहभागिता भएको छ। ............. कुनै पार्टीलाई जनताले ७० वर्षदेखि देखेका छन्, कुनै पार्टीलाई ३० वर्षदेखि र कुनै पार्टीलाई १३ वर्षदेखि जनताले देखेका छन्। जनताले बारम्बार उनीहरुलाई देखेका छन्। तर, उनीहरुबाट जनताले परिवर्तन सम्भव देखेका छैनन्। नीतिगत, संस्थागत भ्रष्टाचारमा उनीहरु लिप्त भएका छन्। .............. सामुदायिक स्वराज कुनै पार्टीको एजेण्डा पनि रहेन र देखा पनि परेन। कांग्रेस नै गठन हुँदा सामन्तवादलाई नै पक्षपोषण गरेर बनेको थियो । सर्वहाराका लागि पार्टी बनाएको दाबी गर्नेहरु पनि अरुभन्दा फरक छैनन्। सैद्धान्तिक रुपमा जे भने पनि व्यवहारिक रुपमा पनि तिनीहरुको हालत त्यस्तै छ। राणाकालमा जो शासन व्यवस्थामा थिए, तिनीहरु नै राजन्त्रमा पनि रहे। पञ्चायती व्यवस्थामा पनि रहे, प्रजातन्त्र र लोकतन्त्रमा पनि तिनीहरु नै शासन व्यवस्थामा रहे। ..............  आज गणतन्त्र र संघीयता आउँदा पनि हरेक स्तरमा उनीहरु नै छन्। स्थानीय, प्रदेश र केन्द्रमा पनि त्यही व्यक्तिहरु हावी छन्। यहाँ जनताको शासन व्यवस्था कहिलै आएन, जसलाई जनताले आफ्नो ठानोस्। त्यसकारण आम जनताको बीचबाट उठेको पार्टी जनमत पार्टी हो र यसको मुख्य एजेण्डा सामुदायिक स्वराज हो। अन्य सबै पार्टीलाई एक ठाउँमा र जनमत पार्टीलाई एक ठाउँमा राख्न सक्नु हुन्छ। किनभने उनीहरुभन्दा हाम्रो एजेण्डा नै फरक छ। ................ सामुदायिक स्वराज भनेको यस्तो व्यवस्था हो, जहाँ हरेक समुदायलाई लागोस् कि यो हाम्रै राज्य हो, हाम्रै शासन व्यवस्था हो। हामी जे भन्छौं, त्यही हुन्छ । त्यही नै सामुदायिक स्वराज हो। ............... गणतन्त्र भने पनि जनसम्प्रभुत्ता छैन। अहिले पनि जनताले भोट दिएर उनीहरुलाई नै जिताए तर जनताको कुरा एक दिनमात्र रहन्छ– भोट दिने दिनमा। वास्तवमा भन्ने हो भने लोकतन्त्र छैन। आम जनताको छोराछोरी जितेर जाने अवस्था छैन। .............. अहिले जनताले जिताएर पठाएकाहरु जनप्रतिनिधिहरु छोटे राजा भएर निस्किन्छन्। ............ जनलोकपालको कुरा छ । प्रत्यक्ष लोकतन्त्रमा हामीले डिजिटल डेमोक्रेसीको पनि कुरा गरेका छौं। जस्तै– जनमत संग्रहकै कुरा गर्ने हो भने स्थानीय स्तरदेखि केन्द्रसम्मका लागि त्यो हुनुपर्छ। ठूलो मुद्दाका लागि मात्रै नभएर गाउँपालिकामा कुन कामलाई अगाडि बढाउने विषयमा पनि जनमत संग्रह गर्न सकिन्छ। योजना छनोटमा पनि जनताको विचार लिन डिजिटल डेमोक्रेसीमार्फत् जनअभिमत लिन सक्छौं। यसलाई सममान्य रुपमा मोबाइलबाट पनि भोटिङ गर्न सकिन्छ। .............. संविधानमै जनमत संग्रहको व्यवस्था गरिएको छ। तर, त्यसको प्रयोगको विधि छैन। ५ लाख जनताले कुनै पनि विषयमा हस्ताक्षर गरेर दिन्छ भने नेपालको संसदले त्यस विषयमा जनमत संग्रह गराउनु पर्छ। यस्ता अधिकार हामीले जनतालाई दियौं भने पूरा अधिकार संसदमा मात्र होइन, जनतामा पनि आउनेछ। अहिले के हुँदैछ भने कुनै कुरामा पार्टीलाई वा जनप्रतिनिधिलाई सोधिँदैन । दुई–तीन जना नेताले जे निर्णय गर्छन्, त्यही पारित हुन्छ। .............. संविधानमा आत्मनिर्णयको अधिकार दिनुपर्छ। त्यो कार्यान्वयनको पक्षमा पनि हामीले कुरा गरेका छौं। अधिकार दिएर मात्रै भएन, त्यसलाई कार्यान्वयन गर्ने बाटोहरु पनि बनाउनु पर्छ। त्यसको लागि संविधान संशोधन हुनुपर्छ। र, त्यो एजेण्डामा हामी कायम छौं। .............. हाम्रो पार्टीको प्रमुख १० कार्यक्रममा मुख्य कार्यक्रम नै आत्मनिर्णयको अधिकार हो। संविधान संशोधनको प्रक्रियामा गए आत्मनिर्णयको अधिकार कसरी स्थापित गराउन सकिन्छ त्यसमा हामी लाग्ने छौं। त्यो हाम्रो पहिलो प्राथमिकता हो। प्रदेशको संरचनामा पनि हामीले संशोधनको माग गर्छौ। मधेशी जनताले नारा दिएका थिए समग्र मधेश एक प्रदेश । वा पछि फेरि समग्र मधेश दुई प्रदेशको नारा आएको थियो। त्यसमा पनि हामी अडिग छौं। त्यससँगै निर्वाचन क्षेत्रका विषयमा पनि हाम्रो संशोधन रहनेछ। त्यसैगरी मधेशीहरुलाई दोस्रो दर्जाको जस्तो व्यवहार गरिएको छ । त्यसमा एउटा नागरिकता पनि कारण हो। त्यसकारण नागरिकताको विवादित प्रावधान पनि हटाउन हामीले संविधान संशोधन गर्न आवश्यक छ। .................. हामी कार्यकारी राष्ट्रपतिको पक्षमा छौं। ........... कार्यकारी राष्ट्रपति प्रणाली भयो भने त्यसमा मधेशी आउने सम्भावना हुनेछ। किनभने मधेशी मात्रले मत दिन होइन, अरुले पनि सहयोग गर्नेछ। ..........  यो दुई तिहाईको सरकारसँग जनताको धेरै ठूलो आशा थियो। यस्तो अवस्थामा सरकारले केही गर्न सकेन। अब कुन उत्कृष्ट व्यवस्थामा राम्रो काम हुन सक्छ? गणतन्त्र र त्यसमा पनि दुई तिहाईको सरकारमा देश समृद्ध हुन सकेन भने यी दलहरुबाट हामी के अपेक्षा गर्ने? त्यसकारण जनताको अपेक्षा धेरै छ। तर काम हुन सकेको छैन। आन्तरिक विवादमा अल्झिएको छ। ................ अहिले खतराको अवस्था भन्न मिल्छ। किनभने यस्तो अवस्थामा व्यवस्था नै परिवर्तनको माहोल बन्न सक्छ। त्यो धेरै दुर्भाग्यपूर्ण हुन सक्छ। यति संघर्षपछि आएको व्यवस्था समाप्त हुन सक्छ। ........... रक्तपात नभए पनि, कोत पर्व नभए पनि व्यवस्था परिवर्तनको त्यस्तै अवस्था देखिएको छ। ............. अब राजपाको संयोजक शरतसिंह भण्डारी हुँदैछन्। राजाको पालामा पनि उनी मन्त्री थिए। पञ्चायतकालमा पनि थिए। कांग्रेसमा पनि उनी नै थिए। फोरममा पनि उनी नै भए। अहिले राजपामा पनि उनी नै । ............ अध्यक्ष उपेन्द्र यादव नै एमालेका कार्यकर्ता थिए। त्यहाँ अवसर नपाएपछि माओवादी भए। माओवादीमा पनि अवसर पाउनु भएन । जब मधेश आन्दोलनको उभार उठ्यो, त्यसमा उहाँले पार्टी दर्ता गराउनु भयो। मधेशमा पनि काम गर्न सक्नु भएन । अब समाजवादी बनाएर राष्ट्रिय पार्टी बनाउन खोज्नु भयो। त्यहाँ पनि संकट आएपछि यिनीहरु एकीकरणतिर जाँदैछन्। अब नयाँ कुरा नै छैन। ................  राजेन्द्र श्रेष्ठ पनि एमालेकै नेता हुन्। अशोक राई पनि एमालेकै नेता हुन्। समाजवादीको संघीय अध्यक्ष पनि बाबुराम भट्टराई हुनुहुन्छ। उपेन्द्रजी आफैंले भन्नु हुन्छ– मधेशवाद कहाँ हुन्छ? जो मान्छेले मधेशवाद नै स्वीकार गर्दैन, त्यो मान्छेको दल मधेशवादी कसरी भयो? समाजवादी पार्टीको केन्द्रीय समिति हेर्नुभयो भने त्यसमा पनि न्यून संख्यामा मधेशी छन्। मधेशीको दुर्भाग्य होे कि उनीहरु समाजवादी पार्टीलाई मधेशवादी पार्टी भन्छन्। यिनीहरु मधेशवादी होइन, अवसरवादी हुन् सबै। सबैतिरबाट भट्केर आएर जनतालाई हत्या गराएर सत्ता पाएकाहरु हुन्। यिनीहरुसँग कुनै राजनीतिक सिद्धान्त छैन। न त मधेशको माग पूरा गर्ने विचार छ। ............... ओलीजीको खिलाफमा भोट मागे तर त्यही ओलीको चरणमा गएर पार्टी सुम्पे। समाजवादीले उपप्रधानमन्त्री पायो, राजपाले दुईवटा सिट पायो राष्ट्रिय सभामा। ............. यिनीहरुले मधेशमा जातिवादी राजनीति गरेर मधेशलाई बर्बाद पारेका छन्। हामीले जातिवादलाई अन्त्य गर्नुपर्छ भन्ने पक्षमा छौं। यिनीहरुको नियुक्ति हेर्नुभयो भने स्वजातीय नियुक्ति हुन्छ। जातिय संगठनहरुलाई पैसा दिएर अधिवेशन गराउँछन्। 














CK Raut Copycat
Masking, Social Distancing, Handwashing
Beware: Pickpockets

No comments: