Saturday, August 01, 2015

अमरेश लाई काँग्रेस ले कारवाही गर्न मिल्दैन

अमरेश लाई काँग्रेस ले कारवाही गर्न मिल्दैन। अमरेश संविधान सभा मा रहेको सभासद हो। यो संसद होइन व्हिप लाग्ने। संविधान सभा मा रहेको सभासद ले आफ्नो विवेकले बोल्ने  विवेकले मतदान गर्ने हक छ। देशको कानुन को नजरमा संविधान सभा भनेको पार्टी माथि हो। संविधान सभा ले दिएको अधिकार प्रयोग गरेको सभासद लाई कुनै पार्टी ले कारवाही गर्न मिल्दैन। यो त भारत मा वाक स्वतंत्रता को प्रयोग गरेको मान्छे लाई चीन मा कारवाही गर्छु भने जस्तो भो। बेतुक को कुरो।

काँग्रेस पार्टी भित्र आफ्नो विवेकले बोल्ने  विवेकले मतदान गर्ने संस्कृति छैन। तर त्यो  संविधान सभा मा लागु हुँदैन। पाकिस्तान को कानुन नेपालमा चल्दैन। 

प्रधान मंत्री हुना साथ आफसेआफ स्वतःस्फूर्त किसिमले एह फलानो, यो टनकपुर नेपालको कि भारत को भनेर भारत लाई रिझाउन खोजेको सुशील, अहिले नेपालको शान्ति प्रक्रिया मा गिरिजा को भन्दा ठुलो रोल रहेको मान्छे सँग गैर कानुनी रुपले निहुँ खोज्ने? जब गिदर की मौत आती है तो वो जंगल की तरफ दौड़ता है भने जस्तो, सुशील महाधिवेशन बारे नर्वस भए जस्तो लाग्यो। 

यो छोरी कुटेर बुहारी तर्साउन खोजेको? संविधान सभा मा सबै पार्टीका ४० दलित एक ठाउँ मा आइसके। संविधान सभा मा सबै पार्टीका ४० थारु एक ठाउँ मा आइसके। अनि तिनी हरु लाई तर्साउन खोजेको? ती ४० दलित र ४० थारु लाई कुनै पनि पार्टी ले कुनै किसिमको अनुशासनिक कारवाही चलाउने कुनै आधार छैन। संविधान सभा ले तलब खुवाएर राखेको आफ्नो सभासद लाई दिएको अधिकार कुनै पार्टी ले खोस्ने कुनै आधार नै छैन। 

दलित लाई पनि र थारु लाई पनि समावेशीता को फुलगुच्छा दिएको मधेसी क्रांति ले। दलित एक ठाउँ मा आइसके। थारु आइसके। बाँकी जनजाति पनि ढिलो चाडो आउलान। महिला आउलान। अनि १०० मधेसी एक ठाउँ मा आउँदैनन् भनेर कसैले कल्पना गरेको छ? 

एक पछि एक गैर कानुनी काम गरिरहेका बाहुन हरु। कहिले अंतरिम संविधान नमान्ने भन्छ, कहिले प्रथम संविधान सभा का सहमति नमान्ने भन्छ। कहिले अदालत नमान्ने भन्छ। त्यो लोकतंत्र को भाषा होइन, त्यो rule of law को भाषा होइन। आफ्नो एकाधिकार समाप्त हुन लाग्यो, समानता आउन लाग्यो भनेर दुखेसो गरेको? बालुवाटार बाट हट्ने, संविधान सभा छोड्ने, राणा हरु ले गद्दी गुमे पछि धेरै कलकत्ता पसे। कलकत्ता जाउ तिमी पनि। टनकपुर भारत को, जनकपुर मेरो र अमरेश को, कलकत्ता तिम्रो

मधेसी किल्ला र मधेसका २२ जिल्ला र अमरेश
अमरेश को चेतावनी
अमरेश
अमरेश सिंह: "अदालतको अवहेलना गर्नेलाई त थुन्नुपर्छ"
काँग्रेस भित्रका मधेसी
नेपाली काँग्रेस र मधेसी समुदाय
मधेसी को स्थिति वास्तवमा बलियो छ

अमरेश लाई कारवाही गर्ने सुशील सँग न कानुनी धरातल छ न त औकात नै। 




अमरेशलाई कारबाही गर्न सुशीलको प्रस्ताव
महाधिवेशन कार्यतालिका हेरफेर
शनिबार बालुवाटारमा बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा पार्टीका सभासद् अमरेशकुमार सिंहलाई कारबाही गर्ने प्रस्ताव सभापति सुशील कोइरालाले नै गरेका छन् । .... ‘अमरेशको गतिविधि पार्टी नीति विपरित भइरहेको छ, कारबाही गर्नु पर्‍यो,’ कोइरालाले बैठकमा भनेका थिए । .....

कोइरालाको प्रस्तावमा सबै केन्द्रीय सदस्यले सहमति जनाएका थिए ।

‘केन्द्रिय सदस्यहरुले पार्टीको अनुशासन समिति वा संसदीय दलबाट उनलाई प्रष्टिकरण सोधेर कारबाही अगाडि बढाउनु पर्ने बताए,’ ती केन्द्रीय सदस्यले भने । उनका अनुसार अमरेशलाई प्रष्टिकरण सोधिने पक्का छ । ‘त्यो अनुशासन समितिले पनि सोध्न सक्छ, संसदीय दलले पनि सोध्न सक्छ,’ उनले भने । ....... संविधानको प्रारम्भीक मस्यौदामा सीमांकन र संघीयताको विषय स्पष्ट नभएको, विना सीमांकन मस्यौदा ल्याइएको र सर्वोच्च अदालतको आदेशलाई पार्टीले नटेरेको भन्दै अमरेशले पार्टी लाइन विपरीत उभिएका छन् । मस्यौदाको राय संकलनका लागि पार्टीले खटाए पनि उनले आफ्नो क्षेत्रमा राय सुझाव पनि संकलन गरेका थिएनन् ।

No comments: