प्रचंड को मार्मिक कथन: एकतर्फी नाकाबंदी हटाउने बारे (२)

प्रचंड को मार्मिक कथन: एकतर्फी नाकाबंदी हटाउने बारे

तीन चार हप्ता मा सकिनुपर्ने आंदोलन पाँच महिना मा पुगेर पनि किन रत्ति भर प्रगति भए जस्तो देखिँदैन? म आफैं अचंभित छु। त्यसको समीक्षा गर्दा १००% दोष आंदोलन को नेतृत्व अर्थात मधेसी मोर्चा लाई दिनुपर्ने हुन्छ।
  • आंदोलन शुरू गर्दा एक ठाउँ मा आएका चार मधेसी पार्टी ले मोर्चा बनाएको त हो तर त्यसको संगठनात्मक संरचना बड़ो उदेकलाग्दो छ। आजका मिति सम्म कोही न मोर्चा को अध्यक्ष छ न संयोजक। सबैभन्दा बुढो भएकोले कोही अध्यक्ष/संयोजक बन्ने भन्ने हुँदैन। हुँदो हो त योभन्दा पहिले को परिदृश्य मा कसैले नबनाइ कनै सबै ठाउँ मा आफुलाई मधेसी मोर्चा को अध्यक्ष भन्दै हिडेको गच्छेदार लाई महंथ ले एह मान्छे, तिमी होइन म पो त भनेर विरोध गरेको रेकॉर्ड छैन। न गच्छेदार को उमेर बढ़ी न प्रकांड विद्वान नै हो। अझ सबैभन्दा उदेकलाग्दो मोर्चा को सदस्य नै नभएको प्रचंड ले निर्णय गर्दिराखेको हुन्छ। पहिला उसले गच्छेदार लाई काखी चयापथ्यो, अहिले मोर्चा सँग गफ गर्नु पर्यो भने महंथ सँग कुरा गर्छ। नेतृव भनेको लोकतान्त्रिक ढंग ले मात्र निर्णय गर्न सकिन्छ। अथवा हाम्रो चार जनाको सामुहिक नेतृत्व छ भनेर भन्न सक्नुपर्छ। महंथ जी को उमेर छ। राजेंद्र ले जस्तो पुलमा बस भनेर कसैले भनेको छैन। तर आंदोलन शुरू भए पछि पहिला महंथ ले मधेस छोड़े, त्यसको लगत्तै उपेन्द्र ले मधेस छोड़े। यो सामुहिक नेतृव ले निर्णय गरेर टैक्टिकल मूव गरेको होइन। जो काठमाण्डु जान्छ उही मोर्चा को नेता भन्ने सोंच हो। उपेन्द्र को पनि त्यही हो। मधेसको प्रत्येको शहर मा तमलोपा का कार्यकर्ता छन, महंथ लाई कुनै शहर मा फूडिंग लॉजिंग को चिंता होला जस्तो लाग्दैन। यो त गिरिजा ले सन २००६ मा आंदोलन को घोषणा गरेर एक हप्ता को लागि भन्दै राज दरबार छिरे जस्तो भो। 
  • आंदोलन शुरू भएको केही हप्ता पछि नाकाबंदी गर्ने निर्णय भयो। विराटनगर: उपेन्द्र, वीरगंज: राजेन्द्र, भैरहवा: तमलोपा, नेपालगंज: महेंद्र भनेर आफैले सबैले निर्णय गरेका हुन। महंथ ले त प्रयास पनि गरेनन। तुरुन्त काठमांडु हानिए। एकै चोटि धेरै गार्हो न पारम जस्तो बोले। त्यस्तै हो भने सामुहिक निर्णय मैं त्यही भन्नु पर्थ्यो। घोषणा गर्दा नै भन्नु पर्थ्यो। मोर्चा को निर्णय एक्लै उल्टाउने काम र काठमाण्डु हान्निने काम। लगत्तै उपेन्द्र पनि नाका छोडेर हान्निये। किनभने उ मोर्चा को नेता महंथ हो भन्ने मान्दैन। 
  • औपचारिक रुपले नै हाम्रो मोर्चा को नेतृत्व सामुहिक हो भनेर घोषणा गर्दिये विवाद नै रहँदैन। 
  • अरु नाका भन्दा वीरगंज नाका बढ़ी सजिलो हो छेक्न, त्यहाँ ठाउँ बढ़ी फराकिलो छ। तर उपेन्द्र ले विराटनगर त छेकेको हो त। नेपालगन्ज मा अहिले पनि छ नाकाबंदी। 
  • नाकाबंदी १००% गर्दा पाँच हप्ता मा निष्कर्ष मा पुग्ने आंदोलन अधकल्चो नाकाबंदी गर्दा पाँच महिना मा टुंगिएको छैन। जनता लाई पाँच हप्ता को नाकाबंदी ले बढ़ी गार्हो पर्ने हो कि पाँच महिना को नाकाबंदी ले? 
  • नाकाबंदी किन गरियो? दमन त भयो नै। प्रत्येक मधेसी को घर लाई नै जेल बनाइयो। टाउको ताकि ताकि गोली हानियो। तर नाकाबंदी को प्रमुख कारण त्यो थिएन। प्रमुख कारण यो थियो कि मधेस मा जेसुकै हुँदा काठमाण्डु का नेता पनि र जनता पनि काठमाण्डु अर्कै ग्रह भए जस्तो गरेर बस्यो। नाकाबंदी को बाटो आंदोलन काठमाण्डु पुगेको हो। काठमाण्डु का जनताले सिंह दरबार र बालुवाटार घेर्ने हो भने अहिले पनि दुई दिनमा आंदोलन निष्कर्षमा पुगेर नाकाबंदी हट्छ। 
  • आंदोलन शुरू भएको हप्तों बिते पछि महंथ ले एउटा ३५ बुँदे लेखे। एक्लै। चार पार्टी ले सामुहिक लेख्ने हो। एक्लै किन? त्यो त आंदोलन शुरू गर्नु अगाडि पो लेख्ने हो। अनि त्यसको केही हप्ता पछि बल्ल त्यस ३५ बुँदे लाई चार पार्टी ले अहिलेको ११ बुँदे बनाएका छन। ११ बुँदे राम्रो छ तर त्यो आंदोलन शुरू हुनु अगाडि आउनु पर्ने थियो। 
  • देर है अंधेर नहीं जस्तो गरेर ११ बुँदे त आयो। तर त्यो आए पछि सबले काठमाण्डु छोड्नु पर्ने थियो। तीन दर्जन राउंड वार्ता भैसक्यो। त्यो ११ बुँदे मा थपघट गर्ने संभावना नै छैन। यसरी वार्ता गर्दै हिड्नु को कारण  के हो? यो त सत्ताधारी लाई false सिग्नलिंग गरेको मात्र हो। जनकपुर को ट्रेन लाई देखाउनु पर्ने रातो सिग्नल तर हरियो सिग्नल देखायो भने के हुन्छ? ११ बुँदे मानने बाहेक अर्को कुनै तिमीसँग उपाय छैन भन्ने सन्देश दिनु पर्ने हो। वार्ता को नाटक ले मिक्स्ड सिग्नल दिने काम मात्र गरेको छ। 
  • आंदोलन कड़ा तर छोटो पार्ने उपाय हरु नखोजेर आंदोलन लाई लाइफस्टाइल बनाएका मधेसी नेता हरु। काठमाण्डु मा कहिले कुनै कतै पुछारथ नहुने मधेसी नेता हरुलाई ल बल्ल हाम्रो सबै तिर पुछारथ हुन थाल्यो जस्तो लागेको हुन सक्छ। तर यो आंदोलन को उद्देस्य मधेसी जनता ले संविधान मा अधिकार पाओस् भन्ने हो कि काठमाण्डु मा एक दुई दर्जन मधेसी नेता हरुको केही समय पुछारथ बढ़ोस भन्न का लागि हो? यो बड़ो उदेकलाग्दो बुझनै नसकिने टैक्टिकल हिसाब ले self-defeating काम भएको छ। सभा गोष्ठी कि आंदोलन भन्दा अगाडि गरिन्छ कि आंदोलन पछि। आंदोलन चलेको बेला नेता हरु सभा गोष्ठी गर्दै हिड्न भएन। 
  • हुँदा हुँदा जुन शैली ले संविधान ल्याइयो त्यही शैली ले संविधान संसोधन ल्याएर मधेसी आंदोलनकारी लाई जिस्क्याउने काम हुन थालेको छ जसले आगोमा घ्यु थप्ने काम मात्र गर्छ। 
  • गलत शैली ले ल्याइएको गलत संविधान को उपलक्ष्यमा दिवाली मनाएका व्यक्ति हुन प्रचंड। अहिले चाहिँ गलत संविधान संसोधन सँग सम्बंधित कुरा हो यो एकतर्फी नाकाबंदी हटाउने अभियान। संविधान पनि संसोधन भयो र अब आंदोलन पनि समाप्त भयो ---- देश र दुनिया लाई त्यति देखाउन का लागि प्रचंड ले यो भनेका हुन। 
  • मधेसी मोर्चा र मधेसी नेतृत्व ले जिम्मेवारी त लिनै पर्छ। पाँच हप्ता मा टुंगो लाग्नुपर्ने आंदोलन कसरी पाँचौं महिना मा पुग्यो? आंदोलन सबै लाई गार्हो हो। मधेस मा पनि गार्हो, पहाड़मा पनि गार्हो।  
  • बरु प्रचंड ले वास्तव मा निकास चाहन्छन् भने प्रचंड आफैं एक्लै ले गर्न सक्ने कुरा प्रशस्त छन। 
  • पहिलो कुरा प्रचंड ले आफ्नो पार्टी ले ११ बुँदे सहर्ष स्वीकार गरेको भन्न सक्नुपर्यो। र त्यस पछि ओली लाई दबाब दिनुपर्यो। तीन या चार दिन भित्र ओली ले पनि स्वीकार नगरे आफ्नो पार्टी सरकार बाट हट्ने र समर्थन फिर्ता लिने। अनि के हुँदो रहेछ हेरौं। 
  • माओवादी को हिंसात्मक युद्ध र शांतिपूर्ण मधेस आंदोलन को तुलना हुन सक्दैन। तर सकेसम्म चाँडै यस आंदोलन लाई निष्कर्ष मा पुर्याउन सबै पक्षले पहल गर्नु पर्छ। सबै भन्दा निर्णायक पहल गर्ने ठाउँ मा प्रचंड आफै छन। अनि पहल किन नगरेको? 
  • हाम्रो आंदोलन को ११ माग यो हो, तपाइँ तीन दलको के छ यस ११ बुँदे बारे भनेर सोध्दा कुनै जवाफ दिएको छैन। कतिसम्म हेप्न सकेको? 




Comments