Saturday, June 26, 2021

के जसपा फुट्नु जरूरी छ?




के जसपा फुट्नु जरूरी छ? 

प्रश्न मा नै जबाव छ। स्वाभाविक छ जसपा फुट्नु जरूरी छैन। एमाले फुट्नु पनि जरूरी छैन। तर लोकतंत्र को सुंदरता नै यो हो कि न जसपा फुटेर मधेस आंदोलन समाप्त हुन्छ, न एमाले फुटेर गरीबी विरुद्ध को लड़ाइ समाप्त हुन्छ, न कांग्रेस फुटेर देशमा लोकतंत्र समाप्त हुन्छ। न फुटिरहेको पार्टी छैन। माओ पार्टी ५० बाट ५ पुग्ने पार्टी हो। केही पार्टी फुट्छन, केही खुम्चिन्छन। सबैभन्दा बढ़ी टुकड़ा हुने तरखरमा त कांग्रेस देखिन्छ। यति धेरै सभापति उम्मेदवार हरु। दुई तीन जना सम्म प्रतिस्प्रधा। एक दर्जन उम्मेदवार भनेको विचारशुन्य दिशाहीन पार्टी। र कांग्रेस, एमाले, जसपा फुटेर जनमत जस्ता उदीयमान पार्टी लाई न फाइदा हुने हो।  जनमत पार्टी ले कति धरातल ओगट्छ त्यो त्यस पार्टी ले भ्रष्टाचार को मुद्दा कति दरो सँग समातछ त्यसमा निर्भर छ। अहिले सम्म समातेको देखिँदैन। पार्टी हरु फुटेर लोकतंत्र कमजोर हुने त हो तर लोकतंत्र कमजोर भएर राजतन्त्र फर्किने होइन। कुनै पनि हिन्दु लाई आफ्नो आध्यात्मिक ज्ञान बढाउन मा देश को संविधान ले रोकेको छैन। 

मानव जाति ले धरती स्वाहा पारेको भनिन्छ। धरती त स्वाहा हुने नै होइन। धरती त रहिरहन्छ। स्वाहा हुने मानव जाति हो। प्रकृति विनाश ले धरती होइन मानव जाति ध्वस्त बनाउने हो। त्यस्तै पार्टी हरु फुटफाट भएर लोकतंत्र ले अलिकति हिचकी लिएर नया कोर्स समात्ने हो। 

जसपा को हक़ मा दुई अध्यक्ष त स्थापित गरे तर दुबै ले पार्टी को एकल अध्यक्ष भए जस्तो व्यवहार गर्दै गए। पार्टी एकीकरण हुनु भनेको ठुलो निर्वाचक मंडल बनेर फेरि गोप्य मतदान द्वारा फटाफट पद हरु टुङ्गो लगाउने हो। न नया निर्वाचक मंडल बन्न दिने, न मतदान हुन दिने। महंथ को लड़ाइ मुद्दा को लागि होइन, उपेंद्र को लड़ाइ लोकतंत्र को लागि होइन। दुबै को लड़ाइ एकल पार्टी अध्यक्ष बन्न का लागि हो। पार्टी फुटे दुबै को सपना पुरा भइहाल्छ। अनि किन फुट्दैन पार्टी! 

ओली को चरित्र समस्या हो कि गलत कदम? चरित्र समस्या हो भने ओली ले केही वर्ष अगाडि भारत र मधेस लाई गाली गर्दा ओहो ओली आहा ओली गर्दै बसेका पहाड़ी मतदाता ले जिम्मेवारी लिने हो। ओली सँग एकीकरण गरेका प्रचंड ले जिम्मेवारी लिने हो। ओली लाई सर्वसम्मत संसदीय दल नेता बनाउने माधव नेपाल ले जिम्मेवारी लिने हो। बाँकी देश ले र अरु पार्टी र अरु नेता हरु ले किन जिम्मेवारी लिने? 

अदालत पनि समस्या हो कि? यही संविधान अंतर्गत देउबा ले प्रधान मंत्री हुँदा निर्वाचन को घोषणा गरे पछि पनि मंत्री मंडल पुनर्गठन गरे भन्ने ओली को दाबी के सही हो? हो भने उसले किन गर्न नपाउने? गर्न नपाउने निर्णय को भ्याकेट मा जाने हो कि? भागबण्डा मा पद मा पुग्ने न्यायधीश हरु। न्यायपालिका मा पनि भ्रष्टाचार छ। न्यायपालिका मा पनि पहाड़ी पुर्वाग्रह छ। होइन भने रेशम लाई मंडेला बनाउने प्रयास नहुँदो हो। 

महामारी। त्यस माथि राजनीतिक महामारी। त्यस माथि प्राकृतिक प्रकोप। डोजरे "विकास" को तांडव नृत्य। स्थिति भयावह छ आम जनता का लागि। 





ठाकुर-महतो पक्षमा भागाभाग : कोही उपेन्द्रतिर, कोही काँग्रेस प्रवेशको तयारीमा पार्टी दुई समूहमा विभाजित हुँदा यसअघि अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोको पक्षमा २० निवर्तमान सांसद थिए । अर्का अध्यक्ष उपेन्द्र यादव समूहमा १२ सांसद रहेका थिए । मन्त्री नबनाएको आक्रोश पोख्दै ती आठ सांसदले बैठक बहिष्कार गरेका हुन् । ....... पार्टी आधिकारिकताबारे विवाद चलिरहेको र उपेन्द्र समूहले आधिकारिता पाए र संसद् पुनस्र्थापना भए आफूहरूको सांसद पद नजोगिने भएकाले समानुपातिक तर्फका सांसदहरू उपेन्द्र समूहमा जाने विश्लेषण जसपाभित्र भइरहेको छ । ....... सर्वोच्चको निर्णयबाट पदमुक्त भएका निवर्तमान मन्त्री उमाशंकर अरगरियाले अब काँग्रेसमा जान सक्ने बताएका थिए । शरदसिंह भण्डारीले काँग्रेसमा जान विगतदेखि नै खुट्टा उचालेर बसेका छन् । जसपाको औपचारिक विभाजन भएको अवस्थामा ठाकुर पक्षमा भुकम्प जाने पक्का छ । अब केही दिनमै ठाकुर पक्षमा भागाभाग सुरु हुने देखिन्छ ।

प्रचण्डले भने: हु इज केपी ओली ? अध्यक्ष प्रचण्डले ओलीले अदालतलाई कहिले महान्यायाधिवक्ताबाट त कहिले आफैले थर्काउने गरेको पनि बताए। । एक अर्को प्रसङ्गमा प्रचण्डले भने ‘हु इज केपी ओली ?’

राष्ट्रपतिको भुमिका पार्टीको कार्यकर्ता जस्तो देखियो: देउवा अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर १ महिनाभित्र विश्वासको मत लिन लगाउन राष्ट्रपतिलाई आदेश गर्ने विश्वास आफुहरुको रहेको बताए। देउवाले पाँच दलिय गठबन्धन देश र जनताको हितका लागि भएको भन्दै माधव नेपालको प्रशंसा समेत गरे। उनले भने ‘माधवजी लडाकु मित्र हो । उहालाई हाम्रोबाट कुनै धोका हुदैन । उहाकै नेतृत्वमा एमाले लोकतन्त्रको पक्षमा उभिन्छ।’

ओलीले आफुलाइ प्रधानमन्त्री बन्न अफर गरेको एमाले नेता माधव नेपालको दाबी ओलीले आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव पठाएको तर आफूले स्वीकार नगरेको बताए । ....... एमाले नेता नेपालले भने ‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो । ओलीले मलाई शेरबहादुरजीलाई विचैमा पत्तासाफ गर्नुस्, तपाई भइहाल्नुस् ।’ भन्ने प्रस्ताव पठाएको खुलासा गरे। ....... ‘माधव नेपाल धोका दिने मान्छे होइन । जुन प्रक्रिया अगाडि बढेको छ, त्यहाँ धोका दिने पक्षमा छैन । यतिमात्र होईन, हस्ताक्षर फिर्ता लिने पक्षमा पनि छैन ।’ ...... ‘प्रधानमन्त्री पद दिएपछि माधव नेपालको मन विचलन हुने हो कि भन्ने पनि होला । त्यो सम्भावना छैन,’ उनले भने, ‘प्रचण्ड र हामीबीच फुट ल्याउन उहाँले नेकपामा हुँदा पनि अनेक चाल खेल्नुभएको हो । उहाँ यस्तो खुवी भएको मान्छे हो ।’ ....... ‘शक्ति, सरकार र पैसाको मात लागिसकेपछि मान्छेलाई नियन्त्रण गर्न गाह्रो हुँदोरहेछ, ओलीलाई पनि यही भएको हो ।’ विश्वमा निर्वाचनबाट पनि तानाशाही जन्मिएको र नेपालमा ओलीको नाममा नयाँ चरित्र पाएको भन्दै उनले भने, ‘केपी ओलीलाई सत्ता भएपछि उहाँले अरु केहिपनी देख्नुहुन्न ।’


No comments: