Showing posts with label caste discrimination. Show all posts
Showing posts with label caste discrimination. Show all posts

Saturday, July 31, 2021

प्रथम गलती तर महंथ ठाकुर को हो

प्रथम गलती तर महंथ ठाकुर को हो 

रणनीति मात्र बनाएर हुँदैन। पार्टी को अर्को अध्यक्ष लाई त्यस रणनीति मा राजी पनि गर्नुपर्छ। संवाद सम्म गर्न नचाहने भनेको प्रयास नगरेको हो नै। पार्टी का प्रमुख पाँच छ जना नेता लाई सँगै बसाएर गफ गर्न सक्नुपर्छ। एकै पटक निर्णय लिए। एक्लै निर्णय लिए। वार्ता दल का दुई सदस्य आफैले रोजे। एक्लै। ओली सँग वार्ता गर्नु सही रणनीति हुन सक्छ। सहकार्य पनि सही रणनीति हुन सक्छ। तर पार्टी को अर्को अध्यक्ष लाई पुरा माइनस गरेर जाने निर्णय ले पार्टी फुटको बीउ रोपको हो। 

रणनीति सही हो कि होइन प्रश्न नै उठ्दैन। कार्यान्वयन मा पहिलो गाँस मैं ढुङ्गा। 

राजपा र सपा को एकीकरण विशेष परिश्थिति मा भएको हुन सक्छ। पार्टी भित्र ओली लाई प्रचंड ले पेल्दै थिए। ओली लाई आफ्नै पार्टी फुटाउनु पर्ने थियो। त्यो अध्यादेश चाहिएको प्रमुख कारण त्यो थियो। तर जनता को मैंडेट थियो पार्टी एकीकरण। चुनाव अगाडि सपा र राजपा ले गठबंधन गरे। सँगै प्रदेश सरकार बनाए। 

तर केंद्र मा उपेंद्र यादव ले गलती गरे। जनता को मैंडेट ओली को मंत्री बन्ने थिएन। सपा सरकार मा जानु ले पार्टी एकीकरण लाई पर पर सर्दियों। ओली लाई देखिनसहने र तथानाम गाली गर्ने बाबुराम। बाबुराम सँग एकीकरण गरे पछि यादव को चट भयो। 

महाधिवेशन नगर्दा सम्म दुई जना अध्यक्ष हो। महामारी पछि महाधिवेशन गर्ने। 

उपेंद्र यादव ले अर्को बदमाशी गरे, आफु संसदीय दलको नेता निर्वाचित हुने गारंटी नभएसम्म संसदीय दलको विधान नै पारित हुन नदिने। 

तीनै जना तर मानसिक दासता रोग बाट ग्रस्त छन। प्रमुख समस्या त्यो हो। 


Tuesday, June 15, 2021

"ब्राम्हण, क्षेत्री, वैश्य र शुद्रको विषयमा गुण, प्रकृति (स्वभाव) र कर्मलाई आधार मानी व्याख्या गरिएको छ"





संसद ब्यूँतिनुपर्छ, प्रधानमन्त्री र राष्ट्रपतिको गल्ती सर्वोच्चले सच्चाउनुपर्छ : अधिवक्ता चापागाईं (अन्तर्वार्ता) संवैधानिक नियुक्तिका लागि परिषद्को बैठक बस्दा संसद् जीवित थियो। र, संवैधानिक परिषद्ले ४५ पदमा संवैधानिक नियुक्तिहरू गरेको छ। तर संवैधानिक परिषद्ले नियुक्ति गरेको केही दिनमा नै संसद् बिघटन भयो। सर्वोच्चको फैसला आउन बाँकी छ। अर्कोतिर नियुक्तिका लागि सिफारिस गरिएका ४५ जनाको सुनुवाई गर्ने समिति छैन। यस्तो बेला सिफारिस गरिएका पदाधिकारीहरुको अवस्था के रहन्छ ?

यो प्रक्रिया नै दुराशयपूर्ण छ। जसरी नियुक्ति गर्नुपर्ने थियो, त्यसरी नियुक्ति भएको छैन। संविधान आइसकेपछि अहिलेसम्म कति वर्ष भयो, संवैधानिक पदाधिकारी नियुक्त हुन सकेको छैन। त्यसमा शतप्रतिशत प्रयास प्रधानमन्त्रीबाट भयो कि भएन भन्ने कुरा आएको छैन। अब अध्यादेश ल्याइएको छ। त्यसलाई सर्वोच्चमा च्यालेञ्ज पनि भएको छ। त्यसपछि हामी फिर्ता लिन्छौँ भन्ने अभिव्यक्ति पनि आएको छ। हामीले कुनै पनि निर्णय गरेका छैनौँ भन्ने अभिव्यक्ति पनि मिडियामा आएको छ। पारदर्शिताको अभाव, प्रक्रियाको हिसाबले पनि त्रुटिपूर्ण, आफैमा विवादित बनिसकेको अध्यादेश, त्यस्तो स्थितिमा संसद् बिघटन गरिएकाे छ र त्यहाँ सुनुवाइ नगरीकन ४५ दिनभित्र सिफारिस भएका व्यक्तिहरूको नियुक्तिकाे अवस्था हुने दूराशयपूर्ण आंकलन गरेर सूचि प्रकाशित भएकाे देखिन्छ। सूचिमा कस्ता व्यक्ति छन्, त्याे सराेकारकाे विषय हाेइन। जहिले निर्णय भएको थियो, त्यतिबेलै हामीले यो अध्यादेश बनायौं, यो फिर्ता हुँदैन, यो बाध्यात्मक हिसाबले बनायौं भनेर अडानका साथ औचित्य पुष्टि हुने गरी आउन सक्नुपर्थ्यो, त्याे देखिएन। त्यसैले

अब संसदलाई छल्न सकिन्छ, सुनुवाइ छल्न सकिन्छ, हामीले गरेको सिफारिसले परिपक्वता प्राप्त गर्छ, हामीले चाहेकै मानिसहरु स्थापित हुन्छन् भन्ने कुरा सुनिश्चित भएपछि बल्ल सार्वजनिक गरिएको छ। तसर्थ, यो प्रक्रिया नै दूराशयपूर्ण छ, याे उल्टिनुपर्छ।



तपाईले भन्न खोजेको ४५ दिनभित्र सार्वजनिक सुनुवाई नभए उनीहरु स्वतः पदबहाली हुन्छन् ?

एकखालको परिकल्पना गरिएको छ। ४५ दिनभित्र हुन सकेन भने स्वतः उनीहरूकाे नियुक्ति ‘म्याचुअर्ड’ हुन्छ भन्ने छ। तर यो सुरुवातदेखि नै यो दुराशयपूर्ण भयो। एउटा त अध्यादेश ल्याउने कुरा असंवैधानिक छ भनेर त्यसलाई च्यालेञ्ज भएको अवस्था छ। पहिला एकपटक अध्यादेश फिर्ता भएको पनि हो। अर्को कुरा

प्रक्रिया पनि पारदर्शी छैन, यसले वैधानिकता पनि पाएको छैन। सर्वोच्चमा विधाराधीन रहेकाले यसको अन्तिम फैसला कुर्नैपर्छ।



प्रदेश २ सरकारद्वारा ३३ अर्ब ७९ करोड १४ लाखको बजेट घोषणा (पूर्णपाठ)
बागमती सरकारद्वारा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट सार्वजनिक (पूर्णपाठ)
फेरि निर्वाचन आयोग जान उपेन्द्र यादवलाई कानुन व्यवसायीको सुझाव
उपेन्द्र यादवले बोलाए कार्यकारिणी समितिको बैठक
उपेन्द्र यादवले भने– निर्वाचन आयोगको निष्पक्षतामाथि शंका छ, कानुनी लडाइँ लड्छौँ
कार्यकारिणी समिति विस्तारले महन्थ ठाकुर समूहमै असन्तुष्टि ! अध्यक्ष ठाकुरले आफ्नो पक्षबाट मात्र १० जनाको नाम राखेका छन् भने राजेन्द्र महतो पक्षबाट ६ जनाको नाम राखेका छन् । तर, शरतसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादवको पक्षबाट कसैको नाम नसमेटिएपछि असन्तुष्टि देखिएको हो । ...... गुटबन्दीका कारण नै यसअघि राजपा चल्न नसकेको स्मरण गर्दै अहिले जसपामा पनि यही रोग सुरु भएको बताए । उनले एकता जोगाउनका लागि गुटबन्दी अन्त्य हुनुपर्नेमा समेत जोड दिए । सिंह राजपा नेपालमा महासचिव थिए । उनलाई जसपामा महन्थ ठाकुर पक्षका नेता मानिन्छ । ...... नेता कार्यकर्तालाई सम्मानजनक समायोजन गरी जसपालाई एउटा वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने ठाउँमा नेतृत्व तहबाटै पार्टी, संगठन, नेता कार्यकर्ता कब्जा गर्ने प्रवृत्ति हाबी हुनु दुःखद भएको उनले बताए । ...... निर्वाचन आयोगले भर्खरै कुनै पनि निर्णय दुईजना अध्यक्षको हस्ताक्षरबाट हुन्छ भनेको भएपनि अध्यक्ष ठाकुरले एकतर्फी रुपमा कार्यकारिणी समिति विस्तार गर्नु गैरजिम्मेवार कार्य भएको उनले बताए । ...... राकेश मिश्र, संजय यादव, सिपी सिंह, गोविन्द चौधरी, विक्की यादव, राजेन्द्र यादव, शेखर सिंह लगायतलाई समेटिनुपर्ने आवाज

निर्वाचन आयोग सरकारको कठपुतली बन्यो : नारायणकाजी श्रेष्ठ
छुवाछुतको विषय, समस्या र समाधान
यादव समूहलाई अधिवक्ताहरूको सुझाव : आयोगमा आधिकारिकता दाबी गर्नुस्
निर्वाचन आयोगले तटस्थ भूमिका निर्वाह गर्न नसकेको जसपाको निष्कर्ष एक पक्षीय हित अनुरूप गरिएको निर्णय मान्य नहुने ठहर
जसपाको यादव समूहले बिहीबार बोलायो कार्यकारिणी समिति बैठक



जी–सेभेन देशले चीनलाई चौतर्फी घेरे, चीनले दियो यस्तो चेतावनी शिनजियांगमा विगर मुसलमानको मानवाधिकार हननको विषयमा जी–सेभेनका नेताले चीनमाथि व्यापक हमला गरेका छन् । हङ्गकङका लागि थप स्वायत्तताको माग गरियो । यसका लागि हङ्गकङमाथि बेलायत र चीनको साझा घोषणापत्रलाई उद्धृत गरियो । ....... कुरा यतिमा मात्रै रोकिएन । चीनमा कोरोनाभाइरसको उत्पत्तिको जरैदेखि अनुसन्धान हुनुपर्ने माग गरिएको छ । यस्तो लाग्यो जस्तो कि जी–सेभेनका नेता चीनविरुद्ध एकजुटता देखाउन खोजिरहेका छन् । ......

चीनले जी–सेभेन देशका नेतालाई चेतावनी दिँदै भन्यो, ‘एक मुठ्ठी ‘साना’ मुलुकले संसारको भाग्यको निर्णय गर्ने दिन उहिल्यै बितिसक्यो ।’

......... ‘चीनमा यस्ता तानाशाही छन् जो बहुआयामिक शासन व्यवस्थामा विश्वास राख्दैनन् । लोकतान्त्रिक देशको दुनियाँको विषयमा जुन दृष्टिकोण छ, चीनले यसमा मतलब राख्दैन ।’


छुवाछुतको विषय, समस्या र समाधान मानव समुदाय चिन्तन र वैचारिक तबरले व्यापक क्षितिजमा प्रवेश गर्दा हाम्रो समाज अद्यावधि छुवाछुत जस्तो मानव कलंकको शिकार बनिरहनु पर्ने अत्यन्तै गम्भीर विषयले मर्माहत तुल्याइरहेको छ । तसर्थ यहाँ यो विभेदको समूल अन्त्यका लागि समस्या केलाउने र समाधानोन्मुख केही उपाय उजागर गर्ने कार्य गरिएको छ । ...........

यो समस्या जातीय, धार्मिक विल्कुलै होइन

....... शास्त्रले ''चातुर्वर्ण्यं मया सृष्टं गुणकर्मविभागशः।'' आदि व्याख्या गरेको छ । यसले ब्राम्हण, क्षेत्री, वैश्य र शुद्रको विषयमा गुण, प्रकृति (स्वभाव) र कर्मलाई आधार मानी व्याख्या गरिएको छ । ब्राह्मणोऽस्य मुखमासीद्बाहू राजन्यः कृतः । ......... ऊरू तदस्य यद्वैश्यः पद्भ्यां शूद्रोऽजायतः ॥ यो हामीले कुन अंगलाई प्राथमिकतामा राखेर काम गर्छौं हाम्रो सामाजिक जन्म त्यहीँबाट हुन्छ । जस्तो कि मुखको बढी प्रयोग गरी ब्रह्म तत्वलाई जानेर सो सम्बन्धि ज्ञान दिने र मुखलाई नै आधार बनाएर आफ्नो सामाजिक पहिचान दिने कार्य गर्ने ब्राह्मण हो । क्षेत्रको अर्थ हात, शरीर र जमिन भन्ने हुन्छ, सैन्य संगठनको माध्यमद्वारा जनता र स्वदेशी भूमिको रक्षा गर्न हतियार चलाउन हात प्रयोग गर्ने शासकलाई क्षेत्री भनिन्छ । शरीरको अंग मध्ये पेट भनेको संकलन गर्ने स्थान हो, संकलन उद्यमशीलता, पेसा र व्यवसायले हुन्छ तसर्थ उन्नति र भरणपोषणमा लाग्ने जनलाई वैश्य भनिन्छ । सेवाका लागि पाउको बढी प्रयोग गरी आफ्नो सामाजिक परिचय दिने शुद्र हुन्छ । ........

यहाँ कर्म र शरीरको अंगको समुचित प्रयोगको आधारमा उसको जैविक जन्म होइन कि सामाजिक जन्मको कुरा स्पष्ट उल्लेख गरिएको छ ।

........ ऊरू तदस्य यद्वैश्यः पद्भ्यां शूद्रोऽजायतः ॥ यो हामीले कुन अंगलाई प्राथमिकतामा राखेर काम गर्छौं हाम्रो सामाजिक जन्म त्यहीँबाट हुन्छ । जस्तो कि मुखको बढी प्रयोग गरी ब्रह्म तत्वलाई जानेर सो सम्बन्धि ज्ञान दिने र मुखलाई नै आधार बनाएर आफ्नो सामाजिक पहिचान दिने कार्य गर्ने ब्राह्मण हो । क्षेत्रको अर्थ हात, शरीर र जमिन भन्ने हुन्छ, सैन्य संगठनको माध्यमद्वारा जनता र स्वदेशी भूमिको रक्षा गर्न हतियार चलाउन हात प्रयोग गर्ने शासकलाई क्षेत्री भनिन्छ । शरीरको अंग मध्ये पेट भनेको संकलन गर्ने स्थान हो, संकलन उद्यमशीलता, पेसा र व्यवसायले हुन्छ तसर्थ उन्नति र भरणपोषणमा लाग्ने जनलाई वैश्य भनिन्छ । सेवाका लागि पाउको बढी प्रयोग गरी आफ्नो सामाजिक परिचय दिने शुद्र हुन्छ । ......

मनुस्मृति कुनै धर्म शास्त्र होइन यो मनु (तत्कालीन शासक) ले चलाएको विधान याने कि नियम हो, त्यो बेलाको समाजको नियन्त्रण गर्न बनाइएको एक कानून हो

.......... यो समस्या जातीय, शास्त्रीय या धार्मिक विल्कुलै होइन । .........

यो असमानता र विभेद रहिरहनु भनेको राज्यमा एकत्व भाव नरहनु हो । राज्य भित्रको एकताको कमी भनेको राज्यको गति कमी हुनु हो, जसले गर्दा राज्यको सबै आयाममा प्रभावशाली उपस्थिति हुन सक्दैन ।

........... अवस्थाको आंकलन नगरी निरन्तर रूपमा एउटा समुदायमा विभिन्न तबरले अपहेलना गरिरहनु एवम् सामाजिक मेलमा खलल पुर्याईरहनु घोर सामाजिक समस्या हो । ......... शहरमा भन्दा गाउँमा यो समस्या बढी छ किनकि त्यहाँ विपन्नता छ ....... दलित शब्द भारतबाट आयातीत शब्द हो, नेपाली मौलिक शब्द होइन । सन् १८३१ मा पहिलो पटक यो शब्दको प्रयोग भएको पाइन्छ । त्यसमा पनि इस्ट इण्डिया कम्पनीका अधिकारी जेजे मोल्स्वर्थले यसलाई उनीहरूको तर्फबाट बढी प्रयोगमा ल्याएको पाइन्छ । जसमा उनीहरूले विभेदलाई दर्शाएर भारत कमजोर बनाई कब्जा गर्न चाहन्थे । ................. नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्दा भारतको वनारसबाट ऐखजंग वि.क.लाई ल्याएर गोर्खाली सेनालाई तालिम दिएका थिए, त्यस्तैगरी बिषे नगर्ची, धार्ने कामी, काले सार्की, मणिराम गाइने आदिलाई आह्वान गरी अभियानमा महत्वपूर्ण भूमिका प्रदान गरेकै थिए । ........

राणाकालीन पहिलो शासक जंगबहादुर राणा अत्यन्तै नकारात्मक र विभेदकारी भूमिकामा देखिन्छन् ‌। उनको मुलुकी ऐन १९१० ले समाजलाई घोर अन्याय, विभाजन र अनेकतामा लैजाने कार्य गर्यो, जसको फलस्वरूप यो छुवाछुतजन्य कुकृत्यले अझै संस्थागत मान्यता पायो ।

........

लोकतान्त्रिक गणतन्त्र घोषणा पछि उपेक्षित समुदायको सहभागितामूलक उपस्थितिका लागि आशालाग्दो परिवर्तन भएको छ ।

........ आकृतिर्जातिलिंगाख्या...आदि भनेर व्याख्या गरेको छ, यसको अर्थ कुनै पनि एक जाती दोश्रोमा परिणत हुँदैन,

जाती/ जातीको बिचमा लिङ्ग फरक हुन्छ, प्रजनन हुँदैन भन्ने हो । यसको मतलब मानव जाती छ भने मानव नै हुन्छ ।

......... वर्ण भनेको कर्म हो .......... कर्म व्यक्तिको परिचय हो र कर्म नै वर्ण हो जसरी गीताले व्याख्या गरेको छ ''चातुर्वर्ण्यं मया सृष्टं गुणकर्मविभागशः'' ....... शुद्र भन्ने र अछुत भन्ने फरक हो । शुद्र गुण, स्वभाव र कर्म हो जसको अर्थ सेवामूलक कार्य (राष्ट्र, समाज या मानव सेवा) भन्ने हुन्छ भने अछुत चाहीँ प्रभुत्ववादी, सामन्तवादी र अहंकारवादी कृत्रिम मानसिकता हो यो सँग कुनै पनि शास्त्रको कुनै पनि सम्बन्ध छैन । यो केबल आफ्नो प्रभुत्व कायम राख्न एउटा वर्गले बनाएको कु-व्यवस्था हो ।

शास्त्रले अछुत भन्ने शब्द जान्दैन शुद्र जान्दछ, त्यो पनि जन्म होइन कर्मको आधारमा ।

........ पूर्वीय वैदिक दर्शनमा शिल्प विद्याको सम्मान छ भन्ने प्रष्ट हुन्छ । ........ कृत्रिम रूपमा सिर्जना गरिएको जातिभेद बिधिवादी (जडतामा विश्वास गर्ने) कथित धर्माचार्य र तत्कालिन शासक वर्गको एक किसिमको अज्ञानता, अहंकारिता र कु-संस्कारको परिणति हो ............ ऐतेरेय दास थिए उनको विद्वता र क्षमताले ब्राह्मण (ऋषि) पदमा गए, वेश्यापुत्र वशिष्ठ ऋषि, माझीका नाति सत्यवती पुत्र वेदव्यास वेद, उपनिषद्, पुराणका रचनाकार ब्रह्मज्ञानी ऋषि भए, तत्कालिन शासक (राजा) गाधीका पुत्र विश्वामित्र ब्राह्मण भए, अठार पुराणका प्रस्तोता सुत पौराणिक जन्मले तल्लो वर्गमा जन्मिए पनि ऋषि पदवीले विभूषित छन्, जसको हरेक पुराणमा विशेष गाथा गाइएको छ । दासी पुत्र विदुरजीको महाभारतमा उच्च स्थानदेखि लिएर भगवान श्रीरामले सवरीको जुठो बयर खाएको विषय समेतले वैदिक शास्त्रमा जन्मको आधारमा कथित तल्लो/उपल्लो जात र छुवाछुत विल्कुलै थिएन, वैदिक आधारले यसलाई नकार्छ भन्ने कुरा सु-स्पस्ट छ । ............ ''शुद्रस्य संनति: शौचं सेवा स्वामिन्यमायया ।'' यसको अर्थ शुद्र भनेको जन्म होइन, कर्म हो त्यो पनि सेवा हो, सेवा गर्ने व्यक्ति या समूह शुद्र हो, जस्तो कि राष्ट्र-सेवक, समाजसेवी, परोपकार गरी सेवा गर्ने यी सबै शुद्र हुन् । ......

हामी ज्ञानका लागि सबै ब्राह्मण, त्यस्तै सुशासन , सुव्यवस्था, स्थिरताका सन्दर्भमा क्षेत्री, उद्यमशीलता, सांसारिक प्रगतिका लागि वैश्य र सीप, कला, शील्प विद्या र सेवाका लागि शुद्र बन्न जरूरी छ ।

.......... जसले जातिभेद मान्दछ उसले अर्काको अस्तित्व किमार्थ स्वीकार गर्दैन, जडवादी हुन्छ । विश्वव्यापी धेरै घटना परिघटनाले पुष्टि गरिसकेको छ कि जातिभेदलाई प्रश्रय दिन चाहने व्यक्ति वा समूहले कालान्तरमा कुनै मानवीय दुर्घटना निम्त्याएको छर्लंग छ । जसले जातिभेदलाई मान्दैन त्यो कथित जडताले भरिएको विधिवादबाट माथि उठेको र उसको क्षितिज व्यापक हुन्छ । उसको नजर शारीरिक बनौट, रंग, आर्थिक अवस्था, भाषा, भेषभूषा र मानव निर्मित यी एवं यस्तै पर्खाल भन्दा ऊ धेरै माथि उठेर मानवतावादी चिन्तन गरेको हुन्छ । त्यस्तो व्यक्तिमा अनुशासन, प्रेम, सौम्यता, शालीनता बढी नै हुन्छ, जसले व्यक्ति सबै खालको रुढीवादलाई प्रश्रय दिने अन्धताबाट निकै माथि उठेको पाइन्छ ‌। हामीले त्यही मानवताले ओतप्रोत तथा सह-अस्तित्वको भावनाले परिपूर्ण समाज निर्माण गर्ने लक्ष्य लिएका छौं । .............. हाम्रो वैदिक दर्शनले ''वसुधैव कुटुम्बकम्'' (संसारभरिका मनुष्य सबै नातागोता हौं), "संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम् | देवा भागं यथा पूर्वे सञ्जानाना उपासते ||'' (सँगै हिंडौ, सँगै बोलौं, हामी सबै एक मनको हुन सकौं), सर्वे भवन्तु सुखिन: सर्वे भवन्तु सुखिनः सर्वे संतु निरामया (सबै सुखी हुन्, निरोगी बनुन) आदि विषयलाई व्यापक प्रश्रय दिएको छ भने जसको मर्म र भावनालाई सम्बोधन गर्ने समाज निर्माण गर्नु आजको मूलभूत आवश्यकता हो । यसका अलावा कुनै पनि विभेदीकरणको व्याबहारिक रूपमा समूल अन्त्य भएको समाज बनाउनु हामी सबैको साझा लक्ष एवं दायित्व हो । ............ यो समस्याको समाधान योजना प्रताडित एवं उपेक्षित वर्गमा नपुर्याईकन या पुग्नै नदिएर ठूला ठूला तारे होटल या विदेशमा सभा सेमिनार गरी निरन्तर यसबाट लाभ उठाईरहेका समूह पनि यसको निर्मूलीकरण नहोस भन्ने चाहन्छ, किनकि समस्याको समाधान हुँदा यसलाई भजाएर खाने बाटो बन्द हुन्छ त्यसैले समस्या बल्झिरहोस र समस्या देखाइरहन पाइयोस जसले गर्दा आफ्नो दैनन्दिन राम्रो चालोस भन्ने चाहन्छ । ..........

नेपालमा दलित (शिल्पी समुदाय) का नाममा झन्डै छ हजार संघ/संस्था खुलेका छन् तर धेरै कम याने कि नगण्य संस्थागत प्रतिनिधी मात्र टोल बस्तीमा पुगेको पाइन्छ, किनकि उनीहरूको चिन्तन समाधानोन्मुख छैन, त्यसलाई देखाएर गैरसरकारी संस्थाको नाउँमा जीवनचर्या चलाउनु छ ।

.......... 'भैंसी देख्दा जोगी तर्सने, जोगी देख्दा भैंसी तर्सने' ........ जसरी खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएर कार्यान्वयन भएको छ त्यसैगरी 'छुवाछुत मुक्त क्षेत्र' घोषणा गरी सामाजिक सद्भावलाई कायम राख्दै भेदभावको निर्मूलीकरणतर्फ अगाडि बढाउने ।




Sunday, August 16, 2015

जबरजस्ती धर्म परिवर्तन गर्ने तरिका के हो?

स्वेच्छा ले पनि धर्म परिवर्तन गर्न नपाउने भन्ने सोंच छ। जुन कि मानव अधिकार को सिद्धांत सँग मिल्ने कुरा होइन। मानव अधिकार को सिद्धांत अनुसार जुन सुकै धर्म मानने बाबु आमा को घर मा जन्मे पनि व्यक्ति ले आफु ख़ुशी को धर्म मानन पाऊँछ र त्यो उसको प्राइवेट कुरा हो। त्यो राज्य (state) को चासो को विषय नै होइन। राज्य (state) को चासो को विषय होइन, अरु नागरिक हरु को चासो को विषय होइन। उसको मानव अधिकार। नितान्त व्यक्तिगत कुरा। बिहे जस्तो।

भने पछि धर्म परिवर्तन बारे तांडव नृत्य किन हुँदैछ? के नेपाल मा धर्म परिवर्तन जबरजस्ती हुने गरेको छ? मान्छे हरु लाई किडनैप गरेर चर्च, मस्जिद, गुम्बा लाने काम भएको छ? आफूखुशी धर्म परिवर्तन अधिकार को कुरा। त्यसमा छलफल हुँदैन। तर जबरजस्ती धर्म परिवर्तन गर्ने तरिका के हो?

केही गरी कसै लाई किडनैप गरेर चर्च, मस्जिद, गुम्बा लाने काम भएको छ भने त्यस पछि ती मान्छे चर्च, मस्जिद, गुम्बा बाहिर फर्केर आउन दिएको छ कि छैन? छैन भने पुलिस ले रेड गर्नु पर्यो। मान्छे त किडनैप गर्न पाइँदैन। किडनैप गर्ने लाई १०-२० वर्ष जेल चलान हुन्छ। होइन, किडनैप गरेर चर्च, मस्जिद, गुम्बा लगिएको मान्छे बाहिर आएको छ भने उ आफै हिँडेर पुलिस चौकी जानु पर्यो। म अहिले त स्वतंत्र छु तर मलाई दुई घंटा अगाडि किडनैप गरिएको थियो भनेर उजुरी दिनु पर्यो।

अनि किडनैप गरेर चर्च, मस्जिद, गुम्बा लगिएको मान्छे त्यस पछि फेरि फर्केर चर्च, मस्जिद, गुम्बा जाँदैन होला। बलात्कार को शिकार केटी फर्केर बलात्कारी को मा तिमी त मेरो प्रेमी भन्न जान्छे?

नेपालमा जबरजस्ती धर्म परिवर्तन गर्ने काम भएको छ भनेर हल्ला फैलाउने हरु गलत बोल्दैछन्। आफ्नो इच्छा लागेको धर्म मान्नु प्रत्येक नेपाली नागरिक को अधिकार को कुरो। र प्राइवेट कुरो। त्यो धर्म हिन्दु धर्म नहुन पनि सक्छ। आफ्नो इच्छा लागेको धर्म मानेको व्यक्ति लाई कसैले हरयास (harass) गर्ने काम गर्छ भने बरु त्यस्ता लाई पुलिस ले समात्नु पर्छ।किडनैप गर्नु किन अपराध हो भने मान्छे को हिडडुल गर्ने स्वतंत्रता छ, त्यो हनन गर्न पाइँदैन। त्यस्तै मान्छे को आफ्नो इच्छा लागेको धर्म मानने कुरा डिस्टर्ब गर्ने क्रियाकलाप गर्ने हरु ले पनि एक किसिम ले किडनैप नै गरेका हुन। त्यस्ता लाई कानुन लाग्नु पर्छ।

बनाउ हिन्दु धर्म लाई आकर्षक। जातपात खतम पार। अनि गैर हिन्दु स्वेच्छा ले हिन्दु बन्छ। त्यो गर्नु छैन। खाली अरु लाई दुक्ख दिने काम।

कमल थापा यसमा किन लागेको भने उ मानव अधिकार मा विश्वास गर्ने मान्छे नै होइन।

Dalit Liberation का उपाय
धर्म निरपेक्षता र मानव अधिकार
केपी ओली र धर्म निरपेक्षता
राज्य (state) को आफ्नो धर्म हुँदैन भनेको
धर्म परिवर्तन गर्न पाउनु मानव अधिकार हो
भारत बाट आउने भाड़ा मा उपलब्ध बाबा जी हरु


Saturday, August 08, 2015

अम्बेडकर को निष्कर्ष

आफ्नो जीवन को उत्तरार्ध मा आएर अम्बेडकर ले भने, "मैले जीवन भर हिन्दु धर्म भित्र दलित को उत्थान को बाटो खोजें। गलत ठाउँ मा खोजें। दलित को उत्थान धर्म परिवर्तन मा छ। " तिनी आफैले हिन्दु धर्म छाड़े, बौद्ध धर्म अपनाए। त्यो दलित लाई स्पष्ट सन्देश हो। गांधी भन्दा अम्बेडकर महान भन्ने हरु टन्न छन।

सीके राउत को अडान अम्बेडकर संग मिल्छ। मधेसी को उत्थान नेपाल भित्र संभव नै छैन भन्ने न हो सीके को अडान?

सीके राउत लाई गैर कानुनी र गैर संवैधानिक किसिम ले हाउस अरेस्ट मा राखिएको छ। त्यस बारे सारा देश मौन छ। त्यसलाई rule of law, अथवा लोकतंत्र र मानव अधिकार को मुद्दा नमान्ने हरु ले लोकतंत्र र मानव अधिकार नमानेको नबुझेको भन्ने स्पष्ट छ। नेपाल अहिले फ़ासिस्ट प्रतिक्रांतिकारी हरुको पकड़ मा छ। तिनले खस समुदाय को प्रतिनिधित्व गर्छ भन्नु खस समुदाय एउटा फ़ासिस्ट प्रतिक्रांतिकारी समुदाय हो भन्नु हो।


First they came for the Socialists, and I did not speak out— Because I was not a Socialist. Then they came for the Trade Unionists, and I did not speak out— Because I was not a Trade Unionist. Then they came for the Jews, and I did not speak out— Because I was not a Jew. Then they came for me—and there was no one left to speak for me.

Monday, August 03, 2015

राजेश हमाल को नौटंकी

डोमलाई इनार छुन नदिन जब पुरै गाउँ उल्टियो
नेपाली सिने जगतका महानायक भनेर चिनिने राजेश हमालको साथ लागेर जब २१ वर्षका दीपक मलिक (डोम) बाल्टी बोकेर खानेपानी भर्न इनार तिर लागे गाउँभरीका पुरै महिलाहरुले मानव ढालको रूपमा इनारलाई घेरा हालेर वरीपरीबाट घेरे। बलिया पाखुरा भएका पुरूषहरू ती महिलाहरूका अगाडि आए र गाउँका अलि ठालु भनिनेहरु विवाद गर्न अग्रमोर्चामा उभिए। राजेश हमाल र दिपक मलिकले आवाक् भएर त्यो भीडलाई हेरीरहे। दीपक मलिकको लागि त्यो दृष्य नौलो थिएन। तर, हमालले भने जीवनमै पहिलो पटक यस्तो दृष्य देख्दै थिए। सिनेमामा यस्ता समाज विरोधी दर्जनौं खलनायकहरुलाई राम धुलाई गरेर पीडितलाई न्याय दिलाउने क्रान्तिकारी योद्धाको अभिनय गर्ने हमाल भावहिन मुद्रामा त्यो भीडलाई नियालीरहेका थिए।
नेपाली हुनुमा ‘लज्जा’ महसुस गर्दै राजेश हमाल
जीवनमा पहिलो पटक नेपाली हुनुमा लज्जास्पद महसुस भयोः राजेश हमाल
डिआईजी जोशी भन्छन्, ‘हुँदै नभएको घटनामा म कसरी बोलुँ?’
इनारबाट पानी ल्याउन नपाउँदा दीपकको परिवार आइतबार राति भोकै बस्यो। बालबालिका पनि भोकै बसे। पानी थाप्न जान खोजेको निहुँमा दीपककी आमा प्रमिला मलिकमाथि आइतबार हातपात र आक्रमण भयो। आफूमाथि आक्रमणको प्रयास भएको बताए। थप आक्रमण हुनसक्ने बुझेर दीपक घरबाहिरै बसे। .... दीपक मलिकको घरछेऊ क्षेत्री र जनजाति समुदाय छन्। उनीहरूले वर्षौंदेखि डोमहरूमाथि पानीको निहुँमा दुर्व्यवहार गर्दै आएका छन्। गत १६ गते महानायक राजेश हमाल पुग्दा गैरदलित खनिएका थिए, त्यतिबेला पनि प्रहरीले चासो दिएको थिएन।
Open Letter To Rajesh Hamal










मधेस मा, समस्त नेपालमा, भारत मा, हिन्दु समाज मा दलित को दयनीय स्थिति अमानवीय छ। नायक राजेश हमाल ले जे गर्नु भो, त्यो सानो gesture एउटा सराहनीय र साहसिक कदम हो। समसामयिक हो।

तर यसको एउटा अर्को पक्ष पनि छ।

राजेश हमाल ले जस्ता मानिस को घरमा खाजा खानु भो त्यस्ता मधेसमा ४३ लाख मधेसी छन जसलाई नागरिकता पत्र बाट वंचित गरिएको छ, जो भूमिहीन छन, जसलाई केही वर्ष अगाडि घोक्रे ठयाक लगाएर मतदाता नामावली बाट फालियो।

त्यस गाउँ मा रहेको छुआछुत को चलन गलत हो, तर त्यो micro reality हो। Macro reality त्यो हो जसले ४३ लाख मधेसी लाई stateless बनाएको छ।

शोषित समाज भित्र आतंरिक कलह बढ़ी हुन्छ। भाइ भाइ बीच झगड़ा हुन्छ। शोषित समाज भित्र domestic violence झन बढ़ी हुन्छ।

भूमिहीन, नागरिकता पत्र बाट वञ्चित, मताधिकार नभएको व्यक्ति र परिवार लाई मलेशिया कतार जाने बाटो पनि हुँदैन। अघोषित कमैया भएर जिंदगी गुजार्नु पर्ने हुन्छ।

मधेस को बुहारी लाई आजीवन दोस्रो दर्जाको नागरिक बनाएर राख्ने काठमाण्डु को शासक ले अनि तिम्रो समाज मा त महिला लाई राम्रो व्यवहार भएन भनेर लेक्चर गर्ने त्यही शासक वर्ग ले।

समाजमा विकृति देख्दा हामीले त्यसको स्रोत पनि खोतल्दै जानुपर्छ र विकृति को जरा नै उखेल्ने साहस गर्नु पर्दछ।

नेपाल सरकारले विगत ५० वर्ष मा मधेस मा पहाड़ बाट मान्छे ल्याउँदै ५० लाख लाई जग्गा दिने काम गर्यो होला। तर त्यस मा राजेश हमाल ले घर मा खाजा खाएको मान्छे  एउटा पनि परेन। अब दोस्रो कदम राजेश हमाल ले यी दलित लाई भूमिहीन, नागरिकता पत्र बाट वञ्चित, मताधिकार नभएको व्यक्ति बनाई राख्ने शासक हरु को घरमा पनि खाजा खानु पर्ने भो।

राजेश हमाल जी ले जे गर्नु भो त्यसको म सराहना गर्दछु। मैले भन्न खोजेको त्यो तर पहिलो कदम मात्र हो। कृपया दोस्रो कदम पनि चाल्नुस् भनेको। संविधान सभा भित्र ४० दलित एक ठाउँ मा आएका छन। तिनी सँग ऐक्यबद्धता देखाउनुस्। ४३ लाख मधेसी लाई नागरिकता पत्र वितरण को कुरामा एक लवज बोल्नुस्। त्यति मात्र भनेको।