Sunday, August 16, 2015

जबरजस्ती धर्म परिवर्तन गर्ने तरिका के हो?

स्वेच्छा ले पनि धर्म परिवर्तन गर्न नपाउने भन्ने सोंच छ। जुन कि मानव अधिकार को सिद्धांत सँग मिल्ने कुरा होइन। मानव अधिकार को सिद्धांत अनुसार जुन सुकै धर्म मानने बाबु आमा को घर मा जन्मे पनि व्यक्ति ले आफु ख़ुशी को धर्म मानन पाऊँछ र त्यो उसको प्राइवेट कुरा हो। त्यो राज्य (state) को चासो को विषय नै होइन। राज्य (state) को चासो को विषय होइन, अरु नागरिक हरु को चासो को विषय होइन। उसको मानव अधिकार। नितान्त व्यक्तिगत कुरा। बिहे जस्तो।

भने पछि धर्म परिवर्तन बारे तांडव नृत्य किन हुँदैछ? के नेपाल मा धर्म परिवर्तन जबरजस्ती हुने गरेको छ? मान्छे हरु लाई किडनैप गरेर चर्च, मस्जिद, गुम्बा लाने काम भएको छ? आफूखुशी धर्म परिवर्तन अधिकार को कुरा। त्यसमा छलफल हुँदैन। तर जबरजस्ती धर्म परिवर्तन गर्ने तरिका के हो?

केही गरी कसै लाई किडनैप गरेर चर्च, मस्जिद, गुम्बा लाने काम भएको छ भने त्यस पछि ती मान्छे चर्च, मस्जिद, गुम्बा बाहिर फर्केर आउन दिएको छ कि छैन? छैन भने पुलिस ले रेड गर्नु पर्यो। मान्छे त किडनैप गर्न पाइँदैन। किडनैप गर्ने लाई १०-२० वर्ष जेल चलान हुन्छ। होइन, किडनैप गरेर चर्च, मस्जिद, गुम्बा लगिएको मान्छे बाहिर आएको छ भने उ आफै हिँडेर पुलिस चौकी जानु पर्यो। म अहिले त स्वतंत्र छु तर मलाई दुई घंटा अगाडि किडनैप गरिएको थियो भनेर उजुरी दिनु पर्यो।

अनि किडनैप गरेर चर्च, मस्जिद, गुम्बा लगिएको मान्छे त्यस पछि फेरि फर्केर चर्च, मस्जिद, गुम्बा जाँदैन होला। बलात्कार को शिकार केटी फर्केर बलात्कारी को मा तिमी त मेरो प्रेमी भन्न जान्छे?

नेपालमा जबरजस्ती धर्म परिवर्तन गर्ने काम भएको छ भनेर हल्ला फैलाउने हरु गलत बोल्दैछन्। आफ्नो इच्छा लागेको धर्म मान्नु प्रत्येक नेपाली नागरिक को अधिकार को कुरो। र प्राइवेट कुरो। त्यो धर्म हिन्दु धर्म नहुन पनि सक्छ। आफ्नो इच्छा लागेको धर्म मानेको व्यक्ति लाई कसैले हरयास (harass) गर्ने काम गर्छ भने बरु त्यस्ता लाई पुलिस ले समात्नु पर्छ।किडनैप गर्नु किन अपराध हो भने मान्छे को हिडडुल गर्ने स्वतंत्रता छ, त्यो हनन गर्न पाइँदैन। त्यस्तै मान्छे को आफ्नो इच्छा लागेको धर्म मानने कुरा डिस्टर्ब गर्ने क्रियाकलाप गर्ने हरु ले पनि एक किसिम ले किडनैप नै गरेका हुन। त्यस्ता लाई कानुन लाग्नु पर्छ।

बनाउ हिन्दु धर्म लाई आकर्षक। जातपात खतम पार। अनि गैर हिन्दु स्वेच्छा ले हिन्दु बन्छ। त्यो गर्नु छैन। खाली अरु लाई दुक्ख दिने काम।

कमल थापा यसमा किन लागेको भने उ मानव अधिकार मा विश्वास गर्ने मान्छे नै होइन।

Dalit Liberation का उपाय
धर्म निरपेक्षता र मानव अधिकार
केपी ओली र धर्म निरपेक्षता
राज्य (state) को आफ्नो धर्म हुँदैन भनेको
धर्म परिवर्तन गर्न पाउनु मानव अधिकार हो
भारत बाट आउने भाड़ा मा उपलब्ध बाबा जी हरु


No comments: