नेपाली काँग्रेस र मधेसी समुदाय

नेपाली काँग्रेस र मधेसी समुदाय को सम्बन्ध उही बोक्सी उही धामी झाँखरी जस्तो छ।

मधेसी क्रांति त अहिले भयो। मधेसी समुदाय ले संघीयता मागेको एक जुनी बित्यो।  २००७ साल देखि नै हो मागेको। बीपी कोइराला को लोकतंत्र को अवधारणा मा संघीयता को लागि ठाउँ थिएन। बीपी बाहुन नै हो, विचारमा पनि र व्यवहारमा पनि।

२०४६ पछि त प्रखर रुपले हो मागेको। मागेको को सँग? भन्दा काँग्रेस सँग होइन? मार्गरेट थैचर ले संसदीय दलको विश्वास गुमाए पछि जोन मेजर आयो। तर गिरिजाले काँग्रेस संसदीय दलको विश्वास गुमाए पछि महेंद्र नारायण निधि आएन। मधेसी समुदाय ले काँग्रेस लाई पत्याउनु पर्ने ठाउँ नै छैन।

मधेसी क्रान्ति हुँदा प्रधान मंत्री काँग्रेस को। ५४ शहीद को रगत को श्राप परोस त्यो काँग्रेस पार्टी लाई। यदि काँग्रेस मधेसी समुदाय सँग छ भने क्रान्ति गर्नु नै किन परेको?

अझ एक मधेस तीन प्रदेश भनेर काँग्रेस को महासमिति ले पारित गरेको। पछि त्यसै पार्टीको सभापति सुशील झापा, मोरंग, चितवन, कैलाली, कंचनपुर लाई मधेस बाट चोर्ने विद्यामा सबभन्दा अगाडि छ।

संघीयता उसको एजेंडा होइन भनेर काँग्रेस ले बारम्बार भनेको छ। सही भनेको छ। तर लोकतंत्र उसको व्यवहार होइन भन्ने कुरा पटक पटक प्रमाणित भएको छ। होइन भने संसदीय दलले नया नेता चुन्न नपाउनु, महासमितिको निर्णय पार्टी सभापतिले नमान्नु -- त्यो लोकतान्त्रिक होइन त।

अब अहिले बदमाशी गर्ने सुशील ले अनि त्यो बदमाशी को विरुद्ध आवाज उठायो भनेर मधेसी जनता अमरेश को पछि पछि लाग्नुपर्ने, काँग्रेस को समर्थन गरि रहनु पर्ने? उही बोक्सी उही धामी झाँखरी। यो कसलाई उल्लु बनाउन खोजेको? कि त अमरेश ले पार्टी महाधिवेशन मा सुशील को विरुद्ध उम्मेदवारी दिन सक्नु पर्यो। म पार्टी लाई आतंरिक लोकतंत्र र संघीयता को बाटोमा लान्छु भनेर पार्टी कार्यकर्ता हरु लाई भन्न सक्नु पर्यो। मधेसको नोट र वोट को आधारमा चलेको पार्टी ---- नेतृत्व चाहिं मधेसीको हातमा किन छैन? नेपाली काँग्रेस मा सुशील कोइरालाको राज भनेको भारत माथि ब्रिटिश गवर्नर को राज जस्तो। छेउ न टुप्पो को कुरा। काँग्रेस भित्र का मधेसी हरुको मानसिक दासता को कुनै सीमा छैन। निर्लज्ज मधेसी हरु।


Comments