Sunday, June 13, 2021

जसपा र जगहँसाइ



केपी ओली देशको संविधान पढ्न नसक्ने, आफ्नो पार्टीको विधान पढ्न नजान्ने, पार्टी सञ्चालन बारे देशको कानुन नबुझ्ने। केपी को संगत गर्दा गर्दा महंथ पनि बिग्रिए। संगत गुणाको फल। देउबा पनि संविधान मा कतै नभएको अदालत ले सरकार बनाउने कुरा को लिडेढिपी गरेको मान्छे। देउबा को संगत गरेर उपेन्द्र बिग्रिए। जगहँसाइ भयो। 

पहिलो कुरा त पार्टी को कुरा निर्वाचन आयोग सम्म पुर्याउनु नै हुँदैन। अदालत सम्म पुग्यो भने त्यो राजनीतिक संस्कार को कमी हो। एमाले को झगड़ा अदालत पुगेको छ। 

तटस्थ बस्ने निर्णय गरे पनि ओली सँग लागेको भनेर महंथ लाई कारवाही गर्ने अनि आफु देउबा सँग लागदिने। यस्तो पनि हो? कारवाही गर्ने शक्ति केंद्रीय समिति हो। त्यो केंद्रीय समिति को बैठक बसेकै छैन। 

यसरी तर यदि केंद्रीय समिति ले पार्टी अध्यक्ष लाई सजिलै फाल्न सक्ने भए पार्टी महाधिवेशन मा चुनाव जितेर आउने टंटा साफ। महाधिवेशन बाट चुनिएर आएको पार्टी अध्यक्ष लाई केंद्रीय समिति को बहुमत ले कुनै बहानामा हटायो अनि आफै अध्यक्ष! 

कुनै पनि पार्टीमा सबैभन्दा माथि भनेको पार्टी महाधिवेशन हो। 

फेरि पार्टी केंद्रीय समिति ले पार्टी संसदीय दल लाई उठबस गराउन सक्छ भने त्यो त संसदीय व्यवस्था नै होइन। संसदीय व्यवस्थामा प्रमुख नै पार्टी को संसदीय दल हुन्छ। त्यो संसदीय दल ले अनुशासन मानने भनेको व्हिप को हो। पार्टी केंद्रीय समिति को होइन। 

बाबुरामको संगत गरेर उपेंद्र यादव बिग्रिए। अब त समाचारमा उपेंद्र को नाम पनि आउन छोड़्यो। खाली बाबुरामको नाम आउँछ। 





No comments: