Sunday, August 23, 2015

In The News (33)



घैंटेको विषय लिएर गगन थापा पुगे मानव अधिकार आयोग
पद्मरत्न दाइलाई खुलापत्र : किन सुनिँदैन नेवार स्वायत्त प्रदेशको माग?
मधेश बन्द भएको पनि नौ नौ दिन भइसक्यो । ... मागलाई सम्बोधन गर्ने कुनै उपक्रम गरेको छैन । बरु उल्टै तिनलाई थप चिढाउने गरी पर्साको ठोरी गाविस पनि खोसियो, सात प्रदेश बनाउने नाममा । ...... मधेशमा प्रश्न उठेको छ, कहाँ गए मगरातको मुक्तिको संघर्ष ? किन सुनिँदैन नेवार स्वायत्त प्रदेशको माग ? कता पुग्यो ताम्सालिङ राज्यको बुलन्द आवाज ? खोई किन हो, दाइले नेतृत्व गरेको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन पनि अहिले मौनजस्तै छ । यहाँको अगुवाइमा रहेको राष्ट्रिय आन्दोलन बृहत उत्पीडित मोर्चामार्फत झन् सशक्त हुनुपर्ने हैन र ? ......

इतिहास साक्षी छ, नेपालका कुनै पनि लोकतान्त्रिक र अधिकारका लडाइँ काठमाडौंका रैथाने आदिवासी नेवार सडकमा नओर्लेसम्म सफल भएका छैनन् । तर अहिले आफ्नै पहिचान र हकको आवाज उठाउन काठमाडौंका नेवार किन अग्रसर नभएको ? वर्चस्ववादी खस आर्यवादी सत्ताले काठमाडौंकै रैथाने आदिवासीका भाषा, संस्कृति र भौगोलिक पहिचानलाई तिरस्कार गर्र्दै छलकारी संघीय खाका ल्याउँदासम्म पनि नेवार समुदाय किन आन्दोलित नभएको ?

जिल्लाहरुमा प्रदेश सरकारको नाम लेख्न सुरु
विभिन्न जिल्लाहरुमा बन्दकर्ता र प्रदर्शनकारीहरुले आफूले चाहेको स्वायत्त प्रदेशको घोषणा गर्दै सरकारी कार्यालय आफ्नो नियन्त्रणमा लिएका छन् । ......

पूर्वमा झापा, सुनसरीदेखि पश्चिमको कैलाली कञ्चनपुरसम्म ‘मधेश प्रदेशमा तपाईलाई स्वागत छ, थरुहट प्रदेशमा तपाईलाई स्वागत छ’ जस्ता नारा लेखिएका बोर्डहरु झुन्ड्याइएका छन् ।

..... यसअघि कर्णाली क्षेत्रमा पनि स्वायत्त कर्णाली सरकार लेखिएको बोर्ड सरकारी कार्यालयहरुमा झुन्ड्याइएको थियो ।
शेर्पा समुदायको गुनासो ‘विश्वले पत्याए, आफ्नो मुलुकमा पत्याएनन्’

शेर्पाहरु आफ्नो भाषिक अधिकार खोज्दै सडकमा उर्लेको यो पहिलो घटना हो ।

..... धर्म निरपेक्षता, शेर्पा स्वायत्त प्रदेश, भाषिक तथा साँस्कृतीक अधिकार, राज्यमा समानुपातिक प्रतिनिधित्वको माग गर्दै शेर्पाहरु सडकमा उर्ले । ...... एकल भाषा, एकल धर्मको वर्चस्व कायम गराएर राज्यले अन्य भाषा, धर्म र साँस्कृतीलाई निमिट्यान्न पार्न खोजेकाले त्यसको प्रतिवादमा शेर्पा समुदाय उठेको संस्कृतीका जानकार ल्हाक्पा शेर्पा बताउँछन् । आफ्नो मौलिक पहिचानलाई अरुले समाप्त पार्न खोजिरहेको अवस्थामा आदिवासी समुदाय चुप लागेर वस्नु उचित नहुने निष्कर्षमा पुगकै कारण शेर्पाहरु सडकमा उर्लेको उनको बुझाई छ । आम आदिवासीको परम्परागत मान्यतालाई स्थापित हुन नदिने र उनीहरुको लिपी, संस्कार र अन्ततः भाषालाई नासेर जातिको अस्तित्व नै समाप्त पार्ने खेलमा राज्य अघि बढेकाले त्यसको प्रतिवादमा आदिवासी शेर्पा समुदाय उठेको संस्कृती सम्वन्धी चासो राख्ने जुद्ध ढाक्रे बताउँछन् । उनी भन्छन ‘राज्यले आदिवासीको पहिचान नै समाप्त गर्ने गरी खेल शुरु गरे । मस्यौदा संविधान त्यसको उदाहारणको रुपमा लिन सकिन्छ ।’ राज्यको दमनकारी नीतिले सिमा नाघ्नै लाग्दा आदिवासी शेर्पा समुदाय आन्दोलनमा उत्रिएको र सहि–सहि समयमा सहि काम भएको ढाक्रेको बुझाई छ । ......

‘शेर्पा समुदायले आफ्नो भाषिक अधिकार खोजेका छन् । अन्तर्राष्ट्रिय अभिसन्धीहरुले त्यसको व्यवस्था गरेको छ ।’

...... ‘सन्धीमा हस्ताक्षर गर्ने तर सन्धीसँग बाझिएको कानूनलाई संशोधन नगर्ने ? हाम्रो आन्दोलन यसैका लागि पनि हो ।’ ...... आदिवासी समुदायको जल, जंगल र जमिन माथिको अधिकार खोसिएको छ । शेर्पा समुदायको पहिचान र संस्कृतीको रुपमा रहेको चौंरी पालनका लागि आवश्यक खर्कहरु राज्यले विभिन्न नामदिएर हडपेको अवस्थामा र्याली आयोजना भएको शेर्पाले जनाए । ‘अदिमकाल देखि हामीले प्रयोग गरेको भूमिमाथि हाम्रो अधिकार हुनुपर्छ भन्नु नैपनि साँस्कृतीक अधिकार हो ।’ ..... राष्ट्रको कुनै धर्म नहुने बताउँदै उनीहरुले हुने भए बद्ध राज्य राख्नुपर्ने माग गरे । धर्म निरपेक्षताले सबै धर्मलाई सम्मान गर्ने बताउँदै उनीहरुले कुनैपनि हालतमा ‘हिन्दु एकात्मक धार्मिक राज्य’ स्वीकार्न नसकिने बताए । .......

अन्तरिम संविधानमा व्यवस्था भएको र जनआन्दोलनले टुंगो लगाएको विषयलाई अहिले फेरि वहसको रुपमा ल्याउनु आफैमा लज्जस्पद विषय भएको सभासद् वाङदी शेर्पा बताए ।

...... राष्ट्रिय जनवार गाईको सट्टा गैडा राख्न गरेको प्रस्ताव ..... कुनैपनि पार्टीको चुनाव चिन्हलाई राष्ट्रिय चिन्ह बनाउन नकिने उनको दावी छ । ‘एक भोट भाईलाई एक भोट गाई’लाई भन्ने भ्रमपूर्ण नारा सहित राजनैतिकदल संविधानसभामा आइसकेको अवस्थामा पार्टीको चुनाव चिन्हलाई राष्ट्रिय जनावार कुनैपनि हालतमा स्वीकार्न नसकिने बताए । .......

शेर्पाको नाउबाट प्रदेश हुनुपर्छ

...... कुनैपनि हालतमा अधिकार स्थापित भइ छाड्ने र त्यसो नभए संविधानसभा छोडेर सडकमा आउने समेत उनले चेतावानी दिए । ...... नेपाली कांग्रेसका नेता इन्द्रबहादुर गुरुङले आदिवासी समुदायलाई नेपाली वर्णमालाको ३६ वटा शब्दमध्ये एउटा मात्रै मागेको बताए । अरुसबै राखेर ‘प’ मागेको उनको भनाइ छ । आदिवासीले पहिचान, प्रतिनिधित्व, अधिकार खोजेकाले ..... विश्वमा पहिचान बनाएको शेर्पा समुदायको पहिचानको आधारमा राज्यको नामकरण हुनुपर्ने माग गर्दै गुरुङले पहिचानका पाँच र समथ्र्यका चार आधारमा नै संघीय राज्य हुनुपर्ने भनाइ अघि सारे । ....... पहिचानविनाको संविधान आए त्यसको विरुद्धमा लड्न आफूहरु तयार रहेको शेर्पाहरुले उद्घोष गरे । पहिचान सहितको स्वायत्त राज्य मागको नारा अघि सार्दै उनीहरुले पहिचान स्थापित नभए प्राप्तिको लागि जस्तोसुकै आन्दोलनपनि अघि बढाउने बताए । धार्मिक, साँस्कृतीक अधिकार स्थापित हुनुनै पहिचान स्थापित हुनु भएकाले आफूहरुको र्यालीले साँस्कृतीक अधिकार र पहिचान खोजेको बताए ।

‘पहिचान विना आदिवासीहरु बाँच्न नसक्ने अवस्थामा पुगेको छ ।’

........ पहिचान विनाको संविधान परिकल्पना समेत गर्न नसक्दै ..... पहिचान विनाको संविधान आए त्यसको प्रतिवादमा आदिवासी, मुस्लिम र उपेक्षित वर्गले ‘युद्ध’ गर्ने उनले चेतावानी दिए । ...... वृहत्त साँस्कृतीक र्यालीमा अन्य कार्यक्रममा भन्दा बढी ‘मास’ देखियो नी ? भन्ने प्रश्नमा आयोजक संस्था हिमालयन शेर्पा साँस्कृतीक केन्द्रका अध्यक्ष लाक्पा शेर्पाले भने

‘मुद्दा’ स्पष्ट भएर हो ।

...... पहिचान भन्ने अमूर्त चिजले आदिवासीलाई रुमालिदिएको छ त्यसको सट्टामा भाषिक, धार्मिक, साँस्कृतीक अधिकार भनेर भन्नु चाँही सरल भाषा हो । ......

हामीले आफ्नो नाराहरु स्पष्ट जनताले बुझ्ने गरी उल्लेख गरेकाले मास बटुल्न सजिलो भयो ।

...... ‘शेर्पा प्रदेश विनाको संविधान अस्वीकार्य हुन्छ ।’ ...... पहिलो संविधानसभाले पारित गरेको १४ प्रदेशलाई यथावत शेर्पा प्रदेश भएको संविधान जारी गर्न दवाव दिने उद्देश्यले ...... शेर्पाहरुले विश्वमा आफूहरुले नेपालको नाम चिनाएकोले आफूहरुको नामबाट पनि संघीय राज्यको नामकरण गरी स्वायत्त राज्य दिनुपर्ने माग अघि सारे । ......

‘वसेर वोले कसैले नसुन्ने उठेर वोले हावाले लैजाने समस्या छ ।’ सभासद् शेर्पाले भने ।

....... अन्तरिम संविधानले व्यवस्था गरेको अधिकारहरुलाई समेत कटौती गरेको भन्दै मस्यौदा संविधानको ऋटी तत्काल सच्याउन सहभागिको माग थियो । आदिवासी र जनजातिलाई छुट्टाछुटै उल्लेख गरेको भन्दै उनीहरुले आदिवासी जनजाति हुनुपर्ने माग अघि सारेका छन् । मस्यौदा संविधानले धर्म निरपेक्षतालाई प्रस्तावनाबाट हटाएको भन्दै शेर्पाहरुले विरोध जनाए । र्यालीपछि आयोजित शान्ति र्यालीमा वोल्ने अधिकांशले

मस्यौदा संविधानलाई प्रतिगामी भन्दै विरोध गरे ।

...... शेर्पा समुदाय मात्रै नभएर आमआदिवासी समुदायको एउटै गुनासो मिडियाले कभरेज गरेन भन्ने हुन्थ्यो । उनीहरुले मिडियालाई समेत जातिवादीको आरोप लगाउँदै उनीहरुकै भाषामा कथित ‘वाहुनवादी’ भन्ने आरोप लगाइन्थ्यो । शेर्पा समुदायले गर्ने विभिन्न कार्यक्रमसमेत, मुद्दा र समसामयिक विषय समेत मिडियामा ओझेल परेको भन्दै उनीहरु मुलधारका मिडिया प्रति गुनासो गरेको देखिन्थे ।

‘जस्तो सुकै कार्यक्रम गरेपनि मिडियामा आउने हैन ।’

...... गणतन्त्र समेत प्राप्त गरी ८ जना प्रधानमन्त्री फेरिदा मुलुक झनै दर्दनक अवस्थामा पुगेको भन्दै कांग्रेस नेता आइवी गुरुङले आदिवासीलाइृ पन्ध्र वर्षका लागि जिम्मा दिए समृद्ध बनाइ दिने घोषणा गरे । ‘सबैलाई सम्मान हुने गरी काम गर्छौं, विभेदी नीतिको अन्त्य गर्छौं, जात, वर्ण, रंगको आधारमा विभेद हुँदैन, १५ बर्षमा नेपाललाई अर्के स्वरुपमा परिणात गछौं ।’ गुरुङले भने ।

भावि पुस्ताले फेरि अधिकारका लागि सडक आउन नपरोस

भन्ने आफूहरुको मान्यता रहेकाले अधिकार स्थापित नभएसम्मका लागि लडिरहने


सीमांकनमा मनोमानी
फोरम लोकतान्त्रिक पछिल्लो सात प्रदेशीय संशोधनप्रति असहमति जनाउँदै प्रक्रियाबाट बाहिरिएको छ र सडकमा जाने चेतावनी दिएको छ भने अर्को दल– एमाओवादी पनि ‘फरक मत’ को दोधारे अस्त्र लिएर बसेको छ । यससँगै अब कुनै पनि मधेसकेन्द्रित दल संविधान निर्माणको प्रक्रियामा बाँकी छैनन् ।

२०६३ सालको मधेस आन्दोलनले सूत्रपात गरेको संघीयताको सीमांकनमा अन्तत: मधेसी दलहरू नै समावेश नरहने अवस्था आउनु या नरहन चाहनु विडम्बनापूर्ण हो ।

...... हिजो किन आठ प्रदेश भनिएको थियो, त्यसपछि किन छ वटामा गइयो र अहिले के कारण सात प्रदेश बनाउनुपर्‍यो भन्नेबारे पत्यारलाग्दो प्रस्टीकरण आएको छैन । सीमांकन के आधारमा गरियो भन्ने पनि स्पष्ट पारिएको छैन । ...... छ प्रदेशको घोषणापछि सुर्खेत क्षेत्रको आन्दोलन र वर्चस्वशाली नेताहरूको मागपछि त्यहाँ नयाँ प्रदेश खडा गरियो, तर निर्विवाद आदिवासी पहिचान भएका थारु समुदायको प्रादेशिक आकांक्षालाई सम्बोधन गर्नेतर्फ कुनै पहल गरिएन । सडकमा पुगेका मधेसी दलहरूलाई वार्तामा बोलाउने तत्परता पनि देखाइएको छैन ।

एकातिरको आवाजलाई सम्बोधन गर्ने, अर्कोतिर बेवास्ता गर्ने यस्तो प्रवृत्तिले ठूला दलको राजनीतिक अहंकार प्रदर्शित गरेको छ

, बृहत्तर समाधान पहिल्याएको छैन । ....... अहिले ठूला दलका ठूला नेताहरूमा देखिन थालेको शासकीय अहंकारले सन्निकट संकटलाई टारिरहेको छैन, उल्टो आमन्त्रण गरिरहेको आभास हुन्छ ।
गजबको गच्छदार, तीन दलसँग आजै टाँसिए
शुक्रबार मात्र काँग्रेस–एमाले–एमाओवादीसँग सम्बन्ध विक्षेद गरेका मधेशी जनअधिकार फोरम(लोकतान्त्रिक) अध्यक्ष विजयकुमार गच्छदार आइतबार विना कुनै सहमति तीनै दलसँग छलफलमा बसेका छन् । .... फोरमका थारु सभासद्हरुले काठमाडौंको अनामनगर पुलमा विरोध प्रर्दशन गरिरहँदा गच्छदार प्रधानमन्त्री निवास वालुवाटारमा चार दलको बैठकमा व्यस्त थिए । .... अनामनगरमा उनका सभासद्हरुले भन्दै थिए, हामी आन्दोलनमा छौं, आदिवासी जनजाति, थारुको माग सम्बोधन नभएसम्म हामी वार्तामा बस्ने छैनौं । तर गच्छदार दिउँसोदेखि प्रधानमन्त्री निवासमा छलफलमा सहभागी छन् । ...... शुक्रबार दलहरुले सात प्रदेशको खाका ल्याउन लाग्दा गच्छदारले सिंदरबारमा पत्रकार सम्मेलन गरी तीन दलसँग सम्बन्ध विक्षेद गरेको घोषणा गरेका थिए ।
नेपालगंजमा पुनः दंगा फैलिन सक्ने : संघीयताको विरोधमा प्रदर्शन
नेपालगंजमा पुनः मधेशी–पहाडी दंगा फैलिन सक्ने संभावना बढ्दै गएको छ । आइतबार बन्दको विरोधमा उत्रेका गैरमधेशीहरुले संघीयता विरोधी नारा लगाउँदै बजार खुलाउने प्रयास गरेका छन् । ........

काँग्रेस–एमालेका कार्यकर्ताहरु सहभागी रहेको उक्त जुलुस

धनबोधी चौकबाट सुरु भएर बीपी चौक, घरवाई टोल हुँदै सेतविक चौकमा गएर कोणसभामा परिणत भएको थियो । प्रदर्शनका क्रममा ‘संघीयता चाहिँदैन, मलाई नेपाल प्यारो छ…..मधेशी…देश छोर…’सहित मधेशी समुदायलाई होच्याउने खोले नाराहरु पनि लगाइएको छ ।

उनीहरु बाँसको फटासहितले प्रर्दशनमा उत्रेका थिए ।

मधेसी नेताहरु बार्ता नगर्ने, माग पुरा भएपछि मात्रै काठमाडौ फर्कने
झापा देखि पर्सासम्म मधेस प्रदेश बनाउनु पर्ने माग सहित प्रमुख दलहरुले गरेको सीमांकनमा असहमति जनाएर आन्दोलनमा रहेका मधेसवादी दलका नेताहरु आफूहरुको माग पुरा नभएसम्म काठमाडौ नफर्किने भएका छन । .....

आफूहरुको माग पुरा नहुन्जेल मधेसका आन्दोलनरत दलका शिर्ष नेताहरु एकै ठाँउमा रहेर विभिन्न जिल्लामा हुने आन्दोलनलाई नेतृत्व र संबोधन गर्ने

जानकारी दिदै अब माग पुरा भएपछि मात्रै आन्दोलन छाडेर काठमाडौ फर्किने स्पष्ट पारे ।

No comments: