Monday, August 10, 2015

भारत बाट आउने भाड़ा मा उपलब्ध बाबा जी हरु

भारत यति विशाल देश हो। त्यहाँ भाड़ा मा उपलब्ध बाबा जी हरु यति धेरै छन कि त्यति झापा को जनसंख्या पनि छैन। कुम्भ मेला को फोटो इंटरनेट मा गएर हेरे हुन्छ। दही चिउरा ख्वाउँछु भन्यो भने बाहुन हरुको लाइन लाग्दैन?

नेपालका जनजाति ले हेक्का राख्नु पर्ने कुरा के मात्र हो भने नेपालमा धर्म निरपेक्षता विरुद्ध अडान न मोदी को हो, न बीजेपी को हो, न भारत देश को हो। आधिकारिक अडान। हुनै सक्दैन। भारत खुद धर्म निरपेक्ष हो।

तर भारत मा वाक स्वतंत्रता छ। आफूखुशी बोल्न पाउने अधिकार छ। नेपालमा गरमा गरमी बहस भैराखेको अवस्था मा बोल्ने ले बोल्छन्। काग कराउँदै गर्छ पीना सुकदै गर्छ। गरमा गरमी बहस हुनु वाक स्वतंत्रता को कुम्भ मेला जस्तो। हिन्दु राष्ट्र को पक्ष मा वकालत गर्ने हरु ले वाक स्वतंत्रता को मुद्दा लाई बलियो बनाएका छन। आत्तिनु पर्दैन। भारत मा पशुपति छैन। त्यस्तै भारत मा यो debate नै छैन। अनि कहाँ जाने? जानकी माता को दर्शन गर्न कहाँ जाने? कुम्भ मेला १२ वर्ष मा एक चोटि हुन्छ। भारत मा संविधान सभा आयो गयो सकियो, ६५-७० वर्ष अगाडि ,फर्केर आउँदैन।

एक दुई जना भाड़ा का बाबा जी ले बोल्दै मा २०१७ को त्रास अनुभव गर्नु तर्कसंगत होइन। ती बाबाजी हरु नेपालमा कमल थापा जति irrelevant हो ती भारत भित्र त्यों भन्दा १०० गुणा बढ़ी irrelevant हुन। सारा भारत को धर्म हिन्दु धर्म होइन तर समस्त भारत को धर्म लोकतंत्र हो। र लोकतंत्र by definition धर्म निरपेक्ष हुन्छ।

बीजेपी ले एक चोटि वक्तव्य नै निकालेको। कुन चाहिँ एक जना बीजेपी नेता ले नेपाल आएर हिन्दु राष्ट्र हिन्दु राष्ट्र भन्दिएछ। अनि बीजेपी ले वक्तव्य नै निकालेर त्यो हाम्रो पार्टी को आधिकारिक अडान होइन भनेर भनेको। पटक पटक वक्तव्य निकाल्ने कुरा आउँदैन। त्यो बुझुनुपर्छ। तर मोदी अथवा बीजेपी अथवा भारत सरकार ले कसै को वाक स्वतंत्रता खोस्ने कुरा आउँदैन।

भारत बाट आउने भाड़ा मा उपलब्ध बाबा जी हरु ---- आए राम गए राम हरु हुन।

धर्म निरपेक्ष नेपाल ले गर्ने आर्थिक क्रांति ले नेपालका हिन्दु लाई समृद्ध बनाउने काम गर्छ। The Hindu community in Nepal will reach new heights in a secular Nepal. नेपाल लाई आधुनिक युग मा प्रवेश गर्नु छ भने संविधान धर्म निरपेक्ष मात्र हुन सक्छ। महिला अधिकार का लागि महिला मात्र बोल्ने नेपाल आधुनिक नेपाल होइन।

धार्मिक आस्था का भौतिक पक्ष पनि हुन्छन्। जस्तो आगोमा हाल्ने घीउ। दशैं मा उडाउने चंगा। धर्म निरपेक्ष नेपाल ले गर्ने आर्थिक क्रांति ले नेपालका हिन्दु लाई समृद्ध बनाउने काम गर्दा नेपाल का हिन्दु को भौतिक सामर्थ्य बढ़ेर जान्छ। हिन्दु राष्ट्र घोषणा गरिने नेपाल मा आर्थिक क्रांति संभव हुँदैन।

बाबा जी पनि बिभिन्न किसिम का हुन्छन्। ढोंगी पनि हुन्छन्। पैसा माँ बिकने हरु ढोंगी। बसुधैव कुटुम्बकम मानने सर्व धर्म सुखाय मानने सच्चा हिन्दु। हिन्दु मा धर्मात्मा पनि छन, पापी पनि छन। कमल थापा पापी पर्यो। के गर्ने? नरक जाने मान्छे उ।

बरु नेपाल ले राउटे चेपांग का लागि विशेष क्षेत्र हरु बनाएर भारत लाई बाटो देखाउने। त्यहाँ tribal भनिदिने चलन छ। त्यो शब्द आफैमा गलत हो। राउटे चेपांग हरु primitive असभ्य होइनन् भन्ने कुरा को प्रमाण Global Warming र Climate Change हो। बरु बामे cannibal हो। एक व्यक्ति एक मतले नछुने लाई विशेष क्षेत्र सहित को संघीयता चाहिने हुन्छ। त्यो भनेको बड़ो कोमल संघीयता। Coral Reef पनि त कोमल हो, delicate हो। तर पृथ्वी को वातावरण संतुलन मा राखेको हुन्छ। Coral Reef गायब हुनु भनेको Homo Sapiens पुरा species गायब हुनु।

नेपालको सांस्कृतिक विविधता लाई समस्या देख्ने काँग्रेस एमाले का बाहुन यदि बाहुन समुदाय का प्रतिनिधि हुन भने मलाई त्यस समुदाय को value system प्रति नै शंका छ।

बरु भारत सँग प्रतिस्प्रधा गर्ने ठाउँ छ। भारतमा हिन्दु र मुसलमान बीच per capita income parity छैन, हुनुपर्ने तर छैन। नेपालमा हिन्दु, मुसलमान, बुद्धिस्ट बीच per capita income parity ल्याउन सकिन्छ?




No comments: