Wednesday, June 02, 2021

मधेस, जसपा, जनमत र ओली कांग्रेस

तरल राजनीति 

अर्को संसदको अंकगणित जेसुकै भए पनि राजनीति अहिलेको जस्तो तरल हुँदैन। अर्थात संविधान संसोधन त्यो पनि फ़ास्ट ट्रैकमा त्यो समय नै अहिलेको समय हो। संसद पुनर्स्थापना हुन्छ। तर त्यति काम फत्ते गर्न का लागि जसपा एक ढिक्का हुनुपर्छ। कदम कदम मा सर्वसम्मत निर्णय गर्दै जानुपर्छ। 

ओली त्यति बेला मधेस विरोधी पनि होइन, अहिले मधेस समर्थक पनि होइन। त्यति बेला पहाडमा जुन पीठो बिक्यो त्यो बेचे। अहिले संसदको अंक गणित आफ्नो हातमा पार्न संविधान संसोधन पनि गर्न तैयार। 

महामारी को समय छ। चुनाव मा देशलाई धकेल्नु हुँदैन। संसद पुनर्स्थापना हुन्छ। जसपा एक ढिक्का भएर जुन पक्ष मा गए पनि चुनाव हुँदैन। अर्थात चुनाव को घोषणा हुन्छ भने दोष जसपा को हुनेवाला छ। दोस्त को नजदिक, दुश्मनको और ज्यादा नजदिक राख्ने समय हो। ओली दुश्मन हो। 

महंथ नाम 

बरु महामारी को समय मा चुनाव होस तर महंथ लाई प्रधान मंत्री स्वीकार गरिँदैन। त्यसमा ओली र देउबा एक मत छन। प्रचंड को मत को कुनै मतलब छैन। यद्यपि प्रचण्डको मत पनि त्यही हो। तर महंथ को कथन छ, एक त म प्रधान मंत्री बन्ने संभावना मीडिया बाहेक राजनीतिक वृत्तमा आएको छैन। तर म प्रधान मंत्री भएर संविधान संसोधन नहुनु भन्दा बरु संविधान संसोधन होस। मैंने प्रधान मंत्री पदको लात मार दिया भनेको होइन। लात त्यहाँ सम्म पुग्दै पुग्दैन। 

तर संविधान संसोधनको बढ़ी विपक्षमा एमाले रहेकोले दोस्त को नजदिक, दुश्मनको और ज्यादा नजदिक राख्ने समय हो। ओली दुश्मन हो। जसपा संविधान संसोधनको मुद्दा का साथ ओली सरकारमा जानुपर्ने कारण त्यो हो। संविधान संसोधन कार्यदल बनेको छ। हुने भनेको फ़ास्ट ट्रैकमा नै हो। प्रत्येक दफा उपदफा पढ्दै हिड्ने फुर्सद कसलाई पो छ र? ओली ले व्हिप जारी गर्ने, राजेंद्र ले व्हिप जारी गर्ने। अनि देउबा र प्रचंड लाई व्हिप जारी गर्न करै लाग्छ। 

मुख्य कुरा संसद आफ्नो पुर्ण काल चल्छ। महामारी को समयमा चुनावको घोषणा हुँदैन। 

देउबा कम आकर्षक 

देउबा कम भ्रष्ट, देउबा कम प्रतिगामी हुँदै होइन। ओली ले देउबा को भ्रष्टाचारको रेकॉर्ड त तोड़े तर प्रतिगमन को रेकॉर्ड अझै तोड्न सकेका छैनन। त्यहाँ सम्म पुग्न बेबी किंग बेबी किंग भन्नुपर्ने हुन्छ। बाप बेटा दोनों बदनाम। (देश र कांग्रेस)

तर देउबा सँग जसपा सरकारमा छ भने संविधान संसोधन का लागि दुई तिहाई पुग्दैन। ओली ले झन चर्को बोल्छ संविधान संसोधनको विपक्षमा। (जसपा विवाद र संविधान संसोधन को संभावना

जसपा को एकता 

आमने सामने गफ गर्ने। कदम कदम मा सर्वसम्मत निर्णय गर्दै जाने। बरु संसदीय दलको निर्वाचन एक पटक फेरि गर्ने। संसदीय दल कायम छ। संसद कोमा मा हुनु भनेको संसद दल कायम हुनु हो। उपेंद्र राजेंद्र दुबैले उम्मेदवारी दिने, अनि उपेंद्र ले फिर्ता लिएर सर्वसम्मत राजेंद्र लाई संसद दलको नेता बनाउने। 

रेशम नै रिहा हुन्छ भने त सरकारमा जान करै लाग्छ। बरु राजेंद्र शरद ले उपेंद्र लाई माइनस नगर्ने। जसपा सरकारमा जान्छ भने उपेंद्र यादव मंत्री किन हुँदैन? उपेंद्र जी ले विदेश मंत्रालय चाहेको छ। स्वास्थ्यमा हृदयेश र विदेशमा उपेंद्र भए पछि महामारी को समयमा उपयुक्त काम हुन्छ। अहिले त स्वास्थ्य मंत्रालय नै विदेश मंत्रालय भएको छ। 

ध्रुवीकरण हावा गफ हो 

जनता भेड़ाबाख्रा होइन। प्रचण्डको मतदाता ले कांग्रेस लाई भोट दिने, कांग्रेसी ले प्रचंड लाई भोट दिने, त्यो संभव छैन। प्रचंड को त राष्ट्रिय पार्टी स्टेटस सखाप हुनेवाला छ। माधव अब बामदेव हो। बामदेव लाई पनि पार्टी फोड़दा ४०% आफुसँग भए जस्तो लागेको। 

ओली ले संविधान संसोधन गरे अर्को चुनावमा देश भरि नै एक पद एक उम्मेदवारको अवधारणामा एमाले सँग जसपा ले चुनावी गठबंधन बनाउने रोडमैप सही हो। किनभने त्यो बाटो संविधान संसोधन हुन्छ। 

देउबा ले त उपेन्द्रजी सँग त्यो बारे केही गफ पनि गर्ने जमर्को गरेको छैन। लोकतंत्र बचाउनु त पर्छ तर सन २००५ मा देउबा बाट बचाउनु परेको लोकतंत्र। 

जनमत 

जनमत ले भ्रष्टाचारको मुद्दा दरो सँग अझ समाएको छैन। समाए स्वीप गर्छ। त्यो चार पार्टीको प्याराडाइम (paradigm) बाहिरको कुरो। (पुरानो पुस्ताको हाराकिरी





"Old power works like a currency. It is held by few. Once gained, it is jealously guarded, and the powerful have a substantial store of it to spend. It is closed, inaccessible, and leader-driven. It downloads, and it captures."

"New power operates differently, like a current. It is made by many. It is open, participatory, and peer-driven. It uploads, and it distributes. Like water or electricity, it’s most forceful when it surges. The goal with new power is not to hoard it but to channel it."

No comments: