Monday, September 21, 2015

Indian Blockade: Gamechanger

मधेसी आंदोलन, बिहार को चुनाव, र मोदी
झापा मधेस, चितवन मधेस, कंचनपुर मधेस
भारत नेपालको यथार्थ
Bipolarization
मधेस मा सुनामी आइसक्यो
सिर्फ मधेस ही नेपाल में जल विद्युत का विकास कर सकता है
सभास्थल, सड़क, र संसद
आश्विन संग्राम: एक सुझाव

बल्ल आएर काठमाण्डु का नेवार अलि अलि भए पनि सुगबुगाउन थाले। यो मधेसी थारु क्रांति विजय नजिक पुग्न लागेको कुराको संकेत हो। र विजय नजिक लगेको the straw that broke the camel's back भनेको भारतको नाकाबंदी को संकेत ले हो। त्यो यस्तो अचुक अस्त्र हो जसले पंचायत ढाल्यो। त्यति बेला त यही काँग्रेस र यही एमाले गमक्क परेथ्यो भारतको नाकाबंदी बारे। एकात्मक व्यवस्था पंचायत भन्दा जटिल हो। निर्दल बाट बहुदल जानु सानो कदम। एकात्मक व्यवस्था बाट संघीयता मा जानु निकै ठुलो कदम। एउटा त सही संविधान आउनुपर्छ। त्यो संविधान ल्याए पछि १० वर्ष लगाएर संघीयता निर्माण गर्नु पर्ने हुन्छ। त्यस निर्माण का क्रम मा अहिलेका क्रांतिकारी शक्ति नै सत्ता मा रहनु पर्छ। होइन भने व्यापक बेइमानी हुन्छ।

मिथिला र काठमाण्डु को पुरानो, सभ्य, उच्च कोटिको सम्बन्ध थियो। नेवारी संस्कृति विश्व स्तर मैं भन्नु पर्दा अत्यंत परिष्कृत र धनी संस्कृति हो। एकात्मक व्यवस्था ले त्यसलाई दबाएर राखेको छ।

मैथिलि को महाकवि ६०० वर्ष अगाडि जन्मेको। नेपाली भाषा को आदिकवि कहिले जन्मयो?

संघीय नेपालमा एउटा स्वायत्त काठमाण्डु प्रदेश बनाउनु पर्ने हुन्छ, सारा उपत्यका समेटने गरी।

संघीयता भनेको अधिकार हो, वाक स्वतंत्रता जस्तो। मधेसी करायो, ल मधेसी लाई दिम एउटा प्रदेश भन्ने होइन। एउटा ले संघीयता पाउने भन्ने हुँदैन। पायो सबैले पाऊँछ, नपाए कसैले पाउँदैन। वाक स्वतंत्रता एक करोड़ लाई दिने अर्को दुई करोड़ लाई नदिने भन्ने हुँदैन। पहाड़का जनजाति लाई मधेसी लाई भन्दा गार्हो छ आंदोलित हुन। तर मधेसी ले मधेसी का लागि मात्र लडेको होइन। संघीयता जब आऊँछ सबैलाई आऊँछ।


No comments: