Thursday, February 19, 2015

संघीयता विरोधीको बेबी किंग: झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर

राजतन्त्र समाप्त हुने हुने बेला एउटा अनौठो प्रस्ताव आएको थियो। बेबी किंग को प्रस्ताव। ज्ञानेंद्र र पारस गन्हाए, बरु पारसको छोरा लाई गद्दीमा राखेर भए पनि राजतन्त्र लाई बचाउने। त्यो प्रस्ताव push गरेको गिरिजाले। जसलाई कि काँग्रेसी हरु गणतंत्र लाई जन्म दिने मान्छे भनेर प्रचार गर्छन। ताल न बेताल को कुरा।

Father King, Son King, Baby King --- जुन सुकै किंग गद्दीमा राखे पनि राजतन्त्र भनेको राजतन्त्र हो।

त्यस्तै अहिले केपी आलु उल्लु, कंस सिटौला, शेरे देउबा, परेश रावल --- सबले मिलेर झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर लाई मधेस बाट खोस्ने कुरा गर्दैछन्। मधेस भनेको भुगोल हो। यिनी हरुले नक्शामा त्यो मधेस लाई disfigure गर्दैमा मधेस को भुगोल बदलि जाने हो र!

जब अँग्रेज भारत बाट भाग्नु पर्ने अवस्था आयो, अनि उसले अंतिम अवस्थामा आएर भारत पाकिस्तान को आगो लगायो जुन अहिले सम्म निभेको छैन। Dining टेबल मा बसेर एक जना अंग्रेजले विभाजन गर्दियो, जिल्ला जिल्लामा विभाजन। नक्शा कोर्न भ्याए पछि त्यो मान्छे राता रात भारत छोडेर भागेको। किन भने उसलाई थाहा थियो, अब दंगा शुरू हुन्छ भनेर।

झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर का पर्वते बहुमत का गाउँ हरु मधेसको भुभाग बाट अलग गर्न चाहने हरु जानी नजानी त्यस्तै जातीय दंगा को बीउ रोप्दै छन। मधेस राज्यको उत्तरी सीमाना के हो भन्ने कुरामा विवाद छैन, त्यसलाई कृतिम विवादमा नल्याउने हो।



संघीयता विरोधीको झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर लाई मधेस बाट अलग गर्ने प्रस्ताव गणतंत्र विरोधीको बेबी किंग हो। 

No comments: