Monday, September 21, 2015

Bipolarization

पाकिस्तान बांग्लादेश दुई हुनु अगाडि पनि यसरी नै bipolarization भएको हो।



छिमेकीको ‘यसम्यान’ हुँदैनौं : दाहाल
संविधान ढिलौं गरौं भन्ने माग नआएको होइन : ओली
वार्ताबाट मधेसी र थारुको माग सम्बोधन गर्न सकिन्छः प्रधानमन्त्री
समावेशी र समानुपातिक प्रतिनिधित्वका विषय, जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारणका विषयमा आफूहरु प्रतिवद्ध रहेको बताए । 'प्रदेश सिमांकनको विषयपनि वार्ताबाट हल गर्न सकिन्छ'


'मधेस राज्य नभएसम्म आन्दोलन'
सोमबार सप्तरीको राजविराजमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै .... संविधानमा पूर्वदेखि पश्चिमसम्मको भूभागलाई मधेस राज्य नबनाएसम्म जलाइरहन्छौं ।' .... 'तीन दलका तीन-चार नेताले मात्रै बनाएको संविधानले मुलुकको आधा हिस्सामा रहेका न त मधेसी समुदाय खुशी छन, न त पहाडका मगर, लिम्बु आदिवासी जनजाती तथा दलित नै ..... 'अहिले हाम्रो आन्दोलनमा कतिपय ठाउँमा प्रहरीको बन्दुक खोस्न आएको भन्दै गोली चलाउनुपरेको आरोप लगईएको छ', उनले भने, 'बन्दुक खोस्नुपर्‍यो वा सेना-प्रहरीसँग लड्नुपर्ने भयो भने त्यो मधेस प्रदेशका लागि नभई देशकोलागि हुनेछ ।'


संविधानविरुद्ध जलेश्वरमा प्रदर्शन
लम्कीमा बम बिस्फोट, राजमार्गमा बिरोध प्रदर्शन
धनगढीमा कर्फ्युको समय थप



बन्दको अवज्ञा गर्दै पोखरामा मोटरसाइकल र्‍याली
जातीय पहिचानसहितको तमुवान माग गर्दै आह्वान गरिएको बन्दको अवज्ञा गर्दै व्यापारी उद्योगी र सर्वसाधारण मोटरसाईकल र सवारीसहित र्‍यालीमा निस्केका हुन् । .... ‘पोखरा खुला छ’, ‘गरिखान देउ’, ‘बन्द सँधैका लागि बन्द गरांै’ भन्ने तुल ब्यानर लिएर सवारी साधन चलाएर अवज्ञा गरिएको हो ।


संविधानको स्वागतमा विभिन्न जिल्लामा र्‍याली र सभा
विजय जुलुसमा सहभागी हुन दलका कार्यकर्ता तथा सर्वसाधारण स्वस्फुर्त गांउगांउबाट नारायणगढ आएका थिए । विजयी जुलुसमा जिल्लाबाट निर्वाचित सबै सभासदको सहभागिता रहेको थियो ।


तरार्इका जिल्लामा संविधान जलाइयो
मोर्चाले गरेको बन्दका कारण सोमवार ३७ औं दिन पनि जिल्लास्थित बजार, पसल, यातायात, उद्योग, कलकारखाना, विद्यालयलगायतका शैक्षिक संस्था पूर्ण रुपमा ठप्प रहेको छ । .... खोटाङ-संविधानप्रति असन्तुष्ट आन्दोलनरत दलहरुले खोटाङको दिक्तेलमा सोमबार संविधान जलाएका छन् । संघीय समाजवादी फोरम, वैद्य माओवादी र विप्लव माओवादीले आयोजना गरेको विरोध जुलुसपछि संविधान जलाएका हुन् । ...... उनीहरूले पहिचानको प्रत्याभूति नहुने जाली संविधान जारी गरेर जनतालाई झुक्याएकाले जलाइएको संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य सनबहादुर राईले बताए । स्थानीय प्रशासन क्ष्ाेत्रमा रहेको संघीय समाजवादी फोरमको कार्यालयबाट निस्किएको जुलुस हाटडाँडा हुदै त्रिवेणीचौकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा संविधान जलाउन प्रहरीले नदिएपछि वैद्य माओवादीको कार्यालय छेउ शान्तिचौकमा आएर जलाइएको थियो । ....... दिनभर खुला रहेको बजार पसल उनीहरूको जुलुसपछि बन्द भएका छन् । आइतबार मध्यरातमा खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष्ा राजु लयालुको घरमा सुतली बम राखिएपछि सदरमुकाम आतङ्कित बनेको छ । यद्यपि यसको जिम्मा भने कसैले लिएको छैन । बम सेनाले डिस्पोज गराएको थियो । वाणिज्य संघका अध्यक्षको घरमा बम राखिएपछि व्यवसायीहरूले सोमबार दिउसो सदरमुकाममा विरोध जुलुस निकालेको थियो । ...... थरुहट प्रदेशको माग गर्दै ४३ दिनदेखि आन्दोलनरत थारु आन्दोलनकारीले कैलालीका विभिन्न ठाउमा नेपालको संविधान २०७२ जलाएका छन् । ..... संविधान आएको भोलीपल्ट असोज ४ गते कैलालीको सुखड, मसुरिया, पहलमानपुर र चौमाला बजारमा थरुहट पक्षधरले विरोध सभाको आयोजना गरी संविधान जलाएका हुन् । ... यो संविधानले थारुहरुको मुद्धा नसमेटेकोले यो संविधान स्वीकार्न नसक्ने आन्दोलनरत थारुहरुले बताएका छन् ।


बाजुरामा बिहानैदेखि र्‍याली



बारामा कांग्रेस सभासदको घर तोडफोड
सदरमुकाम कलैया ७ स्थित नेपाली कांग्रेसका सभासद राधेचन्द्र यादवको घरमा सोमबार तोडफोड गरेका छन् । ... संविधान जारीको विरोधमा मोर्चा र थारु कल्याणकारिणी सभाको आह्वानमा प्रदर्शन गर्न कालो झण्डासहित गाउँगाउँबाट आएका प्रदर्शनकारीको समूहले ढोका फोडेर यादवको घरमा प्रवेश गरी खाद्यन्नलगायतका सामाग्री यत्रतत्र छरिदिएका छन् ।


सभासदको घरमा आगो लगाएपछि मलंगवामा गोली चल्यो
एमाले सभासद कमलादेवी महतोको सदरमुकाम मलंगवा स्थित घर .... गोली लागेर पूर्व मन्त्री एवं फोरम लोकतान्त्रिकका बरिष्ठ उपाध्यक्ष रामेश्वर रायका छोरा बिक्रम राय गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । ..... तीन बिघे मैदानमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको संविधान जलाउने कार्यक्रम सकिएपछि आगजनी भएको थियो । .... 'गाउँ गाउँवाट धेरै मान्छे जम्मा भएका थिए,' उनले भने, 'हामी निर्धारित कार्यक्रम सकेर घर आइसकेपछि घट्ना भएको रहेछ ।'
संविधानमा असहमति जनाउदै तमुवान् बन्द, २५ पक्राऊ
झन्डै फुट्यो फोरम लोकतान्त्रिक
एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष भीम रावल, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाले असहमति जनाउँदै ‘मधेस र थरुहटका पाँच जिल्ला’ शब्द राख्न नहुने अडान लिएका थिए। त्यसपछि गच्छदारले फेरि अर्को उपाय सुझाएका थिए, ‘त्यो शब्द राख्न तपाईंहरूलाई अप्ठयारो परेको हो भने ‘मधेस/थरुहटलगायत देशका विभिन्न भागमा उठेका सीमांकन विवाद’ भन्ने शब्दावली राखौं।’ ..... त्यसमा पनि कांग्रेस र एमालेका चार नेताले फेरि आपत्ति जनाएपछि मधेस थरुहटको नामै सुन्न नचाहेको आरोप लगाउँदै शुक्रबारको बैठकबाट गच्छदार बाहिरिएका थिए। कुनै मधेसी पार्टी बिनाको संविधान जारी गर्दा कार्यान्वयनमा अप्ठेरो आइलाग्ने बुझेका तीन ठूला दलले अन्तिम समयमा भए पनि गच्छदारलाई मनाउन कोसिस गरेका थिए। ..... देशका विभिन्न क्षेत्रमा उत्पन्न सीमा समस्या राजनीतिक सहमतिको आधारमा समाधान गर्ने, पहाडका कम जनसंख्या भएका जिल्लाहरूलाई १–१ निर्वाचन क्षेत्र मान्ने, मधेसमा भने जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तय गर्ने, समावेशी र समानुपातिक मुद्दालाई सामाजिक न्यायको क्षेत्रअन्तर्गत समावेश गर्ने, त्यसका आधारमा संविधानको पहिलो संशोधन गर्ने ..... एमाले अध्यक्ष ओलीले पहाड/मधेस किन उल्लेख गर्नुपर्‍यो भनी सुरुमा अडान राखे। तर, गच्छदार ‘यही भन्नु थियो भने मलाई किन डाक्नुभएको हो?’ भन्दै रिसाएपछि दाहालले दुवै नेतालाई सम्झाएका थिए। त्यसपछि मधेस–पहाड भन्ने शब्दावली राखेर सहमतिपत्र मस्यौदा गरियो। त्यसको एकप्रति गच्छदारले राखे, अर्को प्रति कानुनमन्त्री नरहरि आचार्यले। हस्ताक्षर गर्नुअघि गच्छदारले एक पटक पार्टीमा सल्लाह गर्नुपर्छ भन्दै छेवैमा रहेको सिंहदरबारस्थित संसदीय दल कार्यालय जाने समय मागे। ‘२५ मिनेट कुर्नुस्, म आइहाल्छु’ भनेर उनी हिँडेको ...... तर, तीन दलसँग सहमति गर्छु भनेर हिँडेका गच्छदार १ घण्टामा पनि नफर्केपछि तारन्तार फोन गइरह्यो। उनले उठाएनन्। साढे ३ बजे उनले दाहाललाई फोन गरी भावुक शैलीमा भने, ‘लौ, मैले सकिनँ। तपाईंहरू संविधानसभा जानुस्। ..... ‘आज मैले सहमतिमा हस्ताक्षर गरें भने पार्टी नै फुट्न पनि सक्छ। .... गच्छदारले सहमतिका लागि तयार हुने कुरा राख्दा अरू नेताहरू षड्यन्त्रमा फसाउन लागिएको भन्दै सिधै पड्किएका थिए। शुक्रबारको वार्तामा आफूहरूलाई अपमानजनक ढंगले फर्काइएको भन्दै ती नेताहरूले अब सहमति गरे स्थानीय तहमा नकारात्मक सन्देश जाने भन्दै गच्छदारलाई रोके। ‘विजय दाइ, तपाईं कुरै बुझ्नुहुन्न।

तपाईं छलफलमा गएका बेला यहाँ सभासद किनबेचको समेत कोसिस भयो’

..... ती नेताले संविधानसभा जाने गरी गच्छदारले सहमति गरे सिंहदरबारबाटै पार्टी फुटाएर देखाइदिने धम्की दिएको समेत खुलाए। ..... गच्छदारले जसरी भए पनि सहमति गर्नुपर्ने अडान लिएपछि ती नेताहरूले उनलाई अध्यक्षबाटै हटाइदिने चेतावनी दिएको अर्का फोरम लोकतान्त्रिक नेताले पुष्टि गरे। ..... फोरम लोकतान्त्रिकका १४ मध्ये उनीहरूको पक्षमा छ सभासद र गच्छदारको पक्षमा सात सभासद भएपछि पार्टी फुट्ने पक्कापक्कीझैं भएको थियो। केही सभासदहरूले आफूहरूलाई पैसा दिएर किन्ने प्रयास भएको समेत खुलाएका छन्।

No comments: