Sunday, June 20, 2021

बाबुराम भट्टराई को हस्ताक्षर हराएको सुचना





देउवालाई उनकै समूहका नेताहरूले सोधे- निधिको कुरा के हो? मोहनबहादुर बस्नेत भन्छन्- निधिलाई समेटेर देउवा नै सभापति
निर्वाचन आयाेगमा मेरो हस्ताक्षर दुरुपयोग भयाे : बाबुराम भट्टराई जनता समाजवादी पार्टी (जसपा) संघीय अध्यक्ष बाबुराम भट्टराईले अध्यक्ष महन्थ ठाकुरले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएका छन्। आइतबार राति उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् निर्वाचन आयोगमा आफ्नोसमेत हस्ताक्षर दुरुपयोग गरेको देखेर स्तब्ध भएको बताएका हुन्। ठाकुरको नाम नलिई उनले भनेका छन्, ‘स्वच्छ छवीका मानिएका ८० वर्षे नेताले समेत पार्टी बैठकको नक्कली श्रेस्ता बनाएर निर्वाचन आयोगमा मेरोसमेत हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध छु।’ उनले ओली–विद्या राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिने भयो भनेर टिप्पणीसमेत गरेका छन्।

कहाँ पुग्यो एमाले एकीकरण प्रक्रिया? “सर्वोच्च अदालतले संसद् पुन:स्थापना गरिहालेछ भने पनि हामी एमाले एक हुन्छौं, तपाईं नै प्रधानमन्त्री हुनुहुन्छ। चुनाव सदर नै गरेछ भने पनि मिलेरै चुनावमा जान्छौं, त्यसलाई शर्त नबनाऔं भन्ने नेपाल पक्षको कुरा छ,” एक एमाले केन्द्रीय सदस्य भन्छन्, “तर, विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता नलिएसम्म कसरी एउटै बैठकमा बस्न सकिन्छ भन्ने ओलीको भनाइ छ। नमिलेको कुरा यही हो।” ...... “हामीले पार्टी एकताका लागि दबाब स्वरूप विद्रोह गरेका हौं, मिलेर जाने कुरामा हामी सधैं तयार छौं,” ज्वाला भन्छन्, “साथीहरूसँग कुराकानी भइरहेको छ। हामी हिजो पनि एमाले थियौं, आज पनि एमाले नै छौं। नमिल्नुपर्ने कारण के छ र?”



४१ दललाई जनही ५० हजार जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय
कसरी होला ओलीराजको अन्त्य? संयोगवश, नाकाबन्दीकालमा प्रधानमन्त्री ओली थिए। भारतीय असन्तोषको मुख्य मुद्दा अंगीकृत नागरिकताबारे ओलीले त्यसै वेला 'नागरिकता सीमामा बसेर रानीको जन्मदिनमा चकलेट बाँडे जस्तो बाँड्ने चिज होइन' भन्ने कडा जवाफ दिए।  ...... नाकाबन्दीविरुद्धको अडानका कारण ओलीको छवि राष्ट्रवादी नेताको बन्यो। 'एक मधेस एक प्रदेश' पक्षधरहरूलाई उनले सबै समथर जमीन मधेस हुन सक्दैन भन्ने जवाफ त्यसअघि नै दिएका थिए। ........... नाकाबन्दीताका तराई क्षेत्रमा प्रहरीको कमान्ड गरेर उच्च ओहदाबाट केही समयअघि अवकाश पाएका एक मित्र ओली र महतो-ठाकुर सम्मिलनबाट अहिले विस्मयमा परेका छन्। सीमाक्षेत्रको हिंस्रक आन्दोलनमा जनधनमाथि क्षति पुग्न नदिन सुरक्षार्थ खटिएको प्रहरी डफ्फाका निम्ति दुईपायासँगै चौपायाले पनि 'सुरक्षा चुनौती' थपेका हुन्थे। ति मित्रका अनुसार, त्यस वेला गल्ली-गल्लीमा 'केपी ओली' लेखेर छाडिएका भुस्याहा कुकुरहरूलाई समाउने र तिनका शरीरबाट पोस्टर र रङ हटाउने काम प्रहरीका निम्ति थप झन्झटिलो हुन्थ्यो। ........... सत्ता टिक्छ भने 'चकलेट सरह' नागरिकता बाँड्न उनलाई कुनै आपत्ति भएन। ........ ओलीको चरित्र के हाे भने उनी खेलमा भाग लिन्छन्, तर खेलका नियम मान्दैनन्। खेलमा उनले दिएका धकमधक्का र छिर्के त गनिसाध्य छैन। गोल गर्न नसक्दा पोस्ट नै सार्ने ओली त्यतिले पनि नपुग्दा भकुन्डो लिएर मैदानबाट अलप हुन्छन्। .......... पहिलो पटक झैं दोस्रो पटकको विघटनको पनि कुनै वैधानिक आधार देखिन्न। विघटन फेरि पनि बदर हुने सम्भावना प्रबल देखिन्छ, तर आफ्नो स्वभावअनुसार उनले फेरि पनि सत्ता छाड्ने छैनन्। फेरि पनि विघटन वा संकटकाल लगाएर फ्रान्सेली भाषामा भनिने 'दँस मकाब्र' (मृत्यु नाच) जारी राख्नेछन्। त्यसैले सम्मानित अदालतले ठीक-बेठीकको फैसला मात्र नगरेर बदनियतपूर्ण कृत्य गर्नेलाई सजाय पनि तोकिदिएपछि मात्र यो 'दँस मकाब्र' को अन्त्य हुनसक्छ।


No comments: