प्रचंड को मार्मिक कथन: एकतर्फी नाकाबंदी हटाउने बारे



नाका खुलाए मधेसी नेता ‘राष्ट्रिय नेता’ : दाहाल
एमाओवादीको २ नं प्रदेश समितिको गौरीडाँडामा सुरु भएको दुई दिने पहिलो बैठक उद्‍घाटनका लागि सोमबार वर्दिवास आएका दाहालले एकलौटीरुपमा नाका छाडिदिए मोर्चाको लोकप्रियता बढ्ने उदाहरण दिए । र, मधेसी आन्दोलनले पनि सहज निकास पाउने उनले दाबी गरे । ...... दाहालले युद्धकालमा तीन महिने युद्धविराम गरेकै कारण माओवादीको उचाई बढेको स्मरण गर्दै १२ बुँदे समझदारीको जग पनि त्यही युद्धविराम भएको बताए । ‘र, अमेरिका पुगेका राजा ज्ञानेन्द्रले पनि संयुक्त राष्ट्र संघको सम्मेलनमा भाग लिन पाएनन्,’ उनले भने । ..... ‘मधेसी दलका नेतालाई मैले यही उदाहरण दिएर एकलौटीरुपमा नाका छाडिदिन आग्रह गर्दै आएको छु,’ उनले भने, ‘यसले मधेसी, पहाडी सवैतिरका जनताबाट सम्मान पाउनुका साथै मधेसी नेताले राष्ट्रिय नेता बन्ने छन् ।’ ..... दाहालले मधेसी मोर्चासँगको बार्ता सकरात्मकरुपमा अघि बढेकोले २/३ दिनभित्रै सहमति निस्कने दाबी गरे । उनले मधेसी मोर्चा पनि विगतको तुलनामा लचकतासाथ प्रस्तुत भएकाले छिट्टै सहमति हुने विश्वास व्यक्त गरे ।...... ‘अहिले मोर्चाले उठाएको जस्तो देखिएका पहिचान, अधिकार, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी जस्ता मुद्दालाई जनताबीचमा स्थापित गर्ने हामी (एमाओवादी) हौं,’ दाहालले भने, ‘यसलाई कार्यान्वयन गराउने बढी जिम्मेवारी पनि एमाओवादीको भएकोले मोर्चाको माग पुरा गराउन हामी गम्भीतासाथ लागेका छौं ।’

प्रचंड को मार्मिक कथन: एकतर्फी नाकाबंदी हटाउने बारे

मलाई यस कथन ले एक छिन सोच्न बाध्य गरेको छ। किनभने माओवादी ले एकतर्फी युद्ध विराम गर्नु पर्छ भनेर त्यति बेला सन २००५ मा सबैभन्दा चर्को स्वर मा कराएको आवाज मेरो थियो। त्यो यसै ब्लॉग को आर्काइव मा गएर हेर्न सकिन्छ। किनभने माओवादी मा थियो राजाले युद्ध विराम गरे पो हामीले गर्ने, हामी कमजोर हो र हामीले आफु मात्र युद्ध विराम गर्ने? मैले तर्क राखें, दुबै ले एकै चोटि युद्ध विराम गरे दुबै पक्ष जित्छ। माओवादी ले एकतर्फी युद्ध विराम गरे माओवादी जित्छ र राजा हार्छ र हार्यो पनि।

पहाडका जनताले दुक्ख पाउन, भात पकाउन गार्हो होस् भन्ने उद्देस्य यस आंदोलन को हुँदै होइन। बरु प्रचंड ले प्राइवेट मा मात्र भन्ने गरेको कुरा यसरी सार्वजनिक गर्दा राम्रो काम गरे। यस बारे म खुला दिल ले विचार गर्छु।

मलाई सन २००५ को झल्झली सम्झना आयो। बड़ो क्राइसिस अवस्था पो थियो त्यो। शीत युद्ध को अवसान पछि को दुनिया कै नंबर वन अल्ट्रा लेफ्ट ग्रुप को रुपमा थियो नेपाल को माओवादी। यसलाई भौतिक रुपले सिध्याउने बाहेक अर्को उपाय छैन भन्ने त्यति बेलाको अमेरिकी इस्टैब्लिशमेंट को दरो विचार थियो। यो वायरस को एंटीबायोटिक यो भनेर भन्थे। त्यति बेला, होइन शान्ति वार्ता गर्नु पर्छ यिनी सँग भनेर भन्न गार्हो। यिनी ले बन्दुक समर्पण गर्नु अगाडि यिनी सँग अलायन्स बनाउनु पर्छ भन्नु त बड़ो बहादुरी को काम थियो। फेरि यो त माओवादी को sympathizer पो रहेछ भन्ने पर्न सक्ने डर। के को sympathizer हुनु? ग्राउंड को तथ्यगत विश्लेषण गरेर बल्ल त्यो निष्कर्ष मा पुगेको म।

अहिले को अवस्था मा पनि म भन्छु प्रचंड लाई ----- हिंसा र एकदल त सधैं का लागि बाई बाई भैसक्यो। तर चुनावी प्रतिस्प्रधा को बाटो सत्ता मा पुग्ने र गरीब जनता को जीवनस्तर उकास्ने के छ तपाइँ को कार्यक्रम? म समाजवादी होइन, मैले त्यो कुरा बड़ो ईमान्दारी का साथ भन्दै आएको छु। तर गरीब जनता को प्रति व्यक्ति आय, वार्षिक आय, जुन कि नाप्न सक्ने कंक्रीट कुरा हो, त्यो ड्रामेटिक किसिमले उकास्ने के छ तपाइँ का कार्यक्रम? के हो बाटो? तपाइँ को आइडियोलॉजी तपाइँ लाई सलाम। हाम्रो आइडियोलॉजी नमिल्ला। नमिल्ला त के, नमिलेको मैले ईमान्दारी पुर्वक भन्दै छु। तर यदि तपाइँ को र मेरो लक्ष्य एउटै हो, तपाइँ पनि र म पनि नेपालका गरीब जनता को जीवनस्तर उकास्ने प्रयासमा हो भने हामी ले वैचारिक प्रतिस्प्रधा गरौं। मंजिल एक और राही दो फिर प्यार कैसे न हो भने जस्तो बरु सहकार्य हुन सक्छ। बाबुराम, प्रचंड, मधेसी मोर्चा फेरि सब एक ठाउँ आउन सक्छन।

रह्यो अहिले आंदोलन को सन्दर्भ। प्रचंड को यस विचार बारे म पहिला मनन गर्छु। अनि फेरि लेख्छु। यो आदरपूर्वक मनन गर्नु पर्ने विचार हो। किनभने प्रचंड ले २००५ मा बड़ो साहसिक कदम चाले जसले देशमा शांति को मार्ग प्रशस्त गर्यो। शांति, गणतंत्र र संविधान सभा।

मधेसका संघर्ष भारत का अपना संघर्ष है
E for Education, E for Entrepreneurship, E for Energy
Barack Obama: George Washington
आर्थिक क्रांतिका पाँच पाण्डव: सुशासन, शिक्षा, स्वास्थ्य, संरचना, (उद्योगव्यापार) सुलभता
सुशासन, शिक्षा, स्वास्थ्य, संरचना, बिजनेस के लिए आधार

Comments