Tuesday, June 08, 2021

वैकल्पिक शक्ति



राष्ट्रिय विद्यार्थी संघको आरोप : उपेन्द्र यादव मधेश विरोधी र निरंकुश पात्र ‘प्रदेश २ को मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीलाई मधेशको भावना बिपरीत, मधेशी जनताको अभिमतको बिरूद्धमा कार्य गर्न प्रोत्साहन गर्ने, दबाब दिने उपेन्द्र यादव मधेश बिरोधी, लोकतन्त्र बिरोधी तथा निरंकुश पात्र रहेको हाम्रो संगठनको ठहर रहेको छ ।’ बैठकपश्चात् सार्वजनिक गरिएको निर्णयमा भनिएको छ, ‘उक्साहट एवं दबाबमा आई मधेशी जनताको भावनाको विपरीत कार्य गर्ने मा.मुख्यमन्त्री बौद्धिक हिनता भएको निरीह पात्र झै देखिनु प्रदेशकै लागि दुर्भाग्य रहेको छ ।’ ...... राउत सरकारले कहिले मुख्यमन्त्रीको कुर्सी बचाउनका निम्ति त कहिले भ्रष्टाचारीलाई प्रोत्साहनका निम्ति एक पछि अर्को कुकर्महरू गर्दै आएको साथै प्रदेशले भार थेग्न नसक्ने गरी मन्त्रिपरिषद बिस्तारको खबरले

कहि कतै संघीयता विरोधी कदमलाई सहयोग गर्न त खोजिएको छैन

............ जसपा नेपालको अधिकांश माग सरकारले पुरा गरिसकेको ठहर गर्दै जसपा नेपाल वर्तमान सरकार प्रति सकारात्मक भई संघीय सरकारमा सामेल भएकोमा बैठकले पार्टीको यस निर्णयलाई स्वागत गरेको हो ।


मुख्यमन्त्रीका लागि कांग्रेसको पनि दाबी छ : यादव हामीसँग उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्ष दुवैसँग कुरा हुँदैछ । .......... पहिले बजेट कनिका जस्तो छरिन्थ्यो । ...... तर मैले भने कि मन्त्रालय त पछिको कुरा हो, तर ढोकैमा आइसकेको नीति तथा कार्यक्रमको विषयमा कुरा गरौं । भोली को मुख्यमन्त्री, मन्त्री बन्ने बसेर छलफल गरौंला र टुंगो लगाऔंला मैले भने । किनभने मुख्यमन्त्रीमा हाम्रो पनि दाबी छ । ........ साढे तीन वर्षसम्म समाजवादीले चलायो, जनताले हेरेका छन् कुन रुपमा कसरी सरकारले काम ग¥यो । अब डेढ वर्षसम्म हामी सत्ता सहकार्य गर्छौं भने त्यो अवधिभरि कांग्रेसलाई नेतृत्व गर्न दिनुस् भनेका छौं । अस्ति राजपाका जीतेन्द्र सोनलसँग पनि हाम्रो कुराकानी भयो । उहाँले मलाई सहयोग गर्नुस् भनेर भन्नुभयो । मैले उहाँलाई भने कि तपाइँको अंकगणित पुग्दैन । अनि उहाँले एमालेसँग पनि कुरा गर्छु भन्नेभयो । मैले भने पहिला तपाइँ कुरा गर्नुस् । ......... प्राविधिकरुपमा एक भएपनि व्यावहारिकरुपमा अलग–अलग रहेका राजपा र समाजवादी दुवै पार्टीले हामीसँग सहकार्य गर्न खोजेका छन् । समाजवादीले मिलेर अगाडि बढौं भनेको छ भने राजपाका सोनलले मलाई सहयोग गर्नुस् भन्नुभयो । सोनलजीले मलाई सहयोग गर्नुस् भनाई मतलब आफै मुख्यमन्त्री बन्छु भन्ने आशय र अर्थ हो । ........ हामीलाई सरकार बनाउन कांग्रेस, समाजवादी र माओवादीले पुग्छ । ...... अहिलेको सरकारले अनुत्पादक क्षेत्रमा बढी लगानी गरेको छ ।

उपेन्द्र यादवको कदम एकपक्षीय, अराजक र गुटगत उपेन्द्र यादव व्यक्तिगतरुपले एउटा कुण्ठाग्रस्त भएर १८ महिना केपी यही ओली नेतृत्वको सरकारमा बसेर देशविदेश शयर गर्नुभयो, आर्थिक लाभ लिनुभयो तर कुनै काम गराउन सक्नुभएन । अहिले जुन कामहरु भइरहेका छन्, त्यो उहाँलाई असह्य भएर पार्टीमा वितण्डा मचाउन खोज्नुभएको छ । ....... हामीलाई आश्चर्यचकित बनाएको छ । के कारणले उहाँ यस्तो गतिविधि गर्दै हुनुहुन्छ, कसको उक्साहटमा गर्दै हुनुहुन्छ, कसको मनोवल उहाँ पूरा गर्दै हुनुहुन्छ त्यो हामीले बुझ्न सकेका छैनौं । ........ २०७२ साल असोज ३ गते अपूर्ण संविधान जारी भए देखि नै जबसम्म हाम्रो माग मुद्दा पूरा हुँदैन तबसम्म न चनावमा भाग लिने न सरकारमा भनेर आम जनसमुदायसँग प्रतिवद्धता थियो । जस अनुसार जबसम्म संविधान संशोधनको प्रस्ताव सदनमा अगाडी बढाइएन तबसम्म हामी स्थानीय तहको दुई चरणको चुनावमा भाग लिएनौं तर उपेन्द्रजीहरु प्रतिवद्धताबाट भागे । त्यति मात्रै होइन प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि हामीले हाम्रा माग मुद्दा सम्बोधन गर्ने सर्तमा सरकारलाई बाहिरैबाट समर्थनमा गर्यौं र एक वर्षसम्म पनि माग सम्बोधन नभएपछि समर्थन फिर्ता लियौं तर उपेन्द्रजी सत्तालोलुप भएर सरकारमै सहभागी भए र एउटा सिन्कोसम्म भाँच्न सकेनन् र जबसम्म अपमानजनक रुपमा तिनलाई सरकारबाट लखेटिएन तबसम्म सत्ताको रसोस्वादन गरिरहे । ............ पछिल्लो घटना क्रममा प्रधानमन्त्रीजीसँगको व्यक्तिगत कुण्ठा र पूर्वाग्रहले गर्दा आज वर्षोदेखिको सम्बोधन गराउन बाँकी रहेको माग मुद्दाहरु सम्बोधन गराउने सन्दर्भमा १३९ जना आन्दोलनकारीहरुको मुद्दा फिर्ता गरिएको छ तथा केही मुद्दा फिर्ताको प्रक्रियामा छ, नागरिकताको सन्दर्भमा संविधान जारी भएको मितिदेखि जन्मसिद्ध नागरिकका सन्तानहरुले नागरिकता पाइरहेका थिएनन् जसले गर्दा शिक्षा, रोजगारी लगायत राज्यबाट पाउने सुविधाबाट बञ्चित थिए जसलाई अध्यादेश मार्फत सम्बोधन गरिएको छ, संविधान संशोधनको सवालमा उपेन्द्रजीले बनाउन नसकेका संविधान संशोधन कार्यदल बनाइएको छ र छिटै यसको परिणामहरु पनि देखिने छ तथा अन्य पनि बाँकी रहेका मागहरु सम्बोधन गराउन पहल भइरहेको छ । तर आफूले जस नपाउने तुच्छ सोच र उधारो सहमति गरी भोलिको दिनमा सत्तालिप्साको अभिलासा पूरा गर्ने बाटो नै बन्द हुने देखेर आफ्नो व्यक्तिगत महत्वाकाक्षांका लागि राजनीतिक आवरण दिई फेरि जनतालाई धोका दिने कार्य शुरु गर्न खोजेका छन् । ............ १८ महिनासम्म मन्त्री बन्नुभयो, विदेश भ्रमण गर्नुभयो र विदेश भ्रमणमै रहेको बेला उहाँलाई कानूनमन्त्रीमा झारियो । सबैभन्दा बढी माया केपी ओलीले मलाई गर्नुहुन्छ भन्ने मान्छे त्यही उपेन्द्र यादव होइन ? ......... जसपामा उपेन्द्र यादव सुध्रेर आउनुप¥यो या त अर्कै पार्टी गठन गरोस् । महन्थ ठाकुरको राजनीति समाप्त गर्न उपेन्द्रले अर्को जन्म जन्मिनुपर्छ । ........ उपेन्द्र पार्टी विभाजन जोगाउनुभन्दा पनि जनभावनालाई कदर हामीले एकीकरण गरेका थियौं । तर अहिले हामीलाई लागिरहेको छ कि सर्पलाई दुध खुवाएको जस्तो अनुभव भइरहेको छ । हामीले उहाँको पार्टी जोगाइदियौं तर हामीलाई थाहा थिएन कि पछि यस्तो काम गर्नुहुन्छ भनेर । ............ म अध्यक्ष भएँ भनेर जे मन लाग्छ त्यहीं गरेर हिंड्न मिल्दैन नि । .......

उहाँ जस्तो मानिससँग राजनीतिक जीवनमा काम गर्न गाह्रो छ । त्यसैले शायद होला, विगतमा उहाँको पार्टी ८÷१० पटक फुटेको ।

......... बाबुरामजीको कुरा गरेर साध्य छैन । उहाँले संविधान निर्माण गर्नुभयो, आदिवासी जनजाति, मधेशी, महिला, थारुलगायत सबैका लागि प्रतिगमनकारी संविधान निर्माण गर्नुभयो । संवैधानिक समितिको उहाँ सभापति हुनुहुन्थ्यो, हामीले एक हप्ताको समय मागेका थियौं तर उहाँले दिन मान्नुभएन । अहिले सबैले हेरिरहेका छन् कि मधेशीलाई सामाजिक सञ्जालमा होच्याउने खालका ट्वीट गर्नुहुन्छ । उहाँमा मानसिक विचलन आइसकेको छ ।

जसरी उहाँले भेंडा भेडासँग र बाख्रा बाख्रासँग भनिरहनुभएको छ भने उहाँ के हो ? भेडा हो कि बाख्रा हो ?



विभाजनको दलदलमा जसपा (सम्पादकीय)

सत्ताको चाबी लिएर बसेको जसपा विभाजनको डिलसम्म पुग्ने र फर्कने भइरहेको थियो । फेरि अब यो पार्टी बिभाजनको डिलमा पुगेको छ ।

....... भनाइ नै छ, राजनीतिमा केही कुरा असम्भव छैन । कुनै बेला ओलीसँग सबभन्दा कटुतापूर्ण सम्बन्ध कसैको थियो भने त्यो महन्थ ठाकुर र राजेन्द्र महतोकै थियो । ओलीको पहिलो प्रधानमन्त्रीत्वकालमा उनीहरुले एक अर्कालाई विषवमन गर्न कुनै उपाय बाँकी राखेननठ । समयक्रममा महन्थ र राजेन्द्र नै अहिले ओलीलाई छाड्न नसक्ने अवस्थामा देखिएका छन् । ....... आफ्नो भागमा आएको प्रधानमन्त्रीको पदसमेत स्वीकार नगरेर ओलीलाई नै सघाउने उनीहरुको भूमिकालाई धेरैले आश्चर्यपूर्ण मानेका छन् । कतिपयले त महन्थ–राजेन्द्रपक्षको यस्तो निर्णयले उनीहरुमा बाह्यशक्तिको प्रभाव हदैसम्म देखिएको टिप्पणी पनि गरिरहेका छन् । .......

विभाजित अवस्थामा भएको समाजवादी पक्ष माओवादी केन्द्रमा जोडिने सम्भावना देखिएको छ । बाबुराम–उपेन्द्रपक्ष दुबै कम्युनिस्ट पृष्ठभूमिका भएकाले माओवादीको नाम परिवर्तन गरी नयाँ पार्टी बनाएर एकतामा जान सक्ने देखिएको छ ।



ओलीको विकल्प ठाकुर किन हुन सक्दैन ? (विचार) ओलीइतरका दलहरुबीच विश्वासको वातावरण बन्न सकेको छैन । सबै दलमा गुट र समुह पिच्छै फरक फरक मत छ । कुनै पनि दलमा एकमत छैन । वैकल्पिक सरकारको लागि नया सत्ता समीकारण तयार हुन नसक्नुमा दलहरुको आन्तरिक विवाद नै मुख्य कारक रहेको छ । ओलीलाई प्रतिगामी भनेकाहरुले तुरुन्तै ओलीको विकल्प दिन सक्नु पर्छ । ओलीको विरोध पनि गर्ने तर पुनःस्थापित प्रतिनिधिसभाबाट निकास पनि दिन नसक्ने, यसलाइ पनि अग्रगमन भन्नु मिल्दैन । मुलुकलाई निकास दिन नसक्नु ओलीको बिरोध गरेका दलहरुको राजनीतिक हार हो । यसलाइ अरु केही नाम दिन सकिदैन । ..... महन्थ ठाकुर नेपाली राजनीतिका चिर परिचित व्यक्ति हुन् । अहिलेसम्म ठाकुरले आदर्शवादी र नैतिकवान नेताको पहिचान गुमाएको छैन । लगभग चार दशक नेपाली काँग्रेसमा आबद्ध रहेका ठाकुर २०६४ सालमा काँग्रेस त्याग गरेर मधेशकेन्द्रित राजनीतिमा सकृय भएका थिए । काँग्रेसमा रहँदा पनि असल छवि बनाएका ठाकुर मधेशकेन्द्रित दलमा पनि आफ्नो छविमा दाग लाग्न दिएको छैन । मधेश केन्द्रीत दलमा सकृय भए देखि नै सधै नेतृत्वमै रहेका ठाकुर सत्ताको खेलमा कहिले लागेन । सँधै सबैलाई मिलाउनमै केन्द्रित हुने गरेका छन् । .....

काँग्रेस नेतृत्वको विकल्पमा खुल्ला हुनु पर्छ ।

...... परिक्षण भैसकेको अनुहार ल्याउनु भन्दा जसपाले महन्थ ठाकुरलई अघि सारेमा समीकरण बनाउन काँग्रेस र माओवादी केन्द्र तयार हुनु पर्छ । सकेसम्म एमाले पनि महन्थको नेतृत्व स्विकार गर्न तयार हुनु पर्छ ।ठाकुरलाइ किन प्रधानमन्त्री नबनाउने ? ....... जसपा र महन्थ ठाकुरहरु किन र कहिलेसम्म अरुको सत्ता मात्रै टिकाइ रहने ? २०६९ सालमा मुलुकलाई निकास दिन बहालबला प्रधानन्यायधीशको नेतृत्व स्वीकार गरिसकेका यीनै दलहरुले मुलुकलाई निकास दिन अहिले ओलीको विकल्पमा ठाकुरलाई रोज्न सक्नु पनि उचित निर्णय नै हुन्छ ।


प्रधानमन्त्री ओलीसँग उपेन्द्र यादवको रक्षा मन्त्रीमा बार्गेनिङ
‘ओली सत्ताका लागि पर्फेक्ट खेलाडी हुन्’ ‘ओली सत्ता जान र रहन जे पनि गर्न सक्छन्, उनी सत्ताका प्रफेक्ट खेलाडी हुन्’, नेता गिरीले भने, ‘तर, आफूले चालेको कदमले देश र जनतालाई कस्तो असर गर्छ भन्ने हेक्का राख्दैनन् ।’ ....... ओलीले आफ्ना कमिकमजोरीको ढाकछोपका लागि राजनीतिमा टिएर ग्याँस हानिरहने गरेको बताएका नेता गिरीले भने, ‘केही न केही नयाँ कदम चालेर राजनीतिमा टिएर ग्यास हान्ने गरेका छन् । जनतालाई पनि अब ओलीले के गर्लान् भन्ने चासो बढाएर आफ्नो कमिकमजोरी लुकाउने प्रयास गर्छन् ।’ ....... घोषित मितिमा प्रतिनिधि सभाको निर्वाचन हुन नसक्ने .....

कांग्रेसको पनि निर्धारित समयमै महाधिवेशन हुने जानकारी दिए । अन्यथा प्रधानमन्त्री ओलीको सहायता लिएर कांग्रेसको वैधानिकता रक्षा गरिने





प्रदेश २ मा देउवाको चासो, मुख्यमन्त्री नै लिनु पर्ने भनाई, यस्तो छ भित्री कुरा प्रदेश २ मा खेला हुन लागेको ...... सोमवार उपेन्द्र यादव बाहिर रहेकै बेला देउवा, प्रचण्ड र नेपालको दुई चरणमा छलफल भयो । पहिला प्रचण्डले देउवा र नेपाललाई भेटे भने त्यसपछि तिनैजनाको छलफल भयो । त्यस भेटमा कांग्रेस सभापति देउवा प्रदेश २ को मुख्यमन्त्री सिधै आफुहरुलाई दिनु पर्ने मांग गरे । अन्य प्रदेशहरुमा एमाले र माओबादीको मुख्यमन्त्री रहेकाले बाँकी एकमात्र प्रदेश २ मा कांग्रेसले नेतृत्व दावी गरेको स्रोतको बुझाई छ । त्यसपछि प्रचण्ड र नेपाल छलफल गर्नुपर्ने बताएको र देउवाले प्रदेश २ मा अहिले कुनै सहमती नर्गन नेताहरुलाई सुझाएको बताइन्छ । ...... तत्कालिन राजपा भने कांग्रेसलाई मुख्यमन्त्री दिन ग्रिन सिग्नल देखाएको राजपा नेताले बताए । एमाले कांग्रेस र राजपा मिलेर सरकार बनाउँदा मुख्यमन्त्री कांग्रेसलाई मान्न तयार रहेको त्यस नेताको भनाई छ । कतिपयले मित्र राष्ट्रले समेत फोरम, कांग्रेस र माओबादीको सरकार बन्दा प्रदेश २ मा भद्रगोल हुने हुदा त्यसो भएको हेर्न नचाहेको टिप्पनी गर्छन । संघिय संसद विघटनको मुद्दा न्यायालयमै रहेका बेला सरकारमै सहभागि भएको झोकमा राजपालाई अलग गरिए संघिय सरकार मार्फत राजपा पक्षले प्रदेशमा कडा कदम चाल्न लगाउने संकेतको समेत विश्लेषण मधेशमा हुन थालेको छ ।

कांग्रेसले ३ र माओवादीले २ मन्त्रालय माग्दा जसपा जिल्ल, मन्त्रालय भागबण्डाको जिम्मा मन्त्रीलाई नै प्रदेश २ मा मुख्यमन्त्री बाहेक मात्र छ मन्त्रालयहरु छन् । ...... कांग्रेस भौतीक सहित ३ र माओवादी २ वटा मन्त्रालय दावी गरेपछि जसपाको हातमा एक मात्र मन्त्रालय हुने छ । ........ मन्त्रालय टुक्रयाउदा आफुहरुलाई घाटा हुने र नटुक्राए एक मन्त्रालय मात्र बाँच्ने भएपछि जसपाका मन्त्रीहरु समस्यामा परेका छन् ।

एमालेका दुई पक्षको वार्ता सकियो, नेताहरूको दाबी- सकारात्मक छौं वार्तापछि नेम्वाङले भने, 'हामीहरू पार्टी एकताको पक्षमा निरन्तर छलफलमा छाैं, निरन्तर जारी रहन्छ।'

एमाले प्रवेश गरेका नेताका कारण माओवादीलाई कति क्षति? माओवादीबाट एमाले प्रवेश गर्नेमध्येका बादल सबैभन्दा शीर्ष नेता हुन्। तर, उनका कारण संगठनमा खासै असर नपरेको माओवादी नेताहरुको तर्क छ। तर, रायमाझी, भट्ट, साह लगायतका नेताका कारण भने पार्टी संगठनमा पनि क्षति पुगेको उनीहरु बताउँछन्। .......

माओवादी नेतृत्व यतिबेला आफ्ना नेता फर्काउनेभन्दा पनि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई आफ्नो कित्तामा तान्न मेहनत गर्न थालेका छन्।

नेपाल र प्रचण्ड पक्ष एक ठाउँमा हुँदा बलियो शक्ति हुनसक्ने भएकाले प्रचण्ड सहित अन्य प्रभावशाली नेताहरु यसतर्फ लागेका छन्। नेपाल पक्षको तलैसम्म प्रभाव भएकाले उनलाई ओलीबाट अलग्याएर आफ्नो पक्षमा पार्ने माओवादी प्रयास देखिन्छ। ...... प्रचण्ड नेतृत्वको माओवादीमा हुँदा बादल निकट २६ जना केन्द्रीय सदस्य थिए। नेकपा हुँदासम्म त्यो संख्या यथावत् थियो। नेकपा विभाजन भएपछि भने सबै केन्द्रीय सदस्यहरु प्रचण्डसँगै रहे। बादल भने ओलीतिर लागे। ....... उता एमालेमा भने बादलको योग्यता र क्षमता के हो, चिन्नै नपाइएको भन्दै उनलाई एक भोटको रुपमा चित्रित गर्दै व्यंग्य गर्न थालिएको छ। ....... प्रभु साहले आफ्नो जिल्ला रौतहटमा मात्रै होइन, प्रदेश २ मा समेत असर पारेको माओवादीभित्र विश्लेषण गरिएको छ। एमालेले प्रदेश २ का जिल्लाहरुमा बृहत् आमसभा गर्न नसकेको अवस्थामा साह एमालेमा प्रवेश गरेपछि पहिलो पटक प्रतिनिधि सभा विघटनपछि धेरै ठाउँमा आमसभा गर्न सफल भएको थियो। साहले आफ्नो जिल्ला र अन्य जिल्लामा समेत माओवादी पृष्ठभूमिका नेता कार्यकर्तालाई आफ्नो पक्षमा उभ्याएका छन्। कतिपय प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख उनीतिर लागेका बताइन्छ। ...... बादललाई माओवादीमै फर्काउन प्रचण्ड तीनपटक बादल निवास धाएका थिए। ......... ओली विरुद्धको आन्दोलनमा सोही दिन माइतीघरमा दिनभर जस्तो बसेका थिए। तर, 'पिसाब फेर्न जान्छु' भन्दै गायब भएको एक माओवादी नेताले रोचक ढंगले सुनाएका थिए। ..... मलाई पिसाब लाग्यो कमरेड भनेर निस्किनुभएको थियो। त्यसपछि मोबाइल अफ भयो। बेलुका मन्त्री हुनुभयो।’


‘ओली र नेपाल दुवैलाई यसभन्दा अघि बढ्ने ठाउँ छैन, भित्तामा टाउको ठोक्किसकेको छ’ दुवै पक्ष अहिले जुन विन्दुमा पुगेका छन्, त्यसबाट अघि बढ्ने ठाउँ समाप्त भएको छ। ........ भित्तामा टाउको ठोक्किसकेको छ। अब आफ्नो टाउको सुम्सुमाउँदै पार्टी एकतामा फर्किनुबाहेकको विकल्प छैन। ........ माओले भन्‍नुभएको थियो- विज्ञानको अन्तरविरोध त्यहाँभित्रको घर्षणले निर्क्यौल गर्छ, समाजको अन्तरसंघर्ष वर्ग संघर्षले निर्क्यौल गर्छ र त्यसैगरी पार्टीभित्रका अन्तरविरोध आलोचना र आत्मालोचनाले निर्क्यौल गर्छ। ........ आज सीपी मैनाली वा मोहनविक्रम सिंहले यो देशको लोकतन्त्र बलियो बनाउँछु भन्यो भने कसले पत्याउँछ? ...... कम्युनिस्ट पार्टीमा पूर्ण भयो भने त साम्यवादमा पुग्छ। जहाँसम्म हाम्रो दार्शनिक मान्यता साम्यवादसम्म पुग्दैनौँ। कुनै पनि कुरालाई पूर्ण भएको मान्दैनौँ। निर्वाचनमा सयको सय सिट पनि पूर्ण होइन, किन भने फेरि चुनाव लड्नुपर्छ। ....... शीर्ष नेताहरु चार घन्टा बस्दा कार्यकर्तामाझ उत्साह छाएको थियो। ...... यसलाई प्रतिष्ठा र जुँगाको लडाइँ बनाउनुहुँदैन। ........ नेकपा एमालेको संसदीय दलमा ओली पक्षधर र नेपाल पक्षधर हुन पाइन्छ। ओली पक्षधर र शेरबहादुर देउवा पक्षधर हुन पाइँदैन। देउवालाई प्रधानमन्त्री बनाइयोस् भन्‍ने रिट कायम राख्दाराख्दै, एमालेका सांसदको हस्ताक्षर हुँदाहुँदै एउटै ठाउँमा, एउटै कमिटीमा निर्णय गरेर पार्टी एकताबद्ध छ, कसरी भन्‍न सकिन्छ? .......... पार्टी एकताका लागि होइन, अरु कुनै अजेन्डा सेट भइसकेको छ र पार्टी फुटाउने निर्णय नै भइसकेको छ भने यो धेरै बहस गर्नुको अर्थ रहँदैन।

No comments: