Sunday, August 09, 2015

राजा होइन नवराजा हरु संग डर छ



२०१७ साल को जस्तो कु को संभावना कत्तिको छ? तर नवराजा हरुले गरिरहेको संवैधानिक कु त अहिले नै भइराखेको छ।  काँग्रेस एमाले एमाओवादी का बाहुन हरुले कु गर्दै छन। मधेसी जनजाति महिला दलित का विरुद्ध। सो जा नहीं तो गब्बर आ जाएगा भनेर बाबुराम जी ले भनेको सुहाएन। गब्बर काँग्रेस एमाले एमाओवादी मा छ।

२०१४ मा संविधान सभा न लि कनै मान भनेर बीपी कोइराला लाई भनियो। बीपीले मानने गलती गरे। अब त्यसै गरी नवराजा हरु मधेसी जनजाति महिला दलित लाई मान मान भन्दैछन्। मानने कि नमान्ने? संविधान सभा को नाम मा उपहास हुँदैछ।









संविधान बन्ने सुनिश्चित भयोः भट्टराई
उत्पीडितहरुको माग जायज छ भन्दै उनले संविधान बनायौँ भने त्यसमा टेकेर थप अधिकारका लागि लड्दै जान सक्ने भट्टराईले बताए। ..... राप्रपा नेपाल र मधेसवादी दलका सभासदको नाराबाजीका बाबजूद भटराइले प्रतिवेदन पेश गरेका हुन्। ....... सात सालमा आएको परिवर्तनले

वी पी कोइरालाले १४ सुालमा संविधानसभा छाड्दा ३० वर्ष निरंकुशता लादिइएको थियो।

..... हाम्रा बीचमा मतभेद भएपनि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउँदै छौ। हो दुई संविधानसभामा फरक परिणाम आए पनि त्यो ९० प्रतिशत संघीयता र यणतन्त्रकै पक्षमा आएको छ। हिजोका

महेन्द्रवादी ‘भूत’हरु

विदेशी दलाली गरी अहिले सलबलाएकोमा सबैलाई सचेत हुन आग्रह गर्छु। .......... यो सदनमा दुईथरी चिन्ता छ। अग्रगामी परिवर्तनका लागि दलित महिला जनजातिहरु अग्रगामी संविधान बनाउन चाहन्छन्। अर्को धेरै अधिकार खोज्दा संविधान नै नबन्ने अर्थात एकातिर भीर अर्कोतर्फ खाडल भएको अवस्थामा लोकतन्त्रीक आन्दोलनका शक्तिहरुले हामीले संविधान बनाउन ढिला गरे

फेरि १७ साल दोहोरिन्छ

भनि हामीले केही नसके पनि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाऊ। ........ यसले संविधान बन्दा विगतमा षडयन्त्र गर्नेहरुले कहिले धर्म र कहिले कुनै नाममा नाटक मन्चन गरी

बत्तिमा पुतली होमिएजस्तै

गरीरहेका छन्। तर हामी संविधान जारी गरी छाड्छौ।

No comments: