Saturday, June 05, 2021

लथालिंग विपक्ष

उपधारा (५) माथि शेर बहादुर देउबा को नाचगान 

राष्ट्रपति ले मलाई प्रधान मंत्री बनाएन, अदालत ले बनाइदिनु पर्यो भनेका होइनन देउबा ले? त्यो कति सारहो गैर संवैधानिक प्रवृति! कहाँ लेखिएको छ संविधानमा अदालत ले सरकार बनाउने कुरा? उपधारा (३) मा केपी ओली चिप्लिएको हो नै। तर उपधारा (५) ले देश लाई निर्दलीय व्यवस्थामा लान्छ भन्ने व्याख्या गर्दै हिडेका देउबा जी, प्रचंड जी, माधव जी। अझ बाबुराम जी, उपेंद्र जी। निर्दलीय व्यवस्थामा मात्र हो प्रदेश २ को सरकार फेरबदल हुन सक्ने। जनकपुर किन जाने उपेंद्र जी? 

ओली 

केपी ओली लाई माधव नेपाल ले, प्रचंड ले चार वर्ष अगाडि नचिनेको, अहिले चिनेको? ओली गलत चरित्र को मान्छे हो भने चार वर्ष अगाडि पनि हो। त्यस्तो तपाईं ले भने जस्तो गलत मान्छे देश माथि लादने काम किन गर्नुभो? गर्नुभो भने अहिले जिम्मेवारी किन लिनुहुन्न? जिम्मेवारी साथ लिनुस राजनीति बाट सन्यास। 

गायब विपक्ष 

तीन वर्ष ओली सँग भागबण्डा गर्दै बसेका देउबा जी। अहिले विपक्षी नेता को टोपी लगाउने? तीन वर्ष सम्म विपक्षी नेता बिना थियो देश। धेरथोर त्यो रोल बरु प्रचंड ले नै खेलेको। एक दलीय प्रवृति को मान्छे लाई "बॉम्बार्ड द हेडक्वार्टर" जस्तो लागेको। 

तानाशाही 

चुनाव लड्ने जित्ने पनि तानाशाह हुन सक्छन। भने पछि संसद जोगाउनु पर्ने थियो। संसद पुनर्स्थापना पछि तीन महिना निदाएर बसदिने? यदि ओली तानाशाह हो भने संसद बिना त लगाम बिनाको घोड़ा हुन्छ। संसद किन नबचाएको समय छँदा? लोकतंत्र लाई खतरा छ तर यति खतरा होइन कि महंथ को नाम स्वीकार गर्न सकियोस!

महामारी 

संसद बचाएर राख्नुपर्ने ठुलो कारण थियो महामारी। चुनाव हुन सक्ने अवस्था छैन। तर पाण्डव हरु ले सबै फिर्ता पाएर पनि दोस्रो पटक वनवास जानुपर्ने भएको जस्तै अहिले संसद पुनर्स्थापना भए पनि विगठन हुन दिने ठाउँमा छ विपक्ष। 

जबज र जनवाद बीच संघर्ष 

ओली र प्रचंड को कुरा नमिलेको प्रचंड जबज नमान्ने। जनवाद को लाइन मा देउबा जी आएको हो त!

नया सत्ता: जसपा 

३० वर्षे कार्यकाल सकियो। अब कांग्रेस को विपक्षमा बस्ने पालो। जसपा सत्ताधारी पार्टी हो अब। चुनाव पछि ६० बढ़ी सीट हुन्छ। २० बढ़ी सीट पहाडमा हुन्छ। 





No comments: