Showing posts with label development. Show all posts
Showing posts with label development. Show all posts

Tuesday, July 18, 2017

CK Lal: World Class Columnist



Monday, August 17, 2015

Baburam Bhattarai

उपत्यका र पहाडी–हिमाली जिल्ला खुलेपनि मधेस–तराई–थरुहटमा अनिश्चितकालीन बन्दः मोर्चा
कार्यकारी अधिकार प्रयोग गर्ने, सम्पत्ति जम्मा गर्ने, धाकधक्कु लगाउने खालको स्वभाव मेरो होइन —बाबुराम भट्टराई
संविधानसभाको प्रक्रिया पूरा गर्न ५÷७ दिन समय लाग्न सक्छ । यसर्थ झन्डै १०–१५ दिनभित्र नयाँ संविधान जारी हुन्छ । ...... प्रक्रिया सबै पुरानै हुन् । मस्यौदा तयार भएपछि सभासदहरुलाई केही दिन अध्ययनका लागि दिइन्छ र उहाँहरुलाई संशोधन प्रस्तुत गर्ने समय पनि दिइन्छ । त्यसपछि प्रत्येक धारामा छलफल गरेर विधिवत् ढङ्गले परित गर्नुपर्ने हुन्छ । ती सबैलाई समेटेर मैले १० देखि १५ दिनको कुरा गरेको हुँ । ...... हामीले भनेका कृुरामा जनताको प्रतिक्रिया नै आएन भने अथवा सहज ढङ्गले ग्रहण गरियो भने हाम्रो समाज अगाडि बढेको रहेनछ भनेर बुझ्नु पर्दछ । त्यसैले हामी जति अगाडि बढ्छौँ त्यति नै प्रतिक्रियाहरु आउँछन् । यसले अग्रगमनकै सङ्केत गर्दछ । ....... एमाओवादीको विचार वा मेरो व्यक्तिगत विचारको कुरा गर्दा जसको भाषा र जनसङ्ख्या १ प्रतिशतभन्दा बढी छ, त्यस समुदायलाई छुट्टै प्रदेश दिने भन्ने थियो । त्यसलाई आधार मान्दा १३ प्रदेश हुन आउँछन् । तर त्यसमा अन्य पक्षहरु खासगरी कांग्रेस, एमाले सहमत नभएपछि ६ प्रदेशमा नै सम्झौता गर्नै पर्ने बाध्यता रह्यो । तिनै १३ प्रदेशलाई साझा पहिचान र सामथ्र्यका आधारमा पुनर्संरचना गर्दा ६ प्रदेश हुन आएको हो । ....... मलाई पनि केही नेताहरुको अनावश्यक हठ र जिद्दीले गर्दा हामी आफैँले स्थापित गरेका मान्यताहरु कार्यान्वयन भएका छैनन् भन्ने लाग्छ । उदाहरणका निम्ति सुदूरपश्चिमलाई कथित अखण्ड बनाउने नाममा हिजोका पञ्चायतकालीन विकास क्षेत्र कायम गर्नु पर्ने भनेर जबर्जस्ती थारु बाहुल्य क्षेत्रलाई चुँडाउने काम भयो । त्यसका अतरिक्त मगर बाहुल्य क्षेत्र पनि बाँडिन पुग्यो र पूर्वमा थारु तथा मधेसी बाहुल्य क्षेत्र पनि चुँडिन पुग्यो । त्यो सर्वथा अनुचित छ । ...... कर्णाली क्षेत्र एउटा विशिष्ट क्षेत्र भएकाले त्यसलाई अलग्गै एउटा प्रदेशका रुपमा कायम गरिनुपर्छ भन्ने जुन आवाज उठेको छ, त्यसलाई जायज मान्न सकिन्छ । ...... अहिलेको सीमाङ्कनमा हामी कोही पनि सहमत छैनौँ । जतिवेला म क्रान्तिकारी जनपरिषद्को अध्यक्ष थिएँ, त्यतिबेलादेखि नै हाम्रो पार्टीले १३ प्रदेशका कुरा अगाडि सारेको हो । हाम्रो पार्टीको ढाँचा पनि त्यहीअनुरुप रहेको छ । हाम्रो दृष्टिकोणमा १३ प्रदेश नै वैज्ञानिक र उपयुक्त थियो । ...... अहिलेको बाध्यात्मक सम्झौता हो । यसलाई आत्मसमर्पण भन्नु उपयुक्त हुँदैन । पहिलो संविधानसभामा जतिबेला माओवादी सबैभन्दा ठूलो र पहिलो शक्तिका रुपमा थियो, त्यतिवेला नै हामीले संविधान बनाउन सकेको भए निकै सम्मानजनक र अग्रगामी प्रकारको संविधान बन्ने थियो । उदाहरणका रुपमा

२०६९ जेठ २ गतेको सहमतिमा कायम हुन सकेको भए ११ प्रदेश हुन्थ्यो । त्यहाँ राष्ट्रपति र प्रधानमन्त्री भएको एउटा मिश्रित शासकीय प्रणाली लागू गर्ने भनिएको थियो । ५०–५० प्रतिशत समानुपातिक र प्रत्यक्ष निर्वाचित प्रणालीको कुरा थियो । महिला, दलितका अधिकारका कुराहरु सुनिश्चित गरिएका थिए । तर हाम्रा केही उग्र क्रान्तिकारी र यान्त्रिक जडसूत्रवादी साथीहरुको जोडबलले गर्दा हामी त्यसमा कायम रहन सकेनौँ । त्यसैको परिणाम भनौँ त्यसभन्दा तल ओर्लिएर यो सम्झौता गर्नुप¥यो । त्यसैले भन्ने गरिन्छ– भुईंको टिप्दा पोल्टाको पनि खस्छ ।

हामीमा त्यही लागू भएको छ, यो दुखद कुरा हो । अब फेरि पनि हामीले सम्झौता गरेर गएनौँ भने त्यही दुःखद इतिहास दोहोरिन सक्छ । .......... अहिले पनि कांग्रेस–एमालेका कतिपय नेता अनौपचारिक कुराकानीमा भन्ने गर्नुहुन्छ– ‘सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी प्रतिनिधित्व तथा गणतन्त्र हाम्रो मुद्दै होइन, तपाईंहरुका कारणले हामीले मानिदिएका हौँ ।’ त्यो त उहाँहरुको आफ्नो धर्म भैहाल्यो । ....... यी चारवटा खम्बामा उभिएको संविधान बन्यो भने त्यसमाथि तला थप्दै जान सकिन्छ । ....... विज्ञान र विचार कहिल्यै पनि समाप्त हँुदैन । उतार–चढाव हुँदै अगाडि बढ्ने क्रममा कहिले बलियो र कहिले कमजोर देखा पर्छ । ...... यसले एउटा चरणको, एउटा युगको कार्यभार पूरा ग¥यो र अब नयाँ चरणको आन्दोलनको कार्यभार पूरा गर्न यसले आफूलाई रुपान्तरण र नयाँ ढँगले पुनर्गठन गरेर अगाडि बढ्नु पर्छ । ........ पार्टी भनेको समयको आवश्यकता पूरा गर्ने एउटा माध्यम हो, साध्य होइन । विचार र दर्शन चाहिँ निरन्तर शाश्वत् रहन्छन् तर पार्टी, सङ्गठन समयअनुसार गठन, विघटन र पुनर्गठन भइ नै रहन्छन् । ....... एक चरणको कार्यभार पूरा गरेसँगै पुँजीवादी क्रान्तिका उपलब्धिको रक्षा गर्नु, त्यसलाई संस्थागत गर्नु र पुँजीवादी आर्थिक, सामाजिक, सांस्कृतिक आधार निर्माण गर्दै समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्नु यसको अबको मुख्य कार्यभार हो । त्यसका निम्ति हिजोको विचार, राजनीतिक कार्यदिशा, सङ्गठनात्मक संरचना, पद्दति, नेतृत्व र कार्यशैलीले मात्रै पुग्दैन । अब नयाँ चरणमा माक्र्सवादको विचारलाई नयाँ उचाइमा विकसित गर्नुपर्छ; हिजोकै माओवाद भनेर मात्रै पुग्दैन । माओपछि माक्र्सवादको नयाँ विकास हामीले गर्न सक्नु पर्छ । हिजोको नयाँ जनवादी क्रान्ति गर्ने कार्यदिशाले अब हुँदैन । समाजवादी क्रान्ति गर्ने नयाँ कार्यदिशा विकसित गर्नुपर्छ । हाम्रो पार्टी नयाँ जनवादी क्रान्ति गर्न र जनयुद्ध सञ्चालन गर्न बनेको पार्टी हो । त्यसैले अब समाजवादी क्रान्ति सम्पन्न गर्न पार्टीको ढाँचालाई पनि नयाँ ढङ्गले विकास गर्नुपर्छ । नेतृत्व र कार्यशैली पनि नयाँ ढङ्गको हुनुपर्छ । यो समग्रतामै नयाँ बन्नुपर्छ भन्ने विचार मैले केही समय अघिदेखि सार्दै आएको छु । ....... नयाँ शक्ति भन्नुको अर्थ हाम्रो पार्टीलाई नयाँ आधार, नयाँ विचारसहित पुनर्निर्माण गरेर सबैलाई समेट्दै अगाडि जाने हो । यसमा मैले तीन वटा आधार दिएको छु । पहिलो– पार्टी भित्रका अग्रगामी सोच राख्नेहरुलाई लिएर नयाँ शक्ति बनाउने । दोस्रो– हाम्रो पार्टीबाहिर रहेका प्रगतिशील शक्तिहरुको धु्रवीकरणसहित अगाडि बढ्ने । तेस्रो– आन्दोलनमा नै नभएका विल्कुल नयाँ मान्छेहरुलाई लिएर नयाँ शक्ति बनाउने । ...... हामीले माक्र्सवादलाई दुनियाँ बुझ्ने मात्र होइन, बदल्ने विज्ञानका रुपमा बुझ्छौँ । ........ मेरो पहिलो प्राथमिकता यही पार्टीलाई रुपान्तरण र पुनर्निर्माण गरेर अगाडि बढ्ने हुन्छ । त्यसका निम्ति नयाँ विचार, नयाँ कार्यदिशा र नयाँ नेतृत्वसहितको नयाँ सङ्गठनात्मक पद्धतिको आवश्यकता हुन्छ । यसो भन्दैगर्दा यहाँ कमरेड प्रचण्डले २५ वर्षदेखि नेतृत्व गर्दै आउनुभएको हुनाले कमरेड बाबुरामले नेतृत्व गरेपछि नयाँ हुन्छ भन्ने विल्कुल गलत धारणा पनि सुनियो । म विगत २ वर्षदेखि पार्टीको कुनै सार्वजनिक पदमा छैन र साधारण केन्द्रीय सदस्य मात्र छु । मलाई कुनै पद चाहिएको होइन । मैले भन्न खोजेको कुरा के हो भने अध्यक्ष प्रचण्ड र मैले अर्थात हामी दुबैले पद छोडिदिऊँ । हामी वैचारिक राजनीतिक काममा बढी केन्द्रित होऔँ । हिजो जनयुद्धबाट शान्ति प्रक्रियामा आउँदा हामीले त्यही भनेका थियौँ । पहिले कान्तिपुरमा दिएको अन्तर्वार्तामा उहाँले ‘हामी गान्धी भएर जान सक्छौँ’ भनेर भन्नुभएको थियो । त्यो अन्तर्वार्ता हामी दुबैले सल्लाह गरेर नै दिइएको थियो । पद छोड्ने भन्ने कुरा तत्कालै भन्दा पनि आवश्यक परेको खण्डमा हामीले त्यसो गर्न सक्छौँ भनिएको थियो । मलाई लाग्छ अब त्यो बेला आयो । अब संविधानसभाबाट संविधान जारी भइसकेपछि अध्यक्ष प्रचण्डले र मैले हामी दुबैले सक्रिय नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गरेर नयाँ ढङ्गले पार्टीलार्ई पुनर्गठन र परिमार्जन गर्ने र हामीले वैचारिक राजनीतिक ढङ्गले आन्दोलनलाई सघाउ पु¥याउने मेरो प्रस्ताव हो । यसरी जान सक्याँै भने यही पार्टीबाट नयाँ ढङ्गले रुपान्तरित भएर जानसक्ने एउटा विकल्प रहन्छ । तर पार्टीभित्र सहमति भएन, अरु नेताहरुले मान्नुभएन र यसैलाई टालटुल पारेर जाने भन्न थाल्नुभयो भने मैले सायद दोस्रो विकल्पतिर सोच्नुपर्ने हुन्छ । दोस्रो विकल्प भनेको चाहिँ हामी विचार मिल्ने साथीहरु अन्य वामपन्थी प्रगतिशील शक्तिहरुसँग मिलेर नयाँ ढङ्गले अगाडि बढ्ने विकल्पतिर जानुपर्ने हुन सक्छ ।

तेस्रो भनेको विल्कुलै नयाँ ढङ्गले नयाँ शक्ति निर्माण गरेर जानुपर्ने पनि हुन सक्छ ।

त्यसैले यी तिनैवटा विकल्पलाई मैले खुला राखेको छु । ...... अहिले पार्टी गुटमा मात्र होइन, अत्यन्त स्वार्थ समूहहरुमा विभाजित छ । ..... नयाँ पुस्तालाई अगाडि आउने मार्ग प्रशस्त गरिदिने नै क्रान्तिकारी सही विचार हुन्छ भन्ने मेरो निजी विचार छ । ...... हाम्रो जस्तो पिछडिएको समाजमा माक्र्सवाद जस्तो द्वन्द्वात्मक भौतिकवादी विज्ञानलाई सबैले ग्रहण गर्न सक्दैनन् । मानिसहरु विचार बुझेर भन्दा पनि एउटा आस्था र विश्वासको आधारमा लाग्दछन् । हामीकहाँ धर्म र संस्कारका आधारमा अगाडि बढ्ने प्रचलन छ । त्यसले नेता कार्यकर्तामा आफूले विश्वास गरेको मानिसको पछि लाग्ने प्रवृत्तिको विकास गराइदियो र तलदेखि माथिसम्म गुट बन्दै जान थाले । हामीले यसैको विरासत लिएका छौँ । यसलाई अब हामीले तोड्नु पर्छ र २१ औँ शताब्दी अनुकूलको नयाँ माक्र्सवाद विकास गर्नुपर्छ । त्यसै अनुरुप हामीले अब समाजवादी क्रान्तिको नयाँ कार्यदिशा विकास गर्नुपर्ने हुन्छ ।

लेनिनले बनाएको पार्टी ढाँचालाई स्टालिनको पालामा आएर जसरी विकृत र भ्रष्टीकरण गरियो, त्यसको विकल्प हामीले सोच्नै पर्छ ।

.......... अब नयाँ चरणमा नयाँ ढङ्गको पार्टी चाहिन्छ । त्यसैले मैले बनाउने होइन, हामी सबै मिलेर बनाऔँ भन्ने मेरो आग्रह हो । तर बाबुराम एक्लैले पार्टी फुटाएर एउटा गुट बनाउँछ भन्ने भनाइ शतप्रतिशत झुट कुरा हो । .......

कमरेड प्रचण्ड स्टालिनको पुरानो एकमनावादी चिन्तनबाट प्रभावित हुनुहुन्छ । त्यसवाट निस्कन उहाँलाई बडो गाह्रो छ ।

मेरो धारणा चाहिँ स्टालिनको स्कुलबाट ननिस्केसम्म माक्र्सवादको विकास हुँदैन भन्ने छ । हाम्रो टकराव यहीँनेर परिराख्छ । कहिलेकाहीँ नयाँ ढङ्गले जाऔँ भन्नुहुन्छ । त्यतिवेला हाम्रो एकता बलियो हुन्छ, तर प्रायः उहाँ संस्कार, सङ्गत अथवा विरासतको कारणले हो कि त्यसबाट मुक्त हुन सक्नुहुन्न । .......... म जस्तो सामान्य गाउँले किसान पृष्ठभूमिबाट आएको मान्छे, एसएलसी दिने बेलासम्म गोठालो भएर हप्तामा ५ दिन स्कुलमा पढेर जाँच दिएँ, अहिले यो जिम्मेवारीसम्म आइपुगेँ, पार्टीले मलाई यो हैसियतसम्म पु¥यायो । ...... म प्रधानमन्त्री त भएँ तर त्यसको स्वाद मलाई त्यति गढेन । कुनै बेलामा त मलाई चिन्तन मनन र वैज्ञानिक अनुसन्धानमा लाग्न मन लाग्छ । तर अहिलेको समाजको आवश्यकता हे¥यो भने समाजलाई बल्ल–बल्ल यो अवस्थासम्म पु¥याइएको छ । यो राजनीतिक परिवर्तनको एउटा शृङ्खला मात्र पूरा भएको हो । परिवर्तनको चक्र त निरन्तर अगाडि बढिरहन्छ । यो परिवर्तनको प्रक्रियाबाट अलग्गिँदा इतिहासले खोजेको जिम्मेवारी पूरा नहुन सक्छ, धेरै जनता निरास बन्ने स्थिति आउन सक्छ भनेर म निरन्तर यही प्रक्रियालाई मजबुत बनाउन लागि रहेको छु ।


बाबुरामको नयाँ पार्टीको नाममा ‘माअाेवादी’ नजाेडिने
‘समाजवादमा जाने लक्ष्य लिने अनि नयाँ जनवादको गन्ध आउने माओवादी कसरी राख्ने ?’ बाबुरामको भनाई उद्यृत गर्दै स्रोतले भन्यो, ‘माओको योगदानलाई समेट्ने तर, पार्टीकै नाममै राख्दा भ्रम हुने भएकोले प्रारम्भमा नै त्यसलाई हटाएर जाँदा नै राम्रो हुन्छ ।’ ...... मध्यम वर्गलाई समेटेर अगाडिको यात्रा तय गर्नुपर्ने बाबुरामलाई लागेको छ । चिन्तनगत रुपमा त्रुटी रहे पनि मोहन वैद्यहरु इमान्दार रहेको बाबुरामलाई लागेको छ । ...... ‘भावनाको कुरा गरेर किरणलाई रोइकराई गर्दै पार्टीमा ल्याएर खाउँला भन्ने दाउ प्रचण्डको छ, उनको राजनीति बचाउँने अन्तिम अस्त्र त्यहीमात्र छ, भ्रष्ट, भद्दा कार्यशैली विचारविहीन प्रचण्डलाई अगाडि लगाएर किरणजी जालान् भन्ने लाग्दैन, त्यहाँभित्रका लोभीपापीलाई प्रचण्डले तान्न सक्छन् । तर, त्यो क्षणिक हो ।’ बाबुरामको भनाई उद्यृत गर्दै स्रोतले भन्यो । ....... संविधानका विवादित विषयमा सुझाव लिने नाममा उनले विभिन्न पार्टीमा असन्तुष्ट रहेका, फरक मत राखिरहेका र समाजका सदावहार बागीहरुको समूहलाई सिंहदरबार बोलाएर विचार लिने र आफू निकट बनाउने प्रयास गरिहरको छन् । अहिलेका पार्टीबाट अपेक्षित विद्रोह हुने लक्षण नदेखेपछि बाबुरामले विभिन्न समूहमा रहेका असन्तुष्ट जमातलाई आफ्नो नयाँ शक्तिको आधार बनाउन खोजेको चर्चा छ ।
नोटको बिटो बाड्दै आन्दाेलन चर्काउँदै अमरेश, उपेन्द्र र महतो
समाजवादी फोरमका सहअध्यक्ष श्रेष्ठसहित तीन दर्जन बढी कार्यकर्ता पक्राउ

Sunday, August 16, 2015

In The News (19)

धर्म निरपेक्षताको माग गर्दै दलित आन्दोलित
संबिधानमा दलित अधिकार सुनिश्चित गर, दलित एकता जिन्दाबाद, धर्म निरपेक्ष राष्ट्र घोषणा गर, जातीय छुवाछुत अन्त्य गर जस्ता प्ले कार्ड र ब्यानर सहित ...... कार्यक्रममा संबिधान निर्माण प्रक्रियामा दलित समुदायको लागी पहिलो संबिधान सभामा भएका र दोस्रो संबिधानसभाले स्वामित्व ग्रहण गरीसकेका लगायत दलित समुदायका मुद्घाहरु संबिधानको प्रारम्भिक मस्यौदामा कटौती भएर आएको मा आपत्ति जनाउदै यसका लागी देश भरीका सम्पुर्ण दलित समुदाय हरु एकजुट भएर आधीबेहरी श्रृजना गर्नु पर्ने कार्यक्रमका अधिकांश बक्ता हरुको भनाई रहेको थियो ।
Chitwan Protest
देउवाले थारुलाई रौं पनि दिन्न भनेपछि बैठक भाँडियो
भट्टराई र देउवावीच भनाभन, पूर्णबहादुरले पनि गाली खाए
सीमांकनमा थारु समुदायको असन्तुष्टी सम्बोधन गर्ने प्रयासमा भएको छलफल नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाका कारण भाँडिएको छ । ....... थारु र मधेसीका मागलाई समेट्ने बताइरहेका प्रमुख दलहरु सहमतिको नजिक पुग्नुको साटो थप विवाद र भनाभनमा उत्रिएका छन् । ..... कांग्रेस नेता देउवाले कैलाली कञ्चनपुरको रौं पनि छोडि्दँन भनेपछि सहमति हुन सकेन । स्रोतका अनुसार बैठकमा देउवा र सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईबीच चर्काचर्की परेको थियो । कैलालीको रौं पनि छोडि्दन भनेपछि एमाओवादी नेतासमेत रहेका

डा. भट्टराईले देउवालाई ‘तपाईलाई मैले नै ४० बुँदे माग राखेर जनयुद्ध गरेको होइन ?’ भन्ने प्रश्न गरेका थिए ।

........ बैठकमा ‘कैलाली तपाईको ठेक्का हो ?’ भन्दै देउवासँग चर्काचर्की परेपछि सहमति हुन नसकेको ......... चार दलले गरेको ६ प्रदेशको सीमांकनमा एमाओवादी र फोरम लोकतान्त्रिकले कैलाली र कञ्चनपुरबारे फरक मत राखेका छन् । .... कैलालीलाई प्रदेश नम्बर ६ मा राख्दा थारु समुदायमाथि अन्याय भएको भन्दै एमाओवादीले सच्याउन माग गरेको छ । ..... थारु समुदायले आन्दोलन गरिहेका छन् । मधेस केन्द्रीय चार दलले पनि थारु समुदायलाई नै अघि सारेर सीमांकनको विरोधमा आन्दोलन गरिरहेका छन् । ...... तर, थारुहरुको आवाजलाई समेट्ने चारदलको प्रयास आइतबार सहमतिको नजिक पुग्नुको साटो झनै भाँडिएको छ । ....... स्रोतका अनुसार शीर्षनेताहरुको बैठकमा कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्का लचिलो भएर प्रस्तुत भएका थिए । तर, देउवाले आफू पक्षीय नेता खड्कालाई समेत नकराउनोस् भन्दै म रौं पनि छाडि्दँन भनेर भनेर हप्काएका थिए । ........ थारुहरुको माग सम्बोधन गर्नेबारे भएको छलफलमा एमाले नेतृत्वले पनि सकारात्मक भूमिका नखेलेको एमाओवादीका एक नेताले बतााएका छन् । ..... मध्यपश्चिम, कर्णाली र थारु समुदायले उठाएका माग अत्यन्त गम्भीर छन्, सम्बोधन गर्न आवश्यक छ ।’
अमरेशलाई पार्टीबाट निष्कासन गर्न कैलाली कांग्रेसको माग
‘सुदूरपश्चिमका जनताको भावना बिपरित सामाजिक सद्भाव र राष्ट्रियता तथा राष्ट्रिय अखण्डता कमजोर पार्ने खालका अभिव्यक्ति दिने सभासद अमरेशकुमार सिंहलाई तत्काल सभासद पदबाट बर्खास्त गर्न तथा कांग्रेसको विधान एवं नियमावली २०६८ बमोजिम अनुशासन एवं आचार संहिताको उल्लंघन गरेको ठहर गरी साधारण सदस्यबाट समेत हटाउन कांग्रेस केन्द्रीय कार्य समिति समक्ष जोडदार माग गर्दछौ’ कांग्रेस कैलालीका पार्टी सचिव प्रकाश बहादुर बमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । ...... साउन २८ गते टिकापुरमा आयोजित आमसभामा सभासद सिंहले हतियार उठाउने र मधेसलाई नेपालबाट टुक्राउने अभिव्यक्ति दिएको कैलाली कांग्रेसले बताएको छ ।
मुठभेडको बाटोमा मधेश
२३ साउनको मध्यरातीमा प्रमुख चार दलले टुगाएको संघियताको सिमांकनको विरोधमा गएको

८ दिन देखि पश्चिम मधेश पुर्णरुपमा बन्द छ

। पश्चिममा खासगरी थारु समुदायले संघियतामा आफुहरुलाई पहाड तिर मिसाएको भन्दै तीव्र आपती जनाइरहेका छन । थारुको यो अभियानमा मधेशी समुदायको पनि पुरै साथ देखिन्छ । संघियताको सिमाकंनलाई पश्चिम मधेश आठ दिन देखि पुर्ण ठप्प रहदा पुर्वी मधेशका जिल्लाहरु पनि गएको ८ दिन देखि कुनै र कुनै रुपमा बन्द हडतालको मार खेप्दै आएका छन । पुर्वी मधेशका जिल्लाहरुमा खासगरी झापा, मोरड र सुनसरीलाई नमिसाएको भन्दै यता विरोधका स्वरहरु चर्को देखिन्छ । ठाउ ठाउमा मधेशी राजनिती समबद्ध युवाहरु विभिन्न नामा संगठित भएर छुटै स्थानिय स्तरमा आन्दोलन चलाईरहेको देखिन्छ । यही सेरोफोरामा आज र भोली मधेशी मोर्चाले बन्दको आब्हान गरेका छन भने अनिल झा नेतृत्वको सदभावना पार्टीले पनि तीन दिने मधेश बन्दको घोषणा गरेका छन । ...... पश्चिमी मधेशका जिल्लाहरुमा कैलाली कन्चनपुर वाट सुरु भएको थारु समुदायहरुको विरोध प्रर्दशमा मधेशी मोर्चाले औ्रपचारिक रुपमै सार्थन जनाउने निर्णय गरे पछि नवलपरासी सम्म यो आन्द्योलनको स्वरुप दिन प्रति दिन ठुलो हुदै गएको देखिन्छ । हिजो शनिवार मात्रै नवलपरासीमा एमाले सांसदको घरमा मधेशी प्रर्दशनकारीहरुले तोडफोड गर्न खोज्दा प्रहरीले गोली नै बर्साए । खासगरी पछिल्लो तीन दिन यता नवलपरासी, रुपन्देही र कपिलवस्तूमा मोर्चा र थारु संगठनहरुको आन्दोलन दिन प्रति दिन ठुलो हुदै गएको् देखिन्छ । उता प्रहरी प्रशासन पनि यस प्रति कठोर भएर प्रस्तुत भईरहेको देखिन्छ । रुपन्देही र नवलपरासीमा मात्रै दर्जनौ प्रर्दशनकारीहरु प्रशासनका सिकार भएको देखिन्छ । उता

प्रशासनको दमन वढन थाले पछि मधेशी र थारु समुदायका संगठनहरुको आन्दोलनको प्रभाव पनि गाउ गाउ सम्म फैलिन थालेका छन ।

...... हिजो शनिवार मात्रै

नवलपरासीको दक्षिण क्षेत्रका मधेशी वसोवास गर्ने गाउवाट प्रहरीले आफनो स्थायी पोष्टहरु हटाउन वाध्य भएका छन

। गाउलेहरुले प्रहरी दमनमा उत्रेको भन्दै गाउगाउमा विरोध गर्न थाले पछि प्रहरीले असुरक्षित महसुस गर्दै आफनो प्रहरी पोष्टहरु हटाएको जनाएको छ । .......... नवलपरासी, रुपन्देही लगायतका पश्चिम जिल्लाहरुको सदरमुकाममा प्रहरी प्रशासन अत्यद्यिक कठोरताका साथ आन्दोलनकारीहरु माथी व्यवहवार गर्न थालेका छन । साथै विभिन्न संगठनको नाममा मधेशी समुदाय विरुद्ध विभिन्न गलत नाराहरु लगाउदै त्यसको विरुद्धमा प्रर्दशनहरु पनि गराउन थालेका छन । ..... विरोध पनि प्राय जसो सबै मधेशका जिल्लाहरुमा भईरहेको देखिन्छ । तर

काठमाडौ वाट प्रकाशित र प्रशासरण हुने राष्टिय मिडियाले अझै पनि मधेशमा सानो स्वरमा रहेको केही आवाजहरुलाई प्राथमिकतामा राख्दै मधेशलाई पहाडसंग् नजोडिएको भन्दै त्यसलाई उचालिरहेको देखिन्छ ।

जसका कारण समाज थप भडकाव तिर लम्किरहेको देखिन्छ । ........ यता पुर्वका जिल्लाहरुमा भइरहेको विरोध प्रर्दशनलाई त अहिले सम्म समाचारमा सेन्सर नै गरीरहेको त्यस क्षेत्रका नागरिक अगुवाहरुले समेत लगाईरहेको देखिन्छ ।

झापा, मोरड र सुनसरी

मा त्उस क्षेत्रवाट प्रतिनिधित्व गर्ने मधेशी नेताहरुको अगुवाई छुटै आन्दोलन समिती बनाएर गएको दिन तीन देखि त्यस क्षेत्र बन्द लगायतका विरोध कार्यक्रमहरु हुदै आईरहेको देखिन्छ । ........

जनकपुर क्षेत्रमा सक्रिय युवाहरुको आन्दोलन समिती मासले धनुषा, महोतरीका गाउ गाउमा विरोध कार्यक्रहरु विभिन्न स्वरुपमा गर्दै आएका छन ।

....... पुर्व देखि पश्चिम सम्मका मधेशमा दिन प्रति दिन विरोधका कार्यक्रमहरु सशक्क्त बन्दै गएको देखिन्छ । साथै यसको प्रतिकारमा समेत कयौन घटनाहरु घटन थालेको देखिन्छ । जसले मधेशलाई नराम्ररी मुठभेडको सिकार बनाउनेमा कुनै दुईमत छैन ।
काहा हराए हृदेश त्रिपाठी?
सद्भावनाका सभासद्हरुको २४ घण्टाभित्र राजिनामाः महासचिव सुमन
संविधानको अन्तिम मस्यौदा यस्तै अवस्थामा जारी भए २४ घण्टाभित्र आफ्ना पार्टीका सभासद्हरुले राजिनामा दिने कुरा बताएका छन् । ...... ‘ मस्यौदामा नागरिकता, पूर्ण प्रेस स्वतन्त्रता र समावेशिताको कुरा प्रष्ट छैन, पुनर्लेखनमा त्यसलाई प्रष्ट्याइनु जरुरी छ ।’ पहिचान र सामथ्र्य तथा यसअघि गठित उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा सिमाङ्कन हुनुपर्नेमा अहिलेको ६ प्रदेशको खाकाले मधेशी, दलित, आदीवासी, जनजाती, उत्पीडित वर्गको भावना समेट्न नसकेको ..... जनभावना अनुरुपको संविधान बन्ने छाँटकाँट नदेखेपछि उचित समयमा आफ्ना पार्टीका सभासद् समेतले संविधानसभा परित्याग गर्ने
I quit my development job and ate some humble pie: this is what I learned
I was running an organisation based in the north, focused on global development. We were targeting the northern-led policies that enabled the finance sector to ride roughshod over the developing world, making links with activists from Venezuela to Indonesia, to ensure our aims were relevant. ...... the more you know, the more questions there are, which should serve as a cautionary signal for anyone working in the development space. ..... that even what I perceived as my enlightened approach to development was

patronising and sometimes simply wrong

. ........ our definitions of poverty are limited – seeking to raise people’s income doesn’t combat poverty, as prices can rise or the basics of wellbeing, like access to land, can be removed ...... even 60 years after of so-called development, the poorest of the poor remain neglected, left to fend for themselves and still lack support structures and opportunity. ...... challenged many of my assumptions – in particular my beliefs about what is good for India.

Campaigns for universal education, for example, have effectively told older generations that their skills were worthless, as eloquently outlined by a growing movement who equate the Indian school system with factory farms.

The consequence of our good intentions is a loss of traditional skills still needed for survival in the 21st century, like seed-saving, with the only careers valued being engineering or IT creating an often anxious and narrowly focused young population. ....... what globalisation has brought to India – that many people welcome it and private sector involvement – with open arms. People, rich and poor, traditional and modern, genuinely want to engage in the market. ........ I saw first hand how spice farmers in Kerala created their own brand of successful ethical products, eagerly awaiting the day they’ll be stocked in large supermarkets. I met organic cotton farmers who overcame barriers in the market by selling their cotton to global brands, reaping benefits for themselves and their communities. And I saw a groundswell of social entrepreneurs eschewing traditional forms of charity and setting up businesses offering opportunities for people who once had none. Even before the Indian government clamped down on activist based NGOs – a move highly condemned which arises from insecurity and paranoia –

NGOs regardless were widely perceived as neo-colonial and rent-seeking: people are fed up with being told that they know nothing; that they need our help; that Indians are unable to help themselves.

.......... The complex culture and social systems have contributed to a sometimes failing state, whereas the private sector, in other cases, has brought efficiencies and better service. ...... they recognise that successful social businesses also need a strong state. There is a reason why the conditions on fair trade tea estates in south India are better than those in the north-east of the country: they’re supported by progressive welfare programmes and basic standard of living legislation from Kerala and Tamil Nadu. But as I reluctantly came to accept,

the market isn’t necessarily “evil”

and governments can often be a huge barrier to overcoming impoverishment. ........ They treated me equally and in no uncertain terms told me to get off my high horse and listen more. While of course they love their culture, their food, their country, they like some of the westernising influence too. They want to drink at Starbucks – it’s clean and the coffee is good. They want to embrace western baking, just as I want to learn to cook curry. They want a country that’s free of corruption where they don’t have to pay bribes to get things done. They want to engage in the global marketplace, where they often have more trust in global brands than smaller local businesses. And they occasionally see western influence as improving, rather than making things worse. ... they want to engage on their own terms