Monday, June 14, 2021

अंतरिम संविधान मा संघीयता छ, गणतंत्र छैन


अंतरिम संविधान मा संघीयता छ, गणतंत्र छैन। त्यस कारण यो संविधान को बचाउ गर्नु आवश्यक छ। गणतंत्र एउटा प्रगतिशील विचारधारा हो। एउटा मधेसी राष्ट्रपति हुनु, एउटा महिला राष्ट्रपति हुनु को ठुलो अर्थ छ। गणतंत्र मा राष्ट्रपति ले एउटा जीवंत राजतन्त्र को काम गरेको हुन्छ। राजतन्त्र को राजा जड़ हुन्छ। सामंतवाद को हाँगा बिंगा यत्र तत्र छरिएर डिस्टर्ब गरिरहेको हुन्छ।भित्र भित्र जड़ा गाडेको हुन्छ। स्वाभाविक राजनीतिक प्रक्रिया को बाधक हुन्छ।  

म नया संविधान सभा को पक्षधर हो। तर त्यहाँ सम्म पुग्ने उपयुक्त बाटो शांतिपुर्वक, लोकतान्त्रिक र प्रक्रियावद्ध छ। दुर्घटना को बाटो त्यहाँ पुग्ने प्रयास गर्नु हुँदैन। दुर्घटना होला। संविधान सभा नपाउन सकिने हुन सक्छ। 

तर संकेत सही छैन। चार वटै दल ले दुर्घटना नै चाहे जस्तो व्यवहार गरेका छन। 

महामारी को समय मा चुनाव संभव छैन। त्यसै ले यो संसद पुरा काल चल्नुपर्छ। त्यस का लागि एमाले र जसपा एक हुनु अपरिहार्य छ। एमाले एकीकरण अघि को अवस्था पुग्नुपर्यो। स्वाभाविक कुरा। जसपा ले एक ले अर्का लाई गरेको सम्पुर्ण कारवाही फिर्ता लिनुपर्यो। एक ढिक्का भएर नै यो पक्ष अथवा त्यो पक्ष लाग्नुपर्यो। संसद पुनर्स्थापना भए पछि संसद ले सरकार दिन सक्नुपर्यो। उपधारा (२) को सरकार दिन सक्नुपर्यो। 

त्यो भनेको एक ढिक्का एमाले र एक ढिक्का जसपा। अथवा नेका, माओवादी र एक ढिक्का जसपा। 

संसद पुनर्स्थापना भए पछि प्रतिगमन सच्चियो। त्यस पछि मुद्दा को कुरा आउँछ। उपेन्द्र यादव ले यो मान्नुपर्यो कि संविधान संसोधन को जसपा को जुन मुद्दा छ त्यस का लागि सबैभन्दा उपयुक्त भनेको एमाले-जसपा गठबंधन हो। केपी ओली ले आफ्नो लागि भनेर राखेको रक्षा मंत्रालय गएर लिने संसद पुनर्स्थापना पछि। 

एमाले-जसपा सरकारले गर्ने संविधान संसोधन मा नेका र माओवादी आउन कर लाग्छ। तर नेका-माओवादी-जसपा सरकार छ भने ओली संविधान संसोधन को विरोधमा कड़ा बोल्छ। त्यो यथार्थ फेस गर्नुपर्यो। 

पहिलो मधेसी क्रांति को विशेष महत्व छ। त्यसका नायक उपेंद्र यादव। त्यो इतिहासमा दर्ज भएको कुरा। तर अहिले लचक हुने बेला छ, विशेष गरी पार्टी भित्र। 


एमाले स्थायी कमिटी बैठक : मिति असार २, सन्देश २०७५ जेठ २ ! नेपालपक्षका अन्य ११ जनालाई गरिएको कारबाही समेत फिर्ता लिने तयारी ओली पक्षले गरेको छ।

के हो वैशाख १३ गते मध्यरात बाबुरामको जीवनमा घटेको घटना? अन्तर्वार्तामा भट्टराईले ‘देशलाई बचाउनुपर्छ’, ‘केही गम्भीर कदम चाल्नुपर्छ’, ‘राष्ट्रिय सहमतिको सरकार’, ‘केपी ओली जस्ता खलपात्रलाई बिदा गरेर देशको राष्ट्रिय स्वाधिनता बचाउने, लोकतन्त्र र संविधानको रक्षा गर्नको निम्ति’, ‘हामीले यो उपलब्धिको रक्षा गर्नुपर्छ, राष्ट्रिय स्वाधिनताको रक्षा गर्नुपर्छ’ जस्ता शब्द र वाक्य प्रयोग गरेका छन्। ‘देशमा भएको यो व्यवस्था उल्ट्याउनका निम्ति भित्री र बाहिरी तत्वहरुको ठूलो ‘ग्रान्डडिजाइन’ अन्तर्गत, ठूलो षडयन्त्र अन्तर्गत यो कदम चालिँदैछ। पुस ५ गतेदेखि जेठ ७ गते मध्यरातसम्म जुन परिघटनाहरु भए यो ठूलो नाटकको परिदृश्यहरु हुन्। नेपालका सबै राज्यका अंगहरु छन्, यहाँका अदालत, प्रशासन, सुरक्षा अंग, आर्थिक अंगहरुलाई भताभुंग पार्ने र देशलाई बर्बादीतिर लिएर जाने जुन डिजाइन अन्तर्गत यो खेल भइरहेको छ’, उनको भनाइ छ। ........ वैशाख १३ गते भट्टराईलाई केही भारतीय उच्च व्यक्तिहरुले भेटेको उनीहरुको दाबी छ। कतिपयको भनाइ अनुसार ती व्यक्तिमध्ये केही राजनीतिक पृष्ठभूमिका थिए। तर, धेरैजसोको दाबीमा ती भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का व्यक्ति थिए। पुस ५ वरिपरिदेखि काठमाडौंमा रअ र आरएसएसका मान्छेहरुको सक्रियता बढेको सुरक्षा निकायहरुको सूचना र विश्लेषण रहेकाले ती व्यक्ति रअकै हुनसक्ने आकलन उनीहरुको छ। उनीहरुले भट्टराईसँग धम्कीपूर्ण भाषामा कुरा गरेको बताइएको छ। ‘ती व्यक्तिले मुख्यतः संविधानले संस्थागत गरेका कतिपय विषयहरुलाई विस्थापित गर्न थालिएकोले सके सहयोग गर्न, नसके मौन बस्न तर, अवरोध नगर्न धम्कीपूर्ण चेतावनी दिएका थिए’, यो घटनाबारे जानकार एक नेताले बताए। ....... वैशाख १३ गते राति ती व्यक्तिले निश्चित योजना अन्तर्गत घटनाक्रमहरु विकसित भइरहेको पनि भट्टराईलाई बताएका थिए। उनले अघिल्लो वर्ष वैशाखमा ल्याइएको अध्यादेश, पुस ५ को कदम, नेकपाभित्रको विग्रह र अदालतबाट फागुन २३ गते भएको फैसला समेतलाई संकेत गर्दै फेरि संसद् विघटन गरिने बताएका थिए। ‘अब फेरि संसद् विघटन हुन्छ। र, अदालतबाट पनि सदर हुन्छ। चुनाव गराउने-गराउने भन्ने हो। तर, त्यो चुनाव हुँदैन। कोरोनाले रोक्न सम्भव भयो भने त्यही कारणले रोकिन्छ। नभए, अरु केही कारण सिर्जना गरिन्छ। र, आउने फागुनसम्ममा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी लगायतका कुराहरु फालिने स्पष्ट भइसक्छ‘, उनको भनाइ थियो। ........ ती व्यक्तिको बढी जोड भने संघीयता र गणतन्त्र फाल्ने तथा ‘सेरेमोनियल मोनार्की’ र हिन्दूराष्ट्र कायम हुने कुरामा रहेको बताइएको छ। यही योजना अन्तर्गत ओली, राप्रपा, जसपाको एक पक्षको गठबन्धन बनाइने उनले बताएका थिए। गठबन्धनको अझ विस्तारित रुप सुनाउँदै उनले भनेका थिए- ‘सिके राउतदेखि विप्लवसम्म त्यसै मूलधारमा आएका होइनन्।‘ ........

ओलीले एमालेकै दोस्रो तहका नेताको नेतृत्वमा समेत राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने भट्टराईसँगको त्यो भेटमा बताएका थिए।

......... मैले वर्तमान/पूर्वप्रधानमन्त्री बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔँ भनेकै हो। उहाँले नमानेपछि अरूलाई नभनेको हुँ। अझै पनि धारा ७६(५) बमोजिम बनाउन सकिन्छ ........ दोस्रो र तेस्रो कारणमा भनिएको छ- ‘संविधान विपरीत संसद् विघटन गरेर र दुई तिहाइ नजिकको बहुमत खेर फालेर देशलाई अस्थिरतामा धकेलेको। संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको।’ ......... ‘संविधानका स्तम्भ एकएक गरी ढल्दैछन्! सबै पार्टी/नेता निरीह! सर्पको मुखका भ्यागुता! ..........

हुनसेन स्टाइल चुनाव

....... यो कुनै मध्यावधि चुनाव होइन, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च हो। ...... जेठ ८ को ‘प्रतिक्रान्तिकारी हर्कत’ पुस ५ को भन्दा गम्भीर रहेको ....... ‘विशेषगरी नयाँदिल्लीको संस्थापनले नेपाललाई हिन्दु राज्यतर्फ तथा संघीयता समेत खारेज गर्ने दिशातर्फ मोडिरहेको छ’


आम आदमी पार्टीले गुजरातको सबै सिटमा विधानसभाको चुनाव लड्छ : केजरीवाल केजरीवालले भने,‘ यहाँका जनता ९गुजरात० सोच्छन् दिल्लीमा बिजुली फ्री हुनसक्छ भने यहाँ किन हुन सक्दैनरु त्यस्तै ७० वर्षमा यहाँका अस्पतालहरुको अवस्था सुधार भएको छैन।




No comments: