Saturday, June 05, 2021

राजेन्द्र महतो र उपेन्द्र यादव मिल्नु का कारण हरु र मिल्ने तरिका हरु

मिल्नु का कारण हरु

(१) महामारी को समय छ। तेस्रो चौथो लहर आउन बाँकी छ। खोप कहिले आउने निश्चित छैन। महामारी को समयमा देश लाई चुनाव मा धकेल्नु हुँदैन भन्ने सोंच का साथ पार्टी एकीकरण का लागि पुर्ण प्रयास गर्नुपर्छ। संसद फर्केर आउँछ। पार्टी एक ढिक्का छ भने त दुई मध्ये जुन पक्ष तिर गयो त्यतै सरकार बन्ने हो। उस्तै परे जसपा ले नै नेतृत्व पाउन सक्छ। संवादहीनता तोड्नु पर्छ। 

(२) राजनीति तरल छ। संविधान संसोधन का लागि उपयुक्त समय हो यो। तर त्यस का लागि पार्टी एक ढिक्का हुनुपर्छ। होइन भने बार्गेनिंग गर्दा हात कमजोर हुन्छ। आफ्नो प्रमुख मुद्दा सम्बोधन हुने यस्तो प्रबल संभावना हुने हुने बेलामा पार्टी तोड़फोड़ गरेर त्यो संभावना सखाप पार्ने जतिको गैर जिम्मेवार कुरा के हुन सक्छ? 

(३) पार्टी फुट्छ भने देशको वैकल्पिक शक्ति बन्ने सपना सबै उडाउँछ हुरी ले। देशको वैकल्पिक शक्ति बन्ने त दुरको कुरा, दुबैको राष्ट्रिय पार्टी स्टेटस समाप्त हुन सक्छ अर्को चुनावमा। जसपा फुटेर जनमत पार्टी का लागि स्पेस बन्ने होइन कि मधेसमा कांग्रेस र कम्युनिस्ट बलियो भएर आउने हो। अनि मधेस अधिकार को लड़ाइ एक पीढ़ि पर धकेलिन्छ। 

(४) प्रदेश दुई को सरकार ढल्छ पार्टी फुटे। अनि दुबै पक्ष को अस्तित्व समाप्त हुँदै जाने हो। पार्टी फोड्ने, चुनाव हार्ने, अनि सबक सिकेर पार्टी फेरि एक गर्ने अनि त्यस पछिको चुनाव जित्ने, त्यो मौका अब आउने वाला छैन। 

(५) पार्टी फुटफाट ले देशमा लोकतंत्र लाई कमजोर बनाउँछ। राजा आउ देश बचाउ वाला मादल घन्किन थाल्छ। 


(फोटो: राजेन्द्र महतो, उपेन्द्र यादव)

मिल्ने तरिका हरु

(१) एउटा खसी पछाडि हट्नुपर्ने देखियो। होइन भने दुबै खसी खसी। अहिले उपेन्द्र यादव ले पार्टी एकीकरण का नाममा उदारता देखाउनुपर्छ। संसद पुनर्स्थापना सम्म पर्खिने। संसद पुनर्स्थापना का लागि अहिले उपेन्द्र यादव ले गरिरहेको आंदोलन सफल हुन्छ। मलाई पुरा विश्वास छ। तर संसद पुनर्स्थापना पछि पुनर्गमन त सच्चिनछ। एउटा खसी पछाडि हट्ने भनेको चित्त बुझे पनि नबुझे पनि पार्टी एकता का लागि भनेर महंथ को लाइन को आलोचनात्मक समर्थन गरदिने। संसद दलको नेता राजेन्द्र महतो नै होस। मंत्री बन्ने बनिसके। उपधारा (२) अनुसारको एमाले र जसपा को सरकार नै बनोस संसदको बाँकी कार्यकाल। केही छैन। 

(२) महंथ को लाइन सही छ। त्यो मलाई लागेको। संविधान संसोधन को सबैभन्दा बढ़ी संभावना वाला बाटो त्यही हो। 

(३) पार्टी एक रहे पहाड़ बाट २० बढ़ी संसद होला जसपा को अर्को संसदमा। अशोक राई, बाबुराम मार्का मान्छे हरु। संसदीय दलको चुनावमा तिनले उपेन्द्र लाई भोट दिने बढ़ी संभावना छ। अहिले हारियो। अर्को पटक जित्ने। पार्टी एक रहे जसपा को अर्को संसदमा ६० बढ़ी सीट हुन सक्छ। 




No comments: