Tuesday, February 17, 2015

झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कन्चनपुर विवादमा कसरी पर्यो?

संविधान सभाको सबै भन्दा ठुलो पार्टी नेपाली काँग्रेस को महासमितिले झापा, चितवन, कंचनपुर समेट्दै रहेको मधेसमा तीन प्रदेश को प्रस्ताव गर्ने भनेर कुरा अगाडि सारेको हो। त्यो आधिकारिक हो।

महासमिति को बैठक भनेको पार्टी सभापति भन्दा माथि हो। महासमिति को बैठक भन्दा महाधिवेशन माथि हो। पार्टी सभापति भन्दा पार्टीको महासमिति को बैठक माथि हो।

भने पछि नेपाली काँग्रेसको महासमिति को बैठक ले एक मधेश तीन प्रदेश भन्ने प्रस्ताव ल्याए पछि कि त त्यसलाई अर्को महासमिति को बैठक डाकेर फेरबदल गर्नु पर्यो कि त महाधिवेशन बोलाएर फेरबदल गर्नु पर्यो। त्यो भएको मलाई जानकारी छैन।

भने पछि सात प्रदेशको अवैज्ञानिक प्रस्ताव आयो कता बाट? झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कन्चनपुर मधेस मा रहने काँग्रेस को आधिकारिक प्रस्ताव हो।

महासमिति को बैठक को आदेश उल्लंघन गर्ने अधिकार त्यस पार्टीको पार्टी सभापतिलाई कसैले दिएको छैन त, त्यस पार्टीको संविधानले दिएको छैन। पार्टी सभापति र पार्टी सभापति का प्रत्याशी देउबा दुबै यो पार्टी संविधान मिच्ने नग्न नृत्य जुन देखाउँदै छन, त्यसको आधार कतै देखिँदैन त।

प्रक्रिया मिच्ने को?


No comments: