Thursday, June 17, 2021

७० वर्षमा सोवियत संघ ढल्यो भने कांग्रेस कम्युनिस्ट ढल्दैन?

अहिले भ्रष्टाचार लाई प्रमुख मुद्दा बनाउनुपर्ने समय मा अहिले सम्म एक पटक पनि सत्ता मा नपुगेको जनमत पार्टी राम्रो ठाउँ मा छ। पार्टी हरु फुटफाट भएर जपा लाई फाइदा हुने कुरा म सोच्दिन। यद्यपि आफै फुट्ने काम गरेका छन। अरु पार्टी हरु फुटेर जपा ले चुनाव मा राम्रो गर्ने होइन। दरो सँग भ्रष्टाचार को मुद्दा समाते पार्टी हरु फुटे नफुटे फरक पर्दैन जनमत पार्टी लाई। आम आदमी पार्टी ले दिल्ली कब्ज़ा गर्दा कांग्रेस फुटेको थियो? भाजपा फुटेको थियो? थिएन। तर आम आदमी ले भ्रष्टाचार को मुद्दा अत्यंत दरो सँग समातेको थियो। दिल्ली स्वीप गर्यो। 

लोकतंत्र प्रत्येक नागरिक ले अधिकार पाउने व्यवस्था मात्र होइन, प्रत्येक नागरिक ले जिम्मेबारीबोध पनि गर्नुपर्ने व्यवस्था हो। दारू मासु खाएर भोट दिने मतदाता ले दारू मासु होइन घुस खाएको हो। तर सय दुई सय को दारू मासु खाने सीमित संख्या का मतदाता र अरबौं चलखेल गर्ने नेता एउटै डयांग का मुला होइनन। 




७० वर्षमा सोवियत संघ ढल्यो भने कांग्रेस कम्युनिस्ट ढल्दैन?

अहिलेसम्म तर जपा ले भ्रष्टाचार को मुद्दा दरो सँग समाइसकेको अवस्था छैन। गर्यो गरेन कति बेला थाहा हुन्छ भन्दा गरिसकेपछि जपा र त्यो मुद्दा मीडिया मा जताततै छाउँछ। 







No comments: