Tuesday, June 01, 2021

पुरानो पुस्ताको हाराकिरी




जसपा कारबाही प्रकरण हृदयेश समूहसँग महन्थ समूहको एकीकरण हुँदै नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी ....... पछि तराई केन्द्रित ६ दल मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) बनेपछि अध्यक्ष मण्डलमा नराखिएकोमा असन्तुष्टि जनाएर बाहिरिएका त्रिपाठीको समूहसँग फेरि ठाकुरले एकीकरण गर्न थालेका हुन् । ....... कार्यकारिणी समितिमा बहुमत रहेको समूहले कारबाही गरेपछि ठाकुरले पुराना मित्र त्रिपाठीको समूहसँग एक भएर नयाँ पार्टी बनाउनका लागि छलफल सुरु गरेका हुन् । ........ २०४८ सालदेखि संसदीय राजनीतिका माहिर खेलाडी त्रिपाठी पनि स्वतन्त्र सांसदको हैसियतमा बस्दा आफ्नो भूमिका खुम्चिएको अनुभूति गरिरहेका र ठाकुर पनि कारबाहीमा परेपछि नयाँ पार्टी बनाउनु पर्ने अवस्थामा रहेकाले दुई बीच एकीकरण गर्ने तयारीमा उनीहरू लागेका हुन् । त्रिपाठीको समूहका एक सदस्यले इकागजसँग भने, ‘हो छलफल चलिरहेको छ । एकीकरण गरेर नयाँ दल बनाउने सहमति नजिक हामी पुगिसकेका छौं ।’ ....... अहिले मधेशी पार्टीहरूबीच एकता गराएर जनता समाजवादी पार्टीलाई काउन्टर दिन प्रधानमन्त्री केपी शर्मा ओलीको सदिच्छा रहेको बताइएको छ । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पनि मुलुक तीव्र राजनीतिक ध्रुवीकरणतर्फ अघि बढेको बताएका छन् । ....... तराई मधेशको राजनीतिमा माहिर खेलाडी मानिने ठाकुर, त्रिपाठी, महतोबीचको छलफलले उनीहरू मिलेर नयाँ दल पुनर्गठनमा जानेतर्फ सकारात्मक संकेत गरेको छलफलमा सहभागी एक नेताले बताए ।

इकागज संवादमा डा. बाबुराम भट्टराई 'विचार मिल्नेसँग नयाँ ध्रुवीकरण गर्नुपर्छ, फेरि माओवादी बनाउन व्यावहारिक हुँदैन' विचार र आदर्श मिल्नेहरू बस्‍ने हो, नमिल्नेहरू आफ्नो बाटो लाग्‍छन् ......... चार वर्षअघि ‘वैकल्पिक राजनीति’को अभियानमा होमिएका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई अहिले परम्परागत राजनीतिक किचलोमा फसेका छन्। १० वर्षे सशस्त्र द्वन्द्वमा नेतृत्वदायी भूमिका निर्वाह गरेका डा.भट्टराई नेपालको संविधान जारी भएपछि वैकल्पिक राजनीतिक यात्रामा होमिएका थिए। पार्टीलाई साधन नभइ साध्य मान्‍ने भट्टराई नयाँ शक्तिदेखि समाजवादी हुँदै जसपासम्‍म आइपुग्‍दा पनि आफूलाई तेस्रो धारको समाजवादी दाबी गर्छन् । ‘वैकल्पिक राजनीति’ गर्न हिँडेका डा.भट्टराई अन्ततः परम्परागत राजनीतिको गाेलचक्‍करमा भासिएपछि पुन: नयाँ ध्रुवीकरणको कुरा गरिरहेका छन् । डा.भट्टराईले पछिल्लो समय ‘भेडा भेडातिर र बाख्रा बाख्रातिर’ लाग्‍नुपर्ने धारणा सार्वजनिक गरेका छन्। ........ अहिले विभिन्‍न दलमा समस्या देखिएको छ । सबैलाई संकेत गरेको हुँ । त्यो भनेको क्रान्तिपछि क्रान्तिकारी ऊर्जा स्वतः मत्थर हुँदै गएको छ । प्रतिगामी शक्ति र प्रतिक्रान्तिहरू बलियो हुँदै जान्छन् र पार्टी टुटफुट हुन्छन्, यो नियमै हो । ........ तत्‍कालीन नेकपा नै तीन भइसक्यो । एमाले दुई समूहमा छ । कांग्रेसभित्रै पनि जुधेर बसेका अलग–अलग धार छन् । त्यसैले यस्तो बेला मान्छे तानातान गर्ने, किनबेच गर्ने, गालीगलौज गर्नुको औचित्य हुन्‍न । वैचारिक ढंगले हाम्रो नीति, योजना कार्यक्रम र लक्ष्य के हो ? पार्टी भनेको त एउटा विचारको संगठित संस्था हो । त्यसैले विचार मिल्नेहरू र आदर्श मिल्नेहरू बस्‍न हो । नमिल्नेहरूले आफ्नो बाटो लिने हो । मैले जनरल अर्थमा भनेको हो । जसपालाई पनि हो, अरुलाई पनि हो । ........ बेकार फोहोरी खेल खेल्ने, तानातान गर्ने, किनबेच गर्ने, लगेर रिसोर्टमा राख्‍ने, यस्तो फोहोरी काम गर्नु हुँदैन । त्यसकोविरुद्ध आन्दोलन गरेर आएका हामीले नै त्यसो गर्न थालियो भने राम्रो गर्दैन । ........ म त यत्रो समाज परिवर्तनका अभियानमा लागेको मान्छे । हामीले नयाँ शक्ति हुँदै, समाजवादी र जसपासम्म आउनुको अर्थ त नेपाल भनेको हिमाल, पहाड र तराई, मधेसका विभिन्‍न जाति समुदायले बनेको मुलुक हो । त्यसैले सबैको राष्ट्रिय पार्टी हुनुपर्‍यो । यहाँ एकथरी पहाडमा मात्रै पार्टी, एकथर मधेसका मात्रै पार्टी छन् । जनजातिका पार्टी यसो गरेर राष्ट्रिय एकता सृदृढ हुँदैन र एउटा न्यायपूर्ण राज्य पनि बन्दैन भन्‍ने मान्यता हो । ........

राजनीति यति फोहोर भो, किनबेच हुने सत्ताको निम्ति जे पनि गर्ने भइराखेको छ

, त्यो हुनु हुँदैन भन्‍ने मूल मान्यताले यो जसपा बनेको हो । .......... यही बेलामा केपी ओलीले किनबेचको जुन अभियान चलाएका छन्, सत्ताको लालसा देखाएर मान्छेलाई तान्‍ने जुन काम गरेका छन् र रिसोर्टमा लगेर मान्छे राख्‍ने । यो मान्छेले यो बुझेका छन् । त्यो पहिलेको संसदीय कालकोभन्दा पनि बढी फोहोर भयो । आफूलाई कम्युनिस्ट भन्‍ने ? यस्ता खालका हर्कत गर्ने र हामी पनि एउटा मुक्ति आन्दोलन भनेर लाग्‍ने, मधेसी जनताको मुक्ति भन्‍ने अनि यस्तो प्रवृत्ति ठीक भएन । ......... अहिले चाहिँ हिजो त्यत्रो संघर्षबाट आएका चाहे कांग्रेस हुन वा कम्युनिस्ट माओवादी र अहिले जसपासम्मका पार्टीहरू हो । यी सबै आन्दोलनबाट आएका पार्टीहरू हुन् । तर अहिले आन्दोलन र मुद्दा र एजेन्डाप्रति मान्छेको चासो छैन । कसले पद पाए र पाएनन् मात्रै चासो भएको छ । त्यसलै यो विघटन हुनपर्छ भनेको । यो विघटनले नयाँ रूप लिन्छ ।

पुरानो वृक्ष वा बिरुवा चाहिँ फल दिएर पुरानो भइसकेपछि त्यो त ढल्नैपर्छ ।

......... यो पुरानोको विघटन हो । पुरानो आफैं ढल्ने प्रक्रियातिर गइरहेको छ । फेरि नयाँ उम्रन्छ र विचार मिल्नेहरूले फेरि नयाँ ध्रुवीकरणमा लाग्नुपर्छ । ........ उत्पीडित जनताका निम्ति लड्ने जुन आन्दोलन हुन्छ । समुदाय वा वर्गको आन्दोलन हुन्छ । त्यसलाई देशभित्रका र बाह्य शक्तिले केन्द्रले आफ्नो स्वार्थमा बलि चढाइदिने स्थिति जहिले पनि आउँछ । त्यसकारण नेताहरू सिद्धान्त र आदर्श र निष्ठा भएनन् भने ती नेताहरूलाई किनेर सत्ताको चास्नी देखाएर आन्दोलनलाई धराशयी पार्ने हामीले हिजोदेखि देखेका छौँ । ........... अहिले त ओलीको नेतृत्वमा नेपालको पुरानो सत्ता केन्द्रित भइराखेको छ । ओलीले आफू कम्युनिस्ट भने पनि उहाँका जुन नीति छन् त्यसमा कुनै कम्युनिस्ट निष्ठा, आदर्श, वर्गीय, जातीय उत्पीडनविरुद्ध नभएर पुरानो सत्ताकै एउटा विरासत बोक्ने नेता भन्छु म त । पञ्चायती शासन व्यवस्थाकै परिवर्तित रूपमा उनले नेतृत्व गरिराखेका छन् । ......... जनताले बनाएको संविधानलाई भत्काउने दिशातिर उनी छन् । त्यसकारण यसविरुद्धमा नेपाली कांग्रेस, माओवादी, जसपा, एमालेभित्रैकै एक तप्का र राजमोलगायतका शक्तिहरू जुन एक ठाउँमा आइराखेका छन् । या चाहिँ कमसेकम लोकतन्त्रको रक्षा गर्नका निम्ति बन्दै गरेको एउटा नयाँ समीकरण हो । .......... हामीले यथास्थितिवादी र प्रतिगमनकारी एकतिर र अग्रगमनकारी र लोकतन्त्रवादी अर्कोपट्टि हुन्छ । र हुनुपर्छ । ....... एमाले चाहिँ पुरानो रायमाझी पथमा परिणत भएर अथवा पञ्चायतको नयाँ संस्करणको रूपमा परिणत हुँदै छ ........ तत्काल प्रतिगमनविरुद्धको संघर्ष, दोस्रो चुनावी तालमेल र तेस्रो विचार मिल्नेहरूबीचको पार्टीगत ध्रुवीकरण । ........ एउटा पुँजीवादी कित्ताको पार्टी कांग्रेस नै हो । एउटा खुला बजार, उदारवादी लोकतन्त्र । अर्को राज्य नियन्त्रित व्यवस्थाको वकालत गर्ने कम्युनिस्टहरू हुन् । त्यसमा अत्यन्त भद्दा रूपमा ओलीजी प्रकट हुनु भएको छ । ...... हामी समाजवादी धार भनेको तेस्रो धार हो । जुन समावेशी र समानुपातिक लोकतन्त्रमा आधारित छ । र सामाजिक न्यायसहितको एउटा समाजवादी धार हो । यो नयाँ शक्तिदेखि समाजवादी हुँदै जसपा बनेको हो । नामकरण मात्रै फरक हो । विचार एउटै हो । हामीले जुन ‘पाँच स’ (‘शान्तिबाट संविधान, संविधानबाट सुशासन, सुशासनबाट समृद्धि र समृद्धिबाट समाजवाद’) भनेका थियौँ त्यही हो ।


जसपामा कारवाहीको खेला, त्रिपाठीसंग ठाकुरको एकता र रेशमको रिहाइ पछि सरकार एकले अर्कोलाई कारवाही गरेपछि जसपा विभाजनले औपचारिकता पाउन मात्र बाँकी रहेको छ । ....... यसै बिच जसपाको ठाकुर पक्ष सरकारमा जान हतार नगरि हृदयश त्रिपाठीसंगको एकता र रेशम चौधरीको रिहाईका लागि केन्द्रित हुने देखिएको छ । यि दुईवटा काम पछि सरकारमा जाँदा झनै सकारात्मक हुने ठाकुर पक्षको बुझाई छ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी मिलेर नयाँ दल खोल्ने तयारी थालेका छन् । दुई नेताबीच सिंहदरबारमा त्यसबारे कुरा भइरहेको छ । ....... कुराकानीमा ठाकुरसहित राजेन्द्र महतो सहभागी छन् । त्रिपाठीको साथमा पनि उनी निकट नेताहरु छन् । चुनाव घोषणा भइसकेकाले नयाँ दल खोल्न मिल्दैन । तर, निर्वाचन आयोगमा दल दर्ता अगाडि नै गराइएको बुझिएको छ । नयाँ दल दर्ताका लागि अध्यादेश ल्याएर भएपनि बढ्ने तयारी समेत भएको बुझिएको छ । ........ मन्त्री त्रिपाठी सुर्य चिन्हबाट चुनाव जितेपनि स्वतन्त्र समूहमा छन् । उनी विगतमा महन्थ ठाकुर अध्यक्ष रहेको तमलोपाका नेता थिए । ....... रेशम छाडन सहमती सरकार र थारूहट संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । सरकार र समितिबीच मंगलवार सहमति भएको हो । सहमतिमा टिकापुर घटनाका आरोपित रेशम चौधरी, धनीराम चौधरी र लक्ष्मण चौधरीमाथि लगाइएको मुद्धा फिर्ता र रिहाइका लागि संविधान र कानून सम्मत तरिकाले अगाडि बढ्ने उल्लेख छ ।

विवेकशील साझाका नेता उज्वल थापाको निधन
ढुंगा, गिट्टी, बालुवा निर्यातको घोषणा : चुरे मासिने र तराई मरुभूमि बन्ने खतरा
पाँच विपक्षीसंग एक्लै चुनाव लडने आँट किन गर्दैछ ओली ? सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गरिदिए देशको राजनीति फेरि धारा ७६ को उपधारा ३ को बिन्दुबाट अगाडि बढ्न सक्छ या केपी शर्मा ओली र शेरबहादुर देउवामध्ये एक प्रधानमन्त्री बन्न सक्छन् । विघटनकै पक्षमा संवैधानिक इजलाशले फैसला सुनाए देश चुनावमा जान्छ । ........ प्रधानमन्त्री केपी शर्मा ओलीकाविरुद्ध देशका पाँच पूर्वप्रधानमन्त्रीहरु एकजुट भएका छन् । शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा.बाबुराम भट्टराई ओलीविरुद्ध छन् । तैपनि ओलीले नै एकपछि अर्को बाजी मारिरहेका छन् । ........ विश्वस्त स्रोतका अनुसार विपक्षी गठबन्धनले चुनाव भएमा के गर्ने सम्मको रणनीति बनाएको छ । चुनावी गठबन्धन समेत बनाउने र त्यसपछि सरकारको नेतृत्वसम्मको कुरा भएको छ । ........ ओलीलाई चुनावमा पराजित गर्न नेपाली काँग्रेसले ५० या ६० प्रतिशत स्थानमा चुनाव लड्ने र बाँकी स्थानमा माओवादी, जसपा र माधव नेपाल समूहले चुनाव लड्नेसम्मको कुरा भएको बुझिएको छ । ६० र ४० को कुरा भएपनि ४५ मा सहमतिको नजिक पुगेको बुझिएको छ । काँग्रेसले ५५ र गठबन्धनका बाँकी दलहरुले ४५ सिटमा चुनाव लड्ने गरी गठबन्धनको सहमति नजिक कुरा पुगिएको ......... ओलीको साथमा महन्थ ठाकुर, राजेन्द्र महतो सहितको जसपा समुह र कमल थापाहरु हुने राजनीतिक घटनाक्रमको विकास भइरहेको छ । त्यसै गरि ओलीसंग सिके राउत, बिप्लवहरुको समेत गठजोर हुन सक्ने सम्भावना छ ।

हामी लागि परयौं भने कांग्रेस र माओवादी पनि फोड दिन सक्छौं : महेश नेकपा एमालेका नेता महेश बस्नेतले आफूहरुले चाहे नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवै दल फुटाउन सक्ने दाबी गरेका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिएका बस्नेतले कांग्रेसका २३ सांसद पार्टी विभाजनको पक्षमा रहेको दाबी गरे । माओवादी केन्द्रका पनि २५÷२६ सांसद प्रचण्डबाट पार लाग्दैन भन्ने निष्कर्षमा पुगेको उनले बताए । .......

‘उहाँहरुको जस्तो हर्कत गर्ने हो भने हामी दुवै दललाई विभाजन गर्न सक्ने हैसियतमा छौं । यद्यपि यस्ता गतिविधि गर्दा अपहरण जस्ता आरोप लगाउँछन् ।’

.......... विगतमा केपी शर्मा ओलीलाई गाली गर्ने माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, जनार्दन शर्माहरु एमालेसँग पार्टी एकता गर्नुपर्छ भन्ने पक्षमा रहेको पनि बस्नेतले बताए । तर आफूहरुले प्रचण्ड–बाबुरामहरु भन्दा त्यहाँ भएका क्रान्तिकारीहरुलाई एमालेमा ल्याउने बस्नेतले बताए । सम्बोधनका क्रममा उनले अब फेरि पाँच वर्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने दाबी गरे ।



No comments: