Sunday, August 09, 2015

In The News (12)

मध्यरातमा देउवा किन जंगिए?
देउवा केहीबेरमा निस्किएपछि भुतभुताउँदै भने, ‘के गर्ने यार बिजय सही गर्दै मान्दैन । अब होला जस्तो छैन ।’ ..... बिजय गच्छदारले दाङ, बाँके र बर्दियालाई पनि कैलाली र कञ्चनपुरसँगै सुदूरपश्चिममा पार्ने हो भने थारुलाई मनाउन सक्ने भन्दै पटक–पटक आग्रह गरेका रहेछन् । ...... तर गच्छदारको यो कुरा बाबुरामले नमानेको कुरा त्यहाँ देउवाले बताए । त्यतिमात्र होइन, पश्चिम तराई नदिने हो भने पूर्वको सप्तरीलाई १ नम्बर प्रदेशमा मिलाउँ भन्ने उनको प्रस्ताव पनि माओवादीले अस्वीकार गरेको थियो ।
झलनाथ र भीम रावल गुटबाट अलग
पार्टी अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिन र सबै ठाउँमा समानान्तर कमिटिको अभ्यास गर्ने माधव नेपाल पक्षको योजनामा सोही समूहका केही नेता असहमत देखिएका छन् । नेपाल पक्षले समानान्तर रुपमा आयोजना गरेको भेलामा सोृ समूहले आफ्नै गुटमा राखेका वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष भीम रावल सहभागी भएका छैनन् ।
एमाओवादी कार्यकर्ताले भने- प्रचण्डभन्दा महेन्द्र बुद्धिमानी !
६ प्रदेशले एमाओवादीमा हल्लीखल्ली मच्चायो
पञ्चायतकालीन पाँच विकास क्षेत्रकै स्वरुपमा ६ वटा संघीय प्रदेश बनाउन चार दलका नेतावीच सहमति हुनासाथ एमाओवादी कार्यकर्तामा ठूलो तरंग उत्पन्न भएको छ । ..... चार दलको सहमतिपछि एमाओवादीका केन्द्रीय सदस्य रामरिझन यादवले राति नै धनुषाबाट अनलाइनखबरमा टेलिफोन गरेर भने,

‘मधेसको ठूलो अपमान भयो, म यो सहमति मान्दिँन, पार्टीले कारवाही गर्छ भने गरोस् ।’

...... स्तै पूर्वजनमुक्ति सेनाका घाइते एवं एमाओवादी मोरङका कोषाध्यक्ष राम कार्कीले ६ प्रदेशको नक्सा हेरिसकेपछि सामाजिक सञ्जालमा लेखे-

‘संघीय नेपालको सीमांकन होइन, द्वन्द्वको रेखांकन कोरिएको हो नेपालको ।’

..... प्रचण्ड डराउनुभएको हो कि लोभमा फस्नुभएको .... देशले निकास पाउने तर जनताले मुक्ति नपाउने,

आन्दोलनमा जितेका तर सम्झौतामा हारेका छन् जनताले ।

......... संविधान जारी गर्ने नाममा हिजो सिंहझैं गर्जने नेता आज भिजेको बिरालोजस्तो भएर साक्षी किनारामा बसेको पनि यिनै आँखाले हेर्नुपर्‍यो । .....

१० वर्षको जनयुद्ध ५ विकास क्षेत्रलाई नाम फेरेर राज्य भन्नमात्र थियो ?

वा जनतालाई अधिकार सम्पन्न गर्न थियो ? ....... जनताको मागअनुसार संविधान नहुने भएपछि किन आत्मसमर्पण गर्नु ? किन सम्झौता गर्नु ? संविधान माओवादीलाई मात्रै चाहिएको हो ? देश असफल हुँदा माओवादीमात्रै असफल हुने हो र ?

बरु जे गछौ गर, एमाले कांग्रेस तिम्रो दुई तिहाइले जारी गर, सदन रोक्दैनौं, सदन तिम्रो सडक हाम्रो भनेर सडकमा आए हुँदैन र ?

जनताको माग अनुरुपको र भावना अनुरुप नभएको संविधानको साक्षी किनारा किन बस्नु ? ....... कमसेकम गणतन्त्रलाई संस्थागत गर्नु ठूलो उपलब्धी रहेको डा. भट्टराईको तर्क छ । ........ ‘प्रचण्डले घुँडा टेकेको भन्ने आरोप प्रतिक्रियावादी विचार हो, संविधानसभाबाट संविधान बन्न नदिएर प्रतिक्रान्ति निम्त्याउने षड्यन्त्र हो ।’ ....... एमाओवादी कार्यकर्ताहरु, आदिवासी जनजाति एवं मधेसीहरुमा देखिएको असन्तुष्टिको कुनै अर्थ नरहेको किरातीले बताए । ‘यो भएन भन्दै असन्तुष्टि देखाउनुको अब कुनै अर्थ छैन,’ उनले भने-

‘संघीयताको सिद्धान्त स्थापित भएपछि अब यसले क्रमशः पूर्णता पाउँदै जानेछ, ६ प्रदेशलाई १८ प्रदेशमा पुर्‍याइन्छ ।’

No comments: