Showing posts with label corruption. Show all posts
Showing posts with label corruption. Show all posts

Wednesday, March 06, 2024

Cashless Society To End Corruption In Nepal



Reflections on a Trump-Biden Rematch

Go Behind the Scenes of All 10 Best Picture Oscar Nominees In these videos, directors walked us through pivotal scenes from their Academy Award-nominated films.

Justice Amy Coney Barrett Stakes Out Distinctive Stance in Trump Case The justice distanced herself from the majority, saying it had gone too far, and from the three liberals, saying their tone sent the wrong message.

Why It’s So Challenging to Land Upright on the Moon Two spacecraft have ended up askew on the lunar surface this year. It is easier to tip over in the weaker gravity on the moon than you may imagine.

No One Has Ever Read Genesis Like This The Pulitzer Prize-winning novelist Marilynne Robinson delivers a riveting interpretation of the Bible’s first book.

Tuesday, May 02, 2023

भ्रष्टाचार को यथार्थ र आँकड़ा ले के भन्छ त?

 


Tuesday, September 20, 2022

चुनाव होइन क्रान्ति खोजेको देश





लहरो तांदा पहरो भत्किनुपर्ने देश नेपाल। ८०% कर्मचारी लाई एक वर्ष तलबी विदा दिएर जागीर बाट निकालनुपर्ने। चुनाव को बाटो क्रांति गर्न खोजेको युवा शक्ति। शायद त्यो बाटो उपलब्ध छैन कि? पुरातत्व विभाग ले टुकुचा किन खोतलेको भन्नु। सर्वोच्च ले अदालत को अपमान देख्नु। तलदेखि माथि सम्म सड़ेगलेको राज्य। कदम कदम मा भ्रष्टाचार भनेको कदम कदम मा चोरी भइरहेको देश। हिन्दु धर्म ले चोरी गर भन्छ? न त्यो हिन्दु देश, न बुद्धिस्ट देश। चोरी भइरहेको देश। 

अब आएर निर्वाचन आयोग का दन्ते हरुले हरास गर्न थाले। यिनको जागीर चिलिम गर्नुपर्छ। देश र जनता माथि बोझ यी भ्रष्ट कर्मचारी। न्यायधीश आफ्नो खलती मा राखेर हिड्ने चोर हरु भएको देश। 

क्रांतिकारी संसद ले देश को प्रत्येक न्यायधीश लाई एकै पटक बर्खास्त गरेर नया बैच ल्याउनुपर्छ।  

युवा शक्ति ले विद्रोह गर्नुपर्छ। 





Thursday, September 08, 2022

एउटा संभावना

यो मेरो प्रक्षेपण (projection) होइन। मसँग प्रयाप्त जानकारी छैन प्रक्षेपण (projection) का लागि। 

(१) स्थानीय चुनाव को जस्तै हुनु 

अर्थात सत्ताधारी गठबन्धन ले जित्नु। त्यो संभावना त छ। नेपाल मा मतदाता म यो पार्टी को भएँ भएँ भन्ने गर्छन। बाउ कांग्रेस भने पछि छोरा पनि कांग्रेस। गठबन्धन ले जिते पनि प्रधान मंत्री को? रडाको हुनेवाला छ। कांग्रेस को पुच्छर समातेर माओवादी एमाले भन्दा ठुलो बन्ने र चुनाव पछि त्यसै एमाले लाई पुच्छर बनाएर प्रचंड प्रधान मंत्री बन्ने प्रयास गर्ने पनि हुन सक्छ। गगन को पनि हल्ला छ। ओली ले दुई दुई पटक संसद विगठन गर्ने निर्णय ले मलजल गरिरहेको छ अहिलेसम्म। माओवादी लाई एमाले भन्दा ठुलो बन्न पाए पुग्यो। 

(२) सीट तालमेल नमिलेर जसपा उछिट्टिनु 

केही हजार मतको फरकले जित हार हुने चुनावमा जसपा उछिट्टिनु ले ठुलो उथलपुथल ल्याइदिन सक्छ। मधेसी जनजाति पार्टी हरुको नया समुह बन्न सक्छ। यद्यपि त्यसको संभावना अहिलेसम्म देखिएको छैन। आफुले बढ़ी सीट पाउन धम्की सम्म दिने काम भएको छ। तर सत्ताधारी गठबन्धन कायम रहने देखिन्छ। ओली र प्रचंड ले जस्तै मधेसी नेता हरु ले पनि आफ्नो केमिस्ट्री भयंकर बिगारेका छन। कांग्रेस लाई फाइदा। 

(३) स्वतन्त्र को सानो लहर 

प्रत्येक चुनावी क्षेत्र मा कमसेकम एक जना म पनि बालेन भनिरहेको देखिन्छ। बालेन र हर्क को जितले थुप्रै लाई भरोसा दिएको छ। 

(४) मुद्दा: भ्रष्टाचार 

४६ सालमा बहुदल। सन २००६ मा गणतंत्र। सन २००७ मा संघीयता। अहिले त्यो एक शब्द को मुद्दा भनेको भ्रष्टाचार हो। बहुदल, गणतंत्र र संघीयता त्यो जमाना मा बुझ्ने जनता। जनता अचेत होइन। कुशल राजनेता चाहिएको हो। मुद्दा दरो समात्ने। त्यो रवि हो कि? त्यो गगन हो कि? मधेस को रवि सीके राउत। 

पाँच दल गठबन्धन: ४५% 
एमाले: २०% 
रवि लामिछाने को रास्वपा: २५% 
सीके राउत को जनमत पार्टी: १०% 

यस्तो अवस्था मा के हुन्छ? 

यो मेरो प्रक्षेपण (projection) होइन। प्रश्न हो। 

अथवा पाँच दल गठबन्धन ले ५५% ल्याएर गगन प्रधान मंत्री बन्ने, रवि र सीके दुबै राष्ट्रिय पार्टी का अध्यक्ष ले सशक्त विपक्ष दिएर भ्रष्टाचार को मुद्दा मा राम्रो काम हुने पनि हुन सक्छ। 







Tuesday, August 16, 2022

भ्रष्टाचार को मुद्दा माथि लेजर फोकस

सधैँ विपक्षी आवाज बनेर बस्ने मेरो धोको होइन। तर शान्ति प्रक्रिया भनेको देश लाई प्रचंड को एकदलीय सोंच मा लाने भनेको त थिएन। कहिले एमाले लाई काखी च्यापेर दुई तिहाई, त कहिले कांग्रेस लाई। चुनावी प्रतिस्प्रधा नै नहुने भनेको बस हरु ले सिंडिकेट बनाए जस्तो अवस्था हो। स्थानीय चुनाव लाई महिला पदमा नल्याउ अभियान बनाए। होइन भने दुई मध्ये एक पदमा महिला उठाउनुपर्ने भनेको छ संविधान ले। चुनावी गठबंधन को हकमा पनि त्यो लागु हुनुपर्ने हो। 

मुख्य कुरा मुद्दा हो। अबको प्रमुख मुद्दा भनेको सुशासन हो। गगन प्रधान मंत्री, वर्षमान उप प्रधान मंत्री, अमरेश सिंह विदेश मंत्री, झाँखरी मंत्री जस्तो उभार आए पनि हुने हुन्छ यदि मुद्दा समातेको छ भने। नारा मात्र होइन सुशासन को स्पष्ट रोडमैप नै भएको। होइन भने बुढ़ा नेता हरुको कुरुवा बस्ने भुतपुर्व युवा नेता हरु को के काम? 

गगन वर्षमान जस्ता ले भ्रष्टाचार को मुद्दा नसमाते अथवा समाउन नसके रवि लामिछाने र सीके राउत ले भ्रष्टाचार को मुद्दा माथि लेजर फोकस गर्न करै लाग्छ। स्रोत साधन ले क्रांति गर्ने भए न २०४६ मा हुन्थ्यो, न सन २००६ मा, न कुनै मधेसी क्रांति नै हुन्थ्यो। मुख्य कुरा त मुद्दा हो। 

मोटामोटी अहिले को सात प्रदेश को नक्शा नै कायम रहने जस्तो देखियो। तर प्रदेश सरकार ले लोकसेवा आयोग र प्रहरी पाउने मधेस प्रदेश सरकार को नेतृत्व मा भएको प्रयास सराहनीय हो।   

जॉर्जिया देश मा नेपाल जस्तै ख़राब अवस्था। कदम कदम मा नागरिक सँग घुस माग्ने काम भएको अवस्था नै थियो। सारा ट्राफिक प्रहरी लाई एकैपटक बर्खास्त गरेर नया डफफा खड़ा गर्नुपरेको। भ्रष्टाचार को मुद्दा मा चुनावी क्रान्ति गरेर देश भरिका न्यायधीश लाई एकै पटक पदमुक्त गरेर मेरिट का आधार मा नया डफफा तैयार गर्नुपर्ने हो कि? दलीय सिफारिस मा पदमा पुगेका हरु लाई हटाउनु पर्ने हो कि? 

सरकारी सेवा पुर्ण डिजिटल गरेर दुई तिहाई कर्मचारी लाई एक वर्ष तलबी विदामा राखेर पदमुक्त गर्नुपर्ने हो कि? गृह युद्ध सकियो सशस्त्र प्रहरी अब घर जाउ भन्नुपर्ने हो कि? सेना वापस ३०,००० को संख्यामा लाने हो कि? 

बहुदल, गणतंत्र र संघीयता का लागि क्रांति गरेको नेपाली जनता ले सुशासन का लागि चुनावी क्रांति गर्दैन भनेर भन्न सकिने अवस्था छैन। 




Investing in Flow .

Saturday, August 13, 2022

बालेन ले देखाएको बाटो

फोहर उठेको छैन। उठ्न थालेको छ। व्यापक प्रयास भएको छ। तर बालेन को टीम लाई फोहर मा अल्झाएर राख्ने सुनियोजित दुष्प्रयास नै भैराखेको छ। सन २००५ मा देश माथि राजा शासन लादने शेर बहादुर देउबा (नामै देशडुबा) सन २०२५ सम्म मा देश माथि जसरी पनि राणा शासन लादिछोड्ने प्रण गरेर बसेका छन। आरजु राणा को पैरेलल सरकार ले बालेन को टीम लाई फोहरमैला मा व्यस्त राख्ने निर्णय गरेको छ। प्रदेश र केन्द्र सरकार ले व्यापक असहयोग गरेको छ। होइन भने त्यो जाबो फोहर। एउटा परिवार ले आफ्नो घर आँगन को गोबर सोतरेको आफ्नो आँखा ले देखेको छु। 

गल्फ जानसक्ने, गल्फ बाट बाकसमा फर्किन पनि सक्ने तर ती बाकस व्यापारी हरु विरुद्ध चुनावी उम्मेदवारी दिन नसक्ने? नया पुस्ता ले चुनावी क्रान्ति गर्नुपर्ने भएको छ। चुनाव जित्न खर्च लाग्ने होइन रहेछ। बालेन ले देखाएको बाटो। नेतृत्व भनेको अरुले लगाइदिने पगरी होइन। आफैँ अगाडि आउन सक्नुपर्छ। लिन सक्नुपर्छ। 

चुनावी क्रान्ति भनेको देउबा-प्रचण्ड को पौने चार दलीय गठबंधन, ओली को सवादलीय गठबन्धन सबैलाई बढारेर फाल्ने किसिम को हुनुपर्छ। संसद को दुई तिहाई ले देशको समस्त न्यायधीश हरु लाई एकै पटक हटाएर मेरिट का आधारमा त्यसै मध्ये केही लाई पुनर्नियुक्ति गर्ने किसिम को हुनुपर्छ। होइन भने माओवादी ले नियुक्त गरेको न्यायधीश ले रेशम लाई जेल मा हाल्छ। थारू ले माओवादी बाहेक अरुलाई भोट दिने जुर्रत? 

सरकारी सेवा डिजिटल बनाएर देशका दुई तिहाई कर्मचारी लाई अवकाश दिने किसिमको चुनावी क्रान्ति चाहिएको छ। सशस्त्र लाई घर पठाउने किनभने गृहयुद्ध त सकियो। सेना लाई डाउनसाइज़ गर्ने। 

नया पुस्ता शहीद हुनु जरूरी छैन। नया पुस्ता सड़क मा आउनु जरूरी छैन। नया पुस्ता ले नेपाल बन्द गर्नु जरूरी छैन। तर नया पुस्ता ले चुनावी क्रान्ति भने गर्ने पर्ने भएको छ। देशलाई यो चुनावी क्रान्ति को यति सारहो जरूरत छ कि देशले १० वटा राष्ट्रिय पार्टी खड़ा गरिदिन सक्दछ। जाबो तीन लाख भोट बटुले राष्ट्रिय पार्टी बन्ने हो। 









Wednesday, July 27, 2022

Hamro Rabi, Hamro Jeffrey

Friday, July 22, 2022

22: Corruption

प्रचण्डलाई बाबुरामको प्रस्ताव– माओवादी केन्द्रको नाम फेरौँ
कांग्रेसबाट दूर हुन नसकेको बीपीकाे चिन्ता
पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान, राणा शासन र बीपी कोइराला हाम्रो कानुनी इतिहासको नालीबेली (किरातकालदेखि २०७८ सालसम्म) .

देशवासीले नागरिकता पाउनुपर्‍यो : हृदयेश त्रिपाठी उनले जन्मका आधारमा नागरिकता पाइसकेका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनुपर्नेमा जोड दिए । उनले भने–‘जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तान लाहुरे भएर हिँडिरहने ? लावारिस भएर हिँडिराख्ने ? उनीहरुले नागरिकता माग गर्दा देशको स्वाधिनता नै समाप्त भएर गइहाल्छ ? भन्न खोजेको आखिरमा के हो यो ? यहाँनिर के छ भने मानसिकताको समस्या छ ।’ ........ संविधानमा व्यवस्था भएपनि सरकारले आमाको नामबाट नागरिकता दिने विधेयक ल्याउन नसक्ने बताए । उनले भने–‘कोही माइकालाल छैन, कोही सरकार छैन जसले आमाको नामबाट नागरिकता दिने विधेयक ल्याउने आँट गर्न सकोस् । मलाई थाहा छ त्यो आँट हिजोको सरकारमा पनि थिएन, आजको सरकारमा पनि छैन, भोलीको सरकारमा पनि हुने छैन् ।’ उनले भारत, चीनका मान्छेले नागरिकता पाउँछन् भन्ने चिन्ताभन्दा पनि देशका मान्छेले नागरिकता पाउनुपर्‍यो भन्ने चिन्ता रहेको बताए ।



‘राजनीतिक भ्रष्टाचार’ अन्त्यका लागि राष्ट्रिय क्रान्ति
मधेश सरकारको मनपरी : ७ मस्यौदा तयार पार्न २ करोड बढी बैठक भत्ता
France is facing a looming energy crisis. Here's how the UAE could help as its president touches down in Paris



Russia's Medvedev: We will set terms for peace in Ukraine



Netflix, Still Reeling, Bets Big on ‘The Gray Man’ The streaming service hopes its latest release can be the start of a blockbuster franchise that attracts much-needed subscribers. ...... One action sequence took a month to produce. It involved large guns, a tram car barreling through Prague’s Old Town quarter and Mr. Gosling fighting off an army of assassins while handcuffed to a stone bench. It’s one of those showstoppers that gets audiences cheering. The moment cost roughly $40 million to make. .

‘राजनीतिक भ्रष्टाचार’ अन्त्यका लागि राष्ट्रिय क्रान्ति सहयात्री दल त लोकतन्त्रको आवरणमै चिनियाँ सुपर ग्लु र वाम एकताको धम्की दिएर अर्थतन्त्र तहसनहस पार्न उद्यत भइरहन्छ ।