Sunday, August 09, 2015

In The News (11)

कुन प्रदेश कस्तो?
प्रस्तावित छैटौं प्रदेश क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो देखिएको छ, जसले मुलुकको ३२ प्रतिशत भूभाग ओगटेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार यो प्रदेशको साक्षरता दर औसतमा ४२.४९ प्रतिशत छ । राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) को प्रतिवेदनअनुसार मानव विकास सूचकांक ण्.४१ प्रतिशत बिन्दु छ । मुलुकभरका ४ हजार उद्योगमध्ये २ सय ७४ उद्योग यो क्षेत्रमा पर्छन् । ........ तराईका ८ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही रौतहट, बारा र पर्सा जिल्ला जोडिएको दोस्रो प्रदेश उद्योगले सम्पन्न देखिन्छ । यसमा ८ सय १२ उद्योग छन् । दोस्रो धेरै जनसंख्या र सबैभन्दा कम क्षेत्रफलको यो प्रदेशमा ९ हजार ६ सय ११ बर्ग किमि क्षेत्रफल र ५४ लाख ४ हजार त्त सय जनसंख्या छ । यो प्रदेशको औसत साक्षरता दर ४१ प्रतिशत छ । निर्माणाधीन र निर्माण भइसकेका जलविद्युत्त आयोजना नभएको यो प्रदेशको विकास सूचकांक ०.४२ विन्दु छ ।
जान्नुहोस, संविधानमा भएको थपघटको खैलावैला
कैलाली, म्याग्दी आदि केही स्थान वाहेक सबैतिर जातीयरभाषिक निरन्तरता कायम गरिएको छ। ..... संविधानमा महिलाको प्रजनन् स्वास्थ्य मौलिक हकमा थपिएका भने, राज्यको संवैधानिक अंगहरुमा महिला, दलित, अपांगको समावेसी समानुपातिक प्रतिनिधित्व थपिएको आदि महत्वपूर्ण सुधार भएका छन
गच्छदारले भने, यादवका कारण मात्र मधेश प्रदेश भएको हो
मधेशका आठ जिल्ला सप्तरीदेखि पर्सासम्म यादवहरुको बर्चस्व रहेको र यादवहरुले कसेर आन्दोलन गरेको कारण त्यो प्रदेश सुनिश्चित भएको बताएको थियो । ..... थारुहरुले एक त आन्दोलन गर्न सकेन र दोस्रो नेपालमा एकै ठाउँमा थारुहरुको बसोवास रहेको छैन, छरिएर रहेका कारण आन्दोलनमा बल नपुगेकोले थारुहट प्रदेश नदिएको गच्छदारले दावी गरेको ........ थारुहरु पश्चिममा छन्, मध्यपूर्वी क्षेत्रमा, तथा पूर्वी तराई तथा कतै कतै पहाडमा रहेका कारणले थारुहरुको अवाज नसुनिएको दावी गर्दै थारु नेताहरुको चित्त बुझाउने प्रयास गरिएको थियो ।
देशैभरि ६ प्रदेशका खाका जलाउँदै मधेशी दल
चार दल राणा र राजाभन्दा पनि निरकुँश भएको कुरा यो प्रदेशको खाका आएकोबाट प्रष्ट भएको ...... उपत्यकालगायत धनुषा, सिरहा, सप्तरी, पर्सा, मोरगंलगायतको क्षेत्रमा खाका जलाउने काम जारी रहेको
एमालेमा मधेश र मधेशी विरोधी केही तत्वहरु छन् : अध्यक्ष महासेठ
लोकतान्त्रिक मधेशी संगठनका अध्यक्ष रघुवीर महासेठले नेपालको सन्दर्भमा पाँच प्रदेशीय संघीयता उपयुक्त हुने बताएका छन् । ...... नेपालले आठ प्रदेशभन्दा बढी धान्न नसक्ने र पाँच प्रदेशभन्दा कम गर्न नमिल्ने विचार व्यक्त गरे । ....... संविधानको प्रस्तावित मस्यौदा पूर्ण रुपमा त्रुटीपूर्ण रहेको ...... मस्यौदाभित्र

विदेशी महिलाले नेपाली नागरिकसँग विवाह गरे अङ्गिकृत नागरिकता पाउने प्रावधानलाई पूर्णरुपमा हटाउने माग आफुहरुको रहेको

महासेठले बताए । एक प्रश्नको जवाफमा महासेठले भने,

“एमालेभित्र मधेश विरोधी तत्वहरु छैनन् भन्न मिल्दैन, एमालेभित्र केही उच्च ओहोदाका तत्वहरु मधेश र मधेशी विरोधी छन् ।”

.......... मधेशको पक्षमा बोल्ने सभासदहरु जनताको अगाडी विरोधपूर्ण शैलीमा देखिए पनि संसदमा उनीहरुले केही गर्न नसकेको प्रति महासेठले दुःख व्यक्त गरे ।
नेपाल सद्भावना पार्टीले मस्यौदा जलाए
५४ सय मधेशी सहादत दिन तयार छन् : नेता झा
नेता झाले भने,‘हामी एक मधेश प्रदेश मागेका हौं, तर मधेशलाई नै छ भागमा खण्डित गरिएको छ । एक मधेशका लागि ५४ जना मधेशीले सहादत प्राप्त गरेका थिए अव यो छ टुक्रे मधेशका विरुद्ध ५४ सय मधेशीले सहादत दिन तयार छन् ।’ ....... कोणसभामा पार्टीका नेताहरुले

मधेशको जनतालाई खसवादी शासकहरुले बन्धुवा, कमलरी, मजदुर बनाउँदै शोषण दमन गर्दै आएको र आगामी दिनमा पनि शोषण गर्ने मनसायले यस्तो खाका ल्याएको

बताए । कार्यक्रममा उपस्थित वक्ताहरुले मधेशको घाँटी रेटेर संविधान तथा संघीयता निर्माण गरे कुनै पनि हालतमा स्विकार्य नहुने बताएका थिए । .......... भित्रि मधेशको ४ जिल्लाहरु उदयपुर, सिन्धुली, चितवन र दाङ्गलाई मधेशमा राख्नुपर्ने
अमरेश डबल स्ट्यान्डर राखेर मधेशमा नआउन् : यादव (अन्तरवार्ता)
मधेशको सडकमा अहिले नेपाली कांग्रेसविरुद्ध नारा घन्केको छ
सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र राय यादव ...... मस्यौदाको विरोधमा ४ र ५ गते जहाँ जहाँ झडप भयो, सुझाव संकलन बिथोलियो, प्रतिकार भए संयुक्त मधेशी लोकतान्त्रिक मोर्चाबाहेकका कुनै केडर् सडकमा देखिएन । सबै केडर् संयुक्त मधेशी लोकतान्त्रिक मोर्चाकै थिए । ..... खोई त, अमरेश सिंहलाई त लखेटियो नी जनकपुरमा । त्यो पनि त सुन्नुभयो होला नी । ..... मधेश अहिले कसको विरोधमा उत्रेको हो ? मधेश १६ बुँदे सम्झौताको विरोधमा उत्रेको हो । त्यो सम्झौताको मुख्य पात्र नेपाली कांग्रेस हो । मधेशको सडकमा अहिले नेपाली कांग्रेसविरुद्ध नारा घन्कोको छ । एकातिर मधेशविरोधी कांग्रेसको वृत्तमा पनि बसिराख्ने, अर्कोतिर मधेशको मसिहा पनि बन्ने ? यो डबल स्ट्यान्डर मधेशलाई पचेन नी त । साँच्चिकै उहाँ विकल्पको रुपमा बन्न चाहनुहुन्छ भने उहाँले नेपाली कांग्रेस परित्याग गरेर आउनुपर्छ । राजीनामाको कुरा आइराछ, राजिनामा गर्छु गर्छु । कहिल्यै गर्नुहुन्छ ? कहिले आउला त्यो दिन ?
‘देशको माटोले माग्दैंछ केपी ओली प्रधानमन्त्री’ : सन्जिव झा
हाल मधेशी दलहरुले गरेको काम विल्कुलै संविधान बन्न नदिनुको षडयन्त्र हो । यसो पनि विगतको संविधान सभाको चुनाबमा मधेशका जनताहरुले उहाँको एजेण्डाहरुलाई पराजित गरिसकेका छन् ।

११६ निर्वाचन क्षेत्र मध्य जम्मा १२ ठाँउमा उहाँहरु जितेर आउँनु भयो

। अहिले मस्यौदामा भएको कुराहरु पनि छैन भनेर मधेशी जनतालाई गुम्राह गरिदैछ । फेरी मधेशी जनताको भावनालाई बेच्ने काममा केहि कथाकथीत मधेशी दलहरु षडयन्त्रमा लागिसकेका छन् । खासै यो उनीहरु संविधान भन्दा पनि आउँदो सरकारमा आफ्नो सिट सुरक्षित गर्न बारगेनिङ्गका लागि यो सबै प्रपञ्च रच्दै छन् । तर अब मधेशका जनताहरु सजग र सचेत भइसकेका छन् । त्यहि भएर उनीहरुको आन्दोलनमा मधेशी जनताको सहभागीता न्यून छन् । ....... मधेश र मधेशको जनताको वास्तविक माँग के हो भन्ने कुरा उपेन्द्र यादव लगायत मधेशी दलका अन्य नेताहरु वास्तविक रुपमा बुझ्न सकेका छैंनन् । मधेशको नाममा राजनितिक गर्ने यिनै सत्ताका लोभीहरु आफ्ना पार्टीका उम्मेद्वार पहाडबाट लडाउने गर्छन । आफ्ना जिल्ला कमिटिहरु पहाडमा विस्तार गरेका छन् ।

मधेशका भोटले सत्तामा आएका यिनीहरुले पैसावालाहरुलाई पैसा लिइ समानुपातिक सिट सहित अन्य राजनितिक नियुक्तिहरु बेच्ने काम गरेका छन् । हिजो अति गरिब परिवारबाट राजनितिकमा होमिएका यि मधेशी दलका नेताहरु आज अरब पति छन् । यिनका अन्य व्यबसायहरु केहि छैनन् । यो पैसाको स्रोत के हो भन्ने मधेशी जनताले खोज्नु पर्छ ।

........ यि सबहरु मधेशी मुलमै मधेशका सामान्ती शोसकहरु हुन् । जुका झै जिउँमा टाँसिएर मधेशी जनताको रगत चुस्ने बाहेक कुनै काम गरेनन् । ..... सत्तामा नभएको बेला मधेशी जनतालाई विभिन्न बाहनामा भड्काउने र सत्तामा गएपछि त्यहि मधेशी जनतालाई हेप्ने काम बाहेक अरु यिनीहरुको केहि काम छैंन । र मधेश प्रती कुनै स्पष्ट दृष्ट्रिकोण छैन । सच्चा राष्ट्रवादी मधेशी जनता यिनी केहि नेताहरुको कारणले गर्दा वेला बेलामा बदनाम हुने गर्छन । .......

मेरा श्रदय पार्टी अध्यक्ष केपी शर्मा ओली ज्यूले पहिले नै कयौ पटक भनिसकेका छन् “म मधेशी जनताको समृद्धि र विकास हेर्न चाहन्छु र म त्यो पुरा गर्नका लागि जस्तो सुकै कदम चाल्ने छु ।”

....... माननिय उद्योग मन्त्री महेश बस्नेत ज्यू देशका मन्त्री मात्र होइनन् यूवाहरुको आइकन पनि हुनुहुन्छ । एउटा गरिब परिवारमा जन्मिएका महेश बस्नेत ज्यू विभिन्न त्याग, तपस्या र बलिदान दिदै यूवा आन्दोलनलाई राष्ट्रिय र अन्तराष्ट्रिय जगतमै ठुलो उचाईमा पुराउनुभएको छ । राजनितिमा सबैलाई कसै न कसैको साहरा र साथको आबश्यकता पर्छ । एउटा उचाईसम्म पुग्नका लागि दुई थरीका मान्छे चाहिन्छन् । एउटा तलबाट माथि उचाल्नलाई र अर्को माथीबाट तान्नलाई । म एउटा मधेशी मुलमा जन्मिएको नेपाली राष्ट्रियता बोकेको मधेशको छोरो, मेरो निजी राजनितिक जीवनमा मलाई माननिय महेश बस्नेत ज्यूले तलबाट उचाल्ने र माथीबाट तान्ने दुबै काम एकसाथ एकै व्यक्तिले गर्नुभएको छ । त्यसैले म गर्बका साथ महेश बस्नेत मेरो राजनितिक “गड फादर” हो भन्ने गरेको छु ।
"Accepting six-state federal model is suicidal for the indigenous"
a six-state federalism deal, a step down from the 14-state model proposed by the first Constituent Assembly, and a 10-state model proposed by majority members of the State Restructuring Commission formed by the parties in 2011. ....... the deal, which, critics allege, disregards the two criteria of identity and viability agreed upon by the same parties. The Tharus are one such indigenous group. ...... Chaudhary, who started her political career with the Nepali Congress, left the party in 2007 and was active in the Tharu Movement, advocating a separate state for the Tharus. She is the only woman to head a political party represented in the Current Constituent Assembly. ....... The Dalits and indigenous groups are protesting every day. These protests prove that leading political parties are not listening to the suggestions from the people. If they continue to ignore people’s voices, then groups’ whose rights have been deprived will be compelled to revolt and those in power won’t be able to contain the rebellion.

In the past, we have demonstrated our strength by amassing Tharu militia numbering tens of thousands. If needed, we will have to form a force like that again.

........... It is also a provocation that will invite ethnic conflict bigger than the Maoists’ People's War. .........

We demanded two states in the Terai: Madesh and Tharuhat. There is an incomplete Madhesh, and no Tharuhat.

....... Rai and Limbu homelands have been lumped together as in one state. Magar and Gurung homelands are also lumped together, as have Tamang and Newar homelands.

There is Pahadi Brahmin-Chhetri dominance in each state.

..... Article 138 of the Interim Constitution explains what kind of federalism Nepal should have. The spirit of that Article must be kept alive. On March 2008, I was there on my crutches, when Late G.P. Koirala agreed to federalism based on identity, history, language, and region along with the right to self-determination. As a Prime Minister, he was making the pledge on behalf of the Nepali state. Leaders who agreed on federalism back then are now deviating from the provision in the Interim Constitution............. Terai will be shut down starting August 15.


नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच कुटाकुट
पर्वत । नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच कुटाकुट हुँदा ४ जना घाइते भएका छन् । नेपालकै अग्लो कुश्मा कैया झोलुंगे पुलनजिक दुवै पक्षबीच झडप भएको हो । ..... यी दुई पक्षबीच विवाद के कसरी उत्पन्न भयो भन्ने यकिन नभए पनि मदिरा सेवन गरेकै कारण झडप भएको स्रोतको दावी छ ।
फुटको संघारमा फोरम लोकतान्त्रिक
हामी बाध्य भएर त्यो बाटो रोज्नु पर्नेछ: नेता यादव
पार्टीका नेताहरु आइतबार विहानैदेखि विकल्पका विषयमा छलफलमा जुटेका छन् । अधिकांश नेताहरुले अध्यक्ष गच्छदारको विरोधमा सक्रियता बढाएका छन् । ..... आइतबार विहानै नेता रामेश्वर राय यादवले हुलाकी न्यूजसँग भने,‘राति भएको

सहमतिको विरोधमा पार्टीका ९० प्रतिशत नेता तथा कार्यकर्ताहरु छौं

। हामी विहानैदेखि साथीहरुसँग छलफल तथा विकल्पका बारे विचार लिदैछौं । राति भएको सहमति अध्यक्षको एकल सहमति हो । त्यो कुनै पनि हालतमा मान्य हुने छैन ।’ ..... ‘अध्यक्षले एकलौटीरुपमा गरेको हस्ताक्षरमा हाम्रो समर्थन छैन । सहमति परिमार्जन हुनु पर्छ भएन भने हामी अध्यक्षको विकल्पमा जाने छौं ।’ ....... अध्यक्ष गच्छदारले राति गलती गरेको र त्यसको सुधार नभए पार्टीबाट गच्छदारलाई नै कारवाही हुन सक्ने चेतावनी दिदै चौधरीले भने,‘सर्वप्रथम हामी यो सहमतिलाई मान्दैनौं, अध्यक्षले गरेको हस्ताक्षरको भागीदार हामी हुने छैनौं । पार्टीका अधिकांश साथी सहमतिको विरोधमा छन् । हामी पार्टीभन्दा अलग भएर पनि यसको विरोध गर्ने तयारी गर्दैछौं ।’ ......... ‘हामी फुटको पक्षमा छैनौं तर मधेशी–थारु जनताको पक्षमा हामी छलफल गर्दै छौं । हामी बाध्य भएर त्यो बाटो रोज्नु पर्नेछ ।’ ..... विद्यार्थी फोरम लोकतान्त्रिकका अध्यक्ष कपलेश्वर यादवले पार्टी अध्यक्ष गच्छदारले मधेशी युवाहरुको भविष्य समाप्त पारेको प्रतिक्रिया दिदै हुलाकी न्यूजसँग भने,‘ अध्यक्ष नसच्चिए विकल्पको बाटो रोच्ने युवाहरुको मनसाय देखिएको छ ।’ उनले पार्टी टुक्रिन सकने संकेत गर्दै युवाहरु अध्यक्षका विरुद्ध छलफलमा जुटेको जानकारी दिए ।

No comments: