Saturday, August 22, 2015

चितवन तमसलिंग होइन, थरुहट हो

चितवन तमसलिंग होइन, थरुहट हो। यस कुरामा तमांग कै पनि सहमति होला।

चितवन: थारु हरुको काठमाण्डु
विराट, चितवन, कैलाली
सुर्खेत, चितवन, मकवानपुर, सिन्धुली र उदयपुर
चितवन मधेस बाट झिक्ने प्रयासले देश तोड्छ
झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर र प्रचण्ड
झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कन्चनपुर विवादमा कसरी पर्यो?
संघीयता विरोधीको बेबी किंग: झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर
नारायणी प्रदेश हुँदैन
चितवनलाई मधेस राज्यमा राख्नुको महत्त्व



सीमांकनको विरोधमा चीतवनका थारुले गरे शक्ति प्रदर्शन (फोटो फिचर)
तराई क्षेत्रमा तीनप्रदेश हुनपर्ने माग गर्दै चितवनका थारु समुदायले नारायणगढ बजारमा शक्ति प्रदर्शन गरेका छन्। यसलाई थारु समुदायले विरोधको रुपमा लिएका छन्। थारुकल्याणकारिणी सभा चितवनले नेतृत्व गरेको

शक्ति प्रदर्शन कार्यक्रममा भाग लिन चितवनका गाउँ गाउँबाट थारुहरु मुख्य बजार नारायणगढ पुगेका थिए।

..... आ-आफ्नो भेषभुषा सहित गाउँ– गाउँबाट बजार पुगेका थारुहरुले राजनीति दलका नेताहरुको काम र थारु समुदायमाथी गरेको विभेदको विरोधमा नाराबाजी समेत गरेका थिए। सम्पूर्ण चितवनबासी एक हौं। चितवनलाई प्रादेशीक राजधानी घोषणा गर, थारुको माग पूरा गर, हाम्रो आन्दोलन जारी छ। थरुहट आन्दोलन जिन्दावाद, जनतामार्न पाइँदैन्। तराईलाई पहाडमा मिसाउन पाइँदैन जस्ता नारा लगाएका थिए। .....

थारुकल्याणकारिणी सभाका सभापति विश्राम महतो

को अध्यक्षतमा आयोजना गरिएको विरोध सभामा केन्द्रीय सदस्य सन्तवहादुर महतो, पूर्व केन्द्रीय उपाध्यक्ष भजुमान राम महतो, पूर्व जिल्ला सभापति टिकेन्द्र महतो, केन्द्रीय पार्षद विसुनी चौधरी, पूर्व सभापति जोखा चौधरी, सभाका जिल्ला सल्लाहकार ललित चौधरी लगायतले संवोधन गरेका थिए। ......

तराई क्षेत्रका चारकिल्लाको रुपमा पूर्वमा झापादेखि पश्चिम कञ्चनपुर, उत्तरमा उदयपुर, चितवन सुर्खेत लगायत चुरे पहाड देखि दक्षिणमा भारतको सिमानालाई मध्येनजर गर्दै तराईमा तीन प्रदेश हुनुपर्ने

माग गरेका थिए। संवोधनको क्रममा थारु अगुवाहरुले चितवनलाई प्रादेशीक राजधानी बनाउनुपर्ने, तराइलाई पहाड र हिमाल मिसाएर प्रदेश बनाउन नहुने, जातिय जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व हुनुपर्ने, पहुँच र प्रतिनिधित्वको लागि पहिचान सहितको सिंमाकंन हुनुपर्ने माग गरे।

No comments: