Friday, May 21, 2021

ओली, देउबा: दुइदलीय भ्रष्टाचारतंत्र का चन्द र थापा

यो भांडभैलो भो। गर्ने नै दुइदलीय भ्रष्टाचारतंत्र ले पैदा गरेको अष्टावक्र संविधान ले हो। 

अवस्था कस्तो छ? दुई दुई जनाले बहुमत साबित गरेको अवस्था छ। राष्ट्रपति ले जे सुकै निर्णय गरे पनि गलत साबित हुने। पुरानै २१ घंटा वाला निर्णय अदालतमा पुगिसक्यो। संसदीय अभ्यासमा राष्ट्रपति लाई अदालत लगेको विश्व इतिहासमा यो पहिलो हो। 

सुधारिएको संसदीय व्यवस्था भनेका। राजनीतिक स्थायित्व नै प्रमुख लक्ष्य हो भने थियो त राजतन्त्र। एउटै राजाले ३० वर्ष खाने। संसदीय व्यवस्थामा संसदमा बहुमत गुमनासाथ प्रधान मंत्री जाने हो। कि कार्यकारी राष्ट्रपति मा जाने। ओली, देउबा पाँच वर्ष का लागि कार्यकारी राष्ट्रपति बन्ने कुरा कल्पना पनि गर्न सकिन्न। 

जो सुकै लाई राष्ट्रपति ले प्रधान मंत्री नियुक्त गरे जेठ १५ मा त्यो सरकार को नीति कार्यक्रम पास नभएर त्यो सरकार गरलयंगुरलुम ढल्छ। भने पछि जाने नहुने चुनावमा नै हो। छ महिना मा चुनाव हुने घोषणा हुने भो। चुनाव त हुँदैन। कोरोना को तेस्रो लहरको समय हुन्छ त्यति बेला। अनि राष्ट्रपति शासन शुरू। छ महिना विद्या देवी पनि। पाउने भयो त देशले कार्यकारी राष्ट्रपति। बरु विद्या देवी कार्यकारी राष्ट्रपति कल्पना गर्न सकिन्छ ओली देउबा भन्दा। ओली देउबा त पालैपिलो एकले अर्काको भ्रष्टाचार को रेकॉर्ड तोडेको। 





No comments: