Sunday, June 06, 2021

बालुवाटार भोजनालय



बाबुराम भट्टराईको जिज्ञासा- एमाले जेठ ३ मा फर्किए, त्यसयता भएका अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन्? 'एमाले कणहरूसँग जिज्ञासा: तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चूलामा बाक्लो दालसहित भातभान्सा गरेमा त्यसयता ओलीले गरेका २/२ पटकका संसद विघटन, संवैधानिक अंगहरूको अवैध कब्जा, यति/ओम्नीलगायतका अर्बौंको भ्रष्टाचार, सांसद अपहरण, कोरोना पीडित लाखौंको विचल्ली, अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन्?'



"भारत, इंडिया, हिन्दुस्तान" "Bharat, India, Hindustan" : Full Documentary Chapter 3



केपी ओली हामीलाई ‘गिनी पिग’ बनाउन चाहन्छन् : जगन्नाथ खतिवडा माधव नेपाल पक्षका हार्डलाइनर नेताका रुपमा चिनिने खतिवडाले भने, ‘केपी ओली समूहसँग आदर्शको मृत्यु भइसकेको छ । आत्मसम्मानयुक्त राजनीतिक वातावरणमा सँगै मिलेर काम गर्न सकिने अवस्था छैन ।’

ओलीको प्रस्ताव ‘कपटपूर्ण’ भएको खनाल–नेपाल पक्षको ठहर प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले जेठ ३ पूर्वको अवस्थामा फर्कन राखेको प्रस्ताव माधव–झलनाथ समूहले अस्वीकार गर्ने भएको छ । आफूहरुले जेठ ३ को अवस्थामा नभएर जेठ २ पूर्वको अवस्थामा फर्कनुपर्ने माग गर्दै आएको सो समूहका नेताहरुको भनाइ छ । ........ ‘ओलीको प्रस्तावमा झेली कुरा देखियो, उहाँले जेठ २ गते ३८ जना नयाँ केन्द्रीय सदस्यहरु मनोनयन गर्नुभएको थियो, हामीले त्योभन्दा अघिको अवस्थामा फर्कनुपर्छ भनेका हौं’ माधव समूहका एक नेताले रातोपाटीसँग भने, ‘२०३ जनाको केन्द्रीय कमिटीले मान्यता पाउनुपर्छ भन्ने हाम्रो बटमलाइन हो, उहाँले जेठ ३ को कुरा गरेर २४१ लाई मान्यता दिने कुरा गर्नुभयो, त्यसमा पनि एकताबाट आएका भनेर बादल समूहका २३ जनालाई घुसाएर आफ्नो बहुमत पुर्याउने चालबाजी बुँदा नम्बर १ मा प्रष्ट देखियो । ’ ...... ‘माधव कमरेडहरुमाथिको कारवाही फिर्ताको कुरै गरिएको छैन, संसद विघटन गरिएकोमा कुनै पश्चाताप वा आत्मालोचना गरिएको छैन । एक व्यक्ति, एक पदको कुरा गरिएको छैन, यस्तो अवस्थामा हामीले हस्ताक्षर फिर्ता लिने कुनै सम्भावना छैन ।’

गण्डकी प्रदेश ‘ओली पथ’ मै लम्किने संकेत
इजरायलमा १२–१६ वर्ष उमेरका बालबालिकालाई कोभिड विरूद्धको खोप दिन सुरू
ओलीका ३ कदम : राजनीतिक चलाखी वा आत्मघाती गोल ? ओलीले हानेका पछिल्ला तीनवटा ‘आत्मघाती गोल’ हुन्– दोस्रोपटकको संसद विघटन, नागरिकतासम्बन्धी अध्यादेश र जसपालाई सरकारमा सहभागी गराउने निर्णय । ...... राजनीतिक विश्लेषक प्रा.डा लोकराज बराल ओलीको यो कदमले उनी संविधान र संवैधानिक व्यवस्था मान्छन् भन्ने जनविश्वास टुटेको बताउँछन् । ....... अहिले सर्वोच्च अदालतमा सरकारका प्रतिनिधि (महान्यायाधिवक्ता) ले नै ‘न्यायाधीशमाथि विश्वास छैन’ भन्दै कार्यपालिकाको हस्तक्षेपको बाछिटा अदालतसम्म प्रवेश गराएका छन् । ....... ओलीले चालेको दोस्रोपटकको संसद विघटनको कदम संविधानविपरीत मात्र होइन, राजनीतिकरुपमा समेत अपरिपक्व ठहरिएको छ । पटक–पटक संसद विघटन गर्ने ओलीले ताजा जनादेशका लागि भोट माग्ने नैतिक आधार के हो भन्न्ने प्रश्नसमेत उठेको छ ........ उपप्रधानमन्त्री महतोको भनाइबाट तरंगित बनेका ओली समूहका केही एमाले नेताहरु

एमाले र पूर्वमाओवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार हुँदै, कोको बन्दैछन् नयाँ मन्त्री ? बालुवाटारमा छलफल जारी, गृहमन्त्रीमा खगराजको चर्चा ...... प्रदेशको सांसदबाट निकालिएका माओवादीहरुलाई संघीय सरकारको मन्त्री बनाएर ओलीले प्रचण्डलाई जवाफ दिन खोजेको एमाले नेताहरु बताउँछन् ।

‘सर्वोच्चको फैसलापछि नयाँ पार्टी घोषणा हुन्छ, ओलीसँग एकताको सम्भावना क्षीण’ अनौपचारिक कुराकानी अहिले पनि चलिरहेको छ त्यो चल्दै जान्छ : युवराज ज्ञवाली ...... नयाँ क्रान्तिकारी पार्टी गठन गरेर देशको कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउनुपर्छ भन्ने हाम्रो निश्कर्ष हो । ....... गण्डकी र लुम्बिनी प्रदेशमा हेर्नुभयो भने ओली पक्षीय अध्यक्षहरुले नै कुनै हालतमा पार्टी एकता गरेर जानुपर्छ भन्नुभएको छ । जहाँ ओली समूहको नै पकड भएको ठानिन्छ, त्यहाँका अध्यक्षहरुले नै वक्तव्य निकालेका छन् । अथवा देशभरीकै कार्यकर्ताको मान्यता जेठ २ को संगठनात्मक ढाँचामा गएर त्यहीबाट पार्टीलाई एकीकृत गर्नुपर्छ भन्ने मान्यता जर्वजस्त देखिन्छ । ८० प्रतिशत भन्दा बढी कार्यकर्ता हामीले एकीकरणको सन्दर्भमा उठाएका मापदण्ड वा शर्त जे छन्, त्यसलाई स्वीकार्न तयार भएको अवस्था छ । ..... उहाँ प्रतिगमनको यात्रामा निरन्तर, अनवरत र उल्टो दिशामा हिँडिरहनुभएको छ । ...... भर्चुअल रुपमा पनि हाम्रा जिल्ला जिल्लामा बैठकहरू बसेकै छन् । ...... हाम्रो चाहाना पार्टी एकता गर्ने नै हो । अर्को पार्टी बनाउने हाम्रो चाहाना भन्दा पनि बाध्यता हो । ..... त्योबेला तत्कालीन परिस्थितिको ठोस विश्लेषण गरेर त्यो अवस्थामा नयाँ पार्टी औपचारिक रुपमा खोल्ने अबस्थामा पुग्छौं । तर, पनि त्यो बाटोमा जानु नपरोस् भन्ने हाम्रो सोच हो । ........ सर्वोच्चको निर्णय के हुन्छ भन्ने कुराले हामीलाई निष्कर्षमा पुग्न मद्दत पुग्नेछ । ....... पहिला मुलुक र राष्ट्रियता त्यसपछि संविधान र लोकतन्त्र जोगाउँदै त्यसपछि कम्युनिस्ट आन्दोलन जोगाउन चाहान्छौँ ।

तीन वर्षभित्र फाष्ट ट्याक निर्माणको काम सकिन्छ: प्रधानसेनापति थापा
सर्वोच्चबाट हस्ताक्षर फिर्ता लिन लाउनु मात्र ओलीको नियत: जगन्नाथ खतिवडा
प्रधानमन्त्री ओलीको वक्तव्यलाई स्वागत गर्दै भट्टराईले भने- हजार माइलको यात्रा पहिलो पाइलाबाट नै सुरू हुन्छ
नेकपा खारेज अदालतबाट होइन, प्रचण्डले नचाहेपछि भएको हो- प्रधानमन्त्री ओली
सर्वोच्चले थापाको पद थमौती गरिदिएपछि गण्डकीमा सत्तापक्ष र विपक्षी गठबन्धन दुवै अल्पमतमा!

हस्ताक्षर फिर्ता लिन तयार होला माधव समूह ? हस्ताक्षर फिर्ताले सर्वोच्चमा विचाराधीन मुद्दा कमजोर हुने मात्र होइन, संसद विघटन र मध्यावधि निर्वाचन घोषणालाई सदर गर्ने बाटो खुल्नेछ ।

राजेन्द्र महतो : काम एउटा भनाइ अर्कै ‘बहुलताको कुरा गर्‍यो कि गोर्खे राष्ट्रवाद ह्वात्तै उम्लिहाल्छ ।’ ....... लावती लेख्छन्– नेपालमा धेरै ‘राष्ट्र’ भयो भनेर डराउनुपर्ने कुनै कारण छैन । किनभने, नेपाल एउटा राज्य हो, एउटा राज्यमा धेरै ‘राष्ट्र’ अटाएर बस्न सक्छन् र बस्छन् पनि । ...... यता विश्लेषक सीके लालले पनि राजनीतिशास्त्रीद्वय ड्यारेन एचिमग्लु र जेम्स ए. रोबिन्सनको परिभाषा अनुसार समावेशिता नभएका राज्य असफल हुने कुरा बताएका छन् । उनले लेखेका छन्, ‘सफल राज्यका संस्थाहरू समावेशी हुन्छन् । नेपाल राज्य भने सामथ्र्यका नाउँमा एकलजातीय संरचना निर्माण गरिएको छ ।’ ......

समावेशिता र बहुलता स्वीकार गर्न नसक्दा नेपाल राज्यका सबै समस्या कायम रहेको



प्रधानमन्त्री भन्छन्-अवसर बढ्दा विदेशिने घटे, अध्ययन भन्छ-फर्किएकामध्ये आधा बेरोजगार
‘न्यायपालिकालाई विघटन गर्नेतर्फ कार्यपालिका अघि बढ्यो’ अधिवक्ता टीकाराम भट्टराईले कार्यपालिका न्यायपालिकालाई विघटन गर्नेतर्फ अघि बढेको बताएका छन् । ...... ‘पञ्चायत र राजाको पालामा हुन नसकेको अदालतको हुर्मत लिने काम गणतन्त्रमा कार्यपालिकाबाट हुन्छ भने न्यायालय टुलुटुलु हेरेर बस्न सक्दैन ।’ .....

यो हदसम्मको निर्लज्ज निक्रिष्ट प्रहार न्यायपालिकामाथि कार्यपालिकाबाट कहिल्यै भएको थिएन । कार्यपालिका न्यायपालिकालाई विघटन गर्नेतर्फ अघि बढ्यो ।’

No comments: