Thursday, June 03, 2021

जसपा टुटफुट भएर देश नया संविधान सभा सम्म पुग्छ भने

संसद पुनर्स्थापना हुन्छ। (संसद पुनर्स्थापना को पुर्ण संभावना छ) तर हुँदा सम्म मा संसद को अंक गणित नै फेरबदल भइसकेको हुन्छ। एमाले का ११ जना पार्टी सदस्य पनि नरहे पछि सांसद रहेनन। जसपा भित्र पनि उपेन्द्र यादव ले निष्काशन को राजनीति शुरू गरेका छन। आफ्नो अगाडि नतमस्तक नहुने को सांसद पद जाने गरी पार्टी बाट निष्काशन। तर त्यहाँ जटिलता छ। (पुरानो पुस्ताको हाराकिरी)

राजनीतिक स्थायित्व को नाम मा पार्टी संसदीय दल र पार्टी केंद्रीय समिति लाई माखे सांगलो ले बाँध्ने काम गरिएको छ। संसदीय व्यवस्थामा त्यस्तो हुँदैन। केपी ओली ले एमाले भित्र खेलेको रोल जसपा भित्र उपेन्द्र यादव खेल्न चाहन्छन। चार जना लाई निष्काशन गरेर बाँकी लाई नतमष्तक गराउने। त्यो लोकतान्त्रिक कदम होइन। संवादहीनता समस्या हो। 

ओली ले पनि र उपेन्द्र यादवले पनि ब्यूँतने संसदको अंक गणित फेर्ने प्रयास गर्दैछन। पार्टी भित्र एक्लै सर्वेसर्वा हुने प्रयास। जसपा भित्र त्यो गर्न गारहो छ। पार्टी अध्यक्ष को शक्ति कटौती गर्नु नेपालमा लोकतंत्र का लागि अपरिहार्य भएको छ। (दलीय चुनाव पनि निर्वाचन आयोग ले गर्ने व्यवस्था

संसद पुनर्स्थापना हुन्छ। उपधारा (३) को प्रधान मंत्री ले जाउ संसद को विश्वास लेउ भन्ने हुन्छ। त्यो पाउने देखिँदैन। उपधारा (५) मा फेरि उही नौटंकी। अनि फेरि संसद विगठन र नहुने चुनावको घोषणा। कोरोना कहर को तेस्रो वेभ मा चुनाव संभव हुँदैन। कांग्रेस ले निष्पक्ष चुनाव का लागि भए पनि महंथ लाई मान्नु पर्ने। देउबा टसको मस छैन। (देश नया संविधान सभा तर्फ लागेको हो)

जसपा टुटफुट भएर देश नया संविधान सभा सम्म पुग्छ भने जसपा को मधेस का लागि सबैभन्दा ठुलो योगदान त्यही हुन्छ। तर त्यो दुर्घटना को बाटो। खुरुखुरु देश संविधान सभा सम्म नै पुग्छ भन्ने गारंटी हुँदैन। नचिताएको हुन सक्छ। 






माधव समूहको बटमलाइन: ओलीले संसद विघटनप्रति आत्मालोचना गरे एकता सम्भव ‘त्यो नभए क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्ने र सिंगो नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने हिसाबले अघि बढ्नुपर्छ ।’
खनाल–नेपाल समूहका १७ भ्रातृ संगठनको चेतावनी : जेठ २ मा नफर्के पार्टी विसर्जन पार्टीलाई नयाँ शिराबाट एकताबद्ध गरेर क्रान्तिको नयाँ झण्डा उठाउनुपर्नेछ
माधव समूहको भेलामा पाण्डे र भुसालको ब्रिफिङ : बालुवाटारले भुल्याउन मात्रै खोज्यो ‘ओली पक्षबाट वार्तामा बसौं भन्ने कुरा आयो । पार्टी मिल्छ भने संवाद गर्दैमा केही बिग्रिदैन भनेर हामीले पनि प्रयास गर्यौ र बस्यौँ तर प्रयोग गर्न खोजेको जस्तो अनुभुति भयो’

जसपाभित्र उपेन्द्र र महन्थमध्ये कसको पल्ला भारी ? पार्टीका दुईजना अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई पार्टीबाट निष्कासन गरेका छन् । ....... अहिलेसम्म दुवै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आएका छन् । तर कुन पक्ष आधिकारिक भन्नेबारे छिनोफानो गर्ने निर्वाचन आयोगमा भने आधिकारिकता सम्बन्धी विवाद पुगेको छैन ।​ जसपाभित्र दुवै पक्षले आफ्नो पक्षमै बहुमत रहेको दावी गर्दै आएको अवस्था छ । तर दुवै पक्षले बहुमत प्रमाणित गरेका भने छैनन् । ..... राजनीतिक दलसम्बन्धी विद्यमान कानुनअनुसार संसदीय दल र केन्द्रीय कार्यसमितिमा ६० प्रतिशतभन्दा बढी सदस्य रहेको पक्षले पार्टीको आधिकारिकता पाउँछ भने दुवै निकायमा ४० प्रतिशत बहुमत जुटाउने पक्षले अलग दलका रुपमा मान्यता पाउँछ । ....... जसपाभित्र दुवै पक्षसँग ६० प्रतिशत बहुमत देखिएको छैन । यस्तो अवस्थामा सके ६० प्रतिशत बहुमत जुटाएर दलको वैधानिकता आफ्नो पक्षमा पार्ने, नसके केन्द्रीय समिति र संसदीय दलमा कम्तीमा ४० प्रतिशत जुटाएर दल विभाजन गराउनुपर्ने हुन्छ । ....... प्रतिनिधिसभा विघटन नभएको अवस्थामा संसदीय दलमा महन्थ ठाकुरको पक्षमा बहुमत थियो । पार्टीको केन्द्रीय समिति, कार्यकारिणी समिति, राष्ट्रियसभामा भने उपेन्द्र यादव पक्षको बहुमत छ । ...... प्रतिनिधिसभा विघटन भइसकेका कारण महन्थ ठाकुरसँग पार्टीको कुनै पनि निकायमा बहुमत देखिएको छैन । ........ जसपाका कार्यकारिणी सदस्य शरत सिंह भण्डारी भने पार्टीभित्रै मिलाउन सकिने कुरालाई उपेन्द्र यादव पक्षले निर्वाचन आयोगसम्म लगेको आरोप लगाउँछन् । ‘पार्टीमै मिलाउनुपर्ने विषयलाई अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा लैजानु भयो,’ उनले भने, ‘पार्टीमा देखिएको विवाद पार्टीमै मिलाउन सकिन्थ्यो । ....... पार्टीमा कसको बहुमत छ र को अल्पमतमा छ भन्नेबारे दुवै पक्षले हानथाप गर्नुको अब कुनै अर्थ नरहेको भण्डारी बताउँछन् । विषय निर्वाचन आयोगमा पुगिसकेका कारण अब आयोगले नै यसबारे निर्णय गर्ने उनको भनाइ छ । यद्यपि अझै समय बाँकी रहेको भन्दै उनले दुवैजना अध्यक्षलाई एक ठाउँमा बसेर पार्टीको विवाद मिलाउन आग्रह गरे । ...... पार्टी नफुटोस् भन्ने आफ्नो चाहना रहेको प्रस्ट पार्दै उनले पार्टी एकता कायम राख्न आफूले हरसम्भव प्रयास गरिरहेको बताए । यद्यपि दुई पक्षका शीर्ष नेताबीच संवादहीनताको अवस्था छ ।

माधव नेपालको नयाँ पार्टी चल्दैन : गोकुल बाँस्कोटा जेठ २ लाई मान्दा बादलहरू निस्काशित हुँदैनन् ........ त्यस्तो पार्टीको जनाधार एमालेको भन्दा भिन्नै नहुने भएकाले नयाँ पार्टी राष्ट्रिय जनमोर्चाजस्तै सानो हुने बास्कोटाको दाबी छ । ....... उत्पातै नाम राख्दा एमाले क्रान्तिकारी राख्ने होला । ....... माधव नेपाल पक्षका नेताहरुलाई स्पष्टीकरण सोधेर पनि कारवाही किन भएको भन्ने प्रश्नमा बास्कोटाको जवाफ छ,‘योचाहिँ ट्याक्टिल मुभ हो । कार्वाही गर्ने/नगर्ने भन्ने कुरा कार्यनीतिक विषय हो ।’ ....... नयाँ पार्टी बनाउनका लागि त्यस्तो नेतृत्व, व्यक्तित्व, कृतित्व वा कुनै करिस्म्याटिक नारा लिएर माधव नेपाल आउन सक्ने अवस्था छैन, जहाँ अरु जनमत पनि आकर्षित होस् । यसो हुँदाखेरि माधव नेपाल असन्तुष्टहरुको मात्र नेता हुने भए । असन्तुष्ट जनमत होइन, असन्तुष्ट कार्यकर्ताको उनी नेता हुने भए । त्यसो भइसकेपछि त्यो टिक्दैन । बनिहाल्यो भने जनमोर्चाको हालत हुन्छ । ........ माधव नेपालसँग नयाँ पार्टी बनाउने नयाँ जनमतको आधार पनि भएन । माओवादीमा जाऔं भने उनलाई साथ दिने कोही पनि भएन । नेताहरु अलिअलि हुन्छन्, तर कार्यकर्ता र जनमत भएन । त्यसैले मेरो विचारमा माधव नेपालसँग अर्को छुट्टै पार्टी बनाउने वा जनमतसहित बोकेर अगाडि जाने आधार भएन । नेताहरुचाहिँ हुने भए । तर, को नेताहरु त भन्दा अन्तरसंघर्षका कारणले व्यक्तिगत दुस्मनी वा कुण्ठा बोक्ने नेताहरुको समूह हुने भयो । जनमत र राजनीतिक विचारका आधारले भन्दा पनि व्यक्तिगत दुस्मनीका कारणले यताउता भएका नेताहरु मात्र हुने भए । ............. एमालेको आम जनमत भनेको मध्यम वर्गीय हो । एमाले र काँग्रेसको जनमतको आधारभूत भिन्नता म धेरै देख्दिनँ । तुलनात्मक रुपमा काँग्रेसभन्दा एमाले बढी प्रगतिशील हो । तल्लो वर्गमा मुद्दा पनि सरकारमा हुँदा उठाइदिन्छ, बोकेर हिँड्दिन्छ । तर, पार्टीको बेस भनेको त निम्न मध्यमवर्गीय हो । काँग्रेसले इलाइटहरुलाई पनि समेटेको छ, बदलामा एमालेले श्रमिकहरुलाई समेटेको छ, यत्ति हो । ......... माधव नेपालले चाहेको संस्थागत गुटबन्दीको अभ्याससहित फर्किन्छु भन्ने हो, त्यो केपी ओलीले मान्नुहुन्न । उहाँले जे २ मान्नुहुन्छ । तर, बार्गेनिङ गरेर मेरो यो संख्या र त्यो संख्या भन्ने केही पनि मान्नुहुन्न ।

बालुवाटारको निष्कर्ष : माधव नेपाल बाहेकको ‘एकता’ त्यो प्रयास र लचकताले पनि २०७५ जेठ २ अघिको अवस्थामै पार्टी फर्केला भन्ने कुरामा चाहिँ नेताहरु अझै विश्वस्त देखिएका छैनन् । ........ ‘अन्तिमसम्म पनि एकताका लागि लचक हुने भन्ने त छ, तर अब एकता भए पनि माधव नेपालसमेत केही नेताहरुचाहिँ आउने सम्भावना देखिँदैन’ अध्यक्ष ओली निकट एक नेताले रातोपाटीसँग भने, ‘हाम्रोतर्फको निश्कर्ष लगभग यही हो ।’ ...... राजनीतिक र सांगठनिक रुपमा दुई ध्रुवमा गैसकेको एमालेले विभाजनको कानुनी मान्यता नपाएसम्म दुवै पक्षले अर्को पक्षमा लागेका नेता–कार्यकर्ता तान्ने प्रयास तीव्र पार्ने देखिएको छ । .......

ओली पक्षले माधव नेपालसँग अब एकता असम्भव भएको निश्कर्ष नै निकालेको छ ।

....... ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र आफ्नो पार्टीको उम्मेदवारलाई हराउने कुरालाई गर्वका साथ केही साथीहरुले महिमा मण्डन गरिरहनुभएको छ । ती साथीहरु फर्किनुभयो भने राम्रै हो, तर पार्टी एकताको प्रयास र त्यो कुराबीच कहीँ कतै पनि तालमेल मिल्दैन’





Israel’s Problems Are Not Like America’s When many Westerners peer out at the world, what they’re really looking for is a mirror. ......... an American tendency, one very much in evidence this month, to imagine people here in Israel as a reflection of themselves. ........ When Uris was writing in the 1950s, most Israeli Jews were natives of the Islamic world who’d either been drawn to the new state or forced from their home by their former neighbors. Many of the rest were survivors of the Holocaust trying to hack out a living without losing what was left of their mind. They lived alongside a sizable Muslim Arab minority, a remnant of those displaced by the war, feared as a fifth column and kept under military rule. Kibbutznik pioneers like Ari Ben Canaan were never more than a tiny share of the population—and as committed socialists, would never have gone anywhere near the foxtrot. Few people here were blond. A more representative hero for Exodus would have been the Arabic-speaking seamstress from the Jewish ghetto in Marrakech. ..........

Although a close relationship between America and Israel has been taken for granted over the past half century, it solidified only once Americans decided that Israelis were like them.

......... this place, with its singular complications and steep inequalities .........

when many Westerners peer out at the world, what they’re really looking for is a mirror.

........ If you stand on a street in the modern state of Israel and look at passersby, you often can’t tell who’s Jewish and who’s Arab. Many Israelis are from Arab countries, and for the 6 million Jews living in the heart of the Arab world (300 million people) and in the broader Islamic world (1.5 billion people), the question of who’s the minority is obviously a tricky one. ............. The occupation of the West Bank is supported by many Israelis mainly because they have rational fears of rockets and suicide bombings, tactics that weren’t quite the ones endorsed by the American civil-rights movement. All of this is to say that although Israel, like America, is deeply messed up, it’s messed up in completely different ways. ............. why Western reporters are drawn to the tragedy of Palestinian civilians while remaining relatively uninterested in the ruthless strategy and significant accomplishments of the Palestinians’ Iran-backed military force, Hamas. ....... It’s seductive to think that everything you need to know you learned back in Berkeley. ........ believing that foreign countries operate according to American logic is a recipe for confusion, even disaster ......... The world is not a mirror. The world is a kaleidoscope that can be understood only by people who are experts in each individual shard, and even then only partially. ........

The truth is that Israel is a small country in the Middle East that has nothing to do with the demons stalking America. We have our own demons. Conflating them won’t make either country’s problems easier to understand or solve.





दुई / तीन दिनभित्रै सरकारमा जान्छौं : जसपा नेता कर्ण मधेशको माग पूरा गर्ने प्रयास गर्दा पार्टी फुटको संघारमा पुगेको उनले बताए । एक रेडियो अन्तरवार्तामा उनले भनेका छन्, ‘आफूहरुले सत्ताको लागि मरिहत्ते गरेको छैन । सत्ताको कारण होइन्, मधेशको माग पुरा गर्ने प्रयास गर्दाखेरी फुटमा गएको हो ।’ ...... उनले प्रचण्ड, देउवा, शुशिलले पुरा नगरेको माग पनि अहिलेको सरकारले पुरा गरेको/गरिरहेको उनको भनाई छ । सरकारमा कहिले जाने प्रश्नमा उनले भने, ‘हामी सरकारमा दुईरदिनभित्र नै जान्छौँ । सरकारमा नजाने पनि होईन ? हामी जान्छौं । सरकारमा जान्छौँ । देश र जनताको हितमा काम गर्छौ । बाँकी मागहरु जो छन्, तिनलाई पनि पूरा गराउँछौं भन्ने नै हाम्रो योजना हो ।’...... उनले पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा पनि आफ्नो पक्षको बहुमत रहेको दावी गरे । ‘पार्टी कसैको जिम्दारी होईन, उनले भने, ‘जिम्दार साहेवले जग्गाबाट निकाली दियो, कहाँ जान्छौँ भनेर भन्ने ? त्यस्तो निकाल्न पाईन्छ ?’

प्रदेश २ : राउतलाई हटाएर मुख्यमन्त्री बन्ने सुमनको प्रयास जनता समाजवादी पार्टीभित्रको विवादको असर प्रदेश नम्बर २ मा परेको छ । प्रदेश २ मा सरकार ढाल्ने प्रयास सुरु भएको छ । मुख्यमन्त्री लालबाबु राउतलाई हटाएर मनिष सुमन मुख्यमन्त्री बन्ने प्रयासमा लागेका हुन् । ..... सुमनलाई अगाडि बढ्न जसपा अध्यक्ष महन्थ ठाकुरले निर्देशन दिइसकेको बुझिएको छ । त्यसैले उनी प्रदेश संसदीय दलमा बहुमत बनाउन सक्रिय छन् । ..... मनिष सुमनलाई नेकपा एमालेको साथ हुनसक्छ ।

ढुंगागिटी निकासी खोल्ने निर्णयले बुटवलको सिद्धबाबा डाँडो काट्न बाटो खुला! चुरे-भावर, शिवालिक र नदी प्रणाली बाहेकका उपयुक्त क्षेत्रमा खानी उत्खनन् गर्ने गरी यो निर्णय गरिएको अर्थले जनाएको छ। ........ ‘जुन देशमा जस्तो प्राकृतिक स्रोत छ, त्यही बिक्री गर्ने हो, नेपालको प्राकृतिक स्रोतका रूपमा रहेको चट्टानी पहाडलाई निर्माण सामग्रीका रूपमा उपयोग र निर्यात गरेर नेपालको अर्थतन्त्र र समृद्धिको माध्यम बनाउनैपर्छ’ ...... नेपालमा वार्षिक एक खर्ब रूपैयाँभन्दा बढीको ढुंगागिटी, बालुवा कारोबार हुने अनुमान गरिए पनि खपतको अनुपातमा राजस्व संकलन कम भएको र सरकारको निर्णयले राजस्व संकलन बढ्ने उनले दाबी गरे। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि ढुंगागिटी र बालुवा निकासीले चुरे क्षेत्र विनाश नहुने बताएका छन्। ......... सरकारले वातावरणीय अध्ययन गरी ढुंगे पहाडलाई खानी क्षेत्रका रूपमा छुट्याएर मात्र निकासी गर्न अनुमति दिने ...... चुरे विज्ञ तथा यो क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका विज्ञहरू भने ढुंगागिटी निकासी खोल्नेबित्तिकै चुरे क्षेत्र दोहन सुरू हुने बताउँछन्।

No comments: